Hesperian Health Guides

मधुमेह सम्वन्धि जटिलता

यस परिच्छेदमाः

मधुमेह भएका मानिसहरुलाई पर्न सक्ने २ प्रकारका जटिलता छन् । रगतमा चिनी कम हुने समस्या त्यस्तो ब्यक्तिलाई हुन्छ जसलाई मधुमेह भएको थाहा छ र यसको उपचारका लागि औषधी वा इन्सुलिन लिइरहेको छ । इन्सुलिन धेरै लिएर वा भोजन कम गर्दा यस्तो समस्या आउन सक्छ ।

मधुमेह भएको रोगिले आफ्नो परिचयपत्रसँगै आफ्नो मोवाइल नम्वर र आफू मधुमेहको रोगी भएको एउटा कार्ड पनि राख्नुपर्छ । यदि कहिले रगतमा चिनीको मात्रा कम भएर वेहोश भइयो भने वरीपरीका मानिसले मधुमेहको रोगी हो भन्ने थाहा पाएर अस्पताल पुर्याउन मद्दत गर्न सक्छन् । विदेशमा यस्तो प्रचलन छ । तर नेपालमा अझै मधुमेहका विरामीहरुले यसरी आफू रोगि हुँ भनेर कार्ड राख्ने चलन आइसकेको छैन ।

रगतमा चिनीको न्यून मात्रा (हाइपोग्लाइसेमिया)

रगतमा न्यून चिनी भएको कुनै ब्यक्तिले हडबडाएको, चिन्तित, पसिनैपसिना भएको वा गाह्रो महसुस गर्छ । त्यसपछि अचानक लोसो वा छिट्टै रिसाउने हुन जान्छ । यस्तो लक्षण देखिने बित्तिकै उसले केही खाइहाल्नुपर्छ । नत्र त स्थिति झन् खराब भएर जान्छ ।

पहिला लक्षणहरुसँगै उसले त्यतीखेरैदेखि ठिक चिजहरु खानुपर्दछ । यदिे नखाएमा उसको अवस्था अत्यन्त खराब हुनेछ । यस्ता खतराका लक्षणहरु हेर्नुहोस्ः

खतराका लक्षणहरु (चिन्हहरु)
  • हिंड्दा गाह्रो
  • धेरै कमजोरी
  • हेर्न गाह्रो
  • अलमल वा अनौठो ब्यवहार गर्नु (तपाईं उसले मदिरा सेवन गरेको भनी झुक्किनुहुनेछ) ।
  • वेहोश हुने
  • कम्प हुने
उपचार

यस्तो अवस्थामा यदि उ होशमै छ भने तुरुन्तै उसलाई चिनी, फलफूलको जुस, मिश्री दिनुपर्छ । उसले त्यसपछि तुरुन्त पेटभरी भोजन गर्नुपर्छ । यदि ग्लुकोमिटरले रगतको चिनी नाप्न सक्नुहुन्छ भने उपचारले काम गरेको तपाईंले जान्नुहुनेछ । यदि उ अझै पनि अलमलमा छ वा तपाईंले चिनी दिएको १५ मिनेट पछि पनि अझ राम्रो महशुस गर्न शुरु गरेन भने सहयोग माग्नुहोस् । यदि उ वेहोश छ भने उसको जिब्रो मुनी एक चिम्टी चिनी वा मह राख्नुहोस् । थोरै मात्रामा दिंदै गर्नुहोस् । शरीरलाई चिनी सोस्न केही समय लाग्छ । जब उ ब्युझिन्छ, तपाईं उसलाई बढी दिन सक्नुहुन्छ । खतराका लक्षणहरु नफर्किउन् भन्नका लागि ३ वा ४ घण्टा उसलाई हेरिरहनुपर्छ र सकेसम्म छिटो अस्पताल लैजानुपर्छ ।

रगतमा चिनीको मात्रा धेरै हुने अवस्था (हाइपरग्लाइसेमिया)

मधुमेह भएको ब्यक्तिले वढी खाना खाएमा, सामान्यभन्दा कम शारिरिक व्यायाम गरेमा, ज्वरो आएमा, मधुमेहको औषधी नलिएमा वा शरिरमा पानीको मात्रा कम (निर्जलित) भएमा उसको रगतमा चिनी धेरै हुन सक्दछ । मधुमेह भएको थाहा नभएको तर शरीरमा चिनीको मात्रा वढी भएका मानिसलाई पनि यो हुन सक्छ । यस्तो अवस्थामा उसलाई उपचारको जरुरत पर्छ ।

मधुमेहका लक्षणहरु
  • तिर्खा लाग्नु र प्रशस्त पानी पिउनु
  • वारम्वार पिसाव लाग्नु
  • आँखा धमिलो हुनु
  • तौलमा गिरावट (कमी)


यदि मधुमेहको उपचार गरिएन भने मानिस बेहोश भएर मृत्यु समेत हुन सक्दछ । यस्तो वेलामा विरामीलाई छिटै सहायता गरे ज्यान जोगिन्छ ।

यो बेलामा खतरनाक लक्षणहरु
  • मुटुको धड्कन वढ्नु
  • श्वास वेसरी गन्हाउनु, कुहिएको फलफूलको गन्ध हुनु
  • खस्रो छाला
  • वाकवाकी, वान्ता हुने, पेट दुख्ने
  • रक्तचाप कम हुनु
  • आफू कहाँ छु, थाहा नहुनु
  • छिटो, गहिरो (लामो) श्वासप्रश्वास
  • वेहोश हुनु
उपचार

यस्ता खतरनाक लक्षणहरु भएको ब्यक्तिलाई तुरुन्त चिकित्सा केन्द्रमा लैजानैपर्छ । यदि उ सचेत छ भने थोरै थोरै गरेर पिउनको लागि प्रशस्त पानी दिनुपर्छ । अस्पतालमा लगेर तुरुन्त उपचार गरेपछि विरामीको ज्यान बच्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८