Hesperian Health Guides

खोपहरु

यस परिच्छेदमाः

खोपहरुको प्रयोग (भ्याक्सिनेसन्स वा इम्युनाइजेसन्स) ले मानिसहरुलाई धेरै किसिमका रोगहरुबाट जोगाउँछ । खोपहरुले शरिरको रोग प्रतिरोधात्मक प्रणाली लाई बलियो बनाउँछ ।

खोपहरुले काम गर्छन् ? खोप सौम्य (Mild) वा निष्क्रिय किटाणुबाट बनेको हुन्छ । यसको प्रयोगले रोगसँग लड्न शरिरले विशेष प्रकारको तत्व अर्थात “एन्टिबडिज” उत्पादन गर्छ । यही“एन्टिबडिज”ले विभित्र रोगबाट बचाउँछ ।

“स्वस्थ शिशु = स्वस्थ एवं सुखि परिवार, खोप आज” को चिन्ह अंकित स्वास्थ्य संस्थामा शिशु लिएर बसिरहेका ३ जना वयस्कहरु

शिशुहरुलाई चाहिने केहि एन्टिबडिज त जन्मजात आमाबाट नै पाउँछन् । स्तनपान गराउँदा शिशुको रोग प्रतिरोधात्मक शक्ति झनै बलियो हुन्छ ।

विभिन्न प्रकारका खोपहरुको नामाकिंत छाताहरु समातेका वयस्क एवं बच्चाहरुको समूह । त्यसभन्दा माथि लेखिएका शब्दहरुः हेपाटाइटिस बि, क्षयरोग, दादुरा, लहरेखोकी, भ्यागुते रोग, धनुस्टंकार आदि ।
धेरै मानिसहरुलाई खोप दिँदा तिनको रोग प्रतिरोधात्मक क्षमताले अन्य व्यक्तिलाई पनि सुरक्षा दिन्छ । यसैलाई नै सामूहिक प्रतिरोध भनिन्छ ।

बिफर, प्लेगजस्तो डरलाग्दा रोगहरूे निर्मूल भईसकेका छन् । अब तिनको लागि खोप दिइन्न ।

खोपहरु र तिनको आवश्यकताको बारेमा

शिशुकि आमा पाको उमेर भएकि महिलासँग कुरा गर्दै ।
हाम्रो गाउँमा त कसैलाई पोलियो भएको कुरा मैले कहिल्यै पनि सुनेको छैन ।
पहिले त यो समस्या थियो नि । अहिले यो सबै बालबालिकाले पाउँछन् र यो निर्मुल भएको छ ।

खोपहरुले वालवच्चाहरुलाई लहरे खोकि, धनुष्टकांर (टिटानस), निमोनिया, दादुरा, हेपाटाइटिस बि, क्षयरोग र रोटाभाइसको संक्रमणबाट हुने झाडापखाला लगायतका धेरै खतरनाक रोगहरुबाट बचाउँछ ।

नेपालमा स्वस्थ्य चौकी, अस्पतालमा कहिले कुन खोप लगाउने भनेर खोप तालिका पनि छ । उनीहरु स्वस्थ रहनका लागि आबश्यक खोपहरु दिनका लागि नियमित तालिका अनुसार स्वास्थ्य कार्यकर्ताहरु जाने गर्दछन् ।

कुनै विशेष रोगका बिरुद्ध हाम्रो शरिरलाइ जुध्ने शक्ति निर्माण गर्नका लागि कुनै खोप एक पटकभन्दा बढी दिइन्छन् । कुनै खोप चाँही एकचोटी मात्र दिइन्छ । जस्तो बुस्टर डोज ।

NWTND bag question.png
खोप लगाउन समय तोकिएको बेलामा बच्चा बिरामी परे के गर्ने?
NWTND bag arrow.png
रुघाखोकि जस्तो सामान्य बिरामी हुँदा खोप लगाउन सकिन्छ । बच्चालाई गम्भिर स्वास्थ्य समस्या भए स्वास्थ्य कार्यकर्ताले पछि ल्याउन सल्लाह दिन्छन ।
NWTND vacc Page 3-1.png
NWTND bag question.png
के खोपहरु सुरक्षित हुन्छन् ?
NWTND bag arrow.png
खोपहरु सुरक्षित हुन्छन् । खोपहरु लगाएपछि केहि दुख्ने वा सामान्य ज्वरो आउन सक्छ । तर निको भइहाल्छ ।
Ne NWTND vacc Page 2-3.png
NWTND bag question.png
खोप ठूला मान्छेलाई पनि जरुरत पर्छन् ?
NWTND bag arrow.png
सबै बालबच्चाहरुलाई खोप जरुरी हुन्छन् । तर केहि रोगहरुबाट सुरक्षित हुन ठूला बच्चा र वयस्कहरुलाई “बुष्टर”खोप चाहिन्छ । आमा र बच्चा दुबैको स्वास्थ्य रक्षाको लागि गर्भवती महिलालाई पनि खोप लगाउने गरिन्छ ।
Ne NWTND vacc Page 2-4.png



यस पृष्ठलाई अद्यावधिक गरिएकोः २० मार्च २०२४