Hesperian Health Guides

महिला कसरी गर्भवती हुन्छिन्

यस परिच्छेदमाः

NWTND FP Page 4-1.png
विर्यः दशौ लाख शुक्रकीट भएको तरल पदार्थ जुन यो नलि हुँदै लिङ्गबाट निस्कन्छ
लिङ्ग
अण्डकोषहरुः पुरुषहरुले तिनका अण्डकोषहरुभित्र शुक्रकीट बनाउँछन्
NWTND FP Page 4-2.png
भगाङ्कुरः सम्वेदनशिल भाग जसलाई छुँदाखेरी आनन्द दिन्छ
मूत्रमार्गः जहाँबाट पिसाव बाहिर आउँछ
योनीको मुख
भगद्वार
मलद्वार
NWTND FP Page 4-3.png
डिम्वग्रन्थिहरुः करिव महिनामा एक पटक महिलाको डिम्वग्रन्थीहरु मध्येको एक ग्रन्थीले डिम्व निश्काशन गर्दछ
नलिः नलीको तलपट्टि डिम्व गएर गर्भाशय भित्र जान्छ
गर्भाशयः महिला गर्भवती हुँदा त्यहाँ शिशु विकसित हुन्छ
पाठेघरको मुख
योनी

यौन क्रियाकलापबाट चरमसुख प्राप्त भएपछि योनीभित्र वा त्यसको नजिक पुरुषको वीर्य स्खलन हुँदा लिङ्गबाट शुक्रकीट बाहिर निस्कि गर्भाशय र नलीहरुभित्र जान्छ । महिलाहरुको प्रजनन उर्वरा भएको समयमा महिलाको डिम्वसँग शुक्रकीटको भेट हुन्छ । यदि शुक्रकीटले डिम्वलाई गर्भाधान गरेमा त्यसपछि त्यो आफैं महिलाको गर्भाशयको भित्रि तहमा बस्दछ । यसलाई गर्भाधारण भनिन्छ । परिवार नियोजनको साधन प्रयोग गरेमा शुक्रकीट र डिम्वको मिलन हुन पाउँदैन र गर्भ रहँदैन ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८