Hesperian Health Guides

आई. यू. डी.

यस परिच्छेदमाः

आई. यू. डी. (इन्ट्रा-यूटेरिन डिभाइस) तालिम प्राप्त स्वास्थ्य कार्यकर्ताको सहायताले महिलाको गर्भासयमा राखिने प्लाष्टिक वा प्लाष्टिक र तामाको सानो साधन हो । यसले पुरुषको शुक्रकीटलाई डिम्वसँग प्रजनन हुनबाट रोक्दछ र साथै डिम्वलाई गर्भासयमा टाँसिएर रहन (implant) बाट समेत रोक्दछ । आई. यू. डी. लाई राख्ने तरिका बारेको जानकारीका लागि हेस्पेरियनबाट उपलब्ध दक्ष प्रसुतीकर्मीहरुका लागि सहयोगी पुस्तक को परिच्छेद २१ हेर्नुहोस् ।

NWTND FP Page 16-2.png

आई. यू. डी. हरु अत्यन्त प्रभावकारी छन् र तिनको प्रकार अनुसार गर्भासयमा ५ वा १२ बर्षको अवधीसम्म रहन्छन् । आई. यू. डी. हरुले एच. आई भी. वा अन्य यौन प्रसारित संक्रमणहरुबाट भने जोगाउँदैनन् ।

WWHND10 Ch13 Page 217-1.png

महिला गर्भवती नरहेको र योनीको संक्रमण वा यौन प्रसारित संक्रमण नरहेको अवस्थामा जुनसुकै समयमा आई. यू. डी. लाई राख्न सकिन्छ । आई. यू. डी.लाई तालिम प्राप्त स्वास्थ्य कार्यकर्ताबाट जुनसुकै समयमा पनि हटाउन सकिन्छ । यसलाई हटाइसकेपछि महिला तुरुन्तै गर्भवती बन्ने क्षमता राख्दछिन् ।

एकपटक राखिसकेपछि आई. यू. डी. बाहिर निस्कदैंन तर कहिले कहिले निस्कन सक्छ । आई. यू. डी. लगाएको महिलाले हरेक महिना आई. यू. डी.को तारहरु (जुन पाठेघरको मुखमा झुण्डिएका हुन्छन्) ठीक ठाउँमा छन् की छैनन् भनी योनीभित्र औंला छिराई तिनलाई छोएर (तर वाहिर नतानिकन) जाँच गर्न सक्दछन् । Strings (धागोहरु) भएको महशुस गर्न सकिएन भने वा आई. यू. डी. वाहिर निस्केको जस्तो लागेमा स्वास्थ्य कार्यकर्तालाई नजचाउन्जेलसम्म कण्डमको प्रयोग गर्नुपर्छ वा यौनसम्पर्क राख्नुहुँदैन ।

आई. यू. डी. को प्रयोगबाट हुने सम्भावित प्रतिकूल प्रभावहरु

धेरैजसो देखिने प्रतिकूल प्रभाव भनेको मासिक रक्तश्रावका बेला वढी रगत जान्छ र पेट दुख्छ । सामान्यतया यो केही महिनापछि कम हुन्छ । केही किसिमका आई. यू. डी. मा प्रोजेस्टिन हर्मोन रहेको हुन्छ जसले असहजता र रक्तश्रावलाई कम गर्दछ । प्रोजेस्टिन भएका आई. यू. डी. हरुका मिनिपिलका जस्तै प्रतिकूल प्रभावहरु हुन सक्छन् ।

आई. यू. डी. को प्रयोग कसले गर्नुहुँदैन

  • पाठेघरको मुख वा गर्भासयको क्यान्सर भएका महिलाहरु । स्तन क्यान्सर भएका महिलाहरुले प्रोजेस्टिनयुक्त आई. यू. डी. को प्रयोग गर्नुहुँदैन, तर कपर (तामा) युक्त आई. यू. डी. को प्रयोग भने तिनले सुरक्षित साथ गर्न सक्छन् ।
  • धातुरोग, क्लमेडिया वा कोख सुजन संक्रमण रोग (PID) भएका महिलाहरु । धातुरोग र क्लमेडिया बारेको थप जानकारीका लागि प्रजनन अंग सम्वन्धि समस्याहरु र संक्रमणहरु हेर्नुहोस् । PID बारेमा थप जान्नका लागि पेटको दुखाई, झाडापखाला र किराहरुभित्र पृष्ठ १६ मा “सुजन संक्रमण” हेर्नुहोस् ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १६ अक्टोबर २०१९