Hesperian Health Guides

किन मानिसहरुमा मधुमेह वढी देखा पर्न थालेको छ ?

यस परिच्छेदमाः

मधुमेह र उच्च रक्तचाप जस्ता मुटु सम्वन्धि समस्याहरुले विशेष गरी धनी मुलुकहरुका जनतालाई असर गर्दथ्यो । अहिले न्यून आय भएका मुलुकहरुमा समेत यि समस्याहरु छन् । परम्परागत जिवन पद्धतीमा आएको परिवर्तन र परिवारको विघटन सँगै यि समस्याहरु आउँदछन् । पत्रु खाना, नयाँ रसायनहरु, अस्वस्थ जिवनशैली र कम ब्यायामले गर्दा तिनले मधुमेह र अन्य जीर्ण रोगहरुको जोखिम बढाइदिन्छन् । नेपालमा अहिले युवा अवस्थामा नै मधुमेह देखिने कारण नै अस्वस्थकर भोजन र हिंडाई एवं व्यायामको कमी हो ।

बसमा कुरा गरिरहेका दुई महिलाहरु ।
म घर पुगुन्जेल सधैं धेरै अवेर भइसक्छ, त्यसैले म त चाउचाउ लगेर नै बनाइदिन्छु । यसले खराबी गर्छ भन्ने थाहा छ, तर के गर्ने !
पत्रु खाना बेच्ने पशलबाट निस्कदैं गरेका दुई किशोरकिशोरीहरु ।
यसले मलाई टन्न बनाउँछ र धेरै खर्च पनि हुँदैन, हामीले यहाँ सधैं खान पाए पनि हुन्थ्यो !
अहिले शहरमा बसाइसराइ गरेपछि माइक्रोबस, ट्याम्पुको सुविधा छ, त्यसैले मानिसहरु धेरै हिंड्दैनन् । काम पनि धेरैजसो बसेर नै गर्छन् र खाना पनि पत्रु खाना खान्छन् ।
नौलो ठाउँ, नयाँ समस्याहरु

Ne NWTND Diab Page 8-3.png

दश वर्ष अघि कान्छा र सुन्तली सहरमा कामको खोजिमा गाउँबाट शहर आए । काम पाएपछि उनीहरुको जीवन अहिले सहज छ । सुन्तली लुगा सिउन दिनभरी बसेर कारखानामा काम गर्छिन् । कान्छा बस स्टेसनमा भुँई बढार्ने काम गर्दछन् ।

गाउँमा उनीहरुलाई हिंड्नुपथ्र्यो । शहरमा जहाँ जाँदा पनि उनीहरु बस चढ्छन् । अहिले धेरैजसो घरमा बस्छन् र मनोरञ्जनका लागि टेलिभिजन हेर्दछन् ।

Ne NWTND Diab Page 9-1.png


अहिले उनीहरुको खानेकुराहरुमा समेत परिवर्तन भएको छ । पहिले भात, गहुँ, रोटी र हरियो तरकारी खान्थे । अहिले बाटोका ममः, चाउचाउ र प्याक गरिएका खानेकुराहरु किन्छन् । यि खानेकुराहरुको स्वाद त राम्रो हुन्छ । पकाउन पनि पर्दैन । तर धेरैजसो यस्ता खानेकुराहरुमा नुन वढी हुन्छ र पौष्टिक तत्व र रेशादार पदार्थ हुँदैन ।

Ne NWTND Diab Page 9-2.png


यि दुवै जनाको तौल बढेको छ । उनीहरुका मांशपेशीहरु खेतवारीमा काम गर्ने बेलाको जस्ता वलिया छैनन् । मधुमेहको परिक्षण गर्दा उनीहरुको चिनीको तह (सुगर लेभल) केही वढेको देखियो ।

Ne NWTND Diab Page 9-3.png

उनीहरुको रगत जाँच गरेका स्वास्थ्य कार्यकर्ताले उनीहरुलाई दिनमा एक घण्टा हिंड्ने, ममः र चाउचाउ नखाने साथै चिसो पेय पदार्थहरुको सट्टा पानी पिउने सुझाव दिए ।

यो सुनेर कान्छा र सुन्तलीले बजारबाट किनेका ताजा तरकारीहरु खान थाले र हिंड्न पनि थाले । एक महिनामै दुवैको तौल केही कम भयो । उनीहरुले अव पत्रु खाना, चाउचाउ र ममः सकेकसम्म खान छोडे ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८