Hesperian Health Guides

गरिबी र असमानताले मुटुलाई असर गर्छ

हेस्पेरियन स्वास्थ्य विकि > डाक्टर नभएमाः नयाँ संस्करण > गरिबी र असमानताले मुटुलाई असर गर्छ

यस परिच्छेदमाः

मुटु रोग, उच्च रक्रचाप र मधुमेहले विकशील मुलुक तथा विकसीत मुलुक दुबैको मानिसको जीवन कठिन बनाएको छ र मृत्यु पनि बढाएको छ । यी कारकहरू विशेष गरी असमानता बढाउने खालको आर्थिक वृद्धिले गर्दा, गरिबले बाच्नकै लागि धेरै खर्च गर्नुपर्ने र त्यसैले अस्वस्थकर खानेकुरा, गुलियो पेय पदार्थ जुन ठूला व्यापारीहरूले स्थानीय रुपमा खेती गरिएका खानेकुरा भन्दा लोकप्रिय हुन उत्पादन गरेका हुन्छन् ।यसले गर्दा झन धेरै मुटु रोग र मधुमेह बढ्छ । यी रोगहरू गरिबको लागि अभिशाप हुन्छ । र आवश्यक स्वास्थ्य उपचार, औषधि गर्न सक्दैनन् ।

समान अवसर र मौकाबाट बन्चित हुनु असमानता मात्र होइन यसले स्वास्थ्यलाई पनि असर गर्छ । यसले गर्दा मानिसले स्वास्थ्य खानेकुरा खाँदैनन्, बेरोजगारी भन्दा खतरनाक कामहरू गर्छन्, घर छोडेर टाढा बस्न बाध्य हुन्छन् वा घरेलु हिंसाको शिकार भएर बस्छन् । यसता अवस्थाहरूबाट भाग्न खोजेमा प्रहरीबाट पनि हिंसाको शिकार हुन सक्छ । यस्तो जटिल अवस्थाहरूले तनाव बढाउँछ । तनाव, चिन्ता, डर र हाम्रो शरीरलाई त्यस्ता कठिन अवस्थाहरूलाई कसरी प्रतिक्रिया गर्छन् त्यो पनि हो ।

कठिन अवस्थाहरूले तनाव गराउँछ

जब समस्याहरू आउँछ । मानिसलाई तनाव हुन्छ । तनावले शारीरिक प्रतिक्रिया गराउँछ जस्तो मुटुको धड्कन तिव्र हुनु, हत्केलामा पसिना आउनु वा वेहोस हुनु । चिन्ता वा डरले गर्दा शरीरले निकाल्न रसायन (Hormone) मा आएको परिवर्तनलेगर्दा यस्ता लक्षणहरू देखा पर्छन् । यसको राम्रो पक्ष भनेको यसले हाम्रो शरीरलाई खतराबाट भाग्न वा हमला गर्नेलाई प्रतिकार गर्न सजग बनाउँछ । तनावले गर्दा निस्कने रसायन र यसका असरहरू तनावको कारण हट्ने बित्तिकै तुरुन्त कम हुन्छ । तर जो मानिस जतिबेला पनि तनावमा हुन्छ । उसको शरीरले कहिल्यै निको हुनै पाउादैन । यसको असर थुप्रिदै जान्छ र मानिस धेरै बिरामी पर्छ ।

तनाव कहिले नसिदिने र सहनै गाह्रो हुन सक्दछ । युद्ध क्षेत्रमा बस्नु, नर्या ठाउँमा बसाईँ सर्नु र त्यहाँको भाषा, संस्कृति नजाननु, परिवार र सम्बन्धमा समस्या हुनु, बसोबास र रोजगारीको समस्या, असुरक्षा, जातिय विभेद र छुवाछुत आदि ईत्यादिले मानिसलाई तनाव गराउँछ । र यसले दिमागलालई दुःख दिन्छ । जसले गर्दा शरीर गल्छ । यसले गर्दा रोगसंग लड्ने क्षमता घट्छ र सवास्थ्य सम्बन्धि समस्याहरू बढ्छ । विशेष गरी मुटु रोग र मधुमेह । सरल जीवन हुने मानिसको तुलनामा सधैं धरि तनावमा हुने महिला÷पुरुषमा मुटुरोग र मधुमेह हुने सम्भावना बढी हुन्छ ।

अन्याय र असमानताले गर्दा तनाव र यसले गर्दा हुने रोगहरू हुन्छन् । यस्तो अवस्थालाई परिवर्तन गर्नु स्वास्थ्यको लागि महत्वपूर्ण छ । परिवर्तनको लागि काम गर्नाले अरूलाई सहयोग गर्नुका सार्थ राम्रो महशुस हुन्छ ।

महिला हिंसा विरुद्ध समुदायमा समुह गठन गर्दा, सरकारी सेवामा समानता अथवा समुदायमा भएका अन्य समस्याहरूको समाधान गर्नाले तनाव कम हुन्छ । यो कठिन छ र धैर्य चाहिन्छ । समुदायमा भएका समस्या सुधार गर्ने विभिन्न उपायको लागि हेस्पेरियन स्रोतको महिलाको लागि स्वास्थ्य सम्बन्धि कार्य, निर्देशिका, Workers' Guide to Health and Safety (स्वास्थ्य सुरक्षाको लागि कामदारको लागि निर्देशिका) र अन्य हेर्नुहोस् ।

Ne NWTND heart Page 25-1.png
गरिबी, विभेद, हिंसा र एक्लोपना विरुद्ध लड्नाले जन जीवन सहज बनाउँछ । परिवर्तनका लागि अरु सँग काम गर्नाले शक्तिशाली महशुस गराउँछ । केही ठूलो शक्तिको हिस्सा र अरूसंग गाँसिएको महशुस गराउँछ । यस्तो सोचले तनावलाई कम गर्दछ ।

पत्रु खानाले गर्दा हुने असर कम गर्नुपर्छ ।

NWTND heart Page 26-1.png

कतिपय देशहरूमा गुलियो पेय पदार्थमा कर लगाएका छन् किनभने यिनीहरूले गर्दा दाँत बिगार्छन्, मोटेपन बढाउँछ । साथै मुटु रोग, मधुमेह जस्ता कडा खालका रोगहरू पनि लाग्न सक्छ । गुलियो पेय पदार्थ महँगो भएमा मानिसले यस्ता पदार्थ कम किन्छन् र त्यसको सट्टा पानी वा गुलियो नहालेको पेय पदार्थ बढी पिउँछन् । यस्ता करहरू स्वास्थ्य र शिक्षाको लागि प्रयोग गरिन्छ । मेक्सिकोमा कोका कोला र पेप्सीले बनाएका पेय पदार्थ यति सामान्य थिए कि मानिसहरू बिहानको खाजामा पनि पिउँथे । अहिले संसारको कुनै कुनामा भन्दा धेरै मानिसहरू मेक्सिकोमा धेरै मोटो छन् र मधुमेह पनि बढ्दो छ ।तर कर लगाए पछि (सन् २०१४ मा) यस्ता पेयमा कर पछी त्यहाँ कोला र पेप्सी विक्री कम भएको छ ।

जनचेतना फैलाउन र मानिसहरूमा कुरा गराउनका निम्ती विभित्र क्रियाकलापरू र शैक्षिक कार्यहरू गर्न सकिन्छ । जसले विद्यार्थी, स्वास्थ्य प्रवद्र्धक, सामाजिक परिचालक, शिक्षक तथा युवाहरूले पत्रिकाको विज्ञापनलाई परिवर्तन गर्नको लागि सोच जगाउन सक्छन । नयाँनयाँ उपायहरू विचार गर्न सकिन्छ । जस्तैः त्यस्ता सामाग्रीका बारेमा, भ्रामक कुराको बारेमा सबैलाई भन्नुपर्छ । यो गर्दा विज्ञापनको तस्विर लिने, त्यसमा सही जानकारी दिने र विभित्र सामाजिक संजाल वा अन्य उपायबाट जनमानसमा पठाउनु पर्छ । हेस्पेरियन स्रोतको "महिलाको लागी स्वास्थ्य" सम्बन्धि किताबमा पनि यो बारे लेखिएको छ ।

पत्रु खाना नखाने र स्वास्थ्य खाने, व्यायाम गर्ने

समुदाय र सरकारले किन मानिसलाई स्वस्थ ताजा खानेकुरा पाउन गाह्रो र पत्रु खाना जताततै सस्तोमा पाईनछ भन्ने कुरामा ध्यान दिनुपर्छ । समुदायले गर्न सक्ने केही उपाय यस प्रकार छन् ः चुरोट र कोकाकोला जस्ता पेय पदार्थमा कर बढाउने जस्ले गर्दा मानिसले यसको कम खरिद गर्छन् । त्यसैले धेरै मानिसहरूमा मोटोपन, मधुमेह, मुटु रोग र अन्य समस्या देखिन्छन् ।

Ne NWTND heart Page 25-2.png
हो–हर्ट अट्याक दिने सर्वोत्तम उपाय
  • पोषक खानेकुराको लागि विद्यालयमा करेसा बारी बनाउने । विद्यालयको नजिक पत्रु खाना बेच्न नदिने यसले बच्चाहरूले के खान्छन् र के खाइए रहेका छन् त्यसमा फरक पार्छ ।
  • राम्रो यातायात व्यवस्थापन गर्ने जसले गर्दा विद्यालय, कार्यालय र बजार सुरक्षित तरिकाले हिंड्न सकिन्छ । व्यायाम सजिलो र सुरक्षित बनाउने ।
  • मनिसलाई बगैंचाहरू र खेल्कुद, नाच, हिंड्न र व्यायाम गर्न सकिने ठाउँहरूमा जान सहयोग गर्ने ।


संगसंगै मिलेर परिवर्तन गर्नाले मानिसलाई एकलो महशुस हुन दिंदैन र स्वास्थ्य रहन सहयोग गर्छ ।

NWTND heart Page 26-2.png
म हाम्रो समुदायमा फुटपाथ भएकोमा साह्रै खुसी छु । हामी शहरमा हिंड्न सक्छौं र व्यायाम गर्न सक्छौं । यो हाम्रो मुटु र खुट्टाको लागि राम्रो हो ।
यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१९