Hesperian Health Guides

कोलेस्ट्रोल र हाम्रो मुटु

यस परिच्छेदमाः

कोलेस्ट्रोल भनेको एक प्रकारको शरीरमा हुने बोसो हो । बासो भनेको पनि एक प्रकारको पोषक तत्व हो जुन हाम्रो शरीरलाई आवश्यक हुन्छ । हाम्रो शरीरले केही बोसो आफैं बनाउँछ भने केही हामीले खानाबाट प्राप्त गर्छौं । सामान्य भन्दा बढी शरीरमा बोसो भयो भने पनि हानी गर्छ । धेरै भएको बोसो रक्तनलीमा गएर जम्मा हुन्छ र यो साँघुरो हुन्छ । कहिलेकाहीँ बन्द पनि हुनसक्छ ।जसले गर्दा रक्तचाप बढ्ने, हृदयघात हुने वा मस्तिष्क घात पनि हुन सक्छ ।

शरीरमा कोलेस्ट्रोल रगत जाँच द्धारा गरिन्छ । जुन विभित्र अंकमा नापिन्छ ।यो दुई प्रकारको हुन्छ:

  • एल.डि.एल (नराम्रो कोलेस्ट्रोल): शरीरमा कोलेस्ट्रोल बढी भयो भत्रुको मतलब एल.डी.एल बढ्नु हो । यो बढ्नु शरीरको लागि राम्रो होइन ।
  • एच.डि.एल (राम्रो कोलेस्ट्रोल): यो राम्रो कोलेस्ट्रोल हो जसले शरीरको नराम्रो कोलेस्ट्रोल हटाएर मुटुरोग, मस्तिष्क घात र उच्च रक्तचाप हुनबाट बचाउँछ ।


शरीरमा कोलेस्ट्रोलको मात्रा घटबढ हुन धेरै कुराले असर गर्छ जस्तैः उमेर बढ्दै जाँदा । कहिलेकाहीँ यो बंशानुगत पनि हुनसक्छ । हामीले चाह्यौं भने नराम्रो कोलेस्ट्रोल घटाउन सक्छौं जसको लागि निम्न उपायहरू गर्नु पर्छ ।

NWTND heart Page 16-1.png
  • खनपानमा ध्यान दिनेः धेरै बोसो, तेल भएको, तारेको खाना, मासु, सेकाएको, आगोमा पोलेको खानेकुरा नखाने ।
  • रेशादार फलफूल, तरकारी, सागपात, गेडागुडी प्रशस्त मात्रामा खाने । बिरामी महशुस ।
  • मेटोपनले कोलेस्ट्रोललाई राम्रो गर्दैन तर तौल घटाउनाले प्राय फाईदा गर्दछ ।
  • व्यायाम गर्नाले कोलेस्ट्रोल राम्रो हुन्छ ।


धेरै कोलेस्ट्रोल भए पनि मानिसले बिरामी महशुस गर्दैन, त्यसैले कोलेस्ट्रोल बढेको पत्ता लगाउने एउटै उपाय रगतको जाँच मात्र हो । मधुमेह भएको व्यक्तिमा कोलेस्ट्रोल बढ्ने समस्या हुने सम्भावना धेरै हुन्छ ।

कोलेस्ट्रोल बढी भए के गर्न सकिन्छ ?

कोलेस्ट्रोल बढ्नु मुटुको लागि नराम्रो हो । र यो संगसंगै अरू पनि समस्या जस्तैः उच्च रक्तचाप, धेरे मानसिक तनाव र मधुमेह भएमा झनै खतरा हुन्छ । यदि यी रोगहरू नियन्त्रण गर्दा पनि कोलेस्ट्रोल कम नभएमा औषधि सेवन गर्नुपर्छ ।

कोलेस्ट्रोल कम गर्ने औषधिलाई स्टाटिन भनिन्छ । यो औषधिले शरीरमा कोलेस्ट्रोल बन्न दिंदैन । र बढी भएको नराम्रो कोलेस्ट्रोललाई रगतबाट निकाल्न सहयोग गर्छ । स्टाटिन समूहमा धेरै प्रयोग हुने सिमभास्टाटिन हो

मधुमेह भएका मनिसलाई एल.डि.एल सामान्य लेबलमा भएपनि स्टाटिन खान्छन् किनभने यसले कोलेस्ट्रोल बढ्न नदिएर मुटु रोग हुन दिंदैन । त्यस्तै गरी पहिले हृदयघात वा मस्तिष्क घात भएको छ भने पनि स्टटिन प्रयोग गरिन्छ ।

यदि गर्भवती छ भने वा गर्भाधारण गर्ने योजना छ भने पनि स्टटिन खानु हुँदैन किनकी त्यसले गर्भको बच्चालाई असर गर्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१९