Hesperian Health Guides

रक्तचाप कम गर्ने र मुटुलाई सहयोग गर्ने तरिका

हेस्पेरियन स्वास्थ्य विकि > डाक्टर नभएमाः नयाँ संस्करण > रक्तचाप कम गर्ने र मुटुलाई सहयोग गर्ने तरिका

यस परिच्छेदमाः

प्रशोधित, भुटेका, नुनिला, गुलिया खानेकुराको सट्टा धेरै सागपात, फलफूल, अन्न र गेडागुडी खानुपर्छ“राम्रो खानेकुराले राम्रो स्वास्थ्य कसरी बनाउँदछ” । धेरै थरिका खानेकुरा कसरी खाने र थोरै पैसामा स्वस्थकर खाना कसरी खाने भत्रे बारेमा जानकारी पाउन सकिन्छ ।

NWTND heart Page 9-1.png

खानामा नुनको मात्रा (Sodium) छ । किन्नु भन्दा पहिला हेर्नुहोस् । नुनिलो स्वाद नभएता पनि प्याकेटमा भएका खानेकुरामा धेरै नुनिलो पदार्थ हुन सक्दछ । आफ्नो खाना ताजा र कम नुनको साथ आफैं बनाउनुहोस् । बरू लसुन, प्याज, कागती, ताजा मसलाहरूबाट खानालाई स्वादिलो बनाउनुहोस् । विभित्र प्रशोधित खानेकुराहरू जस्तै सोया सस, सुपमा हाल्ने क्युब्स, बासना आउने मसला, विभिन्न ससहरू, टमाटो केचप, शिशीको अचार र नुनमा डुबाएको लसुन आदिमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने गरि नुन हुन्छ ।

Iतयारी चाउचाउ, सुप र बासना आउने मसलाहरूमा धेरै रसायनिक पदार्थ नुन (प्रायजसो सोडियम) भनेर लेखिएको हुन्छ । यी सबै स्वास्थ्यको लागि खराब हुन् ।
NWTND heart Page 9-2.png
दैनिक १५०० मि.ग्रा धरै नुन चाहिँदैन, एउटा तयारी चाउचाउमा १६०० मि.ग्रा वा सो भन्दा धेरै नुन हुन सक्छ ।

वजन स्वस्थ राख्नुहोस् यदि तौल धेरै नै छ भने, थोरै तौल घटाउँदा पनि रक्तचाप घट्न सक्छ । कहिलेकाहीँ चामल, मकै, पिडालु जस्ता खानेकुरा छाकै पिच्छे नखाएर अलिक कम खाँदा, कम तेलको प्रयोग हुने गरी पकाउँदा वा गुलियो पेय पदार्थ कम पिउँदा पनि कडा परिश्रम बिना तौल घट्न मद्दत गर्छ ।बानी पार्नको लागि प्रत्येक हप्ता चिया पा कफीमा कम चिनी प्रयोग गर्न सकिन्छ ।

धुम्रपान नगर्नुहोस् धुम्रपानले गर्दा हर्ट अट्याक र स्ट्रोक हुने सम्भावना बढ्छ । धुम्रपान छोड्नको लागि “लागु औषध, धुम्रपान र मद्यपान (विकास) मा हेर्नुहोस्”

मद्यपान कम गर्नुहोस् दैनिक २ मात्रा मद्यपान (पुरुषका लागि) र दैनिक १ मात्रा मदपान (महिलाको लागि) भन्दा धेरै सेवन गरेमा मुटु रोग लाग्ने सम्भावना बढ्छ । सकेसम्म मद्यपान नगरेकै बेस ।

NWTND heart Page 10-1.png

शरीरलाई चलाउनुहोस् – हरेक दिन फुर्तिलो हुनुहोस् धेरै मान्छेलाई दिनको ३० मिनेट हिड्दा फाईदा गर्दछ । हिँड्दा र अरूसंग मिलेर गर्ने क्रियाकलाप गर्दा सुरक्षित र रमाइलो हुन्छ । मानिसले त्यतिकै पनि गर्ने कामहरू जस्तैः खेती, बारी, सरसफाई, बच्चाहरूसंग खेल्नु आदि फुर्तिलो हुने उपायहरू हुन् ।

तनाव कम लिनुहोस् आफूलाई शान्त राख्नुहोस् । आफूलाई शान्त राख्न मान्छेले ध्यान, योग, प्रर्थना र अन्य उपाए गर्छन् शरीर र मनलाई शान्त हुन्छन् । केहीले कडा शारीरिक परिश्रम र व्ययाप पछि शान्त महशुस गर्छन् । प्रायजसो अन्य व्यक्तिसंग घुलमिल हुनु वा समुहमा घुलमिल हुनुले आफ्नो अनुभूतिहरू आदान प्रदान गर्न सहयोग गर्दछ ।

आफ्नो र समुदायको स्वास्थ्यको लागि सहकार्य गर्नुहोस् राम्रो विचार तथा क्रियाकलापहरू आदान प्रदान गर्नको लागि समुह गठन गर्नुहोस् । उच्च रक्तचाप र मुटुको रोगलाई कम गर्नको लागि “मधुमेहका लागि समुदायिक क्रियाकलाप” मधुमेह भत्रे अध्यायमा भएका उपायहरू अपनाउनुहोस् । उदाहरणका लागि समुदायिक बगैचा वा खाना बनाउने उत्तम उपायहरूको छलफल गर्नाले धेरै सम्भावित मुटु रोगहरूको रोकथाम हुनसक्छ । साथसाथै यसले समुदायको मान्छेलाई नजिक ल्याउँछ । जसले गर्दा समुदायलाई अरू पनि धेरै फाईदा हुन्छन् ।

Ne NWTND heart Page 10-2.png

स्वास्थ्यकर्मिले मानिसलाई यसो गर्नुपर्छ भन्दा पनि समुदायका मान्छे के गर्न चाहान्छन् र किन गर्न चाहान्छन् सोध्न सक्छन् । कसैले पनि सधैभरि यसो गर उसो गर भनेको मन पर्दैन ।
उच्च रक्तचापको लागि हजुर किन केही गर्न चाहानु हुन्छ? भन्नुहोस् ।
मलाई केटाकेटी सानै छँदा साह्रो बिरामी पर्छ कि वा मर्छु कि भत्रे डर लाग्छ । तर आफ्नो खानेकुरा परिवर्तन गर्नु गाह्रो छ । र तरकारीहरू हाम्रो लागि महँगा छन् ।
पहिले भन्दा अहिले के–के फरक गर्नु भएको छ ?

उच्चरक्तचाप वा मुटुरोग भएमा के गर्ने ?

आफूलाई उच्चरक्तचाप या अन्य मुटुको समस्या छ भनेर थाहा पाउँदा चिन्ता लाग्छ । मुटु र रक्तचाप सम्बन्धि समस्या पूर्ण रूपले नगए नभए पनि, मधुमेह जस्तै यो पनि मानिस बिरामी नहुने गरी व्यबस्थापन गर्न सकिन्छ । मुटु रोगको लागि औषधि भए या नभएपनि, खानामा परिवर्तन गर्दा र हिंडडुल गर्दा राम्रो महशुस हुन्छ । त्यसैले गर्दा केहि मानिस सोच्छन् मुटु रोग, उच्चरत्तचाप वा मधुमेहको बारेमा थाहा पाउनु र त्यसको लागि केही गर्नु दोस्रो मौका पाउनु जस्तै हो ।

परिवारको सबै सदस्यले साथ दिएमा र खानपानमा परिवर्त गरेमा नयाँ खानेकुरा पाउँदा चि न्ता लाग्छ सजिलो हुन्छ । नियमित रूपमा केहि रमाईला कामहरू गरियो भने हिंडडुल र व्यायाम गर्न अझै सजिलो हुन्छ । जस्तैः परिवार र साथीभाइहरूसंग हिंड्नु वा नाच्नु । चिन्तायुक्त परिस्थितीमा अरूसंग मिलेर अघि बढ्नु पर्छ ।

NWTND heart Page 11-1.png Ne NWTND heart Page 11-2.png
मानिसहरू नयाँ नयाा तरिकाबाट व्यायाम गर्ने र स्वस्थ खानेकुरा खाने र्छन् । तपाईंसंग के उपाय छन् ?


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१९