Hesperian Health Guides
आँखा र दृष्टि सम्वन्धि समस्याको औषधीहरु
आँखाको थोपा औषधी वा मलमको प्रयोग गर्नु अघि र गरिसकेपछि हात राम्रोसँग धुनुपर्दछ किनकी विरामीको अनुहार छोइसकेपछि आफ्नो आँखा छुँदा आँखाको संक्रमणहरु सजिलै सर्दछन् । आँखाको थोपा औषधीको वोतलहरु राम्रोसँग बन्द (सिल) गरिएका हुन्छन् । यसको प्रयोग गर्नेलाई उक्त सिल तोड्न दवाएर १ थोपा वाहिर निकाल्न सिकाउनुपर्दछ ।
औषधीको प्रभावकारिताको लागि थोपा र मलम औषधी आँखाको ढकनीको बाहिरपट्टि नभई भित्रपट्टि पस्नुपर्दछ । मलम औषधी लामो समयसम्म आँखामा रहन्छ र रातको समयमा पनि राम्रोसँग काम गर्छ । तर अस्थाई रुपमा दृष्टि धमिलो हुन सक्छ । त्यसकारण थोपा औषधी दिउँसो हाल्न सल्लाह दिइन्छ ।
किटाणुहरुको फैलावटलाई रोक्न ट्युब वा ड्रपरले आँखा छुनुहुँदैन । |
आँखाको मलम प्रयोग गर्नको लागि, आँखाको तल्लो ढकनीलाई बिस्तारै तल तानेर आँखाको भित्री कुनाबाट शुरु गरेर आँखाको पुरै लम्वाई भरी हुने गरी लगाउनुपर्छ ।
आँखाको थोपा औषधीको प्रयोग गर्नको लागि, आँखाको तल्लो ढकनीलाई सानो थैली (pouch) बनाउनको लागि तानेर माथि हेर्दै गर्दा त्यसभित्र १–२ थोपा पर्ने गरी थिच्नुपर्दछ । विस्तारै आँखालाई बन्द गर्नुपर्दछ, तर आँखालाई झिमझिम गर्नुहुँदैन । धेरैजसो झोल औषधी आँखाको सतह वरपर फैलिन्छ ।
विषयसूची
आँखाको लागि विभिन्न थोपा औषधी
एण्टिवायोटिकयुक्त आँखाको थोपा औषधी किटाणु (ब्याक्टेरिया) को संक्रमण भएपछि प्रयोग हुन्छन् । आँखाको एण्टिवायोटिकहरु मलमहरुमा पनि प्रयोग गरिन्छ । तर एण्टिवायोटिक थोपा औषधी र मलमहरुले भाइरसबाट भएका संक्रमणलाई भने फाइदा गर्दैन ।
एण्टिहिस्ट्यामाइनयुक्त आँखाको थोपा औषधीले एलर्जिबाट भएको रसिलो, रातो र चिलाउने आँखालाई निको बनाउँछन् । चिसो कपडा (cold compresses) लाई निचोरेर आँखामाथि राख्नाले पनि आँखा चिलाउन विस्तारै कम हुन्छ ।
सुख्खा आँखा भएमा प्रयोग गरिने आँखाको थोपा औषधी लाई “मानव निर्मित आँशु” भनिन्छ । यो दिनमा ४–५ पटक प्रयोग गर्न सकिन्छ । बन्द आँखामाथि तातो कपडा (warm compresses) राखेर दिनमा १–२ पटक ५–१० मिनेट राख्नाले आँखामा आफ्नै आद्रता बढी बनाउन मद्दत गर्दछ ।
न्याटामाइसिनयुक्त आँखाको थोपा औषधी कोर्नियाको अल्सर भएको अवस्थामा ढुसीको संक्रमण रोक्नमा प्रयोग गरिन्छ ।
Tetrahydrozoline वा Naphzoline युक्त आँखाको थोपा औषधीले साना रक्तनलीहरुलाई खुम्च्याउँछन् जसले गर्दा आँखा कम रातो देखिन्छ । तर तिनले रातो आँखाको कारणको उपचार भने गर्न नसक्ने हुँदा यिनिहरुको प्रयोग पैसाको खती मात्रै मानिन्छ ।
महत्पपूर्ण
Steroids युक्त आँखाको थोपा औषधी (prednisolone वा dexamethasone जस्ता) ले शल्यक्रिया गरेपछि वा अन्य समस्याबाट हुने आँखाको सुजन घटाउँदछ । तर सहि किसिमले प्रयोग नगरिएमा steroid युक्त आँखाको थोपा औषधीले आँखामा गम्भिर क्षती पुर्याउन सक्छ । केही थोपा औषधीमा एण्टिवायोटिक्स र steroids मिसाइएको हुन्छ (नाममा ‘Dex’ वा ‘Pred’ जोडिएको हुन्छ) । अनुभव प्राप्त स्वास्थ्य कार्यकर्ताले सहि किसिमले सिफारिस गरेमा मात्र steroids युक्त आँखाको थोपा औषधी प्रयोग गर्नुपर्दछ ।
आँखाको एण्टिवायोटिक उपचार
आँखाको एण्टिवायोटिक उपचारहरुको लेवलमा आँखामा तिनको प्रयोगका लागि सुरक्षित छन् भन्ने जनाउन “आँखा” वा “आँखासम्वन्धि” लेखिएको हुन्छ । छालाको एण्टिवायोटिक मलमहरु चाँहि आँखामा लगाउनुहुँदैन ।
आँखाको एण्टिबायोटिक मलम र थोपा औषधीले ब्याक्टेरियाको कारणले आँखाको संक्रमणको उपचार गर्दछन् । कोर्नियामा रहेको अल्सर पनि निको पार्दछन् । एरिथ्रोमाइसिन वा टेट्राक्लाइनयुक्त आँखाको मलम शिशु जन्मने बित्तिकै आँखाको संक्रमणको रोकथाम गर्न आँखामा लगाइन्छ ।
तल दिइएका आँखाको एण्टिवायोटिक प्रयोग गरिन्छन्ः
- १ % टेट्राक्लाइनयुक्त आँखाको मलम
- ०.५ % वा १ % एरिथ्रोमाइसिनयुक्त आँखाको मलम
- ०.३ % ciprofloxacin युक्त आँखाको थोपा औषधी वा मलम
- ०.३ % ofloxacin युक्त आँखाको थोपा औषधी
- ०.३ % जेन्टामाइसिनयुक्त आँखाको थोपा औषधी
- १० % sulfacetamide युक्त आँखाको थोपा औषधी
- ०.५ % chloramphenicol युक्त आँखाको थोपा औषधी
कसरी प्रयोग गर्ने
आँखाको थोपा औषधी वा मलमले राम्रोसँग काम गर्नको लागि त्यसलाई आँखाको ढकनीको वाहिर नभई भित्रपट्टि पार्नुपर्दछ । तिनको प्रयोग गर्ने विधि बारे सिकाउनुपर्दछ ।
ब्याक्टेरियाबाट हुने conjunctivitis (pink eye) को लागि
७ दिनसम्म दिनको ४ पटक दुवै आँखामा आँखाको एण्टिवायोटिक मलम वा एण्टिवायोटिक आँखाको थोपा औषधीको प्रयोग गर्नुपर्दछ । आँखा राम्रो भइसकेको जस्तो देखिएतापनि एण्टिवायोटिक उपचार पुरै ७ दिनसम्म गर्नुपर्छ ताकी फेरी संक्रमण नहोस् ।
कोर्नियामा हुने अल्सरका लागि
प्रत्येक घण्टाको अन्तरालमा आँखाको एण्टिवायोटिक थोपा औषधीको प्रयोग गर्नुपर्दछ र विरामीलाई तुरुन्तै उपचारका लागि पठाउनुपर्दछ । थोपा औषधी २४ घण्टाका लागि हरेक घण्टामा हाल्नुपर्दछ र त्यसपछि सुधार देखिएमा थोपा औषधीलाई दिनमा ४ पटक ७ दिनसम्म प्रयोग गर्नुपर्दछ । २ दिनसम्म पनि आँखामा सुधार नआएमा थप उपचार आवश्यक पर्दछ । कोर्नियाको अल्सरका लागि steroids भएको थोपा औषधी वा मलमको प्रयोग कदापी गर्नुहुँदैन ।
ट्रकोमाको लागि
सकेसम्म एजिथ्रोमाइसिन चक्किहरु प्रयोग गर्नुपर्छ । यदि यो छैन भने मात्र टेट्राक्लाइनयुक्त आँखाको एण्टिवायोटिक मलमको प्रयोग गर्न सकिन्छ । ६ हप्तासम्म प्रत्येक दिन दिनको २ पटक दुवै आँखामा १ % टेट्राक्लाइनयुक्त आँखाको एण्टिवायोटिक मलमको प्रयोग गर्नुपर्दछ ।
नवजात शिशुमा आँखासम्वन्धि समस्याको रोकथामका लागि
नवजात शिशुको आँखामा जन्मजात सर्ने संक्रमणको रोकथामका लागि एण्टिवायोटिकहरुको प्रयोग गरिन्छ । जन्मेपछि तुरुन्तै आँखाको ढकनीहरुलाई सफा कपडा वा सफा पानीले बिस्तारै पुछिसकेपछि तल दिइएका एण्टिवायोटिक मलमहरु मध्येको एक नवजात शिशुको दुवै आँखामा पहिलो २ घण्टाभित्र प्रयोग गर्नुपर्दछः
१ % टेट्राक्लाइन वा ०.५ % देखि १ % एरिथ्रोमाइसिन मलमको पातलो लेप (रेखा) दुवै आँखामा जन्मेपछिको २ घण्टाभित्र १ पटक मात्र लगाउनुपर्छ ।
यदि मलम नभएको खण्डमा यो पनि प्रयोग गर्न सकिन्छः
२.५ povidone-iodine को मिश्रण
एजिथ्रोमाइसिन
एजिथ्रोमाइसिन एक एण्टिवायोटिक हो जसले ट्रकोमाको साथै धेरै संक्रमणहरुको उपचार गर्दछ, त्यसका लागि मुखबाट १ डोज खानुपर्छ । ट्रकोमा निर्मूलको लागि अभियान चलाएको स्थानमा ट्रकोमाको संक्रमणलाई ठीक पार्नको साथै नयाँ संक्रमण नहोस् भनेर पनि कार्यक्रम चलाउनुपर्छ ।
कसरी प्रयोग गर्ने
ट्रकोमाको लागि
६ महिना र त्यसभन्दा वढी उमेर भएका बालबच्चाहरु, ४० के जि सम्म तौल भएका । तौल अनुसारको मात्राको लागिः एक डोजमा मुखबाट कम्तिमा २० मि. ग्रा. प्रति के. जि. दिनुपर्छ । तर १००० मि. ग्रा. (१ ग्रा.) भन्दा वढी दिनुहुँदैन ।भिटामिन ए, रेटिनोल
भिटामिन ए ले रतन्धो र xerophthalmia को रोकथाम पनि गर्दछ ।
प्रशस्त भिटामिन ए पाउनको लागि मानिसहरुले प्रशस्त मात्रामा पहेंला फलफूल र तरकारीहरु, हरियो सागपातहरु, अण्डा, माछा र कलेजो जस्ता खानेकुराहरु खानुपर्ने हुन्छ । रतन्धो र xerophthalmia धेरै हुने स्थानमा यस्ता खानेकुराहरु प्रशस्त मात्रामा खानु सधैं सम्भव नहुन सक्छ । त्यसकारण वालबच्चालाई ६ महिनाको अन्तरालमा भिटामिन ए दिनुपर्दछ । तर जनस्वास्थ्य विज्ञहरु सकेसम्म खानेकुराको माध्यमबाट नै साना नानीहरुलाई भिटामिन ए पुर्याउनु पर्ने कुरामा जोड दिन्छन् ।
महत्पपूर्ण
भिटामिन ए ले रतन्धो र xerophthalmia को रोकथाम पनि गर्दछ ।
प्रशस्त भिटामिन ए पाउनको लागि मानिसहरुले प्रशस्त मात्रामा पहेंला फलफूल र तरकारीहरु, हरियो सागपातहरु, अण्डा, माछा र कलेजो जस्ता खानेकुराहरु खानुपर्ने हुन्छ । रतन्धो र xerophthalmia धेरै हुने स्थानमा यस्ता खानेकुराहरु प्रशस्त मात्रामा खानु सधैं सम्भव नहुन सक्छ । त्यसकारण वालबच्चालाई ६ महिनाको अन्तरालमा भिटामिन ए दिनुपर्दछ । तर जनस्वास्थ्य विज्ञहरु सकेसम्म खानेकुराको माध्यमबाट नै साना नानीहरुलाई भिटामिन ए पुर्याउनु पर्ने कुरामा जोड दिन्छन् ।
कसरी प्रयोग गर्ने
चक्की वा क्याप्सुललाई निल्नुपर्दछ । तर कम उमेरका बालबच्चाहरुलाई ट्याबलेट धुलो पारेर थोरै आमाको दुधमा मिसाउनुपर्दछ । अथवा खुला क्याप्सुललाई काटेर बच्चाको मुखमा त्यसलाई निचोरेर तरल पदार्थ खुवाउन सकिन्छ ।
बालबच्चामा भिटामिन ए को कमी रोक्नका लागि
रोकथाम कार्यक्रम गर्नः
६ महिना देखि १ बर्षः १००,००० U मुखबाट एक पटक दिनुपर्छ ।एक बर्षभन्दा माथिः २००,००० U मुखबाट एक पटक दिनुपर्दछ । ६ महिनाको अन्तरालमा दोहर्याउनुपर्छ ।
रतन्धोको उपचारको लागि
यदि कसैलाई पहिले नै दृष्टिमा कठिनाई भएमा वा रतन्धोका अन्य लक्षणहरु भएमा ३ डोजहरु दिनुपर्दछ । पहिलो डोज तुरुन्तै दिनुपर्दछ, दोस्रो एक दिन पछि दिनुपर्दछ र तेस्रो डोज कम्तिमा २ हप्तापछि दिनुपर्दछ ।
प्रत्येक ३ डोजहरुको लागिः
६ महिनाभन्दा कमः प्रत्येक डोजमा ५०,००० U मुखबाट दिनुपर्दछ ।६ महिनादेखि १ बर्षः प्रत्येक डोजमा १००,००० U मुखबाट दिनुपर्छ ।
दादुरा भएका वालवालिकाहरुका लागि
दादुराबाट निमोनिया र अन्धोपनजस्तो समस्या नहोस् भनेर भिटामिन ए दिनुपर्छ ।
६ महिनाभन्दा कमः ५०,००० U मुखबाट दिनको एकपटक २ दिनसम्म दिनुपर्दछ ।१ बर्षभन्दा वढीः २००,००० U मुखबाट दिनको १ पटक २ दिनसम्म दिनुपर्दछ ।
यदि बच्चाले पछिल्लो ६ महिनासम्म भिटामिन ए को डोज पहिले नै पाइसकेको खण्डमा यो उपचार एक दिनसम्म मात्रै दिनुपर्दछ । दादुरा भएको कसैलाई गम्भिर प्रकृतिको कुपोषण भएमा वा दृष्टि ह्रास हुन शुरु भइसकेको भएमा, २ हप्तापछि भिटामिन ए को तेस्रो डोज दिनुपर्दछ ।