Hesperian Health Guides

खोपहरु कसलाइ र किन लगाउने?

यस परिच्छेदमाः

हरेक क्षेत्र, देश र कहिंलेकाहिं देशभित्रपनि जिल्लाका चाहिए अनुसारका खोपहरुको आफ्नै सूचि हुने गर्दछः

  • केहि खोपहरु नवजात शिशु, वालबच्चालाई दिइन्छन् । शिशु अवस्थामा खोप नलगाएका ठूला बच्चाहरु वा वयस्कहरुलाई पनि पछि दिन सकिन्छ ।
  • केहि खोपहरु कुनै निश्चित क्षेत्रको लागि मात्र उपयोगि हुने भएकोले त्यस क्षेत्रमा बसोबास गर्ने वा भ्रमण गर्नेलाई मात्र प्रयोग गरिन्छन् । एलोे फिबर अफ्रिकाको देशमा मात्र लगाइन्छ ।
  • कुनै क्षेत्रमा नयाँ रोग देखा परेमा त्यसका बिरुद्धको खोप सबैलाई लगाउनुपर्ने हुनसक्छ ।
बोल्दै गरेकि एक महिला
सबै बालबच्चाहरुलाई खोप लगाए उनीहरूलाई विभिन्न रोगबाट जोगाउन सक्छौ ।

नियमित रुपमा लगाए खोप शिशु र बालबच्चाहरुको सुरक्षित हुन्छन् ।

शिशु जन्मे पछिको १ वर्षसम्म विभिन्न खोपहरु लगाइन्छन् । कहिले कुन खोप लगाउने भन्ने कुरा देशको स्वास्थ्य नीतिमा भर पर्दछ । नेपालमा पनि खोप सम्बन्धी नीति छ ।

बच्चा समातेकी महिला र सँगै रहेका पुरुषसंग कुरा गर्दै स्वास्थ्य कार्यकर्ता ।
शिशुको बिकास राम्रोसँग भएको छ । आज पोलियोको अर्को खोप पनि दिन्छौ ।

शिशु एवं बालबच्चाहरु स्वस्थ हुन खोपको साथै रोगको रोकथाम गर्न सफा र स्वस्थ वातावरण पनि महत्वपूर्ण हुन्छ । सुरक्षित पिउने पानी, कम्तिमा पहिलो ६ महिनासम्म शिशुलाई स्तनपान र पोषणयुक्त खानेकुराले धेरै रोगहरुबाट सुरक्षा दिन्छ ।

बालबालिकाले सबै खोपहरु नलिए अनेक समस्या पर्न सक्छ ।

नेपालमा स्वास्थ्य सम्बन्धि निकायहरुले शिशु एवं बालबच्चाको लागि चाहिने खोप तालिका बनाएको छ । यसले कुन खोपहरु सँगै प्रयोग गर्न सकिन्छ र कुन उमेरमा कुन खोप प्रयोग गर्ने भन्ने देखाउँछ ।

उमेर अनुसारको खोप तालिकाको अगाडि उभिएकि महिला ।
स्खोप तालिका लगभग यस्तै हुन्छ । यद्यपि खोपहरुको प्रत्येक समूहको लागि उमेर भने देश अनुसार फरक पर्न सक्छ । साथै सबै देशमा एकै किसिमको मिस्रित खोपहरु (अयदष्लबतष्यल खबअअष्लभक) को पनि प्रयोग हुँदैन र सबैतिर जम्मै खोपहरु चाहिन्छन् भन्ने पनि हुँदैन ।

खोप र एचआइभी

Iसाधाणतया एचआईभी भएका शिशु एवं वयस्कलाई अरु मानिसहरुलाई चाहिने जस्तै खोपहरु चाहिन्छन् । केहि अवस्थाहरुमा एचआईभी भएका बच्चा वा वयस्कलाई अतिरिक्त डोज आबश्यक पर्न सक्छ । जस्तोकी दादुराको खोप ।

केहि खोपहरु (बिसिजि, एमएमआर, वपिभि) लागाउनुपूर्व शिशु स्वस्थ छ कि छैन हेर्नुपर्छ । तर खोप लिनुपूर्व नै एचआईभि उपचारको औषधि सुरु गरिसकेको हुनुपर्छ । एचआईभिको उपचारले शरिरको रोग प्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउँछ ।

आमालाई एच आई भि भएपनि बिसिजि खोप जन्मनासाथ नै दिनु सुरक्षीत हुन्छ । तर पनि बच्चा ठूलो भईसकेको छ र उसलाई एचआईभि छ भने पहिला एचआईभिको उपचार गर्नुपर्छ ।

गर्भवती महिलालाई सुई लगाईरहेका एक स्वास्थ्य कार्यकर्ता
किशोरी अवस्थामै धनुष्टंकार लगाइसकेमा पछि गर्भाबस्था र सुत्केरी अबस्थामा धनुष्टंकारबाट हुँदैन र शिशु पनि धनुष्टंकारबाट बच्छ ।

खोप र गर्भाबस्था

नेपालमा प्रत्येक गर्भवती महिलाले धनुष्टंकारको खोप लगाउँछिन् ।

  • रुबेला (German measles) खोप बच्चा वा गर्भाबस्था अघि महिलालाई दिनुपर्छ किनकी गर्भवती महिलाको रुबेला शिशुको लागि खतरनाक हुन्छ ।
  • बर्षदिनमा दोहर्याउने गरी सबैलाई धनुष्टंकार (टिटानस) को खोप एक्लै वा मिस्रित खोप (combination vaccine) को रुपमा दिइन्छ । महिलाले हालसालै धनुष्टंकार बिरुद्धको खोप पहिले नलगाएको भए उनलाई गर्भाबस्थामा खोप दिनु पर्छ ।
  • बिसिजि वा दादुराको खोप जस्ता केहि खोपहरु गर्भाबस्थामा लगाईंदैनन् । त्यसकारण खोप लगाउनुपुर्व महिला गर्भवती भए नभएको जानकारी लिनुपर्छ ।


खोप अभिलेख ।

अभिलेख राख्ने

खोपहरुको नाम र लगाएको मिति देखाउने खोप कार्ड वा कुनै कागजपत्र सम्बन्धित ठाउँ (खोप केन्द्र, अस्पताल) बाट लिनुपर्छ र त्यसलाई सुरक्षित साथ राख्नुपर्छ । आजकल बच्चाहरुलाई यस्तो अभिलेख विद्यालयमा भर्ना गर्दा चाहिन्छ । ठूलालाई काममा विदेश भ्रमण गर्दा चाहिनसक्छ । त्यसैगरी स्वास्थ्य कार्यकर्तालाई पहिले लिईसकेको र अब लिन बाँकि खोपहरुको बारेमा देखाउनुपर्दा पनि चाहिन्छ । नेपालमा प्रत्येक शिशुलाई यस्तो कार्ड दिइन्छ ।



यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० मे २०१९