Hesperian Health Guides

मधुमेहका औषधीहरु

मधुमेहका औषधीहरु

दोस्रो प्रकारको मधुमेहका लागि खुवाइने औषधीहरु

मेटफर्मीन (Metformin)


मेटफर्मीन मधुमेहको औषधी हो । यसले शरीरको इन्सुलिनलाई झन् राम्रोसँग काम गर्न सघाएर कलेजोमा चिनीको उत्पादन घटाउँदछ । यो औषधी दोस्रो प्रकारको मधुमेह भएका मानिसहरु जसलाई खानपिन र शारिरिक क्रियाकलापमा परिवर्तन गरेर मात्र मधुमेहलाई नियन्त्रण गर्न सकिन्न, उनीहरुलाई प्रयोग गरिन्छ । पहिलो प्रकारको मधुमेह भएका मानिसहरुलाई प्रयोग गरिदैंन । मधुमेहका अन्य औषधी भन्दा यो कम खर्चिलो छ, यसले रगतमा चिनीको स्तर ठीक राख्छ र तौलमा बृद्धि हुन दिंदैन । कहिंलेकाहिं मेटफर्मिनलाई अन्य औषधीहरु (सल्फोनाइलुरिया वा इन्सुलिन) सँगै दिइन्छ ।

Green-effects.png नराम्रा असरहरू
झाडापखाला, वाकवाकी, पेटमा ऐंठन, ग्याँस । मुखमा धातुको जस्तो स्वाद । खानासँगै मेटफर्मिन लिइएमा यि प्रतिकुल प्रभावहरुलाई रोकथाम गर्न सहयोग गर्छ । यस्ता असर कडा हुँदैनन् (सौम्य हुन्छन्) र औषधीको सुरुवात गरेपछि वा मात्रालाई बढाएपछिको १ वा २ हप्तापछि हराएर जान्छन् । यदि प्रतिकूल प्रभावहरु कम भएन भने अर्को औषधीको प्रयोग गर्नुपर्छ ।

NBgrnimportant.png महत्पपूर्ण
शरिरमा पानीको मात्रा कम भएको वेला वा गम्भिर संक्रमण भएका ब्यक्तिहरुले ठीक नहुन्जेल मेटमर्फिन रोक्नुपर्छ ।

  • मृगौलाको समस्या भएका मानिसहरुले मेटमर्फिन शुरु गर्नुपूर्व मृगौलाको कार्य परिक्षण गर्न रगतको जाँच गर्नुपर्छ ।
  • सौम्य प्रकृतिको (कडा नभएको) मृगौलाको रोग भएका मानिसहरुले पनि मेटमर्फिनको कम मात्रा (१००० मि. ग्रा प्रति दिन भन्दा वढी हुनुहुँदैन) लिनुपर्छ ।
  • गम्भिर मृगौलाका रोग भएका मानिसहरुले मेटमर्फिन लिनुहुँदैन ।


गम्भिर मुटुजन्य समस्याहरु, कलेजोको रोग वा मदिराको सेवन गर्नेले मेटमर्फिन प्रयोग गर्नुहुन्न ।

यो बाहेक डाक्टरहरुले कुनै विशेष परिस्थितिमा यो रोक्न सुझाब दिन्छन् ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
औषधी प्रयोग गर्दा स्वास्थ्यकर्मीको सल्लाह अनुसार गर्नुपर्छ । मधुमेहको औषधीको सुरुवात गर्दा कुन औषधीले राम्ररी काम गर्छ भनेर पत्ता लगाउन सहयोग गर्नका लागि सामान्यभन्दा वढी जाँचहरु गर्नुपर्छ

मेटमर्फिन ५००, ८५० वा १००० मि. ग्रा. (एमजि) को ट्याब्लेट (गोली) मा आउँदछन् र भोजनसँगै खानुपर्छ ।

NWTND bag arrow.png
वयष्कहरुका लागि सामान्यतः ब्यक्तिले साँझको भोजनसँग दिनको एक पटक ५०० मि. ग्रा. बाट शुरु गर्दछ ।

यदि रगतमा चिनीको मात्रा अझै घटेन भने मात्रा बढाउन सकिन्छ । कहिंलेकाहिं दिनमा दुई चोटी पनि प्रयोग गर्न सकिन्छ ।

उदाहरणको लागिः

पहिलो हप्ताः ५०० मि. ग्रा. वा
प्रत्येक राती ८५० मि. ग्रा. ट्याब्लेटको आधा लिनुपर्छ
दोस्रो हप्ताः प्रत्येक दिन ८५० मि. ग्रा. लिनको लागि विहानको भोजनसँगै ८५० मि. ग्रा. ट्याब्लेटको आधा र साँझको खानासँगै ८५० मि. ग्रा. ट्याब्लेटको आधा वा
प्रत्येक दिन १००० मि. ग्रा. लिनको लागि ५०० मि. ग्रा. विहानको खाना र ५०० मि. ग्रा. साँझको खानासँग प्रत्येक दिन लिनुहोस् ।

यसरी औषधी प्रयोग गर्दा खानामा पनि कति खाने कसरी खाने भनेर स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ ।

कहिले मेटफर्मिनलाई दिनको ३ पटकसम्म (विहानी, मध्यदिन र साँझको भोजनसँग) पनि खान सकिन्छ ।

उदाहरणको लागिः

एक दिनमा जम्मा १५०० मि. ग्रा. लिनको लागि, प्रत्येक भोजनसँगै प्रत्येक दिन ३ पटक ५०० मि. ग्रा. खानुपर्छ ।
तर २००० मि. ग्रा. ।
भन्दा वढी प्रयोग गरिदैंन
बच्चालाई मेटमर्फिन दिनुपर्यो भने डाक्टर वा अनुभवी स्वास्थ्य कार्यकर्ताको सुझाबमा मात्र प्रयोग गर्नुपर्छ ।

अन्य औषधीहरु

सल्फोनाइलुरियाहरु र इन्सुलिन पनि मेटमर्फिनको सट्टामा वा सँगसँगै प्रयोग गरिने औषधीहरु हुन्

सल्फोनाइलुरियाहरु


दोस्रो प्रकारको मधुमेह भएका मानिसहरुका लागि औषधिहरुको किसिमको समूह हो । यसले प्याङ्क्रियाजलाई धेरै इन्सुलिन बनाउन सहयोग गर्दछन् र शरिरलाई इन्सुलिनको प्रयोग गराउन सहयोग गर्दछन् । छोटो समयसम्म काम गर्ने (शर्ट याक्टिङ्ग) सल्फोनाइलुरियाहरुले रगतको चिनीलाई छिट्टै कम गर्दछन् तर प्रत्येक दिन २ पटक लिनुपर्छ । लामो समयसम्म काम गर्ने (लङ्ग याक्टिङ्ग) सल्फोनाइलुरियाहरुले ढिलो काम गर्दछन् तर शरिरमा लामो समयसम्म रहन्छन् । कसले कति प्रयोग गर्ने भन्ने स्वास्थ्यकर्मी र डाक्टरको सुझाब अनुसार गर्नुपर्छ ।

रगतमा चिनीको तहलाई राम्रोसँग नियन्त्रण गर्नका लागि सल्फोनाइलुरियाहरुलाई एक्लै वा अन्य मधुमेहका औषधीहरु (मेटमर्फिन वा इन्सुलिन) सँग जोडेर पनि प्रयोग गर्न सकिन्छ ।

Green-effects.png नराम्रा असरहरू
सल्फोनाइलुरियाले रगतमा चिनीको स्तर छिट्टै कम गर्न सक्छन् । औषधी खाएपछि केही खाना नखाएमा पनि चिनीको स्तर छिट्टै घट्न सक्छ । यसैले बारम्वार स्वास्थ्यकर्मीको सहयोग र सुझाव लिनुपर्छ । यसको प्रतिकुल प्रभावः

  • भोकमा बृद्धि र तौल बढ्नु । पौष्टिक खाना र शारिरिक क्रियाकलाप गरेर यसलाई रोकथाम गर्न सकिन्छ ।
  • सल्फोनाइलुरियाहरुको प्रयोग गर्दा मदिरा सेवन गरेमा कहिंलेकाहिं वान्ता गराउन सक्दछ ।
  • केही मानिसहरुका लागि यो औषधीले छालामा एलर्जि गराउन सक्छ । यो औषधी प्रयोग गर्दा कहिंलेकाहीं घाममा हिंड्दा समस्या पर्न सक्छ ।

NBgrnimportant.png महत्पपूर्ण
मृगौला वा कलेजोको रोग भएका विरामी वा मदिरा सेवन गर्ने मानिसले सावधानीपूर्वक सल्फोनाइलुरियाहरुको प्रयोग गर्नुपर्दछ ।

बृद्ध मानिसहरु (६५ बर्षभन्दा वढी उमेर) वा मृगौलाको रोग भएका मानिसहरुका लागि रगतको चिनीको स्तर कम हुनबाट रोक्न छोटो समयसम्म काम गर्ने (शर्ट याक्टिङ्ग) सल्फोनाइलुरियाहरुको प्रयोग गर्नुपर्छ । कति मात्राबाट शुरु गर्ने भन्ने कुरा डाक्टरसँग सल्लाह लिनुपर्छ ।

पहिलो प्रकारको मधुमेह भएका मानिसहरु वा सल्फायुक्त औषधीहरुसँग एलर्जि भएका मानिसहरुले सल्फोनाइलुरियाको प्रयोग गर्न हुँदैन । गर्भवती महिलाहरुलाई मधुमेहको औषधी प्रयोग गर्दा वडो ध्यान दिनुपर्छ र स्वास्थ्यकर्मीको सुझाव लिएर मात्र प्रयोग गर्नुपर्छ ।

दोस्रो प्रकारको मधुमेह भएका साना वालवालिकालाई सल्फोनाइलुरियाहरु दिनुहुँदैन ।

अत्यन्त धेरै लिइनुका लक्षणहरु

औषधी प्रयोग गर्दा रगतमा चिनीको स्तर कम भयो भने हिंड्दा धरमर हुने, कमजोरी, हेर्न गाह्रो, भ्रम (अलमल), वेहोश हुने, काम्ने हुन सक्छ । यदि ब्यक्ति होशमै छ भने तुरुन्तै केहि गुलियो र केही खानेकुरा दिनुपर्छ । वेहोश भए उसको जिब्रो मुनी एक चिम्टी चिनी वा मह राख्ने र उ नब्युँझिउन्जेल थोरै मात्रामा दिंदै गर्नुपर्छ ।

अन्य औषधीहरुसँग प्रयोग गर्दा प्रभाव

यस्ता औषधी प्रयोग गर्दा अरु रोगको लागि पनि औषधी खाइरहेको भएमा त्यसको बारेमा स्वास्थ्यकर्मीलाई पूर्ण जानकारी दिनुपर्छ । किनभने कुनै अन्य औषधी प्रयोग गर्दा यस्तो औषधीको प्रभाव कम पनि हुन सक्छ ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
मधुमेहको औषधी लिइरहेको ब्यक्तिले समयसमयमा रगतको जाँच गर्नुपर्छ । औषधी प्रयोग गर्दा थोरैबाट शुरु गरेर त्यो मात्रालाई थोरै थोरै गरेर बढाउनुपर्छ । स्वास्थ्य कार्यकर्ताले यो विषयमा सल्लाह दिनुपर्छ ।

सल्फोनाइलुरिया औषधीहरु दोस्रो प्रकारको मधुमेह भएका वयष्कहरुका लागि प्रयोग गरिन्छन् ।

  • खाना खानुभन्दा ३० मिनेट पहिले सल्फोनाइलुरियाहरु लिनुपर्छ । यो औषधी लिइसकेपछि खाना खानुपर्छ । खाना खाएन भने रगतमा चिनी कम हुने र समस्या पर्न सक्छ
  • औषधी खाँदाखाँदै पनि चिनीको मात्रा कम भयो भने स्वास्थ्य कार्यकर्तासँग सल्लाह गर्नुपर्छ र औषधी फेर्नुपर्ने हुन सक्छ।
  • सल्फोनाइलुरिया शुरु गर्दा थोरै मात्राबाट शुरु गर्न सकिन्छ र दिनको एक चोटी बिहानको खाना खानु अघि लिन सकिन्छ । औषधीको मात्रा बिस्तारै बढाउन सकिन्छ । स्वास्थ्यकर्मीले कसरी मात्रा बढाउने भनेर सल्लाह दिन्छन् ।

GLIBENCLAMIDE (GLYBURIDE)

Glibenclamide लामो समयसम्म काम गर्ने (लङ्ग याक्टिङ्ग) सल्फोनाइलुरिया हो र सामान्यतया १.२५ मि. ग्रा., २.५ मि. ग्रा., र ५ मि. ग्रा. ट्याबलेटहरुमा आउँदछ ।

NWTND bag arrow.png
शुरुमा सामान्यतया १.२५ र ५ मि. ग्रा. को ट्याब्लेट प्रयोग गर्नुपर्छ र विहान खाना खानुभन्दा पहिले खानुपर्छ ।

प्राय २.५ मि.ग्रा. वा १० मि. ग्रा. को प्रयोग गरिन्छ । १० मि. ग्रा. भन्दा वढी लिइरहेको भएमा बिहान बेलुका गरेर पनि औषधी प्रयोग गर्न सकिन्छ ।

उदाहरणको लागिः

NWTND bag arrow.png
विहान ५ मि. ग्रा. को ट्याब्लेट भोजन अघि र अर्को ५ मि. ग्रा. ट्याब्लेटलाई साँझको भोजन अघि लिनुपर्छ ।
NWTND bag arrow.png
यदि एक दिनमा १५ मि. ग्रा. लिनु छ भने २.५ मि. ग्रा. को ३ चक्कि बिहानको खाना खानु अघि लिने, २.५ मि. ग्रा. को अर्को ३ चक्कि बेलुकाको खाना खानु अघि खान सकिन्छ ।

एक दिनमा २० मि. ग्रा. भन्दा बढी मात्रा लिनु हुँदैन ।


GLIMEPIRIDE

Glimepiride लामो समयसम्म काम गर्ने (लङ्ग याक्टिङ्ग) सल्फोनाइलुरिया हो र सामान्यतया १ मि. ग्रा., २ मि. ग्रा., र ४ मि. ग्रा. का ट्याबलेटहरुमा आउँछ ।

NWTND bag arrow.png
यो कहिले र कति मात्रामा प्रयोग गर्ने भन्ने कुरा स्वास्थ्यकर्मीले सल्लाह दिन्छन् ।


GLIPIZIDE

GLIPIZIDE छोटो समयसम्म काम गर्ने (शर्ट याक्टिङ्ग) सल्फोनाइलुरिया हो र सामान्यतया ५ मि. ग्रा. र १० मि. ग्रा. को ट्याब्लेटमा आउँदछ ।

NWTND bag arrow.png
सुरुवातमा सामान्यतया २.५ मि. ग्रा. को ट्याबलेट दिनदिनै विहान खानुभन्दा अघि खानुपर्छ ।

Iविस्तारै यो मात्रालाई बढाउन सकिन्छ । १० मि. ग्रा. वा वढी प्रयोग गर्दा विहान र वेलुका बाँडेर खान सकिन्छ ।

उदाहरणको लागिः

NWTND bag arrow.png
एउटा ५ मि. ग्रा. ट्याब्लेटलाई विहानको भोजन अघि र अर्को ५ मि. ग्रा. ट्याबलेटलाई साँझको भोजन अघि खाने ।


एक दिनमा २० मि. ग्रा. भन्दा वढी प्रयोग गर्नुहुँदैन ।


GLICLAZIDE र GLICLAZIDE MR

Gliclazide दुईवटा रुपमा आउँदछ ।

Regular gliclazide सामान्यतया ८० मि. ग्रा. ट्याब्लेटको हुन्छ ।

NWTND bag arrow.png
सुरुवाती मात्रा सामान्यतया ४० मि. ग्रा. र ८० मि. ग्रा. को हुन्छ । विहान भोजन गर्नुभन्दा अघि ४० मि. ग्रा. र बेलुका भोजन गर्नुभन्दा अघि ४० मि. ग्रा. खानुपर्छ ।

आवश्यक परेमा यो मात्रालाई बढाउन सकिन्छ । १६० मि. ग्रा. वा वढी प्रयोग गर्दा दैनिक मात्रालाई आधामा बाँड्नुपर्छ । विहानको भोजन अघि र एक पटक साँझको भोजन अघि दिनको २ पटक लिइन्छ ।

उदाहरणको लागिः

NWTND bag arrow.png
८० मि. ग्रा. ट्याब्लेटलाई विहानको भोजन अघि र अर्को ८० मि. ग्रा. ट्याबलेटलाई साँझको भोजन अघि लिइन्छ ।


एक दिनमा ३२० मि. ग्रा. भन्दा वढी प्रयोग गर्नुहुँदैन ।

Gliclazide MR (modified release) ३० मि. ग्रा. को ट्याब्लेटमा हुन्छ र regular gliclazide भन्दा फरक मात्रा हुन्छ । Gliclazide MR शुरु गर्दा ३० मि. ग्रा. बाट शुरु गरिन्छ ।

आवश्यक भएमा मात्रालाई बढाउन सकिन्छ र स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ । धेरैजसो बिरामीलाई बिहानको खानाभन्दा अघि ३० मि. ग्रा. देखि १२० मि. ग्रा. सम्म प्रयोग गर्दा मधुमेह राम्ररी व्यवस्थापन गर्न सकिन्छ । Gliclazide MR प्रयोग गर्ने बिरामीले दिनमा १२० मि. ग्रा. भन्दा बढी मात्रा लिनु हुँदैन ।


CHLORPROPAMIDE

Chlorpropamide लामो समयसम्म काम गर्ने (लङ्ग याक्टिङ्ग) सल्फोनाइलुरिया हो र सामान्यतया यसको १०० मि. ग्रा. र २५० मि. ग्रा. को ट्याबलेट हुन्छ ।

NWTND bag arrow.png
शुरु गर्दा सामान्यतया १०० मि. ग्रा. र २५० मि. ग्रा. बाट शुरु गर्छन् । प्रत्येक दिन १ पटक, विहानको भोजनभन्दा पहिले प्रयोग गरिन्छ ।

आवश्यक परेमा मात्रालाई बढाउन सकिन्छ । तर स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ ।


त्यसैगरी Tolazamide र Tolbutamide जस्ता छोटो समयसम्म काम गर्ने (शर्ट याक्टिङ्ग) सल्फोनाइलुरिया का ट्याब्लेटहरु पनि छन् । यद्यपी नेपालमा भने यि औषधीहरु उपलब्ध छैनन् ।

यस पृष्ठलाई अद्यावधिक गरिएकोः ०५ जनवरी २०२४