Hesperian Health Guides

यौनागंमा मुसाको उपचार

मधुमेहका औषधीहरु

Podofilox


(Podofilox) पोडोफाइलक्स यो एक तरल पदार्थ हो र यौनागंमा हुने मुसाको लागि प्रयोग गरिन्छ । पोडोफिलिन (podophyllin) विचार गरेर प्रयोग गरिएन भने खराबी गर्न सक्छ । तर (Podofilox) पोडोफाइलक्स चाँहि सुरक्षित हुन्छ । पहिलो चोटि त स्वास्थ्य चौकिमा गएर लगाउन सकिन्छ । अनि घरमा नै रुवाको सहायताले वा औंलाले पनि लगाउन सकिन्छ । लगाएपछि हात धुनु पर्छ । यो सुकेपछि मात्र भित्री बस्त्र लगाउनु पर्छ ।

Green-effects.png नराम्रा असरहरू
(Podofilox) पोडोफाइलक्सले छालामा घाउ बनाउन सक्छ । रगत बग्न सक्छ ।

NBgrnimportant.png महत्पपूर्ण
गर्भवती र दूध खुवाउने महिलाले प्रयोग नगर्ने ।

यदि छालामा घाउ भए फेरी प्रयोग नगर्ने ।

NBgrneyedrop.png कसरी प्रयोग गर्ने

NWTND bag arrow.png
(Podofilox) पोडोफाइलक्सलाई दिनको दुई चोटी ४ दिनसम्म लगाउने । ४ दिनसम्म उपचार नगर्ने । अनि

४ दिन पछि फेरीउपचार गर्ने । र फेरी ४ दिन औषधि रोक्ने । यसैगरी ४ हप्तासम्म गर्ने । मुसा गएपछि औषधी बन्द गर्ने । ठिक नभए स्वास्थ्यकर्मी कहाँ जाने ।

Trichloroacetic acid / bichloroacetic acid


Trichloroacetic acid / bichloroacetic acid पनि यौनागंमा मुसामा लगाएर मुसा सानो पारिन्छ । यो लगाउँदा होशियार हुनुपर्छ, नत्र पोल्न सक्छ ।

Green-effects.png नराम्रा असरहरू
Trichloroacetic acid / bichloracetic acid प्रयोग गर्दा सामान्य छालामा पोल्न सक्छ ।

NBgrnimportant.png महत्पपूर्ण
होशियार भएर प्रयोग नगरे यसले घाउ बनाउन सक्छ ।


NBgrnspoon.png कसरी प्रयोग गर्ने
यो १०% देखि ३५% औषधि भएको तरल पदार्थ हो । छालामा लगाईन्छ ।

Genital warts: (मुसाको लामग)
NWTND bag arrow.png
यो प्रयोग गर्दा पेट्रोलियम जेली लगाएर वरिपरिको छाला सुरक्षित राख्नु पर्छ । त्यसपछि चुचे पारेको रुवामा trichloroacetic acid वा bichloroacetic acid लिएर मुसा भएको ठाउँमा राख्नुपर्छ । त्यो मुसा सेतोे हुँदै जान्छ ।


यो उपचार गर्दा ठिक हुँदै जाँदा मुसा भएको ठाउँमा घाउ हुन्छ । यदि धेरै दुखे उपचार गर्न रोक्नुपर्छ । घाउ एक हप्तामा ठिक हुन्छ ।त्यसलाई संक्रमण हुन नदिन सफा साख्नु पर्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ०५ जनवरी २०२४