Hesperian Health Guides

नवजातहरुमा रक्तश्राव रोक्नका लागि

मधुमेहका औषधीहरु

Vitamin K, phytomenadione, phytonadione


शरिरले रगत जमाउन र रक्तश्राव रोक्न भिटामिन के (Vitamin K) को प्रयोग गर्दछ । तर शिशुहरु प्रशस्त भिटामिन के विना नै जन्मिले भएकोले कुनै कारणवस रक्तश्राव भएमा यो चाँडै नियन्त्रण वाहिर जान सक्छ । यदि नवजातको शरिरको कुनै पनि अंग (मुख, साल, मलद्वार) बाट रक्तश्राव हुन शुरु गरेमा अत्यधिक रक्तश्राव रोक्न भिटामिन के दिनुपर्छ । तपाईंले भिटामिन के धेरै सानो र छिटो जन्मेका शिशुहरु (२ के. जी. भन्दा मूनी) लाई पनि रक्तश्राव रोक्नका लागि दिन सक्नुहुन्छ किनकी तिनिहरुबाट रक्तश्राव हुने सम्भावना वढी हुन्छ ।

भिटामिन के ले वढी उमेर भएको बच्चा वा प्रौढहरुमा भने रक्तश्राव रोक्दैन ।

NBgrninject.png कसरी प्रयोग गर्ने
जन्मेपछिको २ घण्टापछि तिघ्राको वाहिरी भागमा भिटामिन के को १ मि. ग्रा. (एउटा १ मि. ग्रा. को ampule, वा २ मि. ग्रा. ampule को १/२ भाग) को सुई लगाउनुहोस् ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ०५ जनवरी २०२४