Hesperian Health Guides

औषधि सेवनले रक्तचाप कम गराउँछ

यस परिच्छेदमाः

पोषणयुक्त खानेकुरा र व्यायामले उच्चरक्तचाप भएको व्यक्तिको स्वास्थ्य सुधार गर्दछ । तथापी केही मानिसलाई रक्तचाप कम गर्न औषधिको आवश्यकता पर्दछ । यदि उच्च रक्तचापको संगसंगै अरूपनि स्वास्थ्य समस्या छन् भने दैनिक औषधि सेवनबाट आकस्मिक स्वास्थ्य समस्याको रोकथाम गर्दछ

NWTND heart Page 13-1.png

रक्तचाप कम गर्ने धेरै औषधिहरू छन् । दैनिक प्रयोग गर्दा ती सबैले राम्रो काम गर्छन् । औषधिको सेवन बन्द गरेमा रक्तचाप फेरी बढ्छ । लामो र स्वस्थ जीवन बाँच्नको लागि जब यो जरुरी हुन्छ, मानिसले दैनिक रुपमा यसको सेवन गनुृपर्छ ।

केही औषधिहरूले अप्ठ्यारो असरहरू हुन सक्छन् जस्तैः छिन छिनमा पिसाब लाग्ने, पखाला लाग्ने, वाकवाक लाग्ने, छालामा डाबर आउने वा खोकी लाग्ने हुन सक्छ । त्यसको सेवन बन्द गर्नु भन्दा आफ्नो स्वास्थ्यकर्मीलाई त्यो भन्दा राम्रो काम गर्ने औषधि छ कि सोध्नुपर्छ ।

उच्च रक्तचाप कम गर्नको लागि मानिसहरूलाइ एक भन्दा बढी औषधि चाहिन सक्छ । एक भनदा बढी औषधि प्रयोग गर्नु पर्दा, दिनको फरक फरक समयमा खाँदा राम्रो हुन्छ ।

NWTND heart Page 13-2.png दैनिक प्रयोगको लागि सात दिनको औषधि अट्ने औषधिको बट्टा बनाउनुहोस् । सम्झन सजिलोको लागि प्रत्येक हप्ता यसलाई भर्नुहोस् । NWTND heart Page 13-3.png

उच्च रक्तचाप कम गर्ने औषधिहरू:

  • डाइयुरेटिक (पानी चक्की) यसको उदाहरण हाईड्रोक्लोरोथायजाइड र फुरोसिमासाइड हो । यो औषधिको प्रयोगले पिसाब धेरै लगाउँछ । जसले गर्दा शरीरमा पानीको मात्रा कम हुन्छ र रक्तचाप घटााउँछ ।
  • क्याल्सियम च्यानल ब्लकर: उदाहरणः नेफिडिपिन, एम्लोडिपिन, डेल्टियाजिम र भेरापामिल । यो औषधिले क्याल्सियमलाई रगत नलीबाट पस्न दिंदैन जसले गर्दा रक्तचाप घट्न मद्दत गर्छ ।
  • ए.सी.ई, कम गर्ने र ए.आर.बि: उदाहरणहरूः क्याप्टोप्रिल, इनालाप्रिल, लिसिनोप्रिल र लोसार्टन हुन् । यि औषधीले निश्चित पदार्थहरूलाई रक्त नलीमा जान दिंदैन जसले रक्तचापलाई कम गर्न सहयोग गर्छ । यसले मृगौलाको रक्षा गर्न सहयोग गर्छ । त्यसैले मधुमेह भएका उच्च रक्तचापको बिरामीलाई यो औषधी प्रयोग गन्छि ।
  • विटा, ब्लकर: उदाहरणः एटिनोलोन, मोटोप्रोलोल, बिसोप्रोलोल र कारभिहिलोल । यो औषधिले मुटुको चाल घटाई दिन्छ । जसले गर्दा मुटुले शरीरमा थोरै रगत फाल्छ र रक्तचाप घटाउँछ । यो विटा, ब्लकर प्राय डाईयुरेटिक वा अरू रक्तचापको औषधीसंग मिलाएर दिइन्छ ।

उच्चरक्तचाप कम गर्ने अरू थुप्रै औषधिहरू छन् । जुन यिनीहरूको तुलनामा कम प्रयोग गरिन्छ ।

केही वनस्पतिको प्रयोगले उच्च रक्तचाप कम गर्न सक्छ

NWTND heart Page 15-1.png
सिस्नुमा क्याल्सियम, फोलिक फोलिक एसिड तथा अन्य पोषण तत्व पाइन्छ । जसले काँडा हुने भएकोले टिप्दा र पकाउँदा सुरक्षित तरिकाले गर्नु

हाम्रो क्षेत्रमा पाइने विभित्र बोट बिरुवाको प्रयोगले पनि उच्च रक्तचाप कम गर्न सक्छ । उदाहरणको लागि, सिस्नु जसले पिसाब खुलाउँछ, शरीरमा पानीको मात्रा घटाउँछ र रक्तचाप कम गर्छ । घन्टिफूल (जाभा कुसुम) (Hibicus) विभित्र ठाउँमा पाइन्छ ।, यसले पनि रक्तचाप गर्छ र यो गर्भवती अवस्थामा पनि प्रयोग गर्न सुरक्षित छ ।

प्राय जडीबुट्टी बिरुवाहरू जुन औषधिको लागि प्रयोग गरिन्छ त्यसको जानकारी समुदायका धाइर्, धामी, झाक्री तथा बृद्धबृद्धाहरूलाई सोध्न सकिन्छ । उनीहरूलाई यसको सुरक्षित तयारी तथा प्रयोग, कसरी, कुन कुन रोगको लागि, कति समय सम्म गर्नुपर्छ सबै थाहा हुन सक्छ ।

अन्य औषधिको सेवन गर्दा यदी जडिबुट्टिको प्रयोग गरेको छ भने त्यो औषधी र जडिबुट्टी अन्तरक्रिया गर्छ कि, र यो गर्भवती अवस्थामा प्रयोग गनुृ सुरक्षित छ कि छैन पत्ता लगाउनु पर्दछ । उच्चरक्तचाप भएको व्यक्तिले स्वस्थकर खाना, व्यायम गरेन भने औषधि र जडीबुटीको प्रयोगले मात्र राम्रा हुँदैन । स्वस्थ हुन पोषणयुक्त खाना, सफा पानी, आधारभूत सुरक्षा र राम्रो जीवनशैली आवश्यक हुन्छ ।

NWTND heart Page 15-2.png जाभाकुसुम उच्चरक्तचाप घटाउन विश्वभरि नै प्रयोग गरिन्छ । यसलाई विभित्र नामले चिनिन्छ । जस्तैः रोसेला, रोसेली, आदि । यसको फूललालई सुकाइन्छ र तातो पानीमा ५—६ मिनेट राखेर चियाको रुपमा ३ पटक प्रत्येक दिन ५।६ हप्तासम्म प्रयोग गर्नुपर्दछ । (त्यो भन्दा लामो समयसम्म खाँदा पनि यसले कुनै हानी गर्दैन ।) यसबाट बनेको चिया कम चिनी वा विना चिनी प्रयोग गनुृ उत्तम हुन्छ कनिकी चिनीले मुटुको समस्या, मधुमेह र अन्य समस्या बढाउँछ ।



यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१९