Hesperian Health Guides

मलेरियाको लागि प्रयोग हुने अन्य औषधिहरु

विषयसूची

मधुमेहका औषधीहरु

Chloroquine


विश्वका धेरैजसो स्थानहरुमा मलेरियाको chloroquine सँग प्रतिरोध क्षमता बिकास भईसकेको छ । त्यसैले आफ्नो क्षेत्रमा राम्रोसँग काम गर्ने औषधि थाहा पाउनुपर्छ । बिरामीलाई कुन किसिमको मलेरिया भएको हो भन्ने बारेमा थाहा नभएमा भने Artemisinin Combination Therapy (ACT) बाट उपचार गर्नु राम्रो मानिन्छ ।

Chloroquine बाट मलेरियाको उपचार गर्दा मलेरिया फेरि फर्केर नआओस् भनेर primaquine पनि चाहिन्छ (पृष्ठ ४०) ।

मलेरियाको प्रतिरोध बिकसित नभइसकेको केहि देशहरुमा भने मलेरियाको रोकथामको लागि chloroquine मात्रै पनि प्रयोग गर्ने गरिन्छ । प्रतिरोध केहि कम भएका देशहरुमा भने कहिंलेकाहिं मलेरियाको रोकथामको लागि chloroquine र proguanil संगसंगै को प्रयोग पनि गरिन्छ ।

गर्भवती एवं स्तनपान गराउने महिलालाई मलेरियाको रोकथाम र उपचार दुबैको लागि chloroquine सुरक्षित हुन्छ ।

Green-effects.png नराम्रा असरहरू
थोरै रिगंटा लाग्ने , वाकवाकी, वान्ता, पेटको दुखाई, चिलाउने हुनसक्छ ।

NBgrnimportant.png महत्पपूर्ण
मात्रा (डोज) अत्यन्त बढी भएमा बिशेषगरी बालबच्चाको लागि chloroquine बढी खतरनाक हुन्छ ।

छारे रोग (epilepsy) भएको ब्यक्तिलाई यसको प्रयोग गर्नुहुँदैन ।

डायविटिज भएको ब्यक्तिको हकमा साबधानी अपनाएर मात्र प्रयोग गर्नुपर्छ ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
खाना सँगै खानुपर्छ ।

Chloroquine दुई रुपमा (chloroquine phosphate र chloroquine sulfate) हुन्छ । Chloroquine को सक्रिय भागलाई base भनिन्छ ।

शरिरको तौल अनुसारको डोजः ३ दिनसम्म chloroquine base को जम्मा २५ एमजि प्रति केजि यसरी दिईन्छः  

NWTND bag arrow.png
पहिलो दिनः १० एमजि chloroquine base प्रति केजि
दोस्रो दिनः १० एमजि chloroquine base प्रति केजि
तेस्रो दिनः ५ एमजि chloroquine base प्रति केजि


Chloroquine phosphate को चक्कीहरु प्रायः २५० एमजिको (१५० एमजिको chloroquine base सहित) चक्कीमा उपलब्ध हुन्छन् ।

Chloroquine sulfate को चक्कीहरु प्रायः २०० एमजिको (१५५ एमजिको chloroquine base सहित) चक्कीमा उपलब्ध हुन्छन् ।

कुन प्रकारको chloroquine हो र त्यसमा कति chloroquine base छ (चक्किको क्षमता) भन्ने कुरा जान्नुपर्छ ।

Chloroquine सँग प्रतिरोधि नभएको uncomplicated मलेरियाको उपचारको लागि

Chloroquine phosphate को २५० एमजि (१५० एमजि को chloroquine base) वा chloroquine sulfate को २०० एमजि (१५५ एमजि को chloroquine base) को प्रयोग गर्ने तरिकाः

NWTND bag arrow.png
पहिलो दिनमा १ डोज र फेरी दोस्रो दिनमा १ डोज दिनुपर्छः
८ केजि भन्दा कमः १/२ चक्की
८ केजि देखि १५ केजिसम्मः १ चक्की
१६ केजि देखि ३० केजिसम्मः २ चक्की
३१ केजि देखि ४५ केजिसम्मः ३ चक्की
४६ केजि र त्यसभन्दा माथिः ४ चक्की


NWTND bag arrow.png
तेस्रो दिनमा पहिलो दिनको डोजभन्दा आधा दिनुपर्छः
८ केजि भन्दा कमः १/४ चक्की
८ केजि देखि १५ केजिसम्मः १/२ चक्की
१६ केजि देखि ३० केजिसम्मः १ चक्की
३१ केजि देखि ४५ केजिसम्मः १.५ चक्की
४६ केजि र त्यसभन्दा माथिः २ चक्की

Chloroquine सँग प्रतिरोधि नभएको क्षेत्रमा vivax मलेरियाको रोकथाम गर्न

रोकथामको लागि मलेरिया हुने क्षेत्रमा यात्रा शुरु गर्नुभन्दा १-२ हप्ता अघिबाट हप्ताको १ पटक chloroquine लिनुपर्छ । त्यहाँ रहुन्जेल हप्ताको १ डोज लिईनै रहनुपर्छ र त्यहाँबाट फर्केको ४ हप्तासम्म पनि त्यसलाई निरन्तरता दिनुपर्छ । माथि दिईएजस्तै उपचारको तेस्रो दिनको लागि दिईने डोज दिनुपर्छ । जस्तै रोकथामको लागि वयस्कलाई हप्तामा chloroquine phosphate (१५० एम जि को chloroquine base) को २ चक्की वा chloroquine sulfate (१५५ एमजि को chloroquine base) को २ चक्की लिनुपर्छ ।

Chloroquine सँगको प्रतिरोध कम भएको क्षेत्रमा falciparum मलेरियाको रोकथाम गर्न

Chloroquine सँग केहि प्रतिरोध बिकास भईसकेको तर त्यसले अझै पनि काम गरिरहेको परिस्थितिमा त्यस्ता देशहरुमा यात्रा गर्ने मानिसहरुले मलेरियाको रोकथामको लागि chloroquine हप्तामा एकपटक र साथसाथै proguanil दिनको एकपटक लिनुपर्छ । दुबै औषधिलाई यात्रा शुरु गर्नु १ हप्ता अघिबाट नै लिन शुरु गर्नुपर्छ । त्यहाँ रहुन्जेल प्रत्येक हप्ता १ डोज लिनुपर्छ र त्यहाँबाट फर्केको ४ हप्तासम्म पनि निरन्तरता दिनुपर्छ । chloroquine लाई प्रत्येक हप्तामा एकै दिन पारेर र proguanil लाई प्रत्येक दिनको एकै समय पारेर लिने गर्नुपर्छ । खानासँगै खानुपर्छ ।

NWTND bag arrow.png
Chloroquine चक्कीहरु (१५५ एमजि वा १५० एमजि chloroquine base सहित) र proguanil चक्कीहरु (१०० एमजि को proguanil hydrochloride सहित) को प्रयोगको लागि:
१ देखि ४ बर्ष उमेरः प्रत्येक दिन १/२ चक्की proguanil र प्रत्येक हप्ता १/२ चक्की chloroquine
५ देखि ८ बर्ष उमेरः प्रत्येक दिन १ चक्की proguanil र प्रत्येक हप्ता १ चक्की
९ देखि १४ बर्ष उमेरःप्रत्येक दिन १.५ चक्की proguanil र प्रत्येक हप्ता १.५ चक्की chloroquine
१५ बर्ष र त्यसभन्दा माथिः प्रत्येक दिन २ चक्की proguanil र प्रत्येक हप्ता २ चक्की week

Primaquine


Falciparum बाहेकको अन्य प्रकारको मलेरियाबाट बारम्बार हुने ज्वरोको आक्रमणको रोकथामको लागि उपचारमा प्रयोग गरिने chloroquine सँगै १४ दिनसम्म वा त्यसको उपचार सकिने बित्तिकै दिईन्छ ।

कुनै क्षेत्रमा भने falciparum मलेरियाको ३-दिने ACT उपचारको पहिलो दिनमा primaquine को एउटा डोज दिईन्छ । यसले गर्दा falciparum अरुमा सर्न दिंदैन ।

NBgrnimportant.png महत्पपूर्ण
गर्भवती वा ६ महिनासम्मको शिशुलाई स्तनपान गराईरहेकी महिलालाई primaquine दिईंदैन ।

१ बर्ष मुनिका बालबालिकालाई पनि primaquine दिईईदैन ।

रगतमा G6PD deficiency (favism) भएका ब्यक्तिलाई अनुभव प्राप्त स्वास्थ्य कार्यकर्ताले धेरै हप्ताहरुसम्म primaquine को थोरै मात्रा मिलान गरेर दिने गर्छन् ।

Green-effects.png नराम्रा असरहरू
पेटको गडवडी (Upset) र पेटको दुखाई ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
खाना सँगै खानुपर्छ ।

Primaquine को प्रचलित रुप Primaquine phosphate हो । औषधिको सक्रिय भागको रुपमा चक्कीमा १५ एम जि को primaquine base पनि हुन्छ ।

non-falciparum मलेरिया उहि ब्यक्तिलाई फर्केर नआओस् भनेर chloroquine सँगै वा त्यसको उपचार सकिने बित्तिकै प्रयोग गर्ने

शरिरको तौलको आधारमा डोज वा बच्चालाई तौल्न नसकिएमा उमेरको आधारमा डोज दिईन्छ।

NWTND bag arrow.png
१५ एमजि को primaquine base को चक्कि प्रयोग गर्नको लागि, यसरी गर्नुपर्छः
१० केजि देखि देखि २४ केजिसम्म (३ देखि ७ बर्ष): १४ दिनसम्म दिनको १/४ चक्की
२५ केजि देखि ४९ केजि (८ देखि ११ बर्ष): १४ दिनसम्म दिनको १/२ चक्की
५० केजि र त्यसभन्दा माथि (१२ बर्ष र माथी): १४ दिनसम्म दिनको १ चक्की

falciparum नपाईने क्षेत्रमा falciparum मलेरिया फैलनबाट रोक्न

केहि क्षेत्रमा मलेरिया फैलनबाट रोक्न ACT उपचारमा primaquine को एक डोज पनि थप्ने गरिन्छ ।

NWTND bag arrow.png
३-दिने ACT उपचारको पहिलो दिन र १५ एमजि को primaquine base चक्कि प्रयोग गर्दा, यसरी गर्नुपर्छः
१० केजि देखि २४ केजि (३ देखि ७ बर्ष): एकपटकमा १/४ चक्की
२५ केजि देखि ४९ केजि (८ देखि ११ बर्ष) : एकपटकमा १/२ चक्की
५० केजि र त्यसभन्दा माथि (१२ बर्ष र माथी): एकपटकमा १ चक्की

Proguanil र Atovaquone + proguanil


मलेरिया हुने क्षेत्रमा भ्रमण गर्नेहरुको लागि मालेरियाको रोकथाम गर्न proguanil को प्रयोग गरिन्छ । Proguanil लाई सधै मलेरियाको अर्को औषधिसँग दिने गरिन्छ ।

Green-effects.png नराम्रा असरहरू
टाउको दुख्ने, खोकि लाग्ने, झाडापखाला हुने र हल्का पेटको गडवडी (upset) हुने ।

NBgrnimportant.png महत्पपूर्ण
गम्भिर प्रकृतिको मृगौलाको समस्या भएका मानिसलाई proguanil दिनुहुँदैन ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
खाना सँगै खानुपर्छ ।

Chloroquine सँग कम प्रतिरोध भएको क्षेत्रमा मलेरियाको रोकथामको लागि proguanil र chloroquine संगसंगै प्रयोग गरिन्छ ।

Atovaquone र proguanil निश्चित मात्राको मिश्रित चक्कीको रुपमा हुन्छन् । यो बिशेषगरी मलेरियाको रोकथामको लागि प्रयोग गरिने भएता पनि ACT र मलेरियाका अन्य औषधिहरुले थप काम नगर्ने देशहरुमा भने यसलाई कहिंलेकाहिं artesunate र primaquine सँगै मलेरयाको उपचारमा पनि प्रयोग गरिन्छ ।

चक्किहरुभित्रः
६२.५ एमजि atovaquone + २५ एमजि proguanil (बच्चाहरुको लागि)
२५० एमजि atovaquone + १०० एमजि proguanil (वयस्कहरुको लागि)

मलेरियाको रोकथामको लागि

मलेरिया हुने क्षेत्रमा यात्रा शुरु गर्नुभन्दा १-२ दिन अघि वयस्क र बच्चा दुबैले दिनको १ डोज लिनुपर्छ । त्यस क्षेत्रमा रहुन्जेल र त्यहाँबाट फर्किएको ७ दिनसम्म पनि दिनको एक डोजलाई निरन्तरता दिनुपर्छ ।

NWTND bag arrow.png
बच्चाको लागि बनाईएको ६२.५ एमजि atovaquone + २५ एमजि roguani को चक्की प्रयोग गर्नको लागि, यसरी गर्नुपर्छः
५ केजि देखि ७ केजिसम्मः दिनको १/२ चक्की
८ केजि देखि ९ केजिसम्मः दिनको ३/४ चक्की
१० केजि देखि १९ केजिसम्मः दिनको १ चक्की
२० केजि देखि २९ केजिः दिनको २ चक्की
३० केजी देखि ३९ केजिः दिनको ३ चक्की
४० केजि र त्यसभन्दा माथिः ४ वटा बच्चाको चक्की वा १ वयष्कको चक्की ।

Quinine को सुई (injections)


गम्भिर प्रकृतिको मलेरिया (severe malaria) आपत्कालिन अबस्था (medical emergency) हो । बिरामीलाई अस्पताल लैजानु अघि उपचार गर्नको लागि कहिलेकाहीं मांशपेशीमा quinine को सूई लगाईन्छ । Quinine को सुई सहि मात्रा र लगाउने तरिका जानेको तालिम प्राप्त स्वास्थ्य कार्यकर्ताले मात्रै लगाउनुपर्छ । गम्भिर प्रकृतिको मलेरिया (Severe malaria) भएको बच्चाको लागि injectable artesunate उपलब्ध नभएमा उपचार गर्न लैजाने क्रममा quinine को सट्टा artesunate suppositories को प्रयोग गर्नु सुरक्षित हुन्छ] ।

Quinine sulfate, चक्कीहरु (ट्याब्लेटहरु)


chloroquine ले काम नगर्ने ठाउँमा uncomplicated मलेरियाको उपचारको लागि मुखबाट खुवाईने quinine ट्याब्लेटको प्रयोग गरिन्छ ।

गर्भवती भएको पहिलो ३ महिनासम्म falciparum मलेरियाको उपचारको लागि quinine र clindamycin दुबैको प्रयोग गर्नुपर्छ । chloroquine प्रतिरोधि vivax मलेरियालाई भने quinine मात्रै प्रयोग गर्नुपर्छ ।

गम्भिर प्रकृतिको मलेरिया (Severe malaria) को आपतकालिन उपचारको लागि ACT उपलब्ध नभएको अबस्थामा कहिलेकाहिं quinine र clindamycin वा doxycyclin को मिश्रण (combination) पनि प्रयोग गरिन्छ ।

मलेरियाको रोकथामको लागि quinine को प्रयोग गरिंदैन ।

Green-effects.png नराम्रा असरहरू
Quinine ले कहिलेकाहिं पसिना आउने (sweaty skin), कानमा गुञ्जन हुने (ringing of the ears) वा सुन्ने शक्तिमा समस्या (problems with hearing), धमिलो दृष्टि (blurred vision), रिगंटा, वाकवाकी, बान्ता र झाडापखाला जस्ता समस्याहरु हुन्छन् ।

त्ससैले quinine ले बान्ता भएमा promethazine (वाकवाकी नलगाउने औषधि) ले निको पार्छ ।

NBgrnimportant.png महत्पपूर्ण
धेरै मात्रामा quinine लिनु खतरनाक हुन्छ । Quinine ले रगतमा भएको चिनिको मात्रालाई निकै नै कम गरिदिन्छ । रिगंटा, भ्रम, होश हराउनु, मुटुको धड्कन धेरै बढ्नु वा धेरै घट्नु जस्ता खतराका लक्षणहरु देखिएमा चिकित्सकको सहयोग लिईहाल्नुपर्छ ।

Chloroquine वा mefloquine लिईरहेको भएमा quinine लिनुहुँदैन ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
ठाउँ अनुसार ३ देखि ७ दिनसम्म quinine बाट उपचार गर्नुपर्छ । Clindamycin वा doxycycline पनि चाहिन सक्छ ।

Quinine sulfate, quinine hydrochloride र quinine dihydrochloride ३०० एमजि को ट्याब्लेटहरुमा हुन्छन् र तिनको डोज पनि एकै किसिमको हुन्छ । शरिरको तौल अनुसार quinine sulfate को डोज १० एमजि प्रति केजि दिनमा ३ पटक दिईन्छ । Quinine bisulfate चक्कीहरुको भने फरक डोज हुन्छः १४ एम जि प्रति केजि, दिनको ३ पटक ।

सामान्य अबस्थाको (uncomplicated) chloroquine-प्रतिरोधि falciparum मलेरियाको उपचारको लागि

बिरामी बसेको क्षेत्र अनुसार उपचार ३ देखि ७ दिनसम्मको हुन्छ ।

शरिरको तौल अनुसारको डोज ।

NWTND bag arrow.png
३०० एमजि को quinine sulfate, quinine hydrochloride र quinine dihydrochloride चक्कीहरुको प्रयोग गर्दा, यसरी गर्नुपर्छः
७ देखि ११ केजि सम्म : १/४ चक्की, दिनको ३ पटक
१२ देखि २४ केजि सम्मः १/२ चक्की, दिनको ३ पटक
२५ देखि ३४ केजि सम्मः १ चक्की, दिनको ३ पटक
३५ देखि ४९ केजि सम्मः १.५ चक्की, दिनको ३ पटक
५० केजि र त्यसभन्दा माथिः २ चक्की, दिनको ३ पटक


Quinine शुरु गरेको २-३ दिनपछि बान्ता नहुने भएपछि ७ दिनसम्म clindamycin वा doxycycline पनि लिनुपर्छ । doxycycline को डोजको लागि, तल मा हेर्नुहोस् ।

Clindamycin को लागि: ७ दिनसम्म दिनको २० एमजि प्रति केजि (शारिरिक तौलको) डोज हो, क्याप्सुलको शक्ति (strength) अनुसार दिनको २ डोजमा बाँड्न सकिन्छ ।

NWTND bag arrow.png
१५० एमजि को clindamycin क्याप्सुल प्रयोग गर्दा, यसरी दिनुपर्छः
१० देखि १९ केजि सम्मः १ क्याप्सुल (१५० एमजि), दिनको २ पटक, ७ दिनसम्म
२० देखि २९ केजि सम्मः २ क्याप्सुल (३०० एमजि), दिनको २ पटक, ७ दिनसम्म
३० देखि ४४ केजि सम्मः ३ क्याप्सुल (४५० एमजि), दिनको २ पटक, ७ दिनसम्म
NWTND bag arrow.png
३०० एमजि को clindamycin क्याप्सुल प्रयोग गर्दा, यसरी दिनुपर्छः
४५ केजि र त्यसभन्दा माथिः २ क्याप्सुल(६०० एमजि), दिनको २ पटक, ७ दिनसम्म


NBgrnimportant.png महत्पपूर्ण
पानी बढी भएको वा रगत देखिएको झाडापखाला भएमा तुरुन्तै clindamycin लिन बन्द गर्नुपर्छ ।

आमाको दुधबाट शिशुसम्म औषधि पुग्न सक्ने भएकोले दूध चुसाउने महिलालाई clindamycin दिनुहुँदैन ।

Clindamycin लिनु २ घन्टा अघि र त्यो लिएको २ घन्टा पछिसम्म पनि antacids लिनुहुँदैन । किनकी त्यसबाट औषधिको प्रभावकारीता घट्छ ।

सामान्य अबस्थाको (uncomplicated) chloroquine-प्रतिरोधि vivax मलेरियाको उपचारको लागि

NWTND bag arrow.png
chloroquine-प्रतिरोधि falciparum मलेरिया (माथि हेर्नुहोस्) लाई जस्तै quinine sulfate र clindamycin वा doxycycline दिनुपर्छ । त्यसपछि १४ दिनसम्मको लागि primaquine थप दिनुपर्छ । तर गर्भवती महिलालाई भने primaquine थप्नुहुँदैन ।

Doxycycline


Doxycycline धेरै उपयोगिता भएको एन्टिबायोटिक हो । Quinine सँगै मिसाएर यसलाई मलेरियाको उपचारमा प्रयोग गरिन्छ । भ्रमण गर्नेहरुलाई मलेरियाबाट जोगाउन doxycycline पनि प्रयोग गरिन्छ ।

Green-effects.png नराम्रा असरहरू
छाति पोल्ने (Heartburn), पेटको गडवडी (stomach cramps), झाडापखाला र yeast को संक्रमण देखिन्छन् ।

NBgrnimportant.png महत्पपूर्ण
गर्भवती महिला र ८ बर्षमुनीका बालबालिकालई doxycycline वा tetracycline दिनुहुँदैन किनकी यि औषधिहरुले दाँत र हड्डीमा हानी गर्ने र दाग (stain) लाग्ने हुन्छ ।

मृगौला, कलेजो, पेटको रोग वा ग्यास्टिक (gastritis) भएका बिरामीलाई प्रयोग गर्दा साबधानी अपनाउनुपर्छ ।

Doxycycline लिनुभन्दा २ घन्टा अघि र लिएको २ घन्टापछि आईरन चक्की (iron pills) र antacids लिनुहुँदैन । तिनले औषधिलाई कम प्रभावकारी बनाउँछन् ।

Doxycycline लिईरहेको बेलामा घामले नडढोस् र छालामा फोका नआओस् भनेर सूर्यको प्रकाशमा धेरै समय बिताउनुहुँदैन ।

Doxycycline ले गर्भनिरोधक चक्किलाई कम प्रभावकारी बनाउँछन् । त्यसैले यो औषधि लिईरहेको बेलामा गर्भनिरोधको अन्य बिधि (जस्तोकी कण्डम) को प्रयोग गर्नुपर्छ ।

NBgrnpill.png कसरी प्रयोग गर्ने
एक कपभरि पानीसँगै doxycycline लिनुपर्छ । पेटमा केहि असहज (upsets) हुने भएमा भने खानासँगै लिनुपर्छ ।

सामान्य अबस्थाको (uncomplicated) chloroquine-प्रतिरोधि मलेरियाको उपचारको लागि quinine सँगै प्रयोग गर्ने

NWTND bag arrow.png
uncomplicated falciparum मलेरियाको लागि quinine शुरु गरेको १ वा २ दिनमै वा बान्ता नहुने भएमा जतिसक्दो चाँडो doxycycline दिनुपर्छः
८ बर्षमाथि तर ४० केजिभन्दा कमको बच्चाः ५० एमजि, दिनको २ पटक, ७ दिनसम्म
४० केजिभन्दा बढीको बच्चा र वयष्कको लागिः १०० एमजि, दिनको २ पटक, ७ दिनसम्म

Quinine पनि दिनुपर्छ ।

सामान्य अबस्थाको (uncomplicated) vivax मलेरियाको उपचारको लागि quinine सँग प्रयोग गर्ने

NWTND bag arrow.png
माथि भनिएजस्तै doxycycline र quinine दिनुपर्छ । सकिएपछि १४ दिनको लागि primaquine पनि लिनुपर्छ ।

मलेरिया हुने क्षेत्रमा भ्रमण गर्दा मलेरियाको रोकथाम:

NWTND bag arrow.png
भ्रमण गर्नु १ वा २ दिन अघिबाट बच्चा र वयस्क दुबैले प्रत्येक दिन doxycycline को १ डोज लिनुपर्दछ । त्यहाँ रहुन्जेलसम्म प्रत्येक दिन १ डोजलाई निरन्तरता दिई त्यहाँबाट फर्केपछिको २८ दिनसम्म त्यसलाई निरन्तरता दिनुपर्छ ।
८ बर्ष भन्दा माथि तर ४० के जि भन्दा कम भएका बालबच्चाः प्रत्येक दिनको एकपटक ५० एमजि
४० केजि भन्दा माथिका बालबच्चा र वयस्क: प्रत्येक दिनको एकपटक १०० एमजि


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ११ जुन २०१९