Hesperian Health Guides

परिवार नियोजनका प्राकृतिक विधिहरु

यस परिच्छेदमाः

स्तनपान

स्तनपान गराइरहेकी महिला र उनको पाखुरामा हात राखिरहेको पुरुष ।.

महिलाले स्तनपान गराएमा केही महिनाहरुसम्म तिनको शरिरले गर्भनिरोधकको काम गर्ने हर्मोनहरु उत्पादन गर्दछ । गर्भ रहनबाट रोक्न स्तनपानले त्यतीखेर काम गर्छ जबः

  • शिशुको उमेर ६ महिनाभन्दा कम भएमा ।

  • शिशुलाई अन्य खानेकुरा र पिउने कुरा नदिई स्तनपान मात्र गराएमा ।

  • सुत्केरी पश्चात महिनावारी चक्रको सुरुवात नभएमा ।


शिशुलाई खानेकुरा खुवाउन शुरु गरेपछि वा महिनावारी चक्रको सुरुवात भएपछि स्तनपानले गर्भ रहनबाट रोक्न सक्दैन ।

प्रजनन उर्वरा अवधि सम्वन्धि चेतना

महिलाको गर्भ उनको प्रजनन उर्वरा अवधिमा डिम्वासयबाट डिम्वनली वा गर्भासयमा डिम्व निश्कासन भएको बेलामा मात्रै हुन्छ । यो अवधि धेरै दिनहरुसम्म रहन्छ र महिनाको एकपटक मात्रै हुन्छ । प्रजनन उर्वरा अवधिमा शारिरिक सम्पर्क नराखे गर्भ रहँदैन (अथवा श्रीमान श्रीमतीले गर्भाधारण गर्न चाहेमा गर्भाधानको सम्भावना बढाउन उनीहरुले यस अवधिमा शारिरिक सम्पर्क राख्ने योजना बनाउन सक्छन् ।)

यस विधिले राम्रोसँग काम गर्न महिलाको महिनावारी चक्र नियमित हुनुपर्छ र उनले आफ्नो चक्रको प्रत्येक चरणको राम्रो रेकर्ड राख्नुपर्छ । पुरुषले पनि यस विधिलाई प्रभावकारी बनाउन सहयोग गर्नुपर्छ किनकी प्रजनन उर्वरा अवधिमा शारिरिक सम्पर्क (पाठेघरभित्र लिङ्ग जाने किसिमको सम्पर्क) राख्नुहुँदैन वा कण्डमको प्रयोग गर्नुपर्छ ।

यो प्रयोग सबैको लागि उपयुक्त नहुन सक्छ । किनभने कहिंलेकाहीं महिनावारी चक्र अनपेक्षित तवरले परिवर्तन हुन्छ । महिलाहरुले सधैंजसो आफ्नो चक्रको प्रत्येक चरणको रेकर्ड राम्रोसँग राख्दैनन् जसले गर्दा गर्भ रहने सम्भावना रहन्छ । प्रजनन उर्वरा सम्वन्धि चेतनाले एच. आई. भी. लगायतका यौन प्रसारित संक्रमणहरुका विरुद्ध जोगाउँदैनन् ।

प्रजनन उर्वरा अवधि सम्वन्धि चेतनाको प्रयोग गर्ने तरिका

आफ्नो औंलाहरुमा गन्ती गरिरहेकी र विचार गरिरहेकी महिला ।.
मेरो महिनावारी चक्र ८ दिन अघि शुरु भएको थियो । त्यसैले आज वा अघिल्ला १० दिनसम्म हामीले शारिरिक सम्पर्क राख्नुहुन्न ।

केही महिनाहरुसम्म महिनावारी चक्रको दिनहरु महिनावारी चक्रको पहिलो दिनबाट गन्न थाल्नुहोस् । चक्रको अन्तिम दिन भनेको तपाईंको पुनः रक्तश्राव शुरु हुने दिन मध्येको अघिल्लो दिन हो । तपाईंको महिनावारी चक्रमा लगभग समान दिनहरुको संख्या छ र तपाईंको चक्र २६ देखि ३२ दिनहरुको बिचमा सकिन्छ भने यस विधिले काम गर्न सक्छ ।

एकपटक तपाईंले आफ्नो महिनावारी चक्र केही महिनासम्म गन्ती गरेर महिनावारी चक्र सामान्यतया नियमित भएको निश्चित भएपछि तपाईंले यस विधिको सुरुवात गर्न सक्नुहुन्छ । प्रत्येक चक्रको ८औं दिनदेखि १९ औं दिनसम्ममा शारिरिक सम्पर्क नराख्नुहोस् । अथवा त्यस अवधिका कण्डमको प्रयोग गर्नुहोस् । यस विधिले काम गर्नको लागि प्रत्येक महिनावारी चक्रका कति दिन विते भनी विचार पुर्याउनु जरुरी हुन्छ । यदि चक्र परिवर्तन भएमा धेरै महिनाहरुसम्म तपाईंको चक्र नियमित नहोउन्जेल अन्य विधिहरुको उपयोग गर्नुहोस् ।

महिलाको शरिरले उनको प्रजनन उर्वरा अवधिमा योनीभित्र शुक्रकीटलाई गर्भासयभित्र जान सहयोग गर्न योनीरस उत्पादन गर्दछ । त्यसकारण प्रत्येक दिन योनीरसको जाँच गरेमा प्रजनन उर्वरा अवधि बारेमा जानकारी पाइन्छ । तर यो सबै महिलाले प्रयोग गर्न चाँहदैनन् ।

NWTND FP Page 18-2.png
NWTND FP Page 18-3.png
सफा, भिजेको, चिप्लो योनीरस = गर्भ रहन सक्ने सेतो, सुख्खा, लेसाइलो योनीरस = गर्भ नरहने

योनीमा विर्य स्खलन हुन नदिई लिङ्ग बाहिर निकाल्ने

पुरुषले यौनसम्पर्कका बेला योनीमा स्खलन हुन नदिनु पनि एक उपाय हो । तर यसको लागि पुरुषले नियन्त्रण गर्न सक्नुपर्छ । अनपेक्षित रुपमा स्खलन हुने भएमा यो विधि काम लाग्दैन । पुरुषले लिङ्ग बाहिर निकाल्दा समेत शुक्रकीटयुक्त केही विर्य लिङ्गबाट चुहिन सक्छ र गर्भ रहन्छ । गर्भ रहन नचाहने जोडीका लागि यो विधि काम लाग्दैन । यसले यौन प्रसारित संक्रमणहरुबाट भने जोगाउँदैन ।

योनीमा लिङ्ग प्रवेश नगराई गरिने यौनक्रिया

NWTND FP Page 19-1.png

शारिरिक सम्वन्धका अलावा कसैसँग नजिक हुने, यौन आनन्द लिने र माया देखाउने धेरै उपायहरु छन् । धेरै जोडीहरुले लिङ्ग वा भगद्वारमा आनन्द दिनको लागि मुखको प्रयोग (मुख मैथुन) गर्दछन् । यसरी गर्भ रहँदैन । तर मुख मैथुन र गुदद्वार मैथुनबाट एच. आई. भी. लगायतका यौन प्रसारित संक्रमणहरु सर्न सक्छन् । कसैलाई तपाईंको हातको प्रयोगबाट यौन आनन्द दिन सकेमा अत्यन्त सुरक्षित हुन्छ । यसले गर्भ पनि रहँदैन र यौन प्रसारित संक्रमणहरु पनि सर्दैनन् ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८