Hesperian Health Guides

आँखालाई असर गर्ने रोगहरु

यस परिच्छेदमाः

सम्पूर्ण शरिरलाई असर गर्ने संक्रमण वा रोगहरुले आँखालाई पनि हानी पुर्याउँछन् । कसैलाई आँखासम्वन्धि समस्या भए अन्य रोगको पनि जाँच गराउनुपर्छ । जस्तै उच्च रक्तचाप र बाथ रोगले पनि आँखामा समस्या गराउँछ ।

क्षयरोगले पनि आँखामा संक्रमण गर्दछ र रातोपन हुने वा दृष्टिलाई कमजोर बनाउँछ । धेरैजसो क्षयरोगको लक्षणहरु शुरुमा फोक्सोमा वा शरिरको अन्य भागमा देखिन्छन् ।

एच आई भी र एड्सः एच आई भी भएका मानिसहरुमा भएको आँखा सम्वन्धि समस्याहरु र दृष्टिमा आउने ह्रासलाई एच आई भीका औषधीबाट उपचार गर्न सकिन्छ । तर परिक्षण गर्नुपर्दछ ताकि आवश्यक परेमा उपचार शुरु गर्न सकिन्छ ।

Herpes (cold sores) कहिंलेकाहिं आँखामा पनि फैलिन्छ र कोर्निया दुख्ने हुन्छ । साथै आँखामा अल्सर, धमिलो दृष्टि र आँखा रसिलो हुन्छ । Steroid आँखाको थोपा औषधीको प्रयोग गर्नुहुँदैन, तिनले झन् समस्या उत्पन्न गर्छन् ।

कलेजोमा रहेको समस्याः आँखाको सेतो भाग पहेंलो (light-colored person को छाला पहेंलो) भएमा कमलपित्त (जण्डिस) हेपाटाइटिसको लक्षण हुनसक्छ ।

मधुमेह (डायविटिज) र उच्च रक्तचाप

डायविटिज भएका मानिसहरुमा आँखाका समस्याहरु देखिन्छन् । मधुमेह बढेपछि आँखामा हानी पुर्याउँछ । डायविटिक रेटिनोप्याथी भनीने गम्भिर अवस्थाको उपचार नगरिएमा अन्धोपन हुन सक्छ । मधुमेह भएको मानिसको आँखा धमिलो भयो भने रगतमा चिनिको मात्रा बढेको हुनसक्छ । यस्तो बेलामा बढी तिर्खा र पिसाव लाग्न सक्छ । रगत र पिसाव जाँच गरेपछि चिनि बढेको छ की छैन थाहा हुन्छ ।

डायविटिज भएका मानिसहरुलाई उपचार गर्न सहयोग गर्नुपर्दछ । वर्षको एकपटक आँखा विशेषज्ञलाई भेट्नका लागि प्रोत्साहन गर्नुपर्दछ ।

उच्च रक्तचापले आँखाभित्रका रगतका नलीहरुलाई हानी पुर्याउँछ । आँखा र दृष्टि खराब गर्दछ । रक्तचाप नाप्नुपर्छ । उच्च रक्तचापको रोकथाम गरे पनि सुरक्षित रहन सकिन्छ ।

यस पृष्ठलाई अद्यावधिक गरिएकोः १३ डिसेम्बर २०१८