Hesperian Health Guides

बन्ध्याकरण, शल्यक्रिया

यस परिच्छेदमाः

सन्तानको रहर पुगिसकेकाहरुको लागि बन्ध्याकरण सुरक्षित छ । यो महिला र पुरुष दुवैका लागि सामान्य शल्यक्रिया हो । नेपालमा यस्तो शल्यक्रिया निःशुल्क छ । स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस् । तर बन्ध्याकरणले एच. आई. भी. लगायतका यौनप्रसारित संक्रमणका बिरुद्ध सुरक्षा गर्दैन ।

महिलाहरुमा गरिने शल्यक्रियालाई tubal ligation भनिन्छ, जसको अर्थ डिम्ववाहिनी नलीलाई बाँधिन्छ । एउटा विधिमा तल्लो पेटमा सानो प्वाल बनाई डिम्वासय (जहाँ डिम्व उत्पादन हुन्छन्) बाट निस्केका नलिहरुलाई काटेर बाँधिन्छ । यसलाई डाक्टरले अस्पताल वा स्वास्थ्य केन्द्रमा महिलालाई वेहोश नपारिकनै गर्दछन् । यस शल्यक्रियाले महिलाको महिनावारी चक्र वा यौन क्षमतामा कुनै असर गर्दैन र बरु यौन सम्पर्कलाई झनै आनन्ददायी बनाउँछ किनकी उनले गर्भ रहन सक्ने बारेमा चिन्ता लिनुपर्दैन ।

पुरुषहरुमा गरिने शल्यक्रियालाई भ्यासेक्टोमी भनिन्छ । पुरुषलाई वेहोश नै नपारिकन अस्पताल वा स्वास्थ्य केन्द्रमा यसलाई सजिलै र छिट्टै गर्न सकिन्छ । महिलामा गरिने शल्यक्रियाभन्दा यो शल्यक्रिया अझै सुरक्षित एवं छिटो छ । यो क्रियामा अण्डकोषहरुलाई हटाइंदैन र पुरुषको यौनक्षमता वा आनन्दमा शल्यक्रियाको कुनै प्रतिकूल प्रभाव हुँदैन । पुरुषको वीर्य उति नै मात्रामा आउँदछ, तर त्यसमा शुक्रकीट भने हुँदैन ।

बन्ध्याकरण गरिने स्थान देखाइएको महिलाको शरिर ।
यहाँ बनाइएका साना प्वालहरु
बन्ध्याकरण गरिने स्थान देखाइएको पुरुषको शरिर ।
यहाँ साना प्वालहरु बनाइन्छन् ताकी पुरुषको अण्डकोषहरुबाट निस्केका नलीहरुलाई काटेर बाँध्न


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८