Hesperian Health Guides

मलेरियाको औषधिहरु

{{{2}}}

विषयसूची

मलेरियाको औषधिहरुको बारेमा

मलेरियाको उपचार र रोकथामको लागि धेरै औषधिहरु छन् । तर मलेरियाको परजीवीको ति औषधिहरुसँग प्रतिरोध बिकास हुनसक्ने भएकोले तिनले परजीवीलाई पछि मार्न सक्दैनन् । स्वास्थ्य कार्यकर्ता, स्थानीय स्वास्थ्य केन्द्र वा सरकारी स्वास्थ्य निकायलाई आफ्नो क्षेत्रमा उत्तम काम गर्ने औषधिहरुको जानकारी हुने गर्दछ ।

मलेरियाको रोकथाममा प्रयोग हुने औषधिहरु

Mefloquine, chloroquine, chloroquine and proguanil, atovaquone + proguanil, र doxycycline, मलेरिया नहुने क्षेत्रका मानिसहरु मलेरिया हुने क्षेत्रमा भ्रमण गर्दा रोकथामको लागि प्रयोग हुने औषधिहरु हुन् ।

उपचार पश्चात पनि पुनः देखीने केहि मलेरियाको रोकथामको लागि primaquine को प्रयोग गरिन्छ ।

अफ्रिकाको साहेल क्षेत्रका केहि देशहरुमा बर्षायाममा ५ बर्षमुनिका बालबालिकालाई मलेरियाको रोकथाम गर्न amodiaquine सँगै sulfadoxine + pyrimethamine को मासिक डोज दिने गरिन्छ ।

अप्रिकाकै अन्य देशहरुमा १ बर्षमुनिका बालबालिकालाई मलेरियाको रोकथामको लागि sulfadoxine + pyrimethamine को ३ वटा डोजहरु खोप कार्यक्रमको दोस्रो र तेस्रो चक्रमा दिने गरिन्छ ।

severe मलेरियाको उपचारको औषधिहरु

गम्भिर प्रकृतिको मलेरिया (Severe malaria) लाई अस्पतालमा आपत्कालिनन उपचारको रुपमा IV वा injectable artesunate दिईन्छ । यो उपचारपछि वा बिरामीले बान्ता गर्न छोडेपछि ३ दिने artemisinin-based combination (ACT) औषधि पनि मुखबाट दिनुपर्ने हुन्छ (तल हेर्नुहोस्) ।

सुईबाट दिईने आपत्कालिन artesunate उपलब्ध नभएमा गम्भिर प्रकृतिको मलेरिया (Severe malaria) भएको बच्चालाई बान्ता हुँदा र अस्पताल लैजाँदै गर्दा मलद्वारमा artesunate capsule suppositories दिईन्छ ।

P. falciparum बाट हुने uncomplicated मलेरियाको उपचारमा प्रयोग हुने औषधिहरु

P. falciparum परजीवीले हुने मलेरिया गम्भिर प्रकृतिको (severe) हुने सम्भावना बढी हुन्छ । ठाउँ अनुसार chloroquine वा मलेरियाको अन्य औषधिहरु falciparum मलेरियाको उपचारमा प्रभावकारी नहुन सक्छन् । त्यसकारण ACT (Artemisinin-based Combination Therapy) औषधिहरुको प्रयोग गर्नुपर्छ । आफ्नो क्षेत्रमा काम गर्ने औषधिहरुको मात्रै प्रयोग गर्नुपर्छ । ACT औषधिहरु ३ दिनसम्म लिनुपर्छ । ACT औषधिहरुको प्रयोग गर्ने तरिका हेर्नुहोस् । प्रचलित ACT मिश्रणहरु यसप्रकार छन्:

P. falciparum बाट नहुने uncomplicated मलेरियाको उपचारमा प्रयोग हुने औषधिहरु

धेरै किसिमका मलेरिया परजिविहरुले सामान्य अवस्थाको मलेरिया (uncomplicated malaria) हुन्छ । कुन मलेरिया हो भन्ने थाहा नभएमा वा एकैपटक दुवै प्रकारको मलेरिया भएको जस्तो लागेमा ACT (Artemisinin-based Combination Therapy) को प्रयोग गर्नुपर्छ । कुनै क्षेत्रमा मलेरिया chloroquine सँग प्रतिरोधि भैसकेको भएमा त्यस क्षेत्रमा कुन ACT ले काम गर्छ भन्ने पत्ता लगाउनुपर्छ ।

Falciparum बाट नहुने सामान्य अवस्थाको मलेरिया (uncomplicated malaria) को उपचारमा प्रयोग हुने chloroquine ले कुनै ठाउँमा अझै पनि काम गर्ने गरेको छ भने ACT को तुलानामा यो नै बढी पाईन्छ । मलेरियाको पूर्णरुपमा उपचार गर्न primaquine सँगै chloroquine को प्रयोग गरिन्छ ।

गर्भवती महिलालाई मलेरियाको उपचारमा प्रयोग हुने औषधिहरु

गम्भिर प्रकृतिको मलेरिया (severe malaria) को लागि गर्भवती महिलालाई पनि अस्पतालमा आपत्कालिन उपचारको लागि वयस्कलाई दिईने औषधिहरु नै चाहिन्छन् ।

पहिलो ३ महिनाको गर्भवती महिलालाई सामान्य अवस्थाको मलेरिया (uncomplicated malaria) को उपचार गर्न quinine र clindamycin दिईन्छ । मलेरियाको जाँचबाट uncomplicated मलेरिया vivax परजIवIवाट भएको भन्ने थाहा भएमा वा clindamycin नभएमा quinine मात्रै प्रयोग गर्नुपर्छ ।

३ महिना भन्दा बढीको गर्भवती महिलालाई सामान्य अवस्थाको मलेरिया (uncomplicated malaria) को उपचार गर्नुपरेमा ACT वा त्यस क्षेत्रमा काम गर्ने अरु कुनै औषधिको प्रयोग गर्नुपर्छ ।

गर्भाबस्थामा primaquine को प्रयोग गर्नुहुँदैन । Quinine, chloroquine, clindamycin र proguanil गर्भावस्थामा सुरक्षित मानिन्छन् ।

कुनै ठाउँहरुमा गर्भवती महिलाले गर्भाधानको १३ हप्तादेखि sulfadoxine + pyrimethamine लिन शुरु गर्छन् । गर्भाबस्थाको बाँकी अबधिमा महिनाको एक डोज लिनुलाई intermittent preventive उपचार भनिन्छ । यसबाट गर्भमा रहेको बच्चा र आमालाई हानी हुनुअघि नै मलेरियाबाट जोगाउन सकिन्छ ।.


सबै मलेरियाको औषधिहरुका लागि

मलेरियाले बान्ता हुनसक्छ । त्यसैले औषधि खाएको १ घन्टा (६० मिनेट) भित्र नै बान्ता भएमा पुनः १ डोज लिनुपर्छ ।

छिट्टै निको भएको महशुस गरेपनि तोकिएको अबधिसम्मकै सबै मलेरियाको औषधि खानुपर्छ । मलेरियाको सबै परजीवीहरु मार्न यो जरुरी हुन्छ । औषधोपचारबाट बान्ता भएमा वा बच्चालाई औषधि खुवाउन गार्हो भएमा स्वास्थ्य कार्यकर्ताको सहयोग लिईहाल्नुपर्छ ।

औषधिबाट उपचारको सुरुवात गरिसकेपछि पनि बिशेषगरी बच्चा, गर्भवती र सुत्केरी महिलालाई severe मलेरिया, को खतराको लक्षणबारे बिचार गर्नुपर्छ ।

Artemisinin-based Combination Therapy (ACT)

Artemether + lumefantrine


Artemether र lumefantrine निश्चित मात्राको मिश्रित चक्किको रुपमा वा छुट्टाछुट्टै चक्कीको रुपमा एकैपटक दिने गरिन्छ ।

यसको प्रयोग uncomplicated falciparum मलेरिया, अन्य किसिमको मलेरिया, र गम्भिर प्रकृतिको मलेरिया (severe malaria) को आपत्कालिन अबस्थाको उपचारमा गरिन्छ ।

मलेरियाको रोकथामको लागि यो ACT combination औषधिको प्रयोग गरिंदैन ।

Green-effects.png नराम्रा असरहरू
वाकवाकी, पेटको गडबडी (upset), रिगंटा, टाउको दुख्ने ।

NBgrnimportant.png महत्पपूर्ण
पहिलो ३ महिनासम्मको गर्भवती महिलालाई uncomplicated मलेरियाको उपचार गर्नुपर्दा ACT मिश्रणभन्दा उपलब्ध भएसम्म quinine र clindamycin दिनुपर्छ ।

मुटुको समस्या भएकाले यो औषधि लिनुअघि अनुभवप्राप्त स्वास्थ्यकर्मीको सहयोग लिनुपर्छ ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
खानापछि वा दुधसँग लिनुपर्छ । खानामा भएको बोसोले शरिरलाई औषधि ग्रहण गर्नमा मद्दत गर्छ ।

ट्याब्लेटभित्रः
Artemether को २० एमजि + lumefantrine को १२० एमजि
Artemether को ४० एमजि + lumefantrine को २४० एमजि

सामान्य अबस्थाको (uncomplicated) मलेरियाको उपचारको लागि

शरिरको तौल अनुसारको डोज ।

NWTND bag arrow.png
२० एमजि को artemether र १२० एमजि को lumefantrine प्रयोग गर्दा, यसरी दिनुपर्छः
५ केजि देखि १४ केजिसम्मः १ चक्कि, दिनको २ पटक, ३ दिनसम्म
१५ केजि देखि २४ केजिसम्मः २ चक्की, दिनको २ पटक, ३ दिनसम्म
२५ केजि देखि ३४ केजिसम्मः ३ चक्की, दिनको २ पटक, ३ दिनसम
३५ केजि र त्यसभन्दा माथिः ४ चक्की, दिनको २ पटक, ३ दिनसम्म

Artesunate + amodiaquine


Artesunate र amodiaquine निश्चित मात्राको मिश्रित चक्कीको रुपमा वा छुट्टाछुट्टै चक्कीको रुपमा एकैपटक दिने गरिन्छ ।

मलेरिया, अन्य किसिमको मलेरिया र गम्भिर प्रकृतिको मलेरिया (Severe malaria) को आपत्कालिन अबस्थाको उपचारमा यसको प्रयोग गरिन्छ ।

यो ACT मिश्रित औषधिलाई मलेरियाको रोकथाममा भने प्रयोग गरिंदैन ।

Green-effects.png नराम्रा असरहरू
छाला चिलाउने, पेटको गडवटी (upset stomach), टाउको दुख्ने, रिगंटा लाग्ने हुनसक्छ ।

NBgrnimportant.png महत्पपूर्ण
३ महिनासम्मको गर्भवती महिलालाई uncomplicated मलेरियाको उपचार गर्दा ACT combinations भन्दा उपलब्ध भएसम्म quinine र clindamycin दिनुपर्छ ।

एचआईभी भएकालाई र zidovudine, efavirenz वा cotrimoxazole लिईरहेकालाई यो दिनुहुँदैन ।

NBgrnpill.png कसरी प्रयोग गर्ने

ट्याब्लेटभित्रः
artesunate को २५ एमजि + amodiaquine को ६७.५ एमजि
artesunate को ५० एमजि+ amodiaquine को १३५ एमजि
artesunate को १०० एमजि + amodiaquine को २७० एमजि

uncomplicated मलेरियाको उपचारको लागि

शरिरको तौल अनुसारको डोज ।

NWTND bag arrow.png
Artesunate को २५ एमजि र amodiaquine को ६७.५ एमजि चक्कीको प्रयोग गर्दा, यसरी दिनुपर्छः
४.५ केजि देखि ८ केजिसम्मः दिनको १ चक्कि, ३ दिनसम्म ।
९ केजि देखि १७ केजिसम्मः दिनको २ चक्की, ३ दिनसम्म


NWTND bag arrow.png
Artesunate को १०० एमजि + amodiaquine को २७० एमजि चक्किको प्रयोग गर्दा, यसरी दिनुपर्छः
१८ केजि देखि ३५ केजिसम्मः दिनको १ चक्की, ३ दिनसम्म ।
३६ केजि र त्यसभन्दा माथीः दिनको २ चक्की, ३ दिनसम्म

Artesunate + mefloquine


Artesunate र mefloquine निश्चित मात्रा भएको मिश्रित चक्की (fixed-dose combination tablet) को रुपमा उपलब्ध हुन्छन् वा छुट्टाछुट्टै ट्याब्लेटको रुपमा एकैपटक दिईन्छन् ।

सामान्य अबस्थाको (uncomplicated) falciparum मलेरिया र अन्य प्रकारको मलेरियाको उपचारमा यसको प्रयोग गरिन्छ ।

मलेरिया नहुने क्षेत्रबाट मलेरिया हुने क्षेत्रमा भ्रमण गर्ने मानिसहरुलाई मलेरियाको रोकथामको लागि mefloquine मात्रैको प्रयोग गर्न सकिन्छ ।

Green-effects.png नराम्रा असरहरू
मलेरियाको उपचारमा प्रयोग गरिएमा रिगंटा, पेटको गटवडी (stomach upset), टाउको दुख्नु र निन्द्रा र दृष्टि सम्बन्धि समस्याहरु देखिन्छन् ।

गर्भवती महिलालाई artesunate + mefloquine ले बढी वाकवाकी लाग्न सक्ने भएकोले उपलब्ध भएमा अर्कै ACT को प्रयोग गर्नुपर्छ ।

NBgrnimportant.png महत्पपूर्ण
पहिलो ३ महिनासम्मको गर्वती महिलालाई uncomplicated मलेरियाको उपचार गर्न उपलब्ध भएसम्म ACT मिश्रण भन्दा quinine र clindamycin दिनुपर्छ ।

३ महिनाभन्दा साना वा ५ केजि तौलभन्दा कम भएका शिशुलाई mefloquine दिनुहुँदैन ।

छारे रोग (epilepsy) वा मानसिक विरामी वा गम्भिर किसिमको मृगौलाको समस्या भएकालाई mefloquine दिनुहुँदैन ।

मुटुको समस्या भएकाले यो औषधि लिनुअघि अनुभवप्राप्त स्वास्थ्यकर्मीको सहयोग लिनुपर्छ ।

Mefloquine को कारणले कहिलेकाहीं अनौठो ब्यबहार, भ्रम, चिन्ता, छारे रोग (seizures) वा होस हराउने जस्ता समस्या देखिन्छन् । यस्ता कुनै पनि लक्षण देखिने बित्तिकै तुरुन्तै mefloquine लिन छोड्नुपर्छ । तसर्थ कसैलाई एकपटक mefloquine को असर देखिएमा उसलाई अर्को पटकको मलेरियाको उपचार गर्दा अर्कै उपचार रोज्नुपर्छ ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
खानासँगै खानुपर्छ ।

ट्याब्लेटभित्रः
artesunate को २५ एमजि + mefloquine को ५५ एमजि (बच्चाको लागि)
artesunate को १०० एमजि + mefloquine को २२० एमजि (वयष्कको लागि)

uncomplicated मलेरियाको उपचारको लागि

शरिरको तौल अनुसारको डोज ।

NWTND bag arrow.png
२५ एमजिको artesunate + ५५ एमजिको mefloquine को चक्की प्रयोग गर्दा, यसरी दिनुपर्छः
५ केजि देखि ८ केजिसम्मः दिनको १ चक्की, ३ दिनसम्म
९ केजि देखि १७ केजिसम्मः दिनको २ चक्की, ३ दिनसम्म


NWTND bag arrow.png
१०० एमजि को artesunate + २२० एम जि को mefloquine को चक्की प्रयोग गर्दा, यसरी दिनुपर्छः
१८ केजि देखि २९ केजिसम्मः दिनको १ चक्की, ३ दिनसम्म
३० केजि र त्यसभन्दा माथिः दिनको २ चक्की, ३ दिनसम्म

मलेरियाको रोकथामको लागि Mefloquine:

२५० एमजि को mefloquine चक्कीको रुपमा हुन्छ ।

मलेरिया हुने क्षेत्रमा यात्रा शुरु गर्नु २-३ हप्ता अघिबाट नै हप्तामा १ डोज लिन शुरु गरिहाल्नुपर्छ । त्यहाँ रहुन्जेल र त्यहाँबाट फर्केको ४ हप्तासम्म पनि हप्ताको १ डोजलाई निरन्तरता दिनुपर्छ । ५ केजि भन्दा कम तौल भएका साना शिशुहरुलाई भने mefloquine दिईंदैन ।

NWTND bag arrow.png
२५० एमजि को चक्की प्रयोग गर्दा, यसरी दिनुपर्छः
५ देखि १९ केजिसम्मः हप्ताको एकपटक १/४ चक्की (६३ एमजि)
२० देखि २९ केजिसम्मः हप्ताको एकपटक १/२ चक्की (१२५ एमजि)
३० देखि ४४ केजिः हप्ताको एकपटक ३/४ चक्की (१८८ एमजि)
४५ केजि र त्यसभन्दा माथिः हप्ताको एकपटक १ चक्की (२५० एमजि)

Artesunate (sulfadoxine पनि) + pyrimethamine


Sulfadoxine र pyrimethamine निश्चित मात्राको मिश्रित चक्कीको रुपमा हुन्छन् र falciparum मलेरिया र अन्य किसिमका मलेरियाको हपचारको लागि artesunate सँगै प्रयोग गरिन्छ ।

कुनै क्षेत्रमा राम्रोसँग काम नगर्ने भेसकेको भएमा Sulfadoxine + pyrimethamine लाई उपचारको लागि सिफारिस गरिदैन । त्यसैले सरकारी स्वास्थ्य निकायको सिफारिसलाई पनि ख्याल गर्नुपर्छ ।

गर्भवती महिलालाई मलेरियाको रोकथामका लागि [[#sulf|sulfadoxine + pyrimethamine को चक्किहरु दिईने देशहरुमा मासिक डोज गर्ववती भएको ३ महिनामा दिन शुरु गरिन्छ ।

Green-effects.png नराम्रा असरहरू
पेटको गडवडी (upset) र छालामा फोका (खटिरा) आउँछ ।

NBgrnimportant.png महत्पपूर्ण
गर्भवती भएको पहिलो ३ महिनामा महिलालाई uncomplicated मलेरियाको उपचार गर्न ACT मिश्रण भन्दा उपलब्ध भएसम्म quinine र clindamycin दिनुपर्छ ।

साना शिशुलाई अन्य किसिमको ACT दिनुपर्छ ।

पहिले नै cotrimoxazole लिईरहेको भएमा sulfadoxine + pyrimethamine को प्रयोग गर्नुहुँदैन ।

sulfa वर्गको औषधिले कसैलाई प्रतिक्रिया जनाएको भएमा उसले Sulfadoxine + pyrimethamine प्रयोग गर्नुहँदैन । यस औषधिले फोका आउने वा चिलाउने भएमा प्रशस्ता मात्रामा पानी पिउने र त्यसको प्रयोग फेरि गर्नुहँदैन ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
sulfadoxine + pyrimethamine मिश्रित चक्की यसमा भएका दुबै औषधिको भिभिन्न क्षमता (strengths) मा उपलब्ध हुन्छन् ।

uncomplicated मलेरयाको उपचारको लागि

यसको ३-दिने उपचार यस्तो हुन्छ: पहिलो, दोस्रो र तेस्रो दिनमा artesunate को डोज दिनुपर्छ । त्यसैगरी पहिलो दिनमा sulfadoxine + pyrimethamine को एक डोज पनि दिनुपर्छ ।

शारिरिक तौलको आधारमा डोज ।

NWTND bag arrow.png
५० एमजि को artensunate चक्की प्रयोग गर्दा, यसरी दिनुपर्छः
५ केजि देखि ९ केजिसम्मः १/२ चक्की, दिनको १ पटक, ३ दिनसम्म
१० केजि देखि २४ केजिसम्मः १ चक्की, दिनको १ पटक, ३ दिनसम्म
२५ केजि देखि ५० केजिसम्मः २ चक्की, दिनको १ पटक, ३ दिनसम्म
५० केजि वा त्यसभन्दा माथिः ४ चक्कि, दिनको १ पटक, ३ दिनसम्म


NWTND bag arrow.png
५०० एमजि को sulfadoxine + २५ एमजि को चक्की प्रयोग गर्दा, यसरी दिनुपर्छः
५ केजि देखि ९ केजिसम्मः पहिलो दिन मात्रै १/२ चक्की
१० केजि देखि २४ केजिः पहिलो दिन मात्रै १ चक्की
२५ केजि देखि ५० केजिः पहिलो दिन मात्रै २ चक्की
५० केजि र त्यसभन्दा माथिः पहिलो दिन मात्रै ३ चक्की


ACT मिश्रणबाट उपचाररत गर्भवती महिलाले उपचारको ३ दिन र त्यसपछिको २ हप्तासम्म फोलिक एसिड (folic acid) लिन बन्द गर्नुपर्छ । धेरै फोलिक एसिडले मलेरियाको औषधिको क्षमतालाई अबरोध गर्छ ।

गर्भावस्थामा मलेरियाको रोकथामको लागि Sulfadoxine + pyrimethamine को प्रयोग गरिन्छ

केहि अफ्रिकि देशहरुमा मलेरिया धेरै हुने र आमा र गर्भमा रहेको शिशु दुबैलाई त्यो निकै नै हानिकारक हुने हुँदा सबै गर्भवती महिलाहरुलाई sulfadoxine + pyrimethamine को मासिक डोज दिने गरिन्छ । ३ महिनाको गर्भ भएपछि यो मासिक डोज शुरु गरिन्छ । झुलहरु को प्रयोगले पनि गर्भाबस्था र शिशु जन्मिसकेपछि पनि मलेरियाबाट जोगाउँछ ।  

NWTND bag arrow.png
५०० एमजि को sulfadoxine + २५ एमजि को pyrimethamine चक्किको प्रयोगका लागिः
गर्भवस्थाको १३ देखि १६ हप्ताको अबधिमा ३ चक्की मध्येको पहिलो डोज दिनुपर्छ । त्यसको एक महिनापछि ३ चक्कि मध्येको दोस्रो डोज दिनुपर्छ । अर्को १ महिनापछि ३ चक्कि मध्येको तेस्रो डोज दिनुपर्छ । प्रत्येक महिना यसैलाई छैंटौ डोज नपुगुन्जेल वा बच्चा नजन्मिउन्जेल निरन्तरता दिनुपर्छ । दुई वटा डोजहरुको बिचमा कम्तिमा १ महिनाको फरक भने हुनैपर्छ ।


गर्भवती महिलाले sulfadoxine + pyrimethamine लिंदा (बिशेषगरी पहिलो डोज) वाकवाकी, बान्ता, र रिंगटा लाग्ने हुन्छ । तर धेरै महिलालाई भने प्रतिकुल प्रभाव मध्यम खालको वा कतिपनि नदेखिने हुन्छ ।

शिशुको बिकासको लागि रक्तअल्पता नहुनको लागि गर्भवती महिलाई आईरन र फोलिक एसिड पनि चाहिन्छ । तर बढी फोलिक एसिडले मलेरियाको औषधिको क्षमतालाई प्रभाव पर्ने हुँदा मलेरियाको रोकथामको लागि प्रत्येक महिना sulfadoxine + pyrimethamine लिईरहेको भएमा फोलिक एसिडको ०.४ एमजि (४०० एमसिजि) मात्रै लिने गर्नुपर्छ ।

Dihydroartemisinin + piperaquine


Dihydroartemisinin र piperaquine निश्चित डोजको मिश्रित चक्कीको रुपमा हुन्छन् ।

यसलाई uncomplicated falciparum मलेरिया, अन्य प्रकारका मलेरिया र severe मलेरिया पश्चातको आपतकालिन उपचारमा प्रयोग गरिन्छ ।

यो ACT combination medicine मलेरियाको रोकथाममा प्रयोग गरिंदैन ।

Green-effects.png नराम्रा असरहरू
मुटुको धड्कन बढ्ने, पेटको गडवडी (upset stomach), छाला चिलाउने हुनसक्छ ।

NBgrnimportant.png महत्पपूर्ण
पहिलो ३ महिनासम्मको गर्भवती महिलालाई uncomplicated मलेरियाको उपचार गर्न उपलब्ध भएसम्म ACT मिश्रण भन्दा quinine र clindamycin दिनुपर्छ ।

Erythromycin लिईरहेको भएमा भने प्रयोग गर्नुहुँदैन ।

६० बर्ष माथिकालाई, antiretroviral औषधि लिईरहेका एचआईभी संक्रमितलाई वा मुटु, मृगौला र कलेजोको समस्या भएका मानिसहरुलाई प्रयोग गर्दा भने साबधानी अपनाउनुपर्छ ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
खाना खाईसकेपछि र अर्कोपटक खाने समय यि दुबैको बिचको समय पारेर एक कप भरी पानीसँग खानुपर्छ । दूधसँग वा बोसो भएको खानासँग भने खानुहूँदैन किनकी यसले औषधिलाई राम्रोसँग काम नगर्ने बनाउँछ ।

ट्याब्लेटभित्रः
Dihydroartemisinin को २० एमजि+ piperaquine को १६० एमजि (बच्चाको लागि)
Dihydroartemisinin को ४० एमजि + piperaquine को ३२० एमजि (वयष्कको लागि)

२५ केजि भन्दा कम तौल भएका बच्चाहरुलाई २.५ एमजि प्रति केजि dihydroartemisinin र २० एमजि प्रति केजि piperaquine को आधारमा डोज दिनुपर्छ । बढी उमेरका बच्चा र बयस्कलाई दिईनेभन्दा यो बढी डोज प्रति केजि हो ।

सामान्य अबस्थाको (uncomplicated)मलेरियाको उपचारको लागि

शरिरको तौल अनुसारको डोज ।

NWTND bag arrow.png
२० एमजि को dihydroartemisinin चक्की + १६० एमजि को piperaquine चक्कीको प्रयोग गर्दा, यसरी दिनुपर्छः
५ केजि देखि ७ केजिसम्मः दिनको १ चक्की, ३ दिनसम्म
८ केजि देखि १० केजिः दिनको १.५ चक्की, ३ दिनसम्म


NWTND bag arrow.png
४० एमजि को dihydroartemisinin चक्की + ३२० एमजि को piperaquine चक्कीको प्रयोग गर्दा, यसरी दिनुपर्छः
११ केजि देखि १६ केजिसम्मः दिनको १ चक्की, ३ दिनसम्म
१७ केजि देखि २४ केजिसम्मः दिनको १.५ चक्की, ३ दिनसम्म
२५ केजि देखि ३५ केजिसम्मः दिनको २ चक्की, ३ दिनसम्म
३६ केजि देखि ५९ केजिसम्मः दिनको ३ चक्की, ३ दिनसम्म
६० केजि देखि ७९ केजिसम्मः दिनको ४ चक्की, ३ दिनसम्म
८० केजि र त्यसभन्दा माथिः दिनको ५ चक्की, ३ दिनसम्म

Artesunate


Artesunate भनेको artemisinin परिवारको एक औषधि हो । uncomplicated falciparum मलेरयाको उपचारको लागि artesunate को चक्कीलाई यिनिहरुमध्येको एक सँगै लिईन्छः amodiaquine, mefloquine, वा sulfadoxine + pyrimethamine । यि औषधिहरुको समिश्रणलाई नै Artemisinin Combination Therapy (ACT) भनिन्छ, हेर्नुहोस् ।

गम्भिर प्रकृतिको मलेरिया (Severe malaria) को आपत्कालिन उपचारको लागि तालिमप्राप्त स्वास्थ्य कार्यकर्ताले नशामार्फत (IV) artesunate वा माशंपेशिमा (IM) artesunate को सुई लगाउँछन् । यो उपचारको २४ घन्टापछि, र बिरामीलाई बान्ता हुन छोडेपछि मुखबाट ३-दिने ACT उपचार आबश्यक पर्छ ।

Artesunate को सुईहरु बयस्क र बच्चाहरुलाई टाढा रहेको अस्पताल पुर्याउनुअघि पनि तालिमप्राप्त स्वास्थ्य कार्यकर्ताले लगाईदिन्छन् । Artesunate suppositories को रुपमा पनि हुन्छ जसलाई ६ बर्षमुनीका बालबालिकालाई अस्पताल पुर्याउने क्रममा मलद्वारमा हालिन्छ ।

मलेरियाको रोकथामको लागि Artesunate को प्रयोग गरिदैंन ।

Green-effects.png नराम्रा असरहरू
Artesunate को कारणले रिगंटा लाग्ने, टाउको दुख्ने र पेटको गडवडि (stomach upset) हुनसक्छ ।

NBgrnpill.png कसरी प्रयोग गर्ने

सामान्य अबस्थाको (uncomplicated) falciparum मलेरियाको लागि ACT को अंशको रुपमा अर्को औषधिसँग प्रयोग गर्न सकिन्छः

Artesunate ५० एमजिको चक्किमा उपलब्ध हुन्छ । ACT को अंशको रुपमा प्रयोग गरिंदा artesunate र sulfadoxine + pyrimethamine को डोजको लागि माथी हेर्नुहोस् । अन्य ACT मिश्रणहरुमा artesunate लाई अरु औषधिसँग मिसाएर एउटै ट्याब्लेट बनाईएको हुन्छ अथवा २ वटा ट्याब्लेटको blister package को रुपमा हुन्छ जसलाई सँगै लिनुपर्छ ।

गम्भिर प्रकृतिको मलेरिया (severe malaria) भएका बच्चालाई artesunate suppositories प्रयोग गर्ने तरिकाः

६ बर्ष र त्यस मुनिका बालबालिकालाई गम्भिर प्रकृतिको मलेरिया (severe malaria) को लक्षण देखिएमा, बान्ता गरेमा र उपचार गरिने अस्पताल टाढा भएमा त्यता लैजाने क्रममा मलद्वारमा artesunate gelatin क्याप्सुल (suppositories भनिने) राख्नुपर्छ । यसबाट ज्यान जोगिन्छ । मलद्वारमा क्याप्सुल हालिसकेपछि त्यो नझरोस् भनेर करिब १० मिनेटसम्म बच्चाको चाकको दुबैतिरको भाग (buttocks) लाई सँगै थामेर राख्नुपर्छ । ३० मिनेटभित्रमै खसेमा फेरि दोहर्याउनुपर्छ ।

बच्चाको तौल ५ देखि १० केजि भएमा १०० एमजि को एक suppository र १० केजि वा त्यसभन्दा माथि भएमा १०० एम जि क्याप्सुल २ वटा प्रयोग गर्न सकिन्छ । ५० एमजिको suppository क्याप्सुलहरु उपलब्ध भएमा ५ केजि भन्दा कम तौल भएका शिशुलाई १ वटा मात्रै प्रयोग गर्नुपर्छ ।

आपतकालिन उपचार (emergency treatment) ले मलेरिया निको हुँदेन । अनुभव प्राप्त स्वास्थ्य कार्यकर्ताको मद्दतबाट बच्चालाई थप उपचार आबश्यक हुन्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ०५ जनवरी २०२४