Hesperian Health Guides

स्वास्थ्य कार्यकर्ताः दायित्व ब्यक्ति

यस परिच्छेदमाः

बच्चाको लागि उपयोगि खोप लगाउने अभियानमा महत्वपूर्ण भूमिका स्वास्थ्य कार्यकर्ताले खेल्छन् । गाउँघरमा स्वास्थ्य कार्यकर्ताको सल्लाह सबैले सुन्छन् । स्थानियहरुले खोप कार्यक्रम कहिले हुन्छ भन्ने कुरा स्वास्थ्य कार्यकता र महिला स्वयं सेविकाबाट र रेडियोबाट पनि थाहा पाउँछन् ।

स्वास्थ्य केन्द्र वा क्लिनिकमा कार्यरत स्वास्थ्य कार्यकर्ताः

शिशु समातेकि महिलासँग कुरा गर्दै गरेकि स्वास्थ्यकर्मी ।
कम दुख्ने गरेर म छिट्टो सुई लाईदिन्छु है । आफू पट्टि हेर भनेर फकाउनुहोस् त अनि नानी डराउँदैन ।
  • बालबालिकाका आमाबाबुसँग राम्रो ब्यवहार गर्नुपर्छ । उनीहरूले प्रश्न सोध्दा नम्र भएर जानकारी दिनुपर्छ ।
  • सुई लगाउँदा शिशु रुन्छ । सुई लगाउँदा शिशुलाई फकाउनु पर्छ ।
  • स्वास्थ कार्यकर्ताले खोप लगाउनु अघि खोपको र त्यसको आबश्यकताको बारेमा परिबारलाई भन्नुपर्छ । सुई लगाएपछि सामान्य ज्वरो आउने वा पाखुरा दुख्न सक्छ । त्यसको बारेमा पहिलेनै भन्नुपर्छ ताकि बच्चाको आमाबाबुले चिन्ता नलिउन् । एलर्जि वा अन्य कुनै खतराको लक्षण देखा परेमा के गर्ने भन्ने बारेमा आमाबाबुलाई भन्नुपर्छ ।
शिशु र अर्को सानो बच्चा साथमा लिएकी महिलासँग बोल्दै गरेकी स्वास्थ्य कार्यकर्ता ।
तपाईंलाई बसमा निकै ढिलो भएछ । हाम्रो क्लिनिक बन्द भएपनि म खोप लगाईदिन्छु ।
  • क्लिनिकमा आबश्यक खोपहरु सकिए परिवारलाई फेरी कहिले आउने सल्लाह दिनुपर्छ । क्लिनिकमा सूचना टाँस गर्नुका साथै खोप कार्डमा पनि लेखिदिनुपर्छ ।
  • खोप कार्डलाई नहराओस भनेर आमाबुबालाई सचेत गराउनु पर्छ ।

स्वास्थ्य क्लिनिकमा खोप लगाउँदा चाहिने साधनश्रोतहरु पर्याप्त नभए मानिसहरु खोपको लागि पछि फर्केर नआउन सक्छन् । त्यसकारण सरकारबाट जनशक्ति र साधनश्रोतमाग्नु पर्छ ।

समूदायमा परिवारलाई खोप लगाउन प्रोत्साहित गर्नेः

  • नेपालमा अहिले धेरै ठाउँमा खोप लगाउँने व्यवस्था छ ।
  • तर शिशुले खोप लगाउन नआए त्यसको कारण पत्ता लगाउने कोशिश गर्नुपर्छ । नेपालमा अहिले शिशुको घरमा गएर स्वास्थ्य कार्यकर्ताले नआएको कारण सोधेर खोप लगाउन प्रेरणा दिन्छन् ।
  • बालबालिकाहरुलाई खोपको फाईदाको बारेमा विद्यालयमा पनि जानकारी दिनुपर्छ । उनीहरुले सिकेमा घरमा आफ्ना भाईबहिनी, परिवारका अन्य सदस्यलाई पनि सिकाउँछन् ।


स्वास्थ्य कार्यकर्तालाई समूदायको बारेमा राम्रो ज्ञान हुनुपर्छ । सबै बालबालिकाहरुले आबश्यक खोपहरु पाउन भनेर समुदायमा छलफल गर्ने र विभिन्न आम सञ्चारबाट पनि यसको बारेमा जानकारी दिनुपर्छ । नेपालमा बालबालिकालाई खोप लगाउँदा आम सञ्चारबाट खबर दिने चलन छ ।


teacher in a classroom of children with a blackboard saying "खोपले कसरी काम गर्छन् ?"
किशोरीलाई सुई लगाउँदै गरेकि स्वास्थ्य कार्यकर्ता, अन्य विद्यार्थीहरु भने उनको पछाडि पालो कुरेर बसेका ।
खोपको उपयोगिताको बारेमा र तिनले काम गर्ने तरिकाको बारेमा विद्यालयले आफ्ना विद्यार्थीहरुलाई सिकाउनुपर्छ । खोप कार्यक्रमहरु पनि विद्यालयमा आयोजना गर्न सकिएमा बालबालिकाहरुलाई समेट्न सहज हुन्छ ।

बोल्दै गरेका तिन जना महिला र एकजना पुरुष ।

रेडियोमा हाम्रै भाषामा दिएको विज्ञापनले हामी सबैले जानकारी पाएका छौं ।
म मेरो गाउँकी स्वास्थ्य स्वयंसेविका हुँ । खोपका बिषयमा मैले सबैलाई जानकारी दिन्छु ।
खोपको बारेमा मोबाईलमा पनि म्यासेज आउँछ ।
मेरो युवा क्लबको साथीहरुलाई खोपको बारेमा जानकारी दिन्छु ।

जनसहभागिताः समानताको लागि खोप

पहिले अनेक रोगले मानिसहरू मर्थे तर अहिले कतिपय रोगहरु खोपहरुको कारणले निकै कम भईसकेका वा उन्मुलन नै भईसकेका छन् । जस्तो शितला (विफर) । खोपहरु नेपालमा निशुल्क पाइन्छ । नेताहरुले पनि समुदायले असुरक्षित पिउने पानी, सरसफाईको समस्या र खोपहरुको अभाव जस्ता स्वास्थ्य कमजोर बनाउने समस्याहरु नहोस् भनेर समाधानको लागि निरन्तर दवाव दिईरहनुपर्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० मे २०१९