Hesperian Health Guides

परिवार नियोजनः गर्भ निरोधक चक्कीको प्रयोग

गर्भ निरोधक चक्की (मुखबाट लिइने गर्भ निरोधक औषधीहरु)

धेरैजसो गर्भ निरोधक चक्कीहरुमा महिलाको शरिरले सामान्य रुपमा बनाउने हर्मोनहरु जस्तै १ वा २ हर्मोनहरु समाविष्ट हुन्छन् । यि हर्मोनहरुलाई एष्ट्रोजेन र प्रोजेस्टिन भनिन्छ ।

गर्भ निरोधक चक्कीहरु प्रत्येक हर्मोनको फरक फरक क्षमताहरुमा आउँदछन् र विभिन्न व्यापारिक नामहरुभित्र बेचिन्छन् । तल दिइएका पहिला ३ प्रकारका चक्कीहरुमा एष्ट्रोजेन र प्रोजेस्टिन दुवै हुन्छन् (हेर्नुहोस् मिश्रीत चक्कीहरु) र चौथो प्रकारमा प्रोजेस्टिन मात्रै (हेर्नुहोस् मिनिपिल) हुन्छ । धेरै पाइने एष्ट्रोजेनलाई ethinyl estradiol भनिन्छ । धेरैजसो प्रयोग हुने मात्रा ३५ एम. सि. जि. (माइक्रोग्राम्स) हो । मिश्रीत चक्कीहरुमा हुने प्रोजेस्टिनको धेरै प्रचलित मात्रा ०.१ मि. ग्रा. (मिलिग्राम्स) हो ।

गर्भ निरोधक चक्कीहरु लिने महिलाहरुको मासिक रक्तश्राव चक्की नलिने महिलाहरुको तुलनामा कम हुन्छ । विशेषगरी रक्तअल्पता भएका महिलाहरुका लागि यो राम्रो कुरा हुनसक्छ । तर यदि महिलामा मासिक रक्तश्राव नभएमा वा धेरै नै थोरै मासिक रक्तश्राव भएमा र यस्तो प्रतिकूल प्रभाव नरुचाएमा उनी वढी एष्ट्रोजेन भएको ब्राण्ड तर्फ परिवर्तन हुन सक्छिन् ।

प्रत्येक दिन एकै समयमा लिइएमा सबै गर्भ निरोधक चक्कीहरुले गर्भ निरोधकको रुपमा राम्रोसँग काम गर्दछन् । त्यसो गर्दा तिनलाई खानको लागि सम्झिन समेत सजिलो बनाउँछ । प्रत्येक दिन एकै समयमा प्रोजेस्टिन मात्र भएको चक्की (मिनिपिल) खानु विशेषगरी महत्वपूर्ण हुन्छ किनकी यस चक्कीको हकमा महिलाले एक चक्की मात्रै पनि खान बिर्सिएमा गर्भ रहने वढी सम्भावना रहन्छ ।

२८ दिनको पुरियामा प्रत्येक दिन १ वटा खानुहोस् र सकिने बित्तिकै तुरुन्तै नयाँ पुरिया शुरु गर्नुहोस् । २८ दिने पुरियामा हर्मोनयुक्त २१ चक्कीहरुका साथसाथै ७ वटा हर्मोन नभएका सम्झिनका लागि राखिएका चक्कीहरु (reminder pills) हुन्छन् । यस्ता चक्कीहरु (placebo pills पनि भनिन्छन्) महिलालाई प्रत्येक दिन चक्की खान सम्झाउनका लागि राखिन्छन् । केही २८ दिने पुरियाहरुमा भने हर्मोनयुक्त चक्कीहरु मात्रै हुन्छन् । २१ दिने पुरियामा प्रत्येक दिन एउटा लिनुहोस् र त्यसपछि अर्को पुरिया शुरु गर्नुपूर्व ७ दिन कुर्नुहोस् (महिनावारी कम गराउन नियमित रुपमा तपाईंले चक्कीहरु खाइरहेको अवस्थामा वाहेक) ।

हर्मोनको मात्रा परिवर्तन हुने मिश्रीत चक्कीहरु
यस्ता चक्कीहरुमा एस्ट्रोजेन र प्रोजेस्टिनको मिश्रण हुन्छ जुन महिनाभरको अवधिमा परिवर्तन हुन्छ । मात्रा परिवर्तन हुने कारणले गर्दा चक्कीलाई क्रमिक रुपमा सेवन गर्नुपर्दछ ।
केही ब्यापारिक नामहरुः Gracial, Logynon, Qlaira, Synphase, Trinordiol, Trinovum, Triquilar, Triphasil


एस्ट्रोजेन र प्रोजेस्टिन दुवैको मात्रा निश्चित भएका मिश्रीत चक्कीहरु
यिनमा एष्ट्रोजेन (प्रायः ३५ एम सि जि) र प्रोजेस्टिन (प्रायः ०.१ एम जि) हुन्छन् । २८ चक्की भएको पुरियामा २१ चक्की हर्मोनयुक्त र ७ वटा reminder (placebo) चक्कीहरु हुन्छन् । २१ चक्की भएको पुरिया मा हर्मोनयुक्त चक्कीहरु मात्रै हुन्छन् । दुवै खाले पुरियाका २१ चक्कीहरुमा प्रत्येक हर्मोनको मात्रा वरावर हुन्छ ।
केही ब्यापारिक नामहरुः Alesse, Cilest, Diane, Femoden, Gynera, Harmonet, Norinyl, Ortho-Novum, Ovysmen


निश्चित मात्रा भएका मिश्रित चक्कीहरुः वढी प्रोजेस्टिन कम एस्ट्रोजेन
यि चक्कीहरुमा वढी प्रोजेस्टिन (०.१५ मि. ग्रा.) र कम एस्ट्रोजेन (३० एम सि जि) हुन्छ । २८ चक्की भएको पुरियामा २१ वटा चक्कीहरु हर्मोनयुक्त हुन्छन् र ७ वटा चक्कीहरु reminder (placebo) हुन्छन् । २१ चक्की भएको पुरिया मा हर्मोन भएका चक्कीहरु मात्रै हुन्छन् । दुवै खाले पुरियाहरुमा सबै २१ चक्कीहरुमा प्रत्येक हर्मोनको मात्रा समान हुन्छ । मासिक रक्तश्राव वढी हुने र महिनावारी चक्र शुरु हुनुपूर्व स्तन दुख्ने महिलाको लागि यि चक्कीहरुले राम्रोसँग काम गर्दछन् ।
केही ब्यापारिक नामहरुः Lo-Femenal, Lo/Ovral, Microgynon, Microvlar, Nordette (नेपालमा यि उपलब्ध छैनन् ।)


प्रोजेस्टिन मात्र भएका चक्कीहरु (मिनिपिल)
यि चक्कीहरुमा प्रोजेस्टिन मात्रै हुन्छ र २८ चक्कीको पुरियामा उपलब्ध हुन्छन् । पुरियामा रहेका सबै चक्कीहरुमा समान मात्राको प्रोजेस्टिन हुन्छ ।
केही ब्यापारिक नामहरुः Femulen, Microlut, Micronor, Micronovum, Neogest , Microval, Ovrette, Exluton (नेपालमा यि उपलब्ध छैनन् ।)


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८