Hesperian Health Guides

बालबालिकामा हुने क्यान्सर

यस परिच्छेदमाः

वाल्यावस्थामा पनि क्यान्सर हुनसक्छ । Leukemia (रक्त क्यान्सर) वा गिदीको ट्युमर (brain tumor) वालवालिकाहरुमा धेरैजसो देखिने क्यान्सरहरु हुन् । साधारणतयाः प्रौढावस्थामा भन्दा वाल्यकालमा हुने क्यान्सरहरु वढी सजिलो ढंगले उपचार गर्न सकिन्छ ।

वालवालिकाहरुमा हुने धेरैजसो क्यान्सरहरु सजिलै पत्ता लगाउन सकिंदैनन् । प्रायःजसो लक्षणहरु अस्पष्ट हुन्छन् । जस्तो तौलमा गिरावट आउँदै गर्नु, विहानीमा टाउको दुखाईसँगै बान्ता आउनु, सुन्निनु वा दुखाई हुनु, स्थायी ज्वरो वा असमान्य दाग वा रक्तश्राव । यि सबै अन्य समस्याहरुका पनि लक्षणहरु हुन सक्छन् । यदि बालबच्चामा दिर्घकालिन स्वास्थ्य समस्याहरु छन् भने स्वास्थ्यकर्ताबाट उसको स्वास्थ्य परिक्षण गराइहाल्नुपर्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८