Hesperian Health Guides

पानी र सरसफाई

यस परिच्छेदमाः

 woman carrying an infant, a bag, and a water jug

जीवनको लागि पानी महत्वपूर्ण छ । मानिस, जनावर र वनस्पति सबैलाई पानी चाहिन्छ । सफा र पर्याप्त पानी नभएका समूदायहरुमा धेरै स्वास्थ्य समस्याहरु निम्तिन्छन् ।

  • पानीबिना अन्न र फलफूल उत्पादन गर्न सकिन्न र कुपोषण एवं यससँगै हुने अन्य स्वास्थ्य समस्याहरु देखिन्छन् ।
  • मानिसहरु सफा रहनको लागि पानी भएन भने आँखा र छालाका संक्रमणहरु हुन्छन् । मानिसहरु सफा नबस्दा अन्य रोगहरु पनि धेरै छिटो फैलिन्छन् । नेपालमा आँखाको ट्रकोमा फोहर पानीको कारणले हुन्थ्यो । अहिले निर्मूल भएको छ ।
  • घर नजिकै पानी नभए महिला र बालबालिकाले टाढाबाट पानी ल्याउन धेरै समय खर्च गर्छन् । यसले गर्दा बालवालिकालाई विद्यालय जान समय हुँदैन ।

पिउनका लागि सुरक्षित पानी

प्रशस्त पानीका अतिरिक्त मानिसलाई पिउनका लागि सुरक्षित र सफा पानी पनि चाहिन्छ । दुषित पानीले गर्दा निम्न समस्याहरु हुन्छन्ः

NWTND was Page 17-1.png
  • हेपाटाइटिस ए, टाइफाइड ज्वरो ।
  • हैजा र झाडापखाला, जसले गर्दा जलवियोजन हुन्छ र विशेषगरी बालबच्चाको ज्यान पनि लिन सक्छ ।
  • Schistosomiasis जस्ता संक्रमणहरुले रक्तअल्पता र कुपोषण गराउँछ ।


पानीलाई सुरक्षित बनाउने विभिन्न तरीकाहरु तल वर्णन गरिएका छन् । समूदायमा पानी प्रदुषित हुनबाट जोगाउन वा अभाव हुन नदिन विभिन्न काम गर्न सकिन्छ ।

सुरक्षित पानीको यथेष्ट उपलब्धता भएमा बालबच्चाहरु स्वस्थ भएर हुर्कन्छन् र झाडापखाला जस्ता रोग पनि कम हुन्छन् ।


पानीको संकलनr

सम्भव भएसम्म सफा ठाउँबाट पानी ल्याउनुपर्दछ । नदीबाट पानी संकलन गर्दा मूहानतिरबाट संकलन गर्नुपर्दछः

खेत र गाउँको किनाराबाट बग्ने नदीमा रहेका दिशा गरिरहेको गाई, फोहरमैला, लुगा धोइरहेको ब्यक्ति
रासायनीक विषादी वा रासायनीक मल प्रयोग हुने खेत
मानिस र जनावरहरुले दिशापिसाव गर्ने ठाउँ
मानिसहरुले नुहाउने वा भाँडाकुँडा वा लुगाकपडा पखाल्ने ठाउँ
घरबाट आउने कुनै प्रदुषण (फोहरमैला, ग्याँस वा तेल


आकाशे पानी संकलन

 आकाशे पानी संकलनका लागि छानासँगै अड्याइएका बाँसका टुक्राहरु

छानाबाट जम्मा पारेर घरसँगै राखिएका कण्टेनरहरुमा आकाशे पानी संकलन गर्न सजिलो हुन्छ । जस्ता वा धुरी खाल्डो भएको (नालीदार) धातुबाट बनेका छाना पानी संकलन गर्न उत्तम हुन्छन् । पिउनको लागि पानीलाई सुरक्षित बनाउन प्रशोधन गर्नुपर्दछ (तल हेर्नुहोस्) किनकी फोहर वा चरा वा अन्य जनावरहरुको दिशापिसावबाट छानामा रोगका किटाणुहरु हुन सक्दछन् । सिसा, एस्वेस्टस वा अलकत्राले बनेको छानामा विशाक्त रसायनहरु हुने भएकोले तिनबाट जम्मा गरिएको पानी पिउनका लागि असुरक्षित हुन्छ । पानी जम्मा पार्ने ट्याङ्की सफा हुनुपर्छ । यसमा कहिले पनि कुनै पनि रसायन हालिएको हुनुहुँदैन । नेपालमा अहिले केही गाउँहरुमा आकाशे पानी संकलन गर्ने कार्यक्रम चलेको छ ।

पिउनका लागि पानीलाई सुरक्षित बनाउने तरिका

पानीलाई पिउनका लागि सुरक्षित बनाइसकेपछि झाडापखालाबाट बच्न सकिन्छ । पाइप, ट्याङ्की वा इनारको पानी सफा जस्तो देखिए पनि त्यो प्रदुषित भएको हुनसक्छ र तसर्थ प्रशोधन गरेर सफा बनाएर मात्र पिउनुपर्छ ।

प्रत्येक समूदायले पानी प्रशोधनको कुन उपाय अपनाउने भनी निर्णय लिन कति पानी चाहिन्छ, केबाट यो प्रदुषित छ र कस्ता स्रोतहरु उपलब्ध छन् भन्ने बारेमा बिचार पुर्याउनुपर्दछ । तल दिइएको चार्टले तपाईंको क्षेत्रमा साझा रुपमा देखिने कुनै विशेष समस्या तपाईंलाई थाहा भएमा कुन विधि प्रयोग गर्ने भन्ने बारेमा निर्णय लिन मद्दत गर्दछ । तपाईंले प्रयोग गरेको विधि मौसम अनुसार वा स्थान अनुसार परिवर्तन हुनसक्छ । उदाहरणको लागि घरमा तपाईं एउटा विधिको प्रयोग गर्नुहुन्छ र खेतमा काम गर्दा अर्को विधिको ।

समस्या पानी छान्ने प्रक्रिया (फिल्टर विधि) निसंक्रमण गर्ने विधि
कपडा फिल्टर कोइलाको फिल्टर उमाल्ने क्लोरिन सूर्यको प्रकाश कागती वा निम्वुको रस
भाइरसहरु (हेपाटाइटिस ए र टाइफाइड जस्ता)
NWTND was Page 19-1.png
NWTND was Page 19-1.png
NWTND was Page 19-1.png
ब्याक्टेरिया (सिजेला र इ. कोली जस्ता)
NWTND was Page 19-1.png
NWTND was Page 19-1.png
NWTND was Page 19-1.png
NWTND was Page 19-1.png
अमिवाहरु
NWTND was Page 19-1.png
NWTND was Page 19-1.png
Giardia
NWTND was Page 19-1.png
NWTND was Page 19-1.png
NWTND was Page 19-1.png
NWTND was Page 19-1.png
Cryptosporidia
NWTND was Page 19-1.png
NWTND was Page 19-1.png
हैजा
NWTND was Page 19-1.png
NWTND was Page 19-1.png
NWTND was Page 19-1.png
NWTND was Page 19-1.png
NWTND was Page 19-1.png
NWTND was Page 19-1.png
यस चार्टमा विभिन्न विधिहरुले कुन किटाणु र परजीविलाई मार्दछ भनी देखाइएको छ । पानीको थोपाको मतलव रोगका किटाणु मार्नमा उक्त विधि प्रभावकारी छ भन्ने हो ।


कुनै ठाउँमा पानीजन्य रोगहरुको धेरै कारण भएमा राम्रो समाधान भनेको दुईवटा विधिहरुः फिल्टर र निसंक्रमण दुवैलाई प्रयोग गर्नुपर्छ ।

पानी छान्ने प्रक्रिया (फिल्टर गर्ने विधि)

पानीलाई छान्ने धेरै उपायहरु छन् । कपडाको फिल्टर र कोइलाको फिल्टरको बारेमा तल वर्णन गरिएको छ । वालुवाको फिल्टर र सेरामिक फिल्टर जस्ता अन्य प्रकारका फिल्टरहरुको बारेमा वातावरणीय स्वास्थ्यः सामूदायीक मार्गदर्शन को परिच्छेद ६ मा वर्णन गरिएको छ ।

पानी सफा छैन भने पहिला पानीलाई केही घण्टा कण्टेनरमा थिग्रन दिनुपर्छ जसले गर्दा फोहर र ठोस पदार्थहरु कण्टेनरको पिंधमा बस्दछन् । अनि सफा पानीलाई फिल्टरमा खन्याउनुपर्दछ । त्यसपछि कण्टेनरलाई सफा गर्नुपर्दछ ।

कपडाको फिल्टर

वंगलादेश र भारतमा पिउने पानीबाट हैजाका किटाणुहरु हटाउन राम्रोसँग बुनिएको (finely woven) कपडाबाट बनेका फिल्टर पनि प्रयोग गरिन्छ । कपडाको फिल्टर रुमाल, सनपाटबाट बनेको कपडा (linen) वा धोती बनाउन प्रयोग हुने कपडाबाट बनाउन सकिन्छ । पुरानो सफा कपडाको प्रयोग गर्नु ठीक हुन्छ किनकी पुरानो फाइवरले बुनाइको बिचको खाली भागलाई सानो बनाउँछ र फिल्टर गर्नको लागि राम्रो हुन्छ ।

दुईजना महिलाहरु कपडा राखिएको घैंटोमा खन्याएर पानी छान्दै
  1. ठोस पदार्थहरु फेदमा जाउन् भनेर पानीलाई कण्टेनरमा थिग्रन दिनुपर्छ ।
  2. कपडालाई ४ पटकसम्म दोब्य्राउनुहोस् र अर्को कण्टेनर वा घैंटोको मुखमा यसलाई फिँजाउनुहोस् वा बाँध्नुहोस् ।
  3. पहिलो कण्टेनरबाट कपडा राखिएको दोस्रो कण्टेनर वा घैंटोमा विस्तारै पानी खन्याउनुहोस् ।
  4. कपडाको प्रयोग गरिसकेपछि त्यसलाई धोएर घाममा सुकाउनुपर्दछ । यसले कपडामा रहेको किटाणु मार्दछ । वर्षायाममा भने स्त्री लगाउन सकिन्छ ।

कोइलाको फिल्टर (Charcoal filter)

 कोइला फिल्टरमा पानी खन्याउँदै गरेको
पानी छान्ने वाल्टिन
खालि भाग (१० से. मी.)
वालुवा
८ से. मी. कोइला
५ से. मी. वालुवा
वाल्टिन थाम्नका लागि लट्ठीहरु
स्वच्छ पानी जम्मा हुने वाल्टिन]

कोइलाको फिल्टर बनाउनका लागि २ वटा सफा धातुको वा प्लाष्टिकको बाल्टि, एउटा हतौडा, १ वा २ ठूला किला, १ वाल्टीभरी माटो वालुवा, र १/४ वाल्टी काठको कोइला चाहिन्छ ।

  1. एउटा वाल्टिको पिंधमा प्वालहरु बनाउने । वाल्टिलाई धुने । यो पानी छान्ने वाल्टी हो ।
  2. वालुवालाई पानीमा भिजाएर पखाल्ने र पखालेको पानी सफा नहुन्जेलसम्म पखाल्ने ।
  3. पखालेको वालुवाको तह ५ से. मी. मोटाइ जति पानी छान्ने वाल्टीमा हाल्ने र त्यसमाथि पानी खन्याउने । प्वालहरुबाट पानी बाहिर जाने हुनुपर्छ । पानी कत्ति पनि नछिरेमा प्वालहरु केही ठूला बनाउनुपर्छ । यदि वालुवा नै वगेमा प्वालहरु ठूला भएका हुन सक्छन् । त्यसो भएमा वालुवालाई निकालेर पातलो कपडा राखेर त्यसमाथि फेरी वालुवालाई राख्ने ।
  4. कोइलालाई सानो सानो टुक्रा बनाउने । Activated charcoal (अधिशोषी शक्ति बढाउनका लागि सक्रिय पारिएको कोइला, क्रियाशिल कोइला) ले राम्रोसँग काम गर्छ, तर साधारण काठको कोइलाको पनी प्रयोग गर्न सकिन्छ । व्रिकेट कोइलाको प्रयोग भने कहिल्यै पनि गर्नुहुँदैन, तिनिहरु विष हुन् !
  5. वाल्टिनको वालुवा माथि फुटाएर सानो सानो टुक्रा बनाइएको कोइलाको ८ से. मी. तह थप्ने । त्यसपछि वाल्टीनमा थप पखालेको वालुवा वाल्टिनको माथि १० से. मी. खाली रहने गरी भर्ने ।
  6. दोस्रो वाल्टिनमाथि दुईवटा लट्ठीहरु राख्ने र पानी छान्ने वाल्टीनलाई यि लट्ठीहरुमाथि राख्ने । सफा पानीलाई पानी छान्ने वाल्टीनमा खन्याउने । तलको पानी जम्मा हुने वाल्टिनमा स्वच्छ पानी आएमा फिल्टर प्रयोग गर्नलाई तयार हुन्छ ।
  7. पानीलाई फिल्टरमा खन्याउनुपूर्व थिग्रिन दिने ।

फिल्टरमा छानिएका रोगका किटाणुहरु कोइलामा विकसित हुने भएकोले दैनिक फिल्टर प्रयोग भएमा हप्ता जतिमा कोइलालाई निकालेर सफा गर्नुपर्छ । कोइलालाई सफा गर्नका लागि त्यसलाई फिल्टरबाट बाहिर निकालेर पानी हाल्नुपर्छ । यसलाई पारिलो घाममा सुक्न दिनुपर्छ । त्यसपछि पुनः कोइलालाई फिल्टरमा राख्नुपर्छ ।

फिल्टर गरिसकेपछि उमालेर, क्लोरिन मिसाएर वा सूर्यको प्रकाश बाट पानीलाई निसंक्रमित पार्नु राम्रो हुन्छ ।

पानीलाई कसरी संक्रमण रहित गर्ने

NWTND was Page 23-1.png
१ मिनेटसम्म पानीलाई उम्लन दिने । हिमाली क्षेत्रतिर पानीलाई ३ मिनेटसम्म उम्लन दिनुपर्छ ।

पानी उमाल्ने

पानीलाई १ मिनेटसम्म भकभक उम्लन दिने । हिमाली क्षेत्रतिर पानीलाई ३ मिनेटसम्म उम्लन दिनुपर्छ ।

कसैकसैले आगोमा उमालेको पानीमा केही गन्हाउँछ भन्छन् । स्वाद मन नपरेमा उमालिसकेपछि चिसो पारि बोतलमा हल्लाएर खाए हुन्छ । हल्लाउनाले पानीमा हावा मिसिएर स्वाद राम्रो हुन्छ ।

खाना पकाइसकेपछि आगो निभ्नुभन्दा अघि पानी उमाल्नाले दाउराको प्रयोगमा कमी आउँछ ।

क्लोरिन

पानी सफा पारेर खानयोग्य बनाउँदा पानी कति फोहर छ त्यो अनुसार क्लोरिन प्रयोग गरिन्छ । पानीमा जती वढी रोगका किटाणुहरु हुन्छन्, तिनलाई मार्न त्यती नै वढी क्लोरिन चाहिन्छ । ठिक्क मात्राको प्रयोग भएमा पानीमा केही गन्ध आउँछ । यसको मतलव यो पिउनका लागि सुरक्षित छ भन्ने हो । तर धेरै क्लोरिन हाले पानी मिठो हुँदैन ।

क्लोरिन विभिन्न मात्राको गाढापनको हुने गर्दछ । तल दिइएको मात्राले ५ प्रतिशत क्लोरिनयुक्त घरायसी bleach (सोडिएम हाइपोक्लोराइट) को प्रयोग गरेर पानीलाई किटाणुरहित कसरी गर्ने बारे देखाउँछ । तपाईंसँग भएको bleach मा कति प्रतिशत क्लोरिन छ भनी जान्न त्यसको लेवल पढ्नुपर्दछ । यदि bleach मा ३ प्रतिशत क्लोरिन भएमा वढी प्रयोग गर्नुपर्ने हुन्छ । तपाईंसँग भएको bleach को लेवलमा पानी निसंक्रमण गर्ने निर्देशनहरु भएमा त्यसमा भनिए अनुसार नै गर्नुपर्दछ । सावुन (soap) वा सुगन्ध (perfume) मिसाइएको bleach को प्रयोग गर्नुहुँदैन ।

पानी धमिलो भएमा वा त्यसमा धेरै ठोस पदार्थहरु भएमा क्लोरिन मिसाउनुअघि पानीको फिल्टर गर्नुपर्दछ ।

पानी ५ प्रतिशत bleach मिसाउने
१ लिटर वा ग्यालनको १ चौथाईको लागि
NWTND was Page 23-2.png
NWTND was Page 23-3.png २ थोपा
१ ग्यालन वा ४ लिटरको लागि
NWTND was Page 23-4.png
NWTND was Page 23-5.png ८ थोपा
५ ग्यालन वा २० लिटरको लागि
NWTND was Page 23-6.png
NWTND was Page 23-7.png १/२ चियाचम्चा
२०० लिटर वा १ घ्याम्पो (ब्यारेल)
NWTND was Page 23-8.png
NWTND was Page 23-9.png ५ चियाचम्चा

ठीक मात्राको क्लोरिन पानीमा मिसाइसकेपछि राम्रोसँग चलाउने र ३० मिनेट यसै छोड्ने । पिउनुभन्दा अघि चलाएर पिउनुपर्छ ।

NWTND was Page 24-1.png

सूर्यको प्रकाश

सूर्यको प्रकाशबाट पनि पानी सफा गर्न सकिन्छ । गर्मीको समयभन्दा जाडोको समयमा बढी घाममा राख्नुपर्छ ।

घाममा राख्नुअघि पानीलाई पहिले फिल्टर गरे पानी छिट्टै सफा हुन्छ । प्लाष्टिक वा सिसाको वोतललाई आधा जति पानी भरेर २० सेकेण्डसम्म हल्लाएपछि यसले हावाको फोकाहरु थपिन्छ र जसले गर्दा पानी केही छिटो सफा हुन्छ । त्यसपछि वोतल पुरै भरेर छायाँ नपर्ने ठाउँमा र मानिस र जनावरहरुले असर नगर्ने ठाउँहरु जस्तोकी घरको छानामाथि राख्नुपर्दछ । वोतललाई पुरै घाम लागेको भए कम्तिमा ६ घण्टासम्म राख्ने वा मौसम वादल लागेको जस्तो भएमा २ दिनसम्म राख्नुपर्दछ ।

 एक लिटर पानी र काटिएको कागतीका २ भाग
१ लिटर पानीमा १ निम्वु वा कागतीको प्रयोग गर्नुहोस्

कागती वा निम्वुको रस

१ लिटर पिउने पानीमा कागती वा निम्वुको रस मिसाएर ३० मिनेटसम्म राख्ने । रसमा भएको अम्लले धेरैजसो हैजाका किटाणुहरु र केही अन्य किटाणुहरु समेतलाई मार्दछ । यसले सबैथरिका किटाणु त मार्दैन । तर केही पनि प्रशोधन/उपचार नगर्नुभन्दा यो राम्रो हुन्छ विशेषगरी हैजा प्रभावित क्षेत्रमा ।

पानीको सुरक्षित भण्डारण

पानी फिल्टर र निसंक्रमित गरिसकेपछि यसलाई सुरक्षित तवरले राख्नुपर्छ । टुटे फुटेको ट्याङ्कीमा राखिएको पानी सुरक्षित हुँदैन । त्यसैगरी खुकुलो (loose), राम्रोसँग नबनाइएको वा ढक्कन नभएको कण्टेनरहरुमा राखिएको पानी पनि छिट्टै प्रदुषित हुन्छ ।

खुला ट्याङ्कीको तुलनामा पानी भण्डारण गर्न ढाकीएको ट्याङ्की र घरको छतमा राखिएको ट्याङ्कीहरु सुरक्षित हुन्छ ।

किनकी ढाकिएको (वन्द गरिएको) कण्टेनरहरुमा लामखुट्टे र अन्य किराहरु पस्न सक्दैनन् ।

भण्डारण गरिएको बेलामा पानी प्रदुषित हुनबाट रोकथाम गर्नका लागिः

लामो ह्यान्डल भएको ठूलो चम्चा राखिएको पानीको कन्टेनर
  • कन्टेनरको मुख नछोइकनै पानी खन्याउनुहोस् वा सफा लामो ह्यान्डल भएको ठूलो चम्चा (dipper) ले कण्टेनरबाट पानी निकाल्नुपर्छ ।
  • प्रत्येक २-३ हप्तामा कण्टेनरलाई खाली गरेर तातो पानीले सफा गर्नुपर्दछ ।
  • कण्टेनरहरुलाई छोपेर राख्नुपर्छ र पिउने गिलासहरु पनि सफा राख्नुपर्दछ ।
  • विषादी वा विषाक्त रसायनहरुका लागि प्रयोग भएका कण्टेनरहरुमा कहिल्यै पनि पानी भण्डारण गर्नुहुँदैन ।
  • छोटो समयको प्रयोगको लागि सम्भव भएमा चाहिएकोभन्दा वढी पानी प्रशोधन गर्नुहुँदैन । पिउन र खाना पकाउनका लागि सामान्यतयाः एक दिनमा प्रति ब्यक्ति ५ लिटर पानी चाहिन्छ ।
NWTND was Page 25-2.png सानो मुख भएको कण्टेनर (घैंटो) लाई छोपेर राखेमा बाहिरका किरा, फट्याङ्ग्रा पस्दैनन् र पानी सुरक्षित हुन्छ ।

सबैका लागि पानी

प्रशस्त पानी भएपछि पिउने, नुहाउने, लुगा धुने काम सहजै गर्न सकिन्छ र स्वस्थ रहन सकिन्छ । यसको मतलव हाम्रो स्वास्थ्य सम्वन्धि अधिकार (हक) मा पानी सम्वन्धि अधिकार (हक) पनि पर्दछ । पानीका श्रोतहरु संरक्षण गर्न र पानीलाई सुरक्षित बनाउन सबैको प्रयास हुनुपर्छ ।

सरकार र समूदायले पानी प्रणालीको संरक्षण, सुधार र विस्तारको लागि काम गर्नुपर्दछ ताकी जनताले पर्याप्त पानी पाउन सकून् । नेपालमा अहिले निजी ब्यापारीले धेरै पैसा लिएर पानी बेच्छन् । तर त्यो पानी सफा पनि हुँदैन । गाउँघरमा यदि पानीको राम्रो स्रोत छ भने ब्यापारीलाई त्यो दिनुहुँदैन । मानव जाति र वातावरणलाई स्वस्थ राख्नको लागि हामीलाई सार्वजनिक पानी प्रणाली चाहिन्छ जसले सबैलाई पिउनका लागि सुरक्षित पानी उपलब्ध गराउँदछ । सफा पानीको प्रयोग गर्न पाउनु सबैको अधिकार हो । तर सबैजनाले पानीको संरक्षण गर्नु पनि आफ्नो कर्तब्य हो भनी बिचार गर्नुपर्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८