Hesperian Health Guides

पानी र सरसफाईः स्वस्थ रहन आवश्यक कुराहरु

हेस्पेरियन स्वास्थ्य विकि > डाक्टर नभएमाः नयाँ संस्करण > पानी र सरसफाईः स्वस्थ रहन आवश्यक कुराहरु

यस परिच्छेदमाः

हामीलाई हुने धेरै स्वास्थ्य समस्याहरुको सजिलै रोकथाम गर्न सकिन्छ । रोकथाम गर्दा केही समय, मिहेनत र पैसा चाहिएता पनि लामो अवधिभरमा विचार गर्दा रोग नलागेपछि समय र खर्च दुवै जोगिन्छ ।

यस परिच्छेदमा मानव एवं जनावरको मलमूत्रमा रहेका किटाणुहरुबाट सर्ने झाडापखाला र अन्य रोगहरुको रोकथाम कसरी गर्ने भनेर वर्णन गरिएको छ । हात धोएर, खाना तयार गर्न एवं भण्डारण गर्न स्वच्छ सफा विधिहरुको उपयोग गरेर, शौचालयको प्रयोग गरेर र सुरक्षित पिउनयोग्य पानी पिएर पेट सम्वन्धि धेरै समस्याहरुबाट जोगिन सकिन्छ ।

उल्लेखित स्वास्थ्य समस्याहरुको कसरी रोकथाम गर्ने भन्ने बारेमा जान्न दिइएको परिच्छेदमा हेर्नुहोस्ः

  • कुपोषण, मधुमेह, मुटुसम्वन्धि रोगहरु र पोषणको कमीले हुने अन्य समस्याहरुका लागि हेर्नुहोस् परिच्छेद असल खानाले राम्रो स्वास्थ्य बनाउँछ (तयारीको क्रममा)
  • निमोनिया, क्षयरोग र श्वासप्रश्वास सम्वन्धि अन्य समस्याहरुका लागि हेर्नुहोस् परिच्छेद श्वासप्रश्वास र खोकी सम्वन्धि समस्याहरु (तयारीको क्रममा)
  • फोहरमैलाबाट हुने स्वास्थ्य समस्याहरुका लागि हेर्नुहोस् परिच्छेद फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला र प्रदुषण (तयारीको क्रममा)
  • मलेरिया, डेगुं र लामखुट्टेबाट सर्ने अन्य रोगहरुका लागि हेर्नुहोस् परिच्छेद केही गम्भिर संक्रामक रोगहरु (तयारीको क्रममा)

झाडापखाला कसरी सर्दछ

मानव वा पशुको मलमूत्रबाट यि माध्यमहरु मार्फत गएर किटाणु र किराहरुले रोग निम्त्याउँदछन् ।


 arrows showing path of germs from feces to mouth



किटाणुहरु एक ब्यक्तिबाट अर्को ब्यक्तिमा पनि सर्दछन् । परिवारका सदस्यहरु एक अर्काको नजिकको सम्पर्कमा हुने भएकोले किटाणु र रोगहरु परिवारका एकबाट अर्कोमा सजिलै सर्न सक्छन ।

 पानीमा उभिरहेको कुकुर
 कुकुरलाई छोइरहेको बच्चा
बच्चासँगै बसिरहेकी आमा
१. बर्षातमा खुला रहेको ढलमा पानी बढ्छ । घरपालुवा कुकुर बाटोमा हिंड्दा दिशा उसको खुट्टामा टाँसिन्छ ।
२. कुकुर घरमा गएपछि बच्चाले उससँग खेल्दछ । कुकुरको खुट्टामा लागेको दिशा बच्चाको हातमा टाँसिन्छ ।
३. बच्चाले आमालाई छुँदा धोती समातेर त्यसलाई फोहर बनाउँछ ।
च्याप्टो, पातलो रोटी बनाइरहेको हात
विरामी जस्ता देखिने पुरुष, महिला र दुई बालबालिका
४. आमाले साँझको खाना बनाउँदा आफ्नो हातलाई तातोबाट जोगाउन फोहर धोतीकै प्रयोग गर्दछिन् ।
५. परिवारले त्यही खाना खान्छ र सबैलाई झाडापखाला लाग्न सक्छ ।

परिवारको विमारलाई रोकथाम केले गर्न सक्दथ्यो ?

यि मध्येका कुनै पनि कुरा हुन सकेको भए विमार सर्नबाट रोकथाम गर्न सकिन्थ्योः

  • टोलमा खुला ढल नभएको भए
  • कुकुर घरभित्र नपसेको र बालबालिकासँग नखेलेको भए
  • बच्चाको हात धोइदिएको भए
  • आमाले फोहर धोतीले रोटी नछोएको भए

स्वास्थ्य कार्यकर्ताको लागि

सरसफाईलाई बढावा दिनु र सफा पानी पिउन बढावा दिनु समूदायलाई स्वस्थ राख्ने केही उत्तम उपायहरु हुन् । तपाईंको समूदायका मानिसहरुलाई उनीहरुले आफूलाई स्वस्थ राख्न के गरिरहेका छन् त्यसलाई प्रोत्साहन गर्नुहोस् र सरसफाई शुरु गर्नका लागि एक दुईवटा महत्वपूर्ण कदम चाल्नुहोस् । सफल एवं दिर्घकालिन हुनका लागि मानिसहरुको सरसफाई र पानीमा गरिएको सुधार निम्न बमोजिम हुनुपर्दछः

  • सस्तो र साधारण – स्थानीयहरुको आबश्यकतालाई ध्यानमा राखेर सस्तो र सहज रुपमा हुने काम शुरु गर्नुपर्दछ ।
  • सांस्कृतिक रुपले स्विकार्य – स्थानिय रितिरिवाज, विश्वास (धर्म) र चाहना पनि ध्यानमा राख्नुपर्छ ।
  • सबैका लागि उपयोगी – बालबच्चा, शारिरिक अपागंता भएका मानिसहरु, महिला एवं पुरुष र प्रौढहरुका स्वास्थ्य सम्वन्धि आवश्यकताहरु ध्यानमा राखेर काम गर्नुपर्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः २० मार्च २०२४