Hesperian Health Guides

अन्य मुटुका समस्याहरू

यस परिच्छेदमाः

अनियमित मुटुको धड्कन

प्राय सबैले मुटुको चाल बढेको वा रोकेको महशुस गरेको हुन्छन् । यस्तो अवस्थालाई अनियमित मुटुको धड्कन या एरिदमिया भनिन्छ । कहिलेकाहीँ मुटुको चाल परिवर्तन हुनु सामान्य कुरा हो । विशेषत बृद्धावस्थामा तर लगातार भई रहनु भने राम्रो कुरा होइन । यसको लागि उपचार चाहिन्छ । प्रायगरी मुटुको चाल परिवर्तन भई रह्यो भने त्यसले मुटुलालई असर गर्नसक्छ । र अरू लक्षणहरू पनि देखिन सक्छ । यदि मुटुको धड्कन छिटो छिटो बढेमा (छात्ति वा घाँटिमा थर्केको महशुस हुनु) मुटु रोकिए जस्तो भएमा, वा यो लक्षणहरू तलका मध्ये कुनै अन्य लक्षण संसंगै देखिएमा स्वास्थ्यकर्मीलाई जँचाउनुहोस्:

Ne NWTND heart Page 17-1.png
  • मुटु छिटो र जोडले धड्किनु
  • रिंगटा लाग्ने, टाउको झुम्म भएमा
  • बेहोश हुनु
  • सास फेर्न गाह्रो भएमा (स्याँ स्याँ भएमा)
  • छाति दुखेमा


निश्चित औषधि वा पेय पदार्थले पनि मुटुको धड्कन अनियमित गर्ने वा अरू बढाउने गर्दछ ।

  • निकोटिन जुन चुरोटमा वा तम्बाकु जनय पदार्थमा पाईन्छ ।
  • मादक पदार्थ
  • रुघा खोकीको औषधि
  • एरिदमियाको औषधिः कहिलेकाहीँ एरिदमियाको उपचार गर्ने औषधिले पनि झन मुटुको धड्कन अनियमित बनाउँछ । त्यसैले यसता औषधि दिँदा बिरामीलाई मुटुको चाल जाँच्न सिकाउनु पर्छ र जाँच्न सल्लाह दिनुपर्छ ।
  • कोकेन, मारिजुआना र एम्फिटामिन जसता औषधिहरुले अनियमति अनियमति मुटुको मुटुको धड्कन बढाउँछन । आफूले कुनै औपाधि, पेय पदार्थहरू सेवन गरेको छ धने स्वास्थ्यकर्मीलाई जानकारी गराउनु पर्छ ।


यिनीहरूको सेवनले कहिलेकाहीँ समस्या गराउन सक्छ र प्रयोग हुने औषधिको काममा फरक पार्न सक्छ ।

Ne NWTND heart Page 18-1.png
सबै छातिको दुखाई मुटु रोगको लक्षण मात्र नहुन सक्छ । कहिलेकाहीँ त्यो सामान्य दुखाई पनि हुन सक्छ ।जस्तै मुटु पोल्ने, अपच हुनेमा पनि दुखाई हुन्छ । यदि एन्टासिड खाँदा दुखाई कम भयो भने त्यो ग्यासट्रिकको दुखाई, पखाला लागेर वा जुका परेर छातिको दुखाई हुन सक्छ

छातिको दुखाई (एन्जाइना)

एन्जाईना भनेको छातिमा हुने दुखाई वा असजिलोलाई भनिन्छ । मुटुमा रगत पठाउने नली साँघुरो भएर मुटुमा रक्त सञ्चार नपुग्नाले एन्जाइना हुन्छ । यो अवस्था धेरै सक्रिय भएर काम गर्दा वाधेरै आवेग आउँदा हुन्छ । र आराम गर्दा यो कम हुन्छ ।

एन्जाईनामा छातिमा थिचेको र निचोरेको जस्तो दुखाई हुन्छ जुन काँधमा, घाँटिमा, चिउँडोमा, आतमा र ढाडमा हुन्छ । यसबाहेक कहिलेकाहीँ अपाचन जस्तो हिँड्दा स्याँ स्याँ हुने मुख्यतया उकालोमा गाह्रो हुने गर्दछ । ।

छातिको दुखाईमा सतर्क हुनुहोस् ।

छातिमा दुखाई भनेको हृदयघातको लक्षण पनि हुन सक्छ तर सबै हृदयघातमा छाति नदुख्न सक्छ । दुखाईलाई सामानय तरिकाले लिन हुँदैन

कहिलेकाहीँ फोकसोको समस्याले पल्मोनरी ईम्बोलिज्म र ठूलो रगत नली फुटेर पनि छाति दुख्छ । छाति दुख्दा मुटुको समस्याले हो कि होइन भनेर थाहा पाउन रगतको जाँच, छातिको एक्स रे इ.सि.जि गर्न सक्छौं ।माथिका कुनै जाँचहरूले नराम्रो असर गर्दैन त्यसमध्ये इ.सि.जि मुटुको काम हेर्नको लागि गरिन्छ । यदि पहिले देखि नै मुटुको औषधि सेवन गरेको छ र कहिलेकाहीँ छाति दुख्यो तर आकस्मिक दुखाई होइन भत्रे भन्ने लाग्यो भने पनि त्यसमा सतर्क हुनुपर्छ । र स्वास्थ्यकर्मीलाई जानकारी गराउनु पर्छ ।

दुखाईको बारे बयान गर्दा तलका कुराहरू याद र्नु पर्दछः

  • दुखेको मिती र दिनमा कति पटक छाति दुख्यो ।
  • छाति दुख्नु भन्दा अगाडी के भएको थियो । जस्तैः व्यायाम गर्दै मानसिक तनाव धेरै भोजन, वा चिसो ठाउँमा गएको ईत्यादि
  • कति समयसम्म दुख्यो, आराम गर्दा कम भयो कि भएन ।


मुटुको अरू रोग जस्तैः एन्जिना पनि खानपान र जीवनशैली परिमार्जन गरिए भने केही हदसम्म कम हुन्छ । जस्तैः धेरै चिल्लो खाना नखाने, धुम्रपान नगर्ने, क्याफिन भएको पेय पदार्थ कम खाने, दैनिक व्यायाम गर्ने । बिरामीले व्यायाम गर्दा ध्यान दिनुपर्छ । कहिलेकाहीँ गाह्रो व्यायाम गर्दा पनि एन्जाईना हुन सक्छ । त्यसैले चिकित्सकसंग सल्लाह लिएर कस्तो व्यायाम ठिक छ सोधेर गर्नुपर्छ । मुख्यतया एन्जाईनाको लागि क्याल्सियम ,च्यानल ब्लकर, बिटा ब्लकर र नाईट्रेटप्रयोग गरिन्छ ।

साँघुरिएर मुटुले काम नगर्नु (Congestive Heart Failure)

यो मुटुको यस्तो अवस्था हो जसमा मुटु कमजोर हुन्छ र राम्रोसंग धड्कन सक्दैन । यसले गर्दा शरीरमा चाहिने मात्रामा रगत मुटुले फाल्न सक्दैन जसको कारण फोक्सो, खुट्टा, र शरीरको विभित्र भाग सुनिन्छ । यसले गर्दा मानिस कमजोर हुन्छ र अन्तयमा मृत्यु हुनसक्छ । तर उपचार गर्दा मुटुको अवस्था राम्रो भयो भने बिरामीको सुधार पनि हुन सक्छ ।

लक्षण
NWTND heart Page 21-1.png
  • अति थकाई लाग्ने र कमजोर हुने: जब मुटुले राम्रोसंग खुम्चिदैन तब यसले शरीरलाई चाहिने रगत फ्याल्न सक्दैन, हाम्रो अंग र मांशपेशीले चाहिने जति अक्सिजन पाउँदैन अनि थकाइ लाग्ने र कमजोर हुने हुन्छ ।
  • सास फेर्न गाह्रो हुने: फोक्सोमा पानी जमेमा सास फेर्न गाह्रो हुन्छ । मुख्यतया राती उत्तानो सुत्दा, खोकी लाग्दा र सास लिंदा सिट्टीको आवाज निस्कन्छ ।
  • सुन्निनु (सुजन): शरीरमा धेरै पानी जम्मा भएर पुरै शरीर सुत्रिन्छ । मुख्यतया खुट्टामा, जुन उत्तानो परेर सुतदा पनि कम हुँदैन ।
  • पेट सुत्रिन्छ: कलेजो सुनिन्छ, जसले गर्दा पेट छामेर हेर्दा कलेजो सुन्नेको महशुस हुन्छ । र पेटमा पानी जम्मा हुन्छ ।
  • छिनछिनमा पिसाब लाग्छ ।
उपचार
  • नुन कम खाने: खाना पकाउँदा धेरै नुन नहाली पकाउने, काकेको खानेकुरामा नुन थपेर नखाने, टिनको बट्टामा हालेको खाना र पत्रु खाना नखाने जस्ते आलु चिप्स, प्रशोधिन गरेको खानामा नुनिलो स्वाद धेरै नभएता पनि नुनको मात्रा बढी हुन्छ ।
  • शरीरबाट पानी बाहिर निकाल्ने औषधि जस्तै पानी चक्की (डाईयुरेटिक), हाइड्रोक्लोरोथाइजामाईड, यी औषधी सेवन गर्दा केरा, सुन्तला, कागती वा एभोकाडो खानुपर्छ । किनकी यसमा पोटासियम हुन्छ । पिसाब लाग्ने औषधिको कारणले हाम्रो शरीरमा पोटासियमको मात्रा कम भएको हुन्छ ।
  • ए.सि.ई अवरोध गर्ने औषधि खाने क्यापट्रोपिल, ईनालाप्रिल र लिसोनोप्रिल । यो यस रोगको मुख्य औषधि हो । यो औषधिले खोकी लगाउन सक्छ । त्यसैले बिरामीलाई यसबारे जानकारी गराउनु पर्छ र स्वास्थ्यकर्मीले अन्य कुनै औषधिले काम गर्छ कि प्रयास गर्नुपर्छ ।

मुटु बाथ रोग (Rheumatic heart disease)

रिउमाटिक मुटुको रोगले विशेषगरी बालबालिका र वयष्कलाई असर गर्छ । यो सामानयतया घाँटीको सुजनलाई उपचार नगर्नाले रिउमाटिक ज्वरो आउँछ । र मुटुमा असर गर्छ । रिउमाटिक ज्वरो प्रायजसो जोर्नीको दुखाई, स्याँ स्याँ हुने, वा छाति दुख्नु, र अनियन्त्रित रुपमा हातखुट्टा चल्नुबाट शुरु हुन्छ । र यो तुरुन्त एन्टिवायोटिक द्धारा उपचार गर्नुपर्छ उपचार गरिएन भने यो ज्वरोको किटाणुले मुटुको भल्भलाई असर गर्छ र खोटो पर्न, रोकावट हुने गर्दछ । यसले गर्दा मानिस र मुटुको गति दुबै कमजोर हुन्छ । यो स्थायी क्षतिलाई रिउमाटिक मुटुको रोग भनिन्छ । यो मुटुमा हुने क्षतिलाई रोकिएन र मरमत गरिएन भने मानिसको मृत्यु हुन सक्छ ।

बाथ मुटु रोग हुन सक्ने लक्षणहरू
NWTND heart Page 22-1.png
बाथ ज्वरो आउन नदिन घाँटिमा भएको सुजनलाई एन्टिबायोटिक द्धारा उपचार गर्नुपर्छ । यदि बच्चालाई बाथ ज्वरो आएको छ भने, मुटुलाई क्षति पुग्न नदिन तुरुन्त उपचारको आवश्यकता पर्दछ ।
  • भर्खरको मानिसपनि स्याँ स्याँ नगरि १०० मिटर हिड्न नसक्नु ।
  • यदि बच्चा शिरानी अग्लो नराखि सुत्न सक्दैन, स्याँ स्याा गर्छ भने
  • स्वास्थ्यकर्मीले स्टेथोस्कोप द्धारा मुटुमा कर्कस आवाज (murmur) सुनन सक्नु (क्षतिग्रस्त भल्भबाट रगत बगेको आवाज)
उपचार
  • बेन्जाथिन पेनिसिलीन जी नामको सुई प्रत्य्क महिना लगाउनले घरी घरी यो ज्वरो आउँदैन र मुटुलाई क्षति हुनबाट बचाउँछ ।
  • एन्जीओप्लास्टी नामको साधारण शल्यक्रियाले बन्द भएका साना धमनीहरूलाई खोल्छ । सानो नली जुन धमनीमा पसाइन्छ र यसमा भएको सानो बलुनलाई फुलाएर रोकावटलाई खोलिन्छ । यदि रिउमाटिक मुटु रोग अझ जटिल छ भने यो भन्दा विस्तारको शल्यक्रियाले उपचार गर्न सकिन्छ ।


बाथ मुटु रोग प्रायजसो गाउँघरको गरिब तथा घना बस्तीमा बस्ने कुपोषित बच्चाहरूमा हुन्छ । किनकी यहाँ शुद्ध खानेपानीको पहुँच, औषधि वा स्वास्थ्य उपचार कम हुन्छ । यस्ता समस्यालाई अलि अलि पनि कम गरि सकेका देशहरूमा यो समस्या लगभग हराई सकेको छ ।

मुटुमा खराबी लिएर जन्मेका बच्चाहरू

NWTND heart Page 23-1.png

मुटु राम्ररी विकास नभई जन्मेका बच्चामा पनि मुटु रोग हुन सक्छ । मुटुको कुनै भाग साह्रै नराम्ररी बनेको कारणले कतिपय बच्चाहरू जन्मेने वित्तिकै मदैटन् । कतिपय समस्याहरू जस्तै मुटुको दुई भागको बिचमा सानो प्वाल हुनु, उपचार नगरीकन पनि निको हुन सक्छन । कति मुटुका समस्याहरू जटिल हुन्छन तर औषधि र शल्यक्रिय द्धारा उपचार गर्न सकिन्छ । कतिपय देशरूमा कुनै खर्च बिना नै बालबालिकाको शल्यक्रिया गरिने विशेष प्रावधान छ ।

मुटुको कारणले बच्चाहरूमा हुनसक्ने लक्षणहरू
  • धेरै छिटो छिटो सास फेर्नु
  • बच्चाले राम्ररी नखानु
  • मुटुको धड्कन धेरै छिटो वा ढिलो हुनु


स्वास्थ्यकर्मीले स्टेथेस्कोप द्धारा मुटु छिटो चलेको वा मुटु असामान्य आजाव (murmur) सुन्न सक्छन् । मुटुको आकार प्रकार हेर्नको लागि एक्सरे गर्न सकिनछ । ई. के.जी (EKG), बच्चाको मुटुको धड्कनको लय पत्ता लगाउने परिक्षण, पनि गर्न पर्ने हुनसक्छ ।



यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१९