Hesperian Health Guides

आकस्मिक परिवार नियोजन (आकस्मिक गर्भनिरोधक चक्की)

असुरक्षित शारिरिक सम्पर्क भएको ५ दिनभित्र गर्भ रहनबाट जोगिन आकस्मिक गर्भनिरोधक चक्की वा नियमित गर्भ निरोधक चक्कीका केही ब्रान्ड (ब्यापारिक नाम) प्रयोग गर्न सकिन्छ । खानुपर्ने चक्कीको संख्या प्रत्येक चक्कीमा कुन हर्मोन र कति मात्रामा हर्मोन छ भन्ने कुरामा निर्भर रहन्छ । यस चार्टमा सबै किसिमका चक्कीहरुका केही प्रचलित ब्यापारिक नामहरु मात्र सूचिकृत छन् । तिनलाई प्रयोग गर्नुपूर्व चक्कीमा भएको हर्मोनको किसिम र मात्रा बारे जानकारी हुनुपर्छ । चार्टले आवश्यक हर्मोनको जम्मा मात्रा र त्यो मात्रा पुरा गर्न चाहिने चक्कीको संख्यालाई देखाउँछ ।

आकस्मिक गर्भ निरोधक चक्कीहरु खाएपछि टाउको दुख्छ, वाकवाकी लाग्छ, तल्लो पेट दुख्छ । तर १ वा २ दिनमा हराएर जान्छ । थोरै रक्तश्राव हुनु वा महिनावारी चक्रको समयमा परिवर्तन आउनु पनि सामान्य हो । आकस्मिक परिवार नियोजनको प्रयोग गर्दा विशेष आकस्मिक चक्कीहरु वा प्रोजेस्टिन मात्र भएका चक्कीहरु (मिनिपिल) को सहि मात्राले नियमित रुपमा प्रयोग गरिने मिश्रीत गर्भनिरोधक चक्कीको प्रयोग गर्नुभन्दा कम प्रतिकूल प्रभावहरु हुन्छन् । मात्रा लिएको १ घण्टाभित्र वान्ता भएमा औषधी दोहर्याउनुपर्छ ।

आकस्मिक परिवार नियोजनका लागि चक्की खाने तरिका


आकस्मिक गर्भ निरोधका लागि विशेष चक्कीहरु खाने तरिका (यि मध्येका केही नेपालमा पाईंदैनन्)
१.५ मि. ग्रा. (१५०० एम सि जि) levonorgestrel भएका आकस्मिक चक्कीहरु (NorLevo 1.5, Plan B One-Step, Postinor-1)
१ चक्कीको जम्मा मात्रा = १.५ मि. ग्रा. (१५०० एम सि जि) levonorgestrel
१ चक्की खानुहोस्, एकपटक मात्र
३० मि. ग्रा. ulipristal acetate भएका आकस्मिक चक्कीहरु (ella, ellaOne)
१ चक्कीको जम्मा मात्रा = ३० मि. ग्रा. ulipristal acetate
१ चक्की खानुहोस्, एकपटक मात्र
०.७५ मि. ग्रा. (७५० एम सि जि) levonorgestrel भएका आकस्मिक चक्कीहरु (NorLevo 0.75, Optinor, Postinor, Postinor-2, Plan B)
२ चक्कीको जम्मा मात्रा = १.५ मि. ग्रा. (१५०० एम सि जि) levonorgestrel
२ चक्कीहरु खानुहोस्, एकपटक मात्र
०.०५ मि. ग्रा. (५० एम सि जि) ethinyl estradiol र ०.२५ मि. ग्रा. (२५० एम सि जि) levonorgestrel भएका आकस्मिक चक्कीहरु (Tetragynon, Neogynon, Nordiol)
४ चक्कीको जम्मा मात्रा = ०.२ मि. ग्रा. (२०० एम सि जि) ethinyl estradiol र १.० मि. ग्रा. (१००० एम सि जि) levonorgestrel
पहिले २ चक्की खानुहोस् त्यसको १२ घण्टापछि २ थप चक्की खानुहोस्


आकस्मिक गर्भ निरोधको लागि मिश्रित चक्की खाने तरिका (यो नेपालमा प्रयोग गरिदैंन)
२८ वटा मिश्रीत चक्कीहरु भएको २८ दिने पुरियामा, तल दिइएको मात्रा अनुसार पहिला २१ चक्कीहरु मध्येका कुनै पनि खानुहोस्, तर अन्तिम ७ वटा चक्कीहरुको भने प्रयोग नगर्नुहोस् किनकी तिनीहरु reminder pills हुन् र तिनमा कुनैपनि हर्मोन हुँदैन ।
०.०३ मि. ग्रा. (३० एम सि जि) ethinyl estradiol र ०.१५ मि. ग्रा. (१५० एम सि जि) evonorgestrel भएका मिश्रीत चक्कीहरु (Anna, Combination 3, Gestrelan, Microgynon, Microgynon-30, Nordette, Roselle)
८ चक्कीहरुको जम्मा मात्रा = ०.२४ मि. ग्रा. (२४० एम सि जि) ethinyl estradiol र १.२ मि. ग्रा. (१२०० एम सि जि) levonorgestrel
पहिले ४ चक्की खानुहोस् त्यसको १२ घन्टापछि थप ४ चक्कीहरु खानुहोस्
०.०३ मि. ग्रा. (३० एम सि जि) ethinyl estradiol र ०.३ मि. ग्रा. (३०० एम सि जि) norgestrel भएको मिश्रीत चक्कीहरु (Lo-Femenal, 5Lo/Ovral)
८ चक्कीहरुको जम्मा मात्रा = ०.२४ मि. ग्रा. (२४० एम सि जि) ethinyl estradiol र २.४ मि. ग्रा. (२४०० एम सि जि) norgestrel
पहिले ४ चक्की खानुहोस् त्यसको १२ घन्टापछि थप ४ चक्कीहरु खानुहोस्
०.०२ मि. ग्रा. (२० एम सि जि) ethinyl estradiol र ०.१ मि. ग्रा. (१०० एम सि जि) levonorgestrel भएको मिश्रित चक्कीहरु (Alesse, Loette, Lutera, Miranova)
१० चक्कीहरुको जम्मा मात्रा = ०.२ मि. ग्रा. (२०० एम सि जि) ethinyl estradiol र १ मि. ग्रा. (१००० एम सि जि) levonorgestrel
पहिले ५ चक्की खानुहोस् त्यसको १२ घन्टापछि थप ५ चक्कीहरु खानुहोस्


आकस्मिक गर्भ निरोधको लागि प्रोजेस्टिन मात्र भएका चक्कीहरु (मिनिपिल) खाने तरिका
प्रोजेस्टिन मात्र भएका मिनिपिलहरुको पुरियामा सबै चक्कीमा हर्मोनको समान मात्रा हुन्छ ।
०.०७५ मि. ग्रा. (७५ एम सि जि) norgestrel भएको प्रोजेस्टिन मात्र भएको चक्कीहरु (मिनिपिल्स) (Ovrette, Minicon)
४० चक्कीहरुको जम्मा मात्रा = ३ मि. ग्रा. (३००० एम सि जि) norgestrel
एक पटक मात्र ४० चक्कीहरु खानुहोस् (धेरै चक्कीहरु, तर सुरक्षीत)
०.०३७५ मि. ग्रा. (३७.५ एम सि जि) levonorgestrel भएका प्रोजेस्टिन मात्र भएका चक्कीहरु (मिनिपिल्स) (Neogest, Norgeal)
४० चक्कीहरुको जम्मा मात्रा = १.५ मि. ग्रा. (१५०० एम सि जि) levonorgestrel
एक पटक मात्र ४० चक्कीहरु खानुहोस् (धेरै चक्कीहरु, तर सुरक्षीत)
०.०३ मि. ग्रा. (३० एम सि जि) levonorgestrel भएका प्रोजेस्टिन मात्र भएका चक्कीहरु (मिनिपिल्स) (Microlut, Microval, Nortrel)
५० चक्कीहरुको जम्मा मात्रा = १.५ मि. ग्रा. (१५०० एम सि जि) levonorgestrel
एक पटक मात्र ५० चक्कीहरु खानुहोस् (धेरै चक्कीहरु, तर सुरक्षीत)


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८