Hesperian Health Guides

हात धुने काम

यस परिच्छेदमाः

साबुन पानी वा सफा खरानी पानीले हात धुँदा धेरै रोगबाट बच्न सकिन्छ । हातहरु सफा नै देखिएता पनि किटाणु र किराका अण्डाहरु हातमा टाँसिएका हुन सक्छन् र खाना खाँदा पेटमा गएर अनेक रोग लगाउन सक्छन् ।

 पाइपबाट हातमा पर्दै गरेको पानी १. पानीले हात धुनुपर्छ ।
 साबुन लगाएको हात माड्दै

२. साबुनको प्रयोग गरेर हात माड्नुपर्छ । यसरी माड्नाले किटाणुहरुलाई मार्दछ । औंलाहरुको बिचमा र नङ वरपर पनि सफा गर्नुपर्छ ।

पाइपबाट हातमा पर्दै गरेको पानी

३. अनि सफा पानीले हात राम्रोसँग पखाल्नुपर्छ ।
कपडाले हात पुछ्दै
४. सफा कपडाले पुछ्नुपर्छ ।
बच्चालाई हात धुनका लागि पानी खन्याउँदै गरेको पुरुष


मयल र किटाणुहरु हटाउनको लागि साबुनको प्रयोग गर्नु उत्तम हुन्छ । साबुन उपलब्ध नभएको खण्डमा सफा खरानीको प्रयोग गर्न सकिन्छ ।

यि अवस्थामा सधैं हात धुनुपर्दछः

  • दिशा गरेपछि वा बच्चाको दिशा धोएपछि ।
  • खाना बनाउनु वा खानु अघि ।
  • पशुलाई छोएपछि ।
  • हातले मुख छोपेर हाच्छ्युँ गरेपछि वा खोकेपछि ।
  • विरामी मानिसलाई छोएपछि ।

तपाईंको स्वास्थ्य तपाईंकै हातमा छ । हात सफा राख्नुहोस् ।


Tippy-tap

साधारण प्रकृतिको यस हात धुने उपकरणले थोरै पानीको प्रयोग गरी हात धुन सकिन्छ । यसले हातमा पानी परिरहँदा दुवै हातहरु सँगसँगै माड्न पनि सहज बनाई किटाणुहरु हटाउन मद्दत गर्छ । यसलाई खाना बनाउने ठाउँमा, शौचालयमा वा बजारमा राख्नुपर्दछ ।

Tippy-tap कसरी बनाउने

यो बनाउनका लागि १) सोडाको बोतल जस्तै विर्को लगाउने ठाउँमा पेच (screw-on cap) भएको एक प्लाष्टिकको बोतल र २) डट्पेनको ट्युब वा अरु कुनै सानो सानो कडा खाली ट्युब चाहिन्छ ।

१. ट्युबलाई सफा गर्नुपर्छ ।
EHB Ch5 Page 58-4.png
प्लाष्टिकको बोतल र ट्युब
२. जोडले तताइएको तारबाट बोतलको तल्लो भागमा सानो प्वाल बनाउनुहोस् ।
३. डट्पेनको भित्रपट्टिको ट्युबलाई हटाएर सफा गर्नुहोस् । यसलाई तिखो हुने गरी काटेर बोतलको प्वालभित्र छिराउनुहोस् । त्यो ट्युब कसिने गरी मिल्नुपर्छ ।
४. बोतलमा पानी भरिसकेपछि विर्को लगाउनुहोस् । विर्को कस्सिएमा ट्युबपट्टि पानी बग्दैन । विर्को खुकुलो भएमा पानी विस्तारै बग्छ । मानिसहरुले यसलाई हात धुनको लागि प्रयोग गर्न सक्ने ठाउँमा राख्नुहोस् । नजिकै साबुन राख्नुहोस् वा बोतलमा साबुनको । बाँध्नुहोस् । प्लाष्टिक बोतलको तलपट्टि भएको प्वालमा ट्युब छिराइएको ५. Tippy-tap को प्रयोग गर्नः विर्कोलाई पानी वग्न मिल्नेसम्म खुकुलो पार्नुहोस् । हात भिजाइसकेपछि साबुन लगाउनुहोस् र दुवै हातलाई दलेर सफा नहुन्जेल पानीले पखाल्नुहोस् । हात धोइसकेपछि विर्को बन्द गर्नुहोस् । तयार भएसकेको tippy-tap बाट पानी खन्याएर हात धुँदै गरेको



यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८