Hesperian Health Guides

आँखा सम्वन्धि संकट (इमर्जेन्सी) र चोटपटक

यस परिच्छेदमाः

आँखामा चोटपटक लागे गम्भिर अवस्था हुन्छ र तुरुन्त उपचार गर्नुपर्छ । आँखामा संक्रमण भएमा तुरुन्त उपचार गरिहाल्नुपर्छ किनभने संक्रमण भएपछि अन्धोपन पनि हुन सक्छ । रातो आँखा, डाब्रेको आँखा, एक्कासी आँखा नदेख्नु, आँखामा चोटपटक लाग्नु इमर्जेन्सी अवस्था हुन् ।

आँखाको सुरक्षा गर्नुपर्दछ र विरामीलाई निम्न प्रकारका खतराका लक्षणहरु भएमा तुरुन्तै (आकस्मिक) चिकित्सा सहयोगको लागि पठाउनुपर्छः

खतराका लक्षणहरु


एण्टिवायोटिक मलम वा थोपा औषधीको ४ दिनसम्म प्रयोग गरेर पनि कुनै संक्रमण वा सुन्निएको निको नभएमा इमर्जेन्सीको रुपमा उपचार गर्नुपर्दछ ।

NWTND eye Page 8-1.png
दोहरो दृष्टि (डवल भिजन) मा सबै कुरालाई दुईवटा जस्तो देखिन्छ । यो गम्भिर समस्या हो । यस्तो बेलामा चिकित्सकको तत्कालै सहयोग लिइहाल्नुपर्छ ।

आँखामा घाउचोट

कुनै पनि तिखो बस्तुहरु जस्तो काँडा, हाँगा, पात एवं उद्योग वा अन्य कामहरुबाट निस्कने धातुका टुक्राहरुले आँखामा गम्भिर घाउचोट लगाउन सक्छन् । नेपालमा धान, मकैको पातले पनि गाउँघरमा चोटपटक लागेको देखिएको छ । यस्तो भएमा अनुभवी स्वास्थ्य कार्यकर्ताले तुरुन्तै उपचार गर्नुपर्छ ताकि घाउचोटबाट अन्धोपन नहोस् । सहि तरिकाले हेरबिचार नगर्दा साना कोरिएर बनेका घाउहरु वा काटिएर बनेको घाउहरु संक्रमित हुन सक्छन् र आँखामा क्षती पुर्याउँदछन् । आँखाको गेडी वा बाहिरी नानी भित्र घाउ भएमा पनि गम्भिर अवस्थाको सृजना हुन्छ ।

कसैले हानेर, ढुंगा वा अरु कडा बस्तुहरुले आँखामा चोट लागेमा आँखामा समस्या हुन्छ । चोट लागेको १ वा २ दिनपछि आँखा धेरै दुखेमा, यो एक्युट ग्लुकोमा हुनसक्छ ।

खतराका लक्षणहरु
  • घाउचोट लागेको आँखाको दृष्टि कम भएमा ।
  • आँखामा काँडा, छेस्को वा अरु चिज घोचिएमा ।
  • गहिरो घाउ लागेमा ।
  • आँखामा रगत वा पिप देखिएमा ।
  • चम्किलो प्रकाशमा आँखाको नानी सानो नहुने भएमा ।
 एउटा आँखामा ठोक्कीएर वा कोतरिएर घाउ (bruises) भएकी महिला
चोटपटक लागेको ब्यक्तिलाई सहयोग गर्दा उनीमाथि हिंसा भएको छ कि भनेर बिचार गर्नुपर्छ । घरमा वा कार्यस्थलमा हिंसाको शिकार भएका मानिसहरुलाई सहयोग गर्नुपर्दछ । महिलाका लागि डाक्टर नभएमा पुस्तकको परिच्छेद १८ हेर्नुहोस् ।
उपचार

तुरुन्तै आँखाको एण्टिवायोटिक थोपा औषधी हाल्नुपर्दछ र आँखामाथि किटाणु रहित सफा गज राखेर घाउको वरिपरि विस्तारै पट्टि लगाएर आँखालाई छोप्नुपर्दछ । चिकित्सकको सहयोग लिन पठाइहाल्नुपर्छ ।

यस्ता कुनै पनि खतराका लक्षणहरु छैनन् र घाउचोट लागेको आँखाले राम्रैसँग देखिन्छ भने आँखाको एण्टिवायोटिक उपचार (हेर्नुहोस् पृष्ठ ३१–३३) गर्नुपर्दछ । आँखामा लगाउने सफा पट्टि (eye pad) ले आँखालाई हलुकासँग ढाक्नुपर्दछ । तर २४ घण्टाभित्र चिकित्सकको सहयोग लिनुपर्छ ।

कोर्नियाको पछाडि रगत हुनु (hyphaema)

 आइरिसको तल्लो भागमा रगतले ढाकेको आँखा
कोर्निया (वा बाहिरी नानी) को पछाडि रगत जम्मा हुनु खतरापूर्ण हुन्छ ।

आँखाको रङ्गिन भाग (आइरिस) मा रगत हुनु गम्भिर अवस्था हो । पारदर्शि भागको पछाडिपट्टि रगत जम्मा भएर आइरिसलाई नै ढाक्न सक्छ । राम्रोसँग देखिंदैन र दुख्छ । आँखामा मुठी वा ढुंगा जस्ता केही कडा चिजले चोट लाग्दा यसरी रगत बग्न सक्छ । यस्तो अवस्था भएमा तुरुन्तै आँखा विशेषज्ञकहाँ लैजानुपर्छ । बाटोमा लैजाँदै गर्दा ठाडो भएर बस्न लगाउनुपर्छ ताकि रगत बगेर आँखामा समस्या नपरोस् ।

आँखाको सेतो भागमा रगत देखिएमा प्रायःजसो त्यती खतरा हुँदैंन र केही हप्तामा आफैं हराएर जान्छ ।

कोर्नियाको पछाडि पिप (hypopyon)

 आइरिसको तल्लो आधा भागमा पिप जम्मा भएको आँखा देखाइएको तस्विर

आँखाको पारदर्शि भाग (कोर्निया) अर्थात बाहिरी नानी र रङ्गिन भाग (आइरिस) को बिचमा रहेको पिप जम्मा हुनु भनेको खतराको लक्षण हो । पिपले त्यहाँ गम्भिर संक्रमण छ भन्ने देखाउँछ । कोर्नियामा घाउ भएमा वा आँखाको शल्यक्रिया गरेपछि पनि यस्तो हुनसक्छ । यस्तो बेलामा तुरुन्तै चिकित्सकको सहयोग लिनुपर्छ ।

रसायनहरुबाट आँखामा हुने घाउचोट

सरसफाईमा प्रयोग हुने रसायनहरु (क्लिनर्स), विषादीहरु, पेट्रोल वा अन्य इन्धनहरु, कारको ब्याट्रीमा हुने एसिड, चुनाको धुलो (चुनढुंगा) वा अन्य रसायनहरु आँखाभित्र पसेमा तिनले तुरुन्तै घाउ बनाउँछन् । त्यसैले जतिसक्दो छिटो उपचार गरिहाल्नुपर्छ ।

टाउको एकापट्टि फर्काएर पल्टिएकी एक महिला, उनको आँखालाई खुला हुने गरी समातेर नजिकै उभिएकी अर्की महिला र उनको आँखामा पानी खन्याउँदै गरेकी तेस्रो महिला
  1. आँखामा हाल्नको लागि सफा पानी धेरै मात्रामा चाहिन्छ ।
  2. घाइतेलाई सुताउनुपर्छ ।
  3. आँखाको ढकनी मुनि रसायन पसेको हुनसक्छ । पखाल्नको लागि आँखामा विस्तारै पानी खन्याउँदै गर्दा आँखालाई खुल्ला पार्नुपर्दछ (घाइते आफैंले गर्न सक्छन् वा अन्य कसैले सहयोग गर्न सक्छन्) ।
  4. रसायनलाई पानीले बाहिर पखाल्दा पानी एउटा आँखाबाट अर्कोमा जान दिनुहुँदैन । एउटामात्र आँखामा असर पुगेको भएमा टाउकोलाई त्यतैपट्टि ढल्काउनुपर्दछ ताकी पानी अर्को आँखापट्टि नवगि टाउकोतिर बग्दछ । दुईवटै आँखामा रसायन पसेको भएमा टाउकोलाई पछाडीपट्टि फर्काएर नाकमाथि पानी खन्याउनुपर्दछ जसले गर्दा पानी एकैचोटी दुवै आँखातिर जावस् ।
  5. कम्तिमा १५ देखि ३० मिनेटसम्म आँखामा सुस्तरी पानी खन्याइरहनुपर्छ । रसायन वाहिर पखालिइसकेको जस्तो देखियतापनि त्यसले अझैपनि आँखालाई असर गरिरहेको हुनसक्छ ।
  6. पखालिसकेपछि हानी पुगेको आँखामा एण्टिवायोटिक मलम हाल्नुपर्दछ र चिकित्सकको सहयोग लिईहाल्नुपर्छ ।
आँखामा जलन उत्पन्न गर्ने वा हानी पुर्याउने मरिचको धुलोको स्प्रे र अश्रु ग्याँस जस्ता रसायनहरु प्रहरीले प्रयोग गरेको बेलामा प्राथमिक उपचार जतिसक्दो चाँडो गर्न त्यहाँबाट टाढा भागेर आँखालाई पखाल्नुपर्दछ ।
Alt=भागिरहेका, खोकीरहेका र अनुहार छोपीरहेका प्रदर्शनकारीहरु

चोटपटक लागेको वेलामा वा निको हुने क्रममा आँखाको सुरक्षा

चोटपटक लागेपछि कागजको कप (paper cup) वा आँखामा लगाउने शंकु (eye cone) ले घाइतेलाई आपतकालिन सहयोगका क्रममा आँखाको सुरक्षा दिन्छन् । यस्तो अवस्थामा सफा रुवा वा कपडा पनि प्रयोग गर्न सकिन्छ । यसो गरेमा घाइतेले आँखा माड्न पाउँदैन र आँखा सुरक्षित रहन्छ ।


आँखामा लगाउने शंकु (eye cone) बनाउनका लागि

१. बाक्लो कागज वा पातलो कार्टुन (cardboard) को सफा टुक्राबाट गोलाकार भाग काट्नुपर्दछ ।
NWTND eye Page 12-1.png
२. सिधा रेखामा हुने गरी बिचमा काट्नुपर्दछ र बिचमा सानो प्वाल बनाउनुपर्दछ ।
NWTND eye Page 12-2.png
३. शंकु आकार (cone shape) बनाउनुपर्दछ ।
NWTND eye Page 12-3.png
४. बाहिर र भित्रपट्टि cone मा टेप लगाउनुपर्दछ ।
NWTND eye Page 12-4.png
४. बाहिर र भित्रपट्टि cone मा टेप लगाउनुपर्दछ ।.
 एउटा आँखामाथि cone टाँसिएकी एक महिला

आँखाको शंकु (eye cone) बनाउन सकिएन भने वा चोटपटक गम्भिर प्रकृतिको नभएमा आँखामा लगाउने पट्टि (eye pad) को प्रयोग गर्नुपर्दछ । विरामीको शल्यक्रिया गरेको भएमा आँखामा लगाउने पट्टि वारम्वार फेर्न मद्दत गर्नुपर्दछ । तर आँखामा रातोपन र पिप जस्ता संक्रमणका लक्षणहरु भएमा तुरुन्तै उपचार चाहिन्छ । यस्तो अवस्थामा आँखालाई छोप्दा यसलाई झनै खराब बनाउन सक्छ ।

आँखाको पट्टि बनाउनका लागि

१. आँखाको पट्टि बनाउनका लागि
 एउटा आँखामाथि आँखामा लगाउने पट्टि टाँसिएको एक ब्यक्ति
२. हातले आँखा छुनुहुँदैन ।
३. आँखामा लगाउने सफा पट्टि (eye pad) लगाउनुपर्ने आँखालाई छोप्दा दुवै आँखालाई बन्द गर्न लगाउनुपर्छ ।
४. किटाणु रहित गज वा वर्गाकार (६ से. मी. लम्वाईको भुजा) रुपमा काटिएको सफा कपडाले आँखालाई ढाक्नुपर्दछ ।
५. आँखामाथि अर्को १ वा २ वर्गाकारको तह थप्नुपर्दछ र eye pad लाई ठाउँमै अडिनको लागि टाँसिने खालको टेपको लामो टुक्राको प्रयोग गर्नुपर्दछ ।




यस पृष्ठलाई अद्यावधिक गरिएकोः १३ डिसेम्बर २०१८