Hesperian Health Guides

औषधीले मधुमेह व्यवस्थापन गर्ने तरिका

यस परिच्छेदमाः

रगतमा चिनी वढी भए के हुन्छ (हाइपरग्लाइसेमिया अर्थात रगतमा चिनीको मात्रा वढी हुने अवस्था हेर्नुहोस्), कसरी जोगिने, कसरी खानपिन, ब्यायाम र औषधीहरुले शरीरलाई असर गर्दछ भन्ने जान्नुहोस् । मधुमेहका औषधीहरु ले रगतमा चिनीको स्तर ठीक राख्छ, तर धेरै मात्राको इन्सुलिन अथवा सल्फोनाइलुरियाहरुले चिनीको मात्रा कम गर्न सक्दछ र रगतमा चिनीको न्यून मात्रा (हाइपोग्लाइसेमिया अर्थात रगतमा चिनीको मात्रा कम हुने अवस्था) बनाउँदछन् । यदि यि औषधीहरु लिनुहुन्छ भने तपाईंको रगतमा चिनीको स्तर केले गर्दा माथि र तल जान्छ भन्ने थाहा पाउन समय समयमा जाँच गर्नुपर्छ ।

रगतमा चिनीको स्तरलाई जाँच गराउने

मधुमेहका लागि परिक्षण, परिक्षणमा छलफल गरिए जस्तैं रगतको जाँचहरु मधुमेहको रोग निदान गर्नमा प्रयोग गर्न सकिन्छ । रगतको जाँच मधुमेहको व्यवस्थापन गर्नका लागि समेत प्रयोग गरिन्छ । ब्लड सुगर मिटर (ग्लुकोमिटर) को प्रयोग र A1C जाँच रगतमा चिनीको स्तरलाई थाहा पाउने दुईवटा उपायहरु हुन् ।

ग्लुकोमिटर एउटा साधारण उपकरण हो जसले जाँचको समयमा रगतमा भएको चिनीको मात्रालाई निरीक्षण गर्दछ । भोजन अघि र पछि रगतमा चिनी जाँच्न दिनको विभिन्न समयहरुमा र दैनिक रुपमा जाँच गर्नु उत्तम हुन्छ । यी जाँच गर्न सकिन्छः

  • भोजन अघि । ठिक चिनी ४.४ देखि ७.२ mmol/l (८० देखि १३० mg/dl ) का बिचमा हुन्छ ।
  • भोजनको २ घण्टा पछि । ठिक स्तर १० mmol/l (१८० mg/dl) भन्दा कम हुन्छ ।


जाँचका लागि औंलाबाट लिइएको एक थोपा रगत test strip मा राख्नुहोस् र ग्लुकोमिटरमा रगतमा भएको चिनीको तह देखिनेछ । ग्लुकोमिटरको प्रकार अनुसार निर्देशनहरुले test strip राख्न भन्न सक्दछन् (तल हेर्नुहोस्) वा निर्देशनहरुले पहिले टेष्ट स्ट्रिपमा रगतको थोपा राख्ने भन्न सक्दछन् ।

सुई घोचिएको हात ।
ग्लुकोमिटरको टेष्ट स्ट्रिप लाई छोइरहेको हात ।
टेष्ट स्ट्रिप मा जाने एक थोपा रगतको लागि सुईको प्रयोग गर्नुहोस् । यस प्रकारको ग्लुकोमिटरको लागि टेष्ट स्ट्रिप लाई पहिले राख्नुहोस्, त्यसपछि तपाईंको औंलामा भएको रगतको थोपालाई टेष्ट स्ट्रिप को छेउमा छुवाउनुहोस् ।
“मधुमेह समूह आज” लेखिएको चिन्ह भएको विश्राम कोठामा एक महिला ।

केही मानिसहरुसँग आफ्नै घरमा ग्लुकोमिटरहरु हुन्छन् र प्रायः धेरैचोटी तिनीहरु आफैंले जाँच्न सक्दछन् । तर सकेसम्म यस्तो जाँच गर्न स्वास्थ्य चौकी वा अस्पतालमा नै जान ठिक हुन्छ ।

A1C जाँच (ग्लाइकोजाइलेटिड हेमोग्लोविन टेष्ट) क्लिनिक वा अस्पतालमा मात्र उपलब्ध हुन्छ । यस जाँचले त्यस दिनको स्तरभन्दा अघिल्ला महिनाहरुको रगतको चिनीको तहको औसत दिन्छ । त्यसकारण यसले साधारणतया तपाईंले कसरी मधुमेहलाई व्यवस्थीत गरिरहनुभएको छ भन्ने देखाउँदछ । मधुमेह भएका धेरै मानिसहरुका निम्ति ठिक स्तर भनेको ८.० % भन्दा कम हो । यदि यो जाँच उपलब्ध छ भने वर्षको एक वा दुईपल्ट यसलाई गराउने कोशिस गर्नुपर्छ ।

आफूलाई कुन औषधी खाँदा ठिक हुन्छ भन्ने कुराका लागि स्वास्थ्यकर्मीसँग सल्लाह गर्नुपर्छ ।

NWTND Diab Page 19-2.png

मधुमेहका औषधीहरु

औषधीहरुले मधुमेहलाई निको पार्न सक्दैनन्, तर मधुमेह व्यवस्थापन गर्छन् । स्वस्थ खानपिन, व्यायाम र योगासनले रगतमा चिनीको स्तर ठीक राख्न मद्दत गर्छ । तर समय समयमा मृगौला र रगतमा चिनिको जाँच गराउनैपर्छ ।

खानपिन, व्यायाम र योगासनले पनि रगतमा चिनीको मात्रा कम भएन भने औषधीको प्रयोग गर्नैपर्छ । यसले मधुमेहबाट हुने जटिलताबाट बचाउँछ ।

औषधीहरुलाई नियमीत रुपमा र सहि समयमा खानुपर्छ । परिवारका सदस्यहरुले समेत तपाईंका औषधीहरुको प्रतिकुल प्रभावहरु (साइड इफेक्ट्स)जटिलता को समयमा के गर्ने भनेर बुझाउनुहोस् । सम्झिनुहोस्ः औषधीहरु सँगै मधुमेहको लागि स्वस्थ खानेकुराहरु खाने र सक्रिय रहने गर्नुपर्दछ ।

मेटफर्मिन (Metformin)

मेटफर्मिन धेरै ब्यक्तिले उपयोग गर्ने मधुमेहको औषधी हो । मेटफर्मिन साधारणतया दिनको दुईपटक लिइन्छ । मेटफर्मिनको शुरुवात गर्दा पेटमा कहिंलेकाहिं गडवडी र झाडापखाला गराउँदछ । १ देखि २ हप्तापछि साधारणतया यो समस्या रहन्न र मेटफर्मिनलाई भोजनसँगै लिए यो समस्या हुँदैन । यदि प्रतिकुल प्रभावहरु भए वा समयमै सुधार नभएमा स्वास्थ्य कार्यकर्ताले औषधीलाई रोक्न वा मात्रा (डोज) लाई घटाउन सक्दछन् । मृगौला वा कलेजोका रोग भएका मानिसहरुले मेटफर्मिनको प्रयोग गर्नुहुँदैन ।

सल्फोनाइलुरिया (Sulfonylureas)

Glibenclamide, glipizide, र tolbutamide जस्ता सल्फोनाइलुरिया औषधीहरु सामान्यतया दिनको १ वा २ पटक भोजन अघि लिइन्छन् ।

सल्फोलाइलुरियाहरुको खतरा भनेको तिनीहरुले रगतमा चिनीलाई अति कम गरिदिन्छन्, जसका कारणले रिंगटा, कमजोरी, बेहोशी, कम्पनहरु, पसिना आउने अथवा मृत्यु समेत हुन सक्दछ। यदि यस्तो समस्या भएमा भने रगतमा चिनीलाई बढाउनको लागि छिट्टै केही गुलियो खानुपर्छ् । परिवारका सदस्यहरुले समेत यस्तो हुँदाका संकेतहरु र सहयोगका लागि के गर्ने भनेर थाहा पाइराख्नुपर्छ ।

सल्फोलाइलुरियाहरु लिंदाका बखतमा रगतमा चिनीलाई धेरै तल हुनबाट रोकथाम गर्नः

  • भोजनहरुलाई खाएर मात्रै सल्फोलाइलुरिया औषधी खानुपर्छ ।
  • विहानको खाना/खाजा खाँदा प्रोटिनयुक्त वा अन्य पोषणयुक्त खानेकुराहरु खानुपर्छ ।
  • शारिरिक काम, व्यायाम वा खेलकुदहरु गर्दा अतिरिक्त खानेकुराहरु खानुपर्छ ।
  • कमजोरी वा रिंगटा महसुस हुने भएमा फलफूलको जुस, मिठाई वा चिनी खानुपर्छ ।


यदी रगतमा चिनी बारम्बार कम भएमा स्वास्थ्य कार्यकर्ताले औषधीलाई बन्द गर्न वा मात्रालाई घटाउन सक्दछन् ।

सल्फोलाइलुरियाहरुको अर्को प्रतिकुल प्रभाव भनेको तौल वढ्नु हो । यसो हुँदा पौष्टिक आहारा र ब्यायाममा बढी ध्यान दिनुपर्ने वा मेटफर्मिन अथवा इन्सुलिन प्रयोग गर्नुपर्ने हुनसक्छ । कहिले धेरै बर्षसम्म सल्फोलाइलुरियाहरु लिएपछि रगतमा चिनिको मात्रा सन्तुलनमा आए स्वास्थ्य कार्यकर्तासँग छलफल गरि औषधी घटाउन सकिन्छ ।

इन्सुलिन (Insulin)

इन्सुलिन लाई सिरिन्जको सहायताले लगाइन्छ । रगतको चिनीलाई कम गर्ने यो सबैभन्दा छिटो उपाय हो । इन्सुलिनलाई सिरिन्जको सहायताले लगाउनु शुरुमा डर लाग्न सक्छ, तर पछि विस्तारै सिकिन्छ र सजिलै गर्न सकिन्छ ।

इन्सुलिन शरिरभित्र बन्ने एक हर्मोन हो र यसले शरीरमा चिनीको मात्रा ठिक राख्न मद्दत गर्दछ । पहिलो प्रकारको मधुमेह भएका मानिसहरुको शरिरभित्र इन्सुलिन बन्दैन । दोस्रो प्रकारको मधुमेहमा शरिरमा चाहिने जति बन्दैन । इन्सुलिनका बारेमा केही मिथ्या बिचारहरु छन् । जस्तो इन्सुलिनले अन्धोपन गराउँछ, मधुमेहलाई झन् खराब बनाउँछ र यसलाई एकपटक लिन शुरु गरिसकेपछि निर्भरताको अवस्था सृजना गर्दछ । वास्तवमा इन्सुलिनले त्यसो नभई मधुमेहलाई व्यवस्थित गराउँदछ र स्वस्थ जीवन बाँच्न मद्दत गर्छ ।

हाल औषधी पशल र अस्पतालमा धेरै तरिकाका इन्सुलिनहरु पाइन्छन् । लामो समयसम्म काम गर्ने इन्सुलिन (लङ्ग याक्टिङ्ग इन्सुलिन्स) दिन र रातमा रगतको चिनीलाई ठीक तहमा राख्न दिनको एक वा दुईपल्ट प्रयोग गरिन्छन् । छोटो समयसम्म काम गर्ने इन्सुलिनहरु (शर्ट याक्टिङ्ग इन्सुलिन्स) भोजनभन्दा पहिले प्रयोग गरिन्छन् ताकि खाना पछि रगतमा चिनीको मात्रा नवढाओस् ।

कहिलेकाहिं इन्सुलिनको एउटा खतरा भनेको यसले रगतमा चिनीलाई अति कम गर्न सक्दछ। यसो हुँदा विरामीलाई रिङ्गटा लाग्ने, वेहोश हुने हुन सक्दछ र धेरै इन्सुलिनले त ज्यान समेत जान सक्दछ । यसो नहोस् भन्नको लागि सल्फोलाइलुरिया खाना खाएपछि मात्रै खानुपर्छ र आफूसँग जहिले पनि मिश्री वा गुलियो खानेकुरा राख्नुपर्छ

एउटा सिरिन्ज र एक बोतल इन्सुलिन एउटा इन्सुलिनको कलम ।
धेरैजसो मानिसहरुले इन्सुलिनलाई शरिरभित्र पठाउन सिरिन्जको प्रयोग गर्दछन् । इन्सुलिन विशेष प्रकारको ‘कलमहरु’ मा पनि आउँदछ जहाँ प्रत्येक इन्जेक्सनमा सुई टाँसिएको हुन्छ । यो प्रयोग गर्न सजिलो छ तर महंगो छ ।

इन्सुलिनलाई चिसो पारेर राखिनुपर्दछ । रेफ्रिजेरेटर नभएको अवस्थामा यसलाई चिसो पानीको कचौराभित्र राख्ने र घामबाट टाढा राख्नुपर्छ ।

वनस्पतिजन्य औषधीहरुले रगतको चिनीलाई कम गर्दछन्

विश्वभर नै चिकित्सकहरुले रगतको चिनी घटाउन सहयोग गर्नसक्ने खानेकुराहरु र वनस्पति पत्ता लगाएका छन् । नेपालमा पाइने यस्ता बस्तुहरुको सुचि दिइएको छ ।

यदि कसैले यि मध्ये केही घरेलु औषधी प्रयोग गर्दैछ भने पनि चिकित्सकको राय लिनैपर्छ । यस्ता घरेलु औषधी प्रयोग गर्दा इन्सुलिन वा अन्य औषधी चाहिं छोड्नुहुँदैन ।

  • खरवुजा
  • मेथी
  • दालचिनी
  • बेसार
NWTND Diab Page 21-3.png
  • सिरका
  • अदुवा
  • ति तो पात
Ne NWTND Diab Page 21-4.png
NWTND Diab Page 21-6.png


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८