Hesperian Health Guides
रातो आँखा र दुखेको आँखा
हेस्पेरियन स्वास्थ्य विकि > डाक्टर नभएमाः नयाँ संस्करण > आँखा र दृष्टि सम्वन्धि समस्याहरु > रातो आँखा र दुखेको आँखा
आँखा रातो हुने, दुख्ने धेरै कारणले हुन्छ । समस्याको पहिचान गर्न र त्यसका लागि के गर्ने भन्ने बारेमा टुंगो लगाईहाल्नुपर्छ । आँखामा घाउचोट लागेको वा आँखाभित्र केही पसेको महसुस गरेको बारेमा विरामीलाई सोध्नुपर्दछ ।
रातोपन र दुखाईको किसिम | सम्भावित कारण |
सामान्यतया दुवै आँखामा तर एउटा आँखामा सुरुवात हुन सक्ने परपर पोल्ने वाहिरी किनाराहरुतिर प्रायः रातो हुने र सामान्य दुख्ने |
वाक्लो, सेतो वा पहेंलो चिप्रा (discharge) पनि भएमा, सम्भवतः आँखा पाक्ने रोग (conjunctivitis) भनिने ब्याक्टेरियाको संक्रमण ट्रकोमा दादुरा |
एउटा वा दुवै आँखा रातो हुनु र दुख्नु |
केही तिखो चिजहरु वा हातको प्रहारबाट आँखामा हुने घाउचोट आँखाभित्र रासायनिक जलन वा हानिकारक तरलहरुका कारणले |
प्रायः एउटा आँखा मात्र आँखाभित्र रक्तश्राव भएर आइरिस (रङ्गिन भाग) लाई असर गर्नु |
आँखाको आइरिसमा रक्तश्राव हुनु, प्रायः चोटपटकका कारणले यो आपतकाल (इमर्जेन्सी) हो |
प्रायः एउटा आँखा मात्र रातोपन र दुखाई – शुरुमा गम्भिर नहुने तर खराब हुन सक्ने |
आँखामा फोहरको सानो अंश |
प्रायः एउटा आँखा मात्र अति दुख्ने आइरिसको नजिकै अत्यन्त रातो |
कोर्नियामा अल्सर आईरिटिस एक्युट ग्लुकोमा सबै आपतकालिन अवस्था हुन् |
प्रायः एउटा आँखा मात्र रातो हुनुका साथै आँखाको कनीमा टुटुल्को वा फोको (दुखाई भएको वा नभएको) |
परेला वा आँखाको ढकनीको मुन्तिर संक्रमण |
प्रायः एउटा आँखा मात्र आँखाको सेतो भागमा चम्किलो रातो धब्बा (दाग), अन्य कुनै लक्षण नहुनु |
सम्भवतः ज्यादै सानो रक्तनली फाटेको हुनसक्छ । आपतकाल होइन |
प्रायः दुवै आँखा गाह्रो हुने तर नदुख्ने रातोपन र चिलाउने, रसिलो आँखा र हाछ्युँ, वर्षको केही महिनाहरुमा झन् खराब हुने |
Hay fever, एलर्जीयुक्त कन्जक्टिवाइटिस पनि भनिने |
प्रायः दुवै आँखा रातो हुने तर चिप्रा वा कचेरा नबस्ने र नदुख्ने तर ज्वरो हुन सक्ने |
भाइरसबाट भएको आँखा पाक्ने रोग (conjunctivitis) |
रातोपन भएमा, आँखा रसिलो वा तरल कचेरा/पिप भए परिक्षण गर्नुपर्दछः
- वाक्लो पिप वा तरल पदार्थ बग्दा conjunctivitis (‘गुलाफी आँखा’ वा ‘रातो आँखा’) हुनसक्छ । यो ब्याक्टेरियाको संक्रमणले गर्दा हुनसक्छ ।
- रसिलो आँखा (watery eyes), केही रातोपन, जसले गर्दा नाकतिर आँखाको कुनामा चिलाउने, प्रायः एलर्जीमा यस्तो हुन्छ ।
- चिसो वा फ्लू भएपछि आँखा रसिलो हुने, रातो हुने कारण भाइरसले पनि हुनसक्छ । यसलाई विशेष उपचार चाहिँदैन र औषधीले फाइदा गर्दैन ।
- रसिला आँखा, रातोपन र ज्वरो, ख्वकी र नाकबाट पानी बग्नु दादुराको लक्षण हुन सक्छ । कहिलेकाँही शरीरमा रातोपन वा फोका देखिनु अघि पनि आँखा रसिलो हुन्छ ।
विषयसूची
आँखा पाक्ने रोग अर्थात conjunctivitis (‘गुलाफी आँखा’, ‘रातो आँखा’)
यो जुनसुकै उमेरमा पनि देखिन सक्छ, तर विशेषगरी वालबच्चामा वढी हुने गर्दछ ।
लक्षणहरु
- आँखा गुलाफी वा रातो देखिन्छ
- आँखा चिलाउने वा पोल्ने हुन्छ
- एउटा आँखाबाट शुरु भएर दुवै आँखामा फैलन सक्छ
- वाक्लो पिप (thick discharge) वग्नाले आँखाको ढकनी रातभरमा टाँसिन्छन्
उपचार
धेरैजसो आँखा पाक्ने रोग (conjunctivitis) भाइरसले गर्दा हुन्छ र कुनै पनि विशेष उपचार विना नै केही दिनमा हराएर जान्छ ।
यदि ब्याक्टेरियाले गर्दा भएको छ भने बाक्लो पहेंलो वा सेतो तरल पदार्थ बग्छ । आँखाको एण्टिवायोटिक मलम वा थोपा औषधी बाट यसको उपचार गर्न सकिन्छ । आँखा ठीक जस्तो देखिएता पनि उपचारलाई पुरा ७ दिनसम्म जारी राख्नुपर्दछ ।
आँखाको एण्टिवायोटिक उपचार अपनाउनुपूर्व छुट्टाछुट्टै चिसो कपडाले दुवै आँखा विस्तारै सफा गर्नुपर्दछ । एउटा आँखाबाट अर्को आँखामा संक्रमण नसरोस् वा उपचारमा संलग्न वा अन्य मानिसहरुलाई नसरोस् भन्नका लागि दुवै आँखा सफा गर्दा, उपचार गर्दा हात धुने गर्नुपर्छ । .
रोकथाम
Conjunctivitis एक ब्यक्तिबाट अर्को ब्यक्तिमा धेरै सजिलै सर्दछ । यस्तो समस्याको महामारी भएमा र अरु मानिसको वा आफ्नै आँखा छोएपछि हात धुनुपर्दछ । Conjunctivitis भएका वालबच्चालाई अरुले पनि प्रयोग गर्ने रुमाल वा ओढ्ने ओछ्याउने प्रयोग गर्न दिनुहुँदैन । आँखा निको नहोउन्जेल बच्चालाई अरु बच्चाहरुबाट छुट्टै राख्नुपर्दछ ।
नवजात शिशुमा हुने conjunctivitis
शिशुको आँखामा हुने संक्रमणको तुरुन्त उपचार गर्नुपर्दछ ।
लक्षणहरु
- रातो, सुन्निएको आँखा
- आँखामा पिप
- आँखाको ढकनीहरु साथसाथै टाँसिएका हुने, विशेषगरी सुतेर उठ्दा
रातो, सुन्निएको आँखाको ढकनीहरु र पिप भएका नवजात शिशुका आमावावुलाई यौनरोग भएको हुन सक्छ । शिशु जन्मेको २ देखि ४ दिनको बिचमा आँखाहरु सुन्निएमा पनि यो यौनरोगको कारणले हुनसक्छ । शिशुको आँखामा खराबि नहोस् भन्नका लागि तुरुन्तै उपचार गर्नुपर्दछ । यौन सम्पर्कका माध्यमबाट सर्ने यस्ता संक्रमणहरुले धेरै पुरुष र महिलाहरुलाई असर गरे पनि गर्भवती महिलालाई कुनै लक्षण नदेखिन सक्छ । तर शिशुलाई यस्तो संक्रमण नहोस् भन्नका लागि यौन रोग भएको छ की छैन भनेर सबै गर्भवती महिलाहरुको जाँच र उपचार गर्नुपर्छ । आजकल नेपालमा सबै गर्भवती महिलालाई यौन रोग लागेको छ की छैन भनेर जाँच गरिन्छ ।
आँखाको स्थायी रुपमा हुने हानी र अन्धोपनबाट जोगाउन आँखाको एण्टिवायोटिक मलमको प्रयोग गर्नुपर्दछ । शिशु र आमा दुवैलाई कस्तो खालको संक्रमण छ भनी जान्नका लागि परिक्षण गर्नुपर्दछ । कहिंलेकाहीं दुवैलाई आँखाको मलम मात्र नभई एण्टिवायोटिकको थप उपचार चाहिन सक्छ ।
समस्याको रोकथामका लागि नवजात शिशुको आँखाको हेरचाह
जन्मने वित्तिकै शिशुका आँखाहरुलाई नयाँ सफा किटाणु रहित रुवाले बिस्तारै सफा गर्नुपर्दछ । त्यसपछि नवजात शिशुको आँखामा आँखाको एण्टिवायोटिक मलम लगाउनुपर्दछ । १ % टेट्रासाइक्लिन वा ०.५ % देखि १ % एरिथ्रोमाइसिन मलमको प्रयोग गर्नुपर्दछ । दुवै आँखामा एकपटक मात्र मलमको पातलो रेखा लगाउनुपर्दछ । यसलाई जन्मेको २ घण्टाभित्र तुरुन्तै लगाउनुपर्दछ ।
शिशु नरोएको बेलामा समेत शिशुका आँखा रसिलो भएमा आँखाबाट बाहिर आँशु बगाउने साना नलीहरु अवरुद्ध भएका हुन सक्छन् । यो समस्या आफैं पनि ठीक हुन सक्छ । तर नलीहरु खुलाउनमा सहयोग गर्नका लागि स्वास्थ्य कार्यकर्ताले नाकको भागपट्टि शिशुको अनुहारमा सुस्तरी मसाज (crigler वा lacrimal sac मसाज) कसरी गर्ने भनी सिकाउँछन् ।
Hay fever (एलर्जियुक्त कन्जक्टिभाइटिस) र एलर्जिहरु
हावामा रहेको धुलो, पराग (pollen) वा अन्य कणहरुले हाछ्युँ आउनुका साथै कसैकसैलाई रातो, चिलाउने र रसिलो आँखाहरु हुने हुन्छन् । त्यसलाई एलर्जी भनिन्छ । वर्षको कुनै निश्चित समयमा मात्र यस्तो भएमा उक्त व्यक्तिलाई रुख र वनस्पतिहरुबाट निश्काशित परागसँगको एलर्जी (hay fever पनि भनिन्छ) हुनसक्छ । सबै समयमा यस्तो समस्या देखिएमा त्यसको कारण धुलो, ढुसी, रासायनिक उत्पादन वा जनावरहरु हुन सक्छन् । एलर्जीहरुले दुवै आँखामा पोल्छन् ।
उपचार
केले एलर्जी हो भन्ने कुरा पत्ता लागे उपचार राम्रो हुन्छ । त्यो समस्याको स्रोत नै हटाउनुपर्छ । उदाहरणको लागिः
- सुत्ने कोठा र ओढ्ने ओछ्याउनेलाई धुलो रहित बनाउनुपर्दछ । जनावरका कारणले एलर्जी भएको भएमा जनावर पाल्नुहुँदैन ।
- रात्रीको समयमा झ्यालहरु बन्द गर्नुपर्दछ ।
- बाहिर काम गर्दा वा हिंड्दा आफूलाई जोगाउन मुख र नाक माथि कपडा वा धुलो छेक्ने मास्क लगाउनुपर्दछ ।
कहिंलेकाहीं आँखाको गाजल वा साबुनले पनि एलर्जी गराउन सक्छन् । यस्ता उत्पादनहरुको प्रयोग बन्द गरेमा एलर्जी हराउँछन् ।
चिलाउने आँखालाई चिसो दोब्य्राइएको कपडा आँखामाथि लगाएर शितल हुन्छ । Antihistamine आँखाको थोपा औषधी उपलब्ध भएमा hay fever गम्भिर भएको अवस्थामा तिनको प्रयोगले सजिलो महशुस हुन्छ ।
कोर्नीयामा अल्सर (आँखाको सतहमा हानी)
लक्षणहरु
संक्रमणको कारणले वा कुनै बस्तुले चिथोरिनाले आँखाको धेरै कोमल सतहमा हानी पुगी कोर्नियाको घाउ हुन सक्छ । यस्तो बेलामा आँखालाई माड्नुहुँदैन । यसले घाउ बढाएर आँखाको दृष्टि कम गर्छ । धेरै दुख्छ । पिप बग्न थाल्छ ।
यो बेलामा आँखा रातो हुन्छ र कडा वा चम्किलो प्रकाशमा कोर्नीयामा हेर्दा खरानी–सेतो रङ्गको धब्बा देख्न सकिन्छ । आँखाको बाँकी भागभन्दा यो कम चम्किलो देखिन सक्छ ।
उपचार
यो इमर्जेन्सी अर्थात तुरुन्तै उपचार गरिहाल्नुपर्ने अवस्था हो । किनभने कोर्नियाको अल्सरको उपचार नगरेमा अन्धोपन हुन सक्छ । चिकित्सकको सहयोग लिनुपर्दछ । आँखा विशेषज्ञ कहाँ जाँदा प्रत्येक घण्टामा असर पुगेको आँखामा आँखाको एण्टिवायोटिक मलम वा थोपा औषधी को प्रयोग गर्नुपर्दछ ।
आइरिटिस (आइरिसको सुजन)
सामान्य आँखा | आइरिटिस भएको आँखा |
सानो नानी, अनियमित प्रकृतिको
आइरिसको वरीपरी रातोपन
दुखाई |
सुन्निएको आइरिसलाई आइरिटिस भनिन्छ । यो के कारणले गर्दा हुन्छ भन्ने थाहा छैन ।
लक्षणहरु
- प्रायःजसो एउटा आँखामा मात्रै हुनु
- आँखा दुख्नु
- नानी (आँखाको केन्द्रको कालो भाग) को आकार गोलाकार हुनुको सट्टा अनियमित हुनु
- आइरिसको नजिक आँखाको सेतो भागमा रातोपन
- उज्यालोमा आँखा वढी दुख्नु
- आँखा धमिलो देखिनु
उपचार
आइरिटिस आँखाको गम्भिर समस्या हो र धेरै दुख्छ । सकेसम्म छिटो चिकित्सकको सहयोग लिनुपर्छ ।
यो बेलामा एण्टिवायोटिकहरु खासै उपयोगि हुँदैनन् ।
अनुभवप्राप्त स्वास्थ्य कार्यकर्ताले नानीको आकार बढाउन आँखाको थोपा औषधीहरु हाल्छन् । सुन्निएको घटाउन अन्य आँखाको थोपा औषधीहरु प्रयोग गर्न सक्छन् ।
ट्रकोमा – दीर्घकालिन कन्जक्टिभाइटिस
ट्रकोमा आँखाको संक्रमण हो । यो रोग एक विरामी ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै सर्छ । विरामीको आँखालाई छोएको हात, झिंगा र लुगाहरुका माध्यमबाट सर्दछ । धेरैपटक यसको संक्रमण भएमा धेरै बर्षपछि यसले परेलाहरुलाई भित्रपट्टि फर्किने बनाउँदछ र आँखाको सतह कोरिन्छ जसले गर्दा दुख्ने र आँखा कमजोर भएर अन्धोपन पनि हुन सक्छ ।
ट्रकोमा केही देशहरु विशेषगरी अफ्रिकाको Sub-Saharan क्षेत्रमा अझै पनि गम्भिर समस्याको रुपमा रहेको छ । गरिविमा, भिडभाडको अवस्थामा, धेरै झिंगाहरु एवं फोहर भएको र सफा पानी नभएको ठाउँमा मानिसहरुलाई यसले धेरैजसो असर गर्दछ । ट्रकोमा रोकथामका लागि सफा पानी र सरसफाईमा सुधार गर्नुपर्छ । नेपालमा धेरै बर्ष देखि ट्रकोमा रोकथामको लागि काम भइरहेको थियो । सन् २०१८ मा नेपाल ट्रकोमा मुक्त देश भयो ।
लक्षणहरु=
- कम उमेरका बालबच्चाहरुमा ट्रकोमा mild conjunctivitis को रुपमा सुरुवात हुन्छ । प्रायः यो शुरु हुँदा थाहा पनि हुँदैन ।
- कम उमेरका बालबच्चाहरुमा आँखाको संक्रमण दोहरिरह्यो भने त्यसले माथिल्लो आँखाको ढकनी भित्र साना सेतो–खरानी रङ्गको सुजन पैदा गर्छ । यिनलाई हेर्नको लागि आँखाको ढकनीलाई पछाडीपट्टि फर्काउनुपर्दछ ।
- संक्रमण दोहरीरहेमा धेरै बर्षपछि ति सुजन वा टुटुल्को आँखाको ढकनीमुनी सेतो दाग बन्दछन् । खत/दागले परेलाहरुलाई भित्रपट्टि तान्दछन् र तिनले आँखाको सफा भागमा रगडेर आँखामा दुख्छ र बिस्तारै दृष्टि कम हुन्छ ।
उपचार
ट्रकोमाको उत्तम उपचार भनेको एजिथ्रोमाइसिन को प्रयोग गर्नु हो । एजिथ्रोमाइसिन उपलब्ध नभएमा ६ हप्तासम्म दिनको २ पटक आँखाभित्र १ % टेट्रासाइक्लिन आँखाको मलमले पनि काम गर्दछ ।
कतिपय देशमा ट्रकोमा भएका मानिसहरुमा साधारण शल्यक्रियाले भित्रपट्टि फर्केका परेलाहरु पुनः बाहिरपट्टि फर्काइन्छन् । नेपालमा पनि यसरी पहिले धेरै व्यक्तिहरुको उपचार गरिन्थ्यो ।
रोकथाम
ट्रकोमाको शुरुको अवस्थामा यो रोक्नुपर्छ । वालबच्चाको अनुहार प्रत्येक दिन धुनुपर्दछ र जोसुकैको पनि आँखा छोइसकेपछि हात धुनुपर्दछ । तौलिया, लुगा र ओछ्यान धुनुपर्दछ । दुई ब्यक्तिहरुले तकिया वा मुख पुछ्नको लागि एउटै लुगा कहिल्यै पनि प्रयोग गर्नुहुँदैन ।
खानेकुरालाई छोपेर, शौचालयलाई ढाकेर र घरबाट टाढै कम्पोष्टिङ्ग गरेर झिंगाहरुलाई टाढै राख्नुपर्दछ । हेर्नुहोस् पानी र सरसफाईः स्वस्थ रहन आवश्यक कुराहरु ।
समूदायमा धेरै ब्यक्तिहरु ट्रकोमाबाट संक्रमित भए स्वास्थ्य कार्यकर्ताहरुले ट्रकोमा फैलावट रोक्नका लागि समूदायका सबैलाई एजिथ्रोमाइसिन दिएर उपचार गर्न सक्छन् ।
ट्रकोमा झिंगा, औंला र कपडाबाट पनि सर्दछ ।