Hesperian Health Guides

खानेकुराको तयारी र भण्डारण

यस परिच्छेदमाः

पानीको ठूलो कचौरामा राखिएका तरकारीहरु

हामीले खाएको खानेकुराबाट शरिरमा प्रवेश गरेका किटाणुबाट रोग सर्न सक्दछ । खानेकुराको माध्यमबाट रोग हुन नदिनको लागिः

  • खानेकुरा छुनु वा पकाउनु अघि हात धुनुपर्छ ।
  • खानुअघि मासुजन्य पदार्थहरु राम्रोसँग पकाएर पकाएको ठाउँ सफा गर्नुपर्छ ताकि रोगका किटाणुहरु नपकाएको मासुबाट पहिले नै पकाइसकिएको खाना वा काँचै खाइने खानेकुरामा नसरुन् ।
जालीले छोपेर प्लेटमा राखिएको माछा
  • फलफूल र तरकारीलाई खानुअघि पखाल्नुहोस् वा ताछ्नुहोस् अथवा राम्रोसँग पकाउनुहोस् । यसले तिनिहरु उत्पादन भएको माटोमा भएका सुक्ष्म किटाणु मार्दछ ।
  • तयार भइसकेको खानेकुरालाई छोपेर राख्नुहोस् र खानको लागि तयारी नहोउन्जेल झिँगा र फोहरबाट सुरक्षित राख्नुहोस् ।
  • बजारबाट किनेका खानेकुराहरु वा बाहिर राखिएका कुनै पनि खानेकुराहरुलाई राम्रोसँग तताउनुहोस् ।
  • खानेकुराहरुलाई मुसाहरुबाट सुरक्षित हुने गरि राख्नुहोस् ।
  • खाना पकाउने ठाउँलाई सफा राख्नुहोस् । भाँडाकुँडा र काट्ने सामग्रीहरु प्रत्येक चोटीको प्रयोगमा धोएर सुख्खा हुन दिनुपर्छ ।
माटोको चिस्याउने भाँडोभित्र चिसो पारेर राखिएको खानेकुरा
  • खेर गएको खानेकुरा घरपालुवा जनावरलाई खुवाउनुपर्छ वा तिनलाई कम्पोष्ट विनमा हालेर मल बनाउनुपर्छ । यसले गर्दा फोहर हुँदैन ।
  • विग्रिनबाट जोगाउन खानालाई चिसोमा (जस्तै फ्रिजमा) राख्नुहोस् ।


दुईवटा फरक आकारका माटोका भाँडाहरुको प्रयोग गरेर चिस्याउने भाँडो बनाउन सकिन्छ । एउटा भाँडो अर्कोभित्र हालेर दुवैको बिचको खालि भागमा कसिने गरी बालुवा भर्नुपर्दछ । दिनको दुई पटक पानी हालेर वालुवालाई चिसो पार्नुपर्छ । चिसो पार्न चाहेको खानेकुरालाई सानो भाँडोमा राखेर भाँडाहरुलाई बन्द गर्नुपर्छ । आजकल प्रायः फ्रिजको प्रयोग गरेर खानालाई बिग्रनबाट बचाइने भएकोले यो बनाईंदैन ।

झिंगाबाट खानेकुरालाई जोगाउन

प्लेटभरी खानामाथि झिँगाहरु भन्केको झिँगाहरुले मानिस र जनावरको मलमूत्रमा बसेर र त्यसपछि खानेकुरामा बसेर सूक्ष्म किटाणुहरु सार्छन् । यसबाट बच्न खानेकुरालाई छोप्नुहोस् र भिँगे पासो (fly traps) बनाउनुहोस् । आजकल बजारमा झिँगा मार्ने औषधि पाइन्छ । औषधिलाई प्लेटमा हालेर कुना कुनामा राख्दा झिँगाले औषधि खाएर मर्छ । झिँगा नआओस् भनेर ठाउँलाई सफा पनि राख्नुपर्छ ।

झिँगे पासो बनाउने तरिका


     बाहिर राखिएको माछाको कंकाल सहितको झिंगे पासो
    झिँगाहरु कम गर्न भिँगे पासोलाई शौचालयको नजिक र खाना तयार गर्ने ठाउँमा राख्नुपर्दछ ।
  1. कागजलाई टेप वा गमले टाँसेर खुला सोली/शङ्कु (cone) जस्तो बनाएर त्यसलाई जार वा बोतलभित्र फिट गर्नुहोस् ।
  2. बोतलको वरीपरिको खुला भागलाई बन्द गर्नुहोस् ताकी कोन र बोतलको बिचमा खालि भाग नरहोस् ।
  3. डोरीको सहायताले वोतल झुण्ड्याउनुहोस् वा जमिनमा गाडिएको लट्ठिमा ठोक्नुहोस् ।
  4. फलफूल, माछा वा अन्य केहि चारोहरु पासो मुन्तिर राख्नुहोस् । झिँगाहरु खानेकुरामा बस्दछन् र त्यसपछि कोन भित्रपट्टि उडेर वोतलतिर जान्छन् ।
  5. पासो खालि गर्नको लागि यसलाई माथिपट्टि फर्काउनुहोस्, कोन हटाउनुहोस्, झिँगाहरु मरेको सुनिश्चित हुनको लागि पानीले भर्नुहोस् र त्यसपछि त्यसलाई बाहिर गाड्नुहोस् ।



यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८