Hesperian Health Guides

स्वास्थ्य एवं सरसफाईको लागि शौचालय (चर्पी)

यस परिच्छेदमाः

समूदायको सरसफाई पनि ब्यक्तिगत र पारिवारिक सरसफाई जत्तिकै महत्वपूर्ण छ । सरसफाईको मतलब सामूदायिक सरसफाई – सफा र सुरक्षित चर्पीको प्रयोग, पानीलाई सफा बनाउनु र फोहरमैलाको सुरक्षित तवरले विसर्जन हो (हेर्नुहोस् फोहरमैला, चिकित्साजन्य फोहरमैला र प्रदुषण – तयारीको क्रममा) । सरसफाईको कमीले धेरै किसिमका रोग लागेर मृत्यु पनि हुन्छ ।

सामूहिक छलफल गर्दै विभिन्न उमेरका महिला र पुरुषहरु, कोहि बालबच्चा सहितका, एकजना वैशाखि सहितको

समूदायले मिलेर नै दैनिक रुपमा सरसफाई गर्नुपर्छ । तर पानी नभएको ठाउँ र गरिव समूदायमा सफाई गर्न गाह्रो हुन्छ । जस्तो सुकुम्वासी वस्ती, मुसहर, डोम, चमार आदि बस्ने समूदायमा सफाई कार्यक्रम चलाउन र दीगो राख्न निकै मिहेनत गर्नुपर्छ ।

चर्पी बनाउँदा स्थानीय ज्ञान र मालसामान प्रयोग गरेर बनाउनुपर्छ । धेरै महंगो मालसामान प्रयोग गर्दा चर्पी बनाउन सकिन्न ।

समूदायको आवश्यकताहरु र सम्भावित उपायहरु बारेको छलफलमा महिलाहरुलाई समावेश गर्नुहोस् । महिलाहरुले बालबच्चाहरु र घरको हेरबिचार गर्नुपर्ने भएकोले उनीहरुलाई समस्या के छ र कसरी हल गर्ने भन्ने बढी जानकारी हुन्छ ।

मलमूत्र ब्यवस्थापनका लागि शौचालयको प्रयोग गर्नुहोस्

मानवको मलमूत्र राम्रोसँग ब्यवस्थापन नगरिएमा पानी, खाना र माटोलाई सुक्ष्म किटाणुले प्रदुषित बनाउँछ र झाडापखाला एवं अन्य गम्भिर स्वास्थ्य समस्याहरु निम्त्याउँदछ । शौचालयको प्रयोगले सम्पूर्ण समूदायको स्वास्थ्यको रक्षा गर्दछ ।

चर्पीघर नजिकै रहेको धारामा हात धोइरहेकी महिला

शौचालयको निर्माण र प्रयोग गर्दा निम्न कुरा पनि ध्यान दिनुपर्छः

  • गोप्यताः चर्पी बनाउँदा गोप्यताको ख्याल राख्नुपर्छ । ढोका वा पर्दा भएको चर्पी स्थानीय सामग्रीहरुबाट बनाउन सकिन्छ वा कंक्रिटबाट पनि बनाउन सकिन्छ ।
  • सुरक्षाः चर्पी राम्रोसँग बनाइएको हुनुपर्छ र सुरक्षित स्थानमा हुनुपर्छ । शौचालय भत्किने डर भएमा कसैले पनि त्यसको प्रयोग गर्दैन । त्यसैगरी शौचालय घरदेखि टाढा वा एकान्त स्थानमा छ भने महिलाहरुलाई प्रयोग गर्न गाह्रो हुन्छ ।
  • सजिलोः चर्पी प्रयोग गर्दा सजिलोसँग प्रयोग गर्न र हावा, पानी वा हिउँबाट पनि सुरक्षित हुने गरी बनाउनुपर्छ ।
  • सरसफाईः रोगका किटाणु नफैलियोस् भनेर पनि शौचालय सफा राख्नुपर्छ । घरमा सबैले मिलेर सफा गरे चर्पी सफा रहन्छ । चर्पीलाई पनि घर सफा गरे जस्तै सफा राख्नुपर्छ ।

शौचालय (चर्पी) कहाँ बनाउने

शौचालय बनाउने स्थानबारे निर्णय लिनुपूर्व यसले नदी, इनार वा खोला जस्ता कुनै पनि पानीका श्रोतहरु प्रदुषित गर्दैनन् भन्ने कुरा ध्यान राख्नुपर्छ । पानीका श्रोतहरु भन्दा कम्तिमा २० मिटर पर मात्रै शौचालय बनाउनुपर्छ ।

त्यसैगरी शौचालयले जमिनमूनीको पानी समेत प्रदुषित नगरोस् भनेर ध्यान दिनुपर्छ किनभने जमिनमुनिको पानी विभिन्न स्थानमा फरकफरक गहिराईमा बग्दछ । पानीको सतह सुख्खा याममा भन्दा बर्षा याममा धेरै माथि हुन्छ । चर्पी बनाउँदा यि नियमहरु पालना गर्नुपर्छः

  • खाल्डोको पिंध जमिनमूनीको पानीभन्दा २.५ मिटर माथि हुनुपर्छ ।
  • शौचालयको लागि खाल्डो खन्दा यदि माटो धेरै भिजेको छ वा खाल्डो पानीले भरिन्छ भने त्यो ठाउँ शौचालय बनाउनका लागि ठीक हुँदैन ।
  • डुबान पर्ने जमिनमा पनि खाल्डे चर्पीहरु (pit toilets) बनाउनुहुँदैन ।
  • खाल्डे चर्पीबाट जमिनमूनीको पानी प्रदुषण हुने खतरा भएमा जमिन माथिको चर्पी बनाउने बारे बिचार गर्नुपर्दछ । यदि ठाउँ नै छैन भने शौचालयलाई नजिकबनाउनुहुँदैन ।को इनारभन्दा पनि मुनी पार्नुपर्दछ ताकी सूक्ष्म किटाणुहरु इनारतिर नजाउन् ।
जमिनमूनीको पानीभन्दा निकै कम गहिराई भएको शौचालयको दाँजोमा जमिनमूनीको पानीसम्म पुग्ने गरि इनारको प्रशस्त गहिराई देखाइएको
जमिनमूनीको पानी भनेको जमिनमा सोसिएको र जमिनभित्र बग्ने पानी हो । शौचालय बनाउँदा खाल्डो धेरै गहिरो छैन र जमिनमुनिको पानीलाई प्रदुषित गर्देन भन्ने कुराको विचार गर्नुपर्छ ।

शौचालय (चर्पी) का प्रकार

विभिन्न समूदायमा विभिन्न किसिमका शौचालय प्रयोग गरिन्छन् । कस्तो किसिमको चर्पी बनाउने भन्ने विचार गर्दा यसलाई प्रयोग गर्नेहरुको आबश्यकता र यसको लागि उपलब्ध ठाउँको किसिमको बारेमा बिचार गर्नुपर्छ । साथै तपाईं र तपाईंको परिवारले कम्पोष्ट चर्पी प्रयोग गर्न र सम्भार गर्न चाहन्छ कि चाहँदैन भन्ने पनि बिचार गर्नुपर्छ । यदि होइन भने खाल्डे चर्पी नै उत्तम हुन सक्छ ।

सबै चर्पीका फाइदा वा वेफाइदा हुन्छन् । सर्वगुण सम्पन्न चर्पी कुनै पनि छैन । प्रत्येकका आफ्नै वेफाइदाहरु छन् । तर यस परिच्छेदमा वर्णन गरिएका ३ प्रकारका चर्पीहरु वातावरण र मानिसहरुलाई न्यून हानी हुनेगरी समूदायलाई सफा एवं स्वस्थ राख्न प्रभावकारी छन् । यस्ता प्रकारका सबै चर्पीहरुको प्रयोग गर्दा पानीको वचत हुन्छ ।

धेरैजसो पानी फ्लस गर्ने चर्पीहरुले समस्या (मलमूत्र र सूक्ष्म किटाणु) लाई एक ठाउँबाट अर्को ठाउँमा मात्रै लैजान्छन् । तिनले मानव मलमूत्रलाई सुरक्षित बनाउँदैनन् र त्यसो गर्दा प्रशस्त मात्रामा पानी दुषित हुन्छ (तल हेर्नुहोस्) । दिशा गरिसकेपछि सफा गर्न यदि तपाईं पानीको प्रयोग गर्नुहुन्छ भने वातावरणलाई दुषित नगर्ने गरी बनाउन सकिने सुरक्षित चर्पीहरु छन् । उदाहरणको लागि पानी हाल्न मिल्ने चर्पी (pour-flush toilet) । यो चर्पी बनाउने विधिबारे सिक्न वातावरणीय स्वास्थ्यः सामूदायीक मार्गदर्शन, परिच्छेद ७ हेर्नुहोस् ।

बन्द खाल्डे चर्पी

NWTND was Page 10-1.png

बन्द खाल्डे चर्पीमा प्वाल भएको प्ल्याटफर्म प्रयोग नभएको बखतमा त्यो प्वाल ढाक्ने ढक्कन पनि हुन्छ । प्ल्याटफर्म काठ (wood), कंक्रिट (concrete) वा माटोले ढाकिएका मुढा (logs) बाट बनाउन सकिन्छ । कंक्रिट प्ल्याटफर्म मा पानी भित्र छिर्दैन र सफा गर्न सजिलो भएको कारणले स्वास्थ्य समस्याहरु कम हुन्छन् । बन्द खाल्डे चर्पिमा प्ल्याटफर्म र खाल्डो भत्किनबाट जोगाउन लाइनिगं वा [[#how|कंक्रिटको गोलो बिम हुन जरुरी हुन्छ ।

गन्ध र झिंगाहरु कम गर्न हावा जाने पाइपको प्रयोग गरी सुधार ल्याएर (जसलाई ventilated improved pit वा VIP चर्पी भनिन्छ) यसलाई सजिलो तरिकाले प्रयोग गर्न मिल्ने बनाउन सकिन्छ ।

५ जना भएको परिवारको २ मिटर गहिराईको बन्द खाल्डे चर्पी भरिन करिब ५ बर्ष लाग्छ ।

खाल्डे चर्पीहरुको समस्या भनेको एकपटक खाल्डो भरिएपछि तिनको प्रयोग गर्न सकिदैंन । यद्यपी भरिएको तर लाइनिगं नभएको खाल्डोमा रहेको फोहरबाट सजिलै फाइदा लिन सकिन्छ – जस्तै उक्त स्थानमा रुख रोपेर । अथवा थोरै मात्रै फरक किसिमको दैनिक मर्मत सम्भारबाट लाइनिगं भएको खाल्डे चर्पीमा रहेको फोहरलाई उपयोगी कम्पोष्ट बनाउन सकिन्छ । कम्पोष्ट बनाउने चर्पी साधारण प्रकृतिको हुन्छ ।

बन्द खाल्डे चर्पी बनाउन

 खाल्डोलाई बलियो पार्न ढुंगा लगाइरहेका दुई पुरुष
 खाल्डोमाथि प्ल्याटफर्म बनाइरहेका दुई पुरुषहरु
  1. मानिसहरुलाई प्रयोग गर्न सजिलो हुने र पानीका श्रोतहरु नहुने स्थानको छनौट गर्नुपर्दछ ।
  2. १ मिटर चौडाई र २ मिटर गहिराईको खाल्डो खन्ने । माटो धेरै नै बलौटे भएमा खाल्डो भत्किनबाट जोगाउन खाल्डोलाई तेलको खाली ड्रमहरु एक अर्कामा खप्ट्याएर वा सिमेन्टको ईंटाले लाइन गर्नुपर्दछ ।
  3. खाल्डोको माथिको भागलाई मुढा (logs), ढुंगा, ईंटा, कंक्रिट रिङ्ग विम वा अन्य सामग्रीले लाइन गर्नुपर्दछ जसले प्ल्याटफर्म थाम्नुका साथै खाल्डो भत्किनबाट जोगाउँछ ।
  4. खाल्डो माथि राख्न प्ल्याटफर्म र छेकवार बनाउने । प्ल्याटफर्म कक्रिंट वा स्थानीय सामग्रीहरु जस्तै मुढा (logs) वा बाँस र माटोबाट बनाउन सकिन्छ । यदि मुढाबाट प्ल्याटफर्म बनाउनुपर्ने भएमा छिट्टै नकुहिने काठको प्रयोग गर्नुपर्दछ ।

चर्पीको कंक्रिट प्ल्याटफर्म र रिङ्गविम बनाउने तरिका

राम्रोसँग बनाइएको कंक्रिट प्ल्याटफर्म र रिङ्ग विमले खाल्डे चर्पीलाई भत्किनबाट जोगाउँछ र चर्पीलाई सफा राख्न समेत सजिलो बनाउँछ ।

एउटा २५ के. जी. को सिमेन्टले २ वटा प्ल्याटफर्म र २ वटा रिङ्ग बिम बनाउन पुग्छ । यि दुवैलाई एकै चोटी बनाउनु धेरै सजिलो हुन्छ । साँचो (mold) बनाउनको लागि बोर्ड, बाँध्ने (reinforcing) तार, ईंटा र प्वालको आकार बनाउनको लागि ताल्चामा साँचो हाल्ने प्वाल (keyhole) को आकारमा काटिएको एउटा काठको टुक्रा चाहिन्छ । यहाँ देखाइएका प्ल्याटफर्म र रिङ्ग बिम वर्गाकार भएपनि गोलाकार पनि बनाउन सकिन्छ ।


१. समथर जमिनमा प्लाष्टिकको सिट वा प्रयोग भइसकेको सिमेन्टको ब्याग ओछ्याउनुहोस् । यसको माथि ईंटा वा वोर्डको साँचो (mold) बनाउनुहोस् ।
चर्पीको प्ल्याटफर्म रिङ्ग विम
 चर्पीको प्ल्याटफर्मको लागि बनाइएको साँचो (mold)
 रिङ्ग विमको लागि बनाइएको साँचो (mold)
१२० से. मी. लम्वाई, ९० से. मी. चौडाई र ६ से. मी. गहिराई भएको प्ल्याटफर्म बनाउनुहोस् । चर्पीको प्वाल बनाउनको लागि बिचमा काठको “keyhole” mold वा केहि ईंटाहरु राख्नुहोस् । बाहिरपट्टि १३० से. मि. लम्वाई र १ मि. चौडाई र भित्रपट्टि १ मि. लम्वाई र ७० से. मि. चौडाई भएको रिङ्ग बिम बनाउनुहोस् ।
२. १ भाग सिमेन्ट, २ भाग ग्राभेल, ३ भाग वालुवा र चाहिने जति मात्रामा पानी हालि कंक्रिटको मिश्रण बनाउने । कंक्रीटलाई साँचोको आधा नहुन्जेलसम्म भर्ने ।
चर्पीको प्ल्याटफर्मको साँचोमा बेल्चाले कंक्रिट हाल्दै एक पुरुष
 रिङ्ग विमको साँचोमा बेल्चाले कंक्रिट हाल्दै
३. ३ मि. मि. मोटाइको बाँध्ने (reinforcing) तारहरु भिजेकै अवस्थाको कंक्रिटमाथि राख्ने ।
 चर्पीको प्ल्याटफर्मको लागि कंक्रिटभित्र ह्यान्डल राख्न तारहरुको अवस्थिति देखाउने तिरहरु
८ देखि १० मि. मि. मोटो तारको ह्यान्डल बनाएर ४ कुनामा कंक्रिटमा जम्नेगरी अड्याउने ।
प्ल्याटफर्मको लागिः
४ देखि ६ वटा तारहरु प्रत्येक दिशामा राख्ने ।
रिङ्ग विमका लागि कंक्रिटमा तारको अवस्थिति देखाइएको तिर
'रिङ्ग विमको लागिः

रिङ्ग विमको सबै भागमा तारहरु तेर्साउनुहोस् ।

४. बाँकी रहेको कंक्रिटलाई खन्याएर काठको ब्लकले सम्याउनुहोस् ।
चर्पीको प्ल्याटफर्मको लागि थप कंक्रिट थप्दै र सम्याउँदै
 रिङ्ग विमको लागि थप कंक्रिट थप्दै र सम्याउँदै
५. कंक्रिट कडा हुन थालेपछि (करिब ३ घण्टापछि) प्वाल बनाउन राखिएको काठको साँचो झिक्नुहोस् । यदि ईंटाको mold प्रयोग भएको भएमा ईंटालाई हटाएर keyhole को आकारमा प्वाल बनाउनुहोस् ।
६. कंक्रिटलाई भिजेको सिमेन्टको बोरा, चिसो कपडा वा प्लाष्टिकको सिटले ढाक्नुहोस् । ७ दिनसम्म ओसिलो पारिराख्न यसलाई हरेक दिन समय समयमा पानी छम्कनुहोस् । ओसिलो राख्नाले कंक्रिट ढीलो सुक्छ र बलियो हुन्छ ।
कडा भएको रिङ्ग बिम बोकिरहेका पुरुष र महिला
७. कंक्रिट पूर्ण रुपमा कडा भएपछि रिङ्ग बिमलाई चर्पी बनाउने ठाउँमा लैजानुहोस् । जमिनलाई सम्याएर रिङ्ग विमलाई राख्नुहोस् र यसभित्र खाल्डो खन्नुहोस् । रिङ्ग बिमको बाहिरि किनारामा माटो खाँदेर (राखेर) त्यसै स्थानमा set हुन दिनुहोस् । त्यसपछि खाल्डोमाथि प्ल्याटफर्म राख्नुहोस् ।
८. प्वाल छोप्ने कंक्रिट वा काठको ढकनी बनाउनुहोस् । यसमा ह्याण्डल राख्न सकिन्छ वा हातमा रोगका किटाणुहरु नआउन् भनी खुट्टाको सहायताले सार्ने पनि बनाउन सकिन्छ ।
 चर्पीको घर नयाँ खाल्डो भएको स्थानमा लैजादैं गरेका ४ जना महिलाहरु

कम्पोष्ट चर्पी

कम्पोष्ट चर्पीले मानव मलमूत्रलाई कम्पोष्ट बनाएर भण्डार गर्दछ । यसमा रहेका हानिकारक रोगका किटाणुहरु (मार्न अत्यन्त कठीन हुने राउण्ड वर्मका अण्डाहरु समेत) पछि मर्दछन् । शुरुमा कम्पोष्ट चर्पीको बारेमा कुरा गर्न अचम्म लाग्न सक्छ । विचित्र किसिमको प्रविधि लाग्न सक्छ । तर राम्रोसँग प्रयोग गरिएमा मानव मलमूत्र ब्यवस्थापन एवं माटोको गुणस्तर सुधार गर्न मद्दत पुर्याउँछ । नेपालका केही गाउँहरुमा यो प्रयोग पनि गरिएको छ ।

१ मिटर गहिरो र करिब १ मिटरभन्दा कम चौडाईको खाल्डो खन्नुहोस् । खाल्डोलाई लाइन गर्ने र अन्य खाल्डे चर्पीमा बनाए जस्तै प्ल्याटफर्म बनाउने । तर चर्पी घरलाई भने सार्न सकिने खालको बनाउनुहोस् ।

कम्पोष्ट चर्पीको प्रयोग र मर्मत सम्भारको लागि

  • प्रयोग गर्नुपूर्व खाल्डोमा सुख्खा पातहरु वा काठको धुलो राखे मलमूत्रलाई कुहाउन मद्दत गर्दछ ।
  • प्रत्येक पटक चर्पीको प्रयोग गरिसकेपछि खरानी वा सुकेका पातहरुसँग मिसाइएको एक हातभरि माटो मिसाउनुहोस् । यसले दुर्गन्ध हटाएर मलमूत्रलाई सड्न सहयोग गर्छ ।
  • चर्पीमा प्लाष्टिक, टिन वा अन्य फोहरमैला हाल्नुहुँदैन ।
  • प्ल्याटफर्मलाई सफा राख्नुपर्छ । तर खाल्डोमा धेरै पानी वा सरसफाईमा प्रयोग हुने हारपिक जस्ता रसायनहरु नजाउन् भनेर विचार गर्नुपर्छ ।
  • खाल्डो लगभग भरिएपछि चर्पीघर, प्लेटफर्म र रिङ्ग विमलाई हटाउनुहोस् (१ मिटर गहिरो कम्पोष्ट चर्पी ५ जना परिवारको हकमा भरिन करिब १ बर्ष लाग्छ) ।
  • खाल्डोलाई वनस्पतिजन्य पदार्थसँग मिसाइएको माटोले १५ से. मि. भर्नुपर्दछ ।
  • थप माटो र वनस्पतिजन्य पदार्थ थप्नुहोस् र एउटा रुखको विरुवा रोप्नुहोस् । फलफूलको विरुवाको राम्रोसँग बृद्धि हुन्छ र प्रशस्त मल पाएकोले धेरै फलफूलहरु फल्दछन् ।

खाल्डे चर्पी र ३ ठूला फलफूलको विरुवासँगै सानो विरुवा रोपिरहेकी एक महिला

  • यसको सट्टामा कम्पोष्टलाई बाहिर निकालेर अरु बोटबिरुवा र वालिनालिमा मलको रुपमा पनि प्रयोग गर्न सकिन्छ । तर यसलाई कम्तिमा पनि १ बर्षसम्म कुहिन दिनुपर्छ र यो गन्धहिन र माटोजस्तो भएपछि मात्र प्रयोग गर्नुपर्दछ ।
  • चर्पीघर, प्ल्याटफर्म र रिङ्गबिमलाई अर्को ठाउँमा सारेर खाल्डो खन्नुहोस् र यसलाई पुनः प्रयोग गर्नुहोस् ।

थोरै जग्गा भएका स्थानका लागि चर्पी

नजिकै नजिकै घर बनाएर बस्ने समूदायमा र खाल्डेचर्पी बनाउनका लागि अतिरिक्त जग्गा नभएको स्थानमा यो बनाउन सकिन्छ । यसलाई घरभित्र नै बनाउन सकिन्छ र नियमित सफाई गरिएमा दुर्गन्ध पनि आउँदैन । नेपालमा केही ठाउँमा यसको प्रयोग भएको छ । तर यो बनाउनलाई कुनै प्राविधिकको सहयोग चाहिन्छ । आफैं बनाउन सकिंदैन ।

यस्तो किसिमको चर्पीको लागि पिसावलाई छुट्ट्याउनुपर्दछ जसले गर्दा मलमूत्र सुख्खा भएर छिट्टै कम्पोष्टमा परिणत हुनसक्छ । पिसाव छुट्ट्याउँदा गन्ध समेत कम हुन्छ ।

  1. काठको बाकस बनाउनुहोस् जुन २० लिटरको वाल्टिन भित्रपट्टि ठिक्क हुन पुग्ने गरि ठूलो होस् । माथिपट्टि सिट सहितको प्वाल चाहिन्छ र वाकसको किनारामा कब्जा लगाउन सकिन्छ जसले गर्दा बाल्टिन बाहिर निकाल्न सकियोस् ।
  2. NWTND was Page 14-1.png

  3. पिसावलाई अन्यत्र पठाउन सक्ने खालको toilet bowl राख्नुहोस् । यो बजारमा किन्न पनि पाइन्छ वा प्लाष्टिकको जगको फेद र एकपट्टिको खण्ड काटेर र त्यसपछि यसलाई प्वालको अघिल्लो भागमा जोडेर एउटा बनाउन सकिन्छ ।
  4. ट्युबको एकापट्टिको किनारा toilet bowl (वा प्लाष्टिकको जगको spout मा जोड्नुहोस्) जसले पिसावलाई अन्यत्र लैजान्छ । ट्युवको अर्को किनारालाई जगमा पिसाव जम्मा पार्नका लागि राख्नुहोस् ।
  5. २० लिटरको वाल्टिनलाई दिशा जम्मा हुनको लागि toilet bowl को मुन्तिर राख्नुहोस् ।
  6. ढक्कनले झिँगाहरुलाई टाढा राख्दछ र दुर्गन्ध घटाउँदछ ।
काठको बाकसयुक्त चर्पी”] [Image alt= “Toilet bowl को मुनी वाल्टिन र पिसाव जम्मा गर्न जग
 Toilet bowl को मुनी वाल्टिन र पिसाव जम्मा गर्न जग

यस्तो चर्पीको प्रयोग र मर्मत सम्भारको लागि

यस्तो चर्पी प्रयोग गर्ने जोसुकैलाई पनि यसको कसरी प्रयोग गर्ने भनेर सिकाउनुपर्छ ।

  • प्रयोग गर्नुअघि बाल्टिनमा सुकेका पात वा काठको धुलोको एक तह राख्नुहोस् । यसले सफा राख्न सहयोग गर्छ ।
  • प्रत्येक पटकको प्रयोगमा बाल्टिनमा खरानी वा सुकेका पातहरु मिसाइएको एक हातभरि माटो थप्नुहोस् । यसले दुर्गन्ध कम गर्छ र दिशा सड्नमा सहयोग गर्छ । चर्पीमा प्लाष्टिक वा टिन जस्ता फोहरमैला नराख्नुहोस् । पिसाव सहितको तरल पदार्थहरु बाल्टिन बाहिर नै हुनुपर्छ ।
  • ट्युबबाट बगेर पिसाव डब्बा (कन्टेनर) मा जम्मा हुन्छ । पिसावलाई पानीमा मिसाएर मलको रुपमा प्रयोग गर्न सकिन्छ । मलको रुपमा ३ भाग पानीमा १ भाग पिसाव मिसाएर हप्ताको ३ पटक वोटविरुवामा प्रयोग गर्न सकिन्छ ।
 ठूलो कण्टेनरमा बाल्टिनबाट दिशा खन्याउँदै गरेको पुरुष
  • वाल्टिन दिशाले भरिएपछि (५ जनाको परिवारलाई करिब २ हप्ता) यसलाई ढक्कन भएको ठूलो कण्टेनरमा खन्याउनुपर्दछ । यो भनेको दिशा (waste) जम्मा गर्ने भाँडो हो । यो कण्टेनर भरिएमा यसलाई १ बर्षसम्म सम्भव भएमा घाम लागेको स्थानमा फोहर कम्पोष्टमा परिणत नहोउन्जेल भण्डारण गर्नुपर्दछ । १ बर्षपछि कम्पोष्टलाई खेत, बगैंचा वा गमलाको विरुवामा राख्न सकिन्छ । एउटा परिवारलाई दिशा जम्मा गर्न धेरै ठूला कण्टेनरहरु चाहिन सक्छन् । यो नेपालमा प्रयोग गर्न गाह्रो हुन्छ ।
  • प्रत्येक चोटी बाल्टिनलाई खालि गरेपछि रोगका किटाणुहरु मार्न क्लोरिन मिसाइएको पानीले यसलाई सफा गर्नुपर्दछ ।
  • चर्पी प्रयोगमा नभएको बेलामा बाकसको ढक्कन बन्द गर्नुपर्दछ । यसले दुर्घन्ध घटाउँदछ ।


यस्तो किसिमको कम्पोष्ट चर्पी मर्मत सम्भार गर्न मिहेनत गर्नुपर्दछ । तर राम्रोसँग प्रयोग गरिएमा समूदायहरुका निम्ति धेरै ठाउँ प्रयोग नगरिकनै मानव मलमूत्र ब्यवस्थापन गर्ने र त्यसबाट मूल्यवान उत्पादन समेत बनाउने यिनिहरु महत्वपूर्ण उपाय हुन् ।

शहरी क्षेत्रका लागि कम्पोष्ट चर्पी

धेरै मानिसहरु बस्ने ठाउँमा दिशा पिसाव पनि बढी नै हुन्छ ।

चर्पीमा बसिरहेको एक बालक

हाइटीमा रहेको Sustainable Organic Integrated Livelihoods (SOIL) नामक एक समूहले फोहरलाई श्रोतमा परिणत गर्न शहरी समूदायमा काम गर्दछ । यसले एक कार्यक्रम गर्छ जसमा न्यून शुल्क तिरेर चर्पी भाडामा लिइन्छ र प्रत्येक घरबाट हप्तैपिच्छे संकलन गरिन्छ । दिशालाई कम्पोष्टमा परिणत गरिने ठाउँसम्म ओसारेर मल भएपछि विक्रि गरिन्छ र खाद्यान्न उत्पादनमा प्रयोग गरिन्छ ।

SOIL को धेरैजसो काम मानिसहरुलाई कम्पोष्ट चर्पीको सुरक्षाको बारेमा शिक्षा दिनु हो । उनीहरुले यसो गर्दा ब्यवहारिक प्रयोग गरेर देखाउँछन् । मानिसहरु आफैंले दिशाबाट कम्पोष्ट बनेको देखेपछि यस्तो मल बनाउन उत्सुक हुन्छन् ।

समूदायमा सबैको लागि चर्पी उपयोगी हुनुपर्ने

चर्पीको प्रयोग गर्न केले सजिलो बनाउन सक्छ भन्ने बारेमा थाहा पाउन चर्पी प्रयोग गर्न खोज्ने सबैसँग कुरा गर्नुहोस् । यस चित्रमा पाङ्ग्रेमेच (wheelchair) चढ्नेहरुका लागि चर्पीलाई अनुकुलित बनाउने उपाय देखाउँदछ ।

 पाङ्ग्रेमेचमा रहेकी महिला उनकै निम्ति अनुकुलित बनाइएको चर्पीघर भित्र
भित्रपट्टी पाङ्ग्रेमेच ठिक्क हुने गरि छेकवार चौडा हुनुपर्छ
सहयोग चाहिएको बेलाको लागि घण्टी वा आवाज निकाल्ने केही चिज
बस्नलाई सजिलोको लागि पिठ्युँको आड
पाङ्ग्रेमेचबाट चर्पीमा जान सजिलोका लागि हातले समात्ने डण्डी
चर्पीको seat र पाङ्ग्रेमेच एउटै उचाइमा (सतहमा)
सहज पहुँचका लागि बाहिरपट्टि खुल्ने चौडा ढोका
तान्ने डोरी भएको ढोकाको ह्यान्डल
चर्पीसम्मको बाटो सम्याइएको र घरबाट सजिलै जान सकिने किसिमको
शारिरिक असक्षमता भएको ब्यक्तिलाई पनि गोपनियताको आवश्यकता हुन्छ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८