Hesperian Health Guides

मधुमेहबाट उत्पन्न जटिलताहरुको रोकथाम र व्यवस्थापन कसरी गर्ने

यस परिच्छेदमाः

खुट्टाको तल्लो भागको हेरचाह गर्नुहोस्

मधुमेह भएका मानिसहरुले खुट्टाको राम्रो हेरचाह गर्नुपर्छ । किनभने मधुमेहबाट भएको स्नायूको खराबिले खुट्टाको तल्लो भागमा स्पर्षबोध गर्ने क्षमतामा कम हुन्छ र चोटपटक लाग्दा थाहा पाइन्न । घाउहरुलाई निको हुन धेरै समय लाग्छ र संक्रमण पनि छिट्टै हुन्छ । खुट्टामा ढुसीको आक्रमण हुन सक्छ (हेर्नुहोस् छालासम्बन्धि समस्याहरु, तयारीको क्रममा) ।

यदि समयमा उपचार गरिएन भने खुट्टाको तल्लो भागको संक्रमण सम्पूर्ण खुट्टामा सरेर धेरै संक्रमित भए त खुट्टा नै काट्नुपर्ने हुन्छ । खुट्टाको तल्लो भागको राम्रो हेरचाह गरेर रगतमा चिनीको मात्रा ब्यवस्थापन गरे यो समस्या पर्दैन ।

आफ्नो खुट्टाको तल्लो भाग जाँचिरहेको एक मानिस ।

खुट्टाको तल्लो भागलाई दैनिक जाँच्नुपर्छ

चोटपटक लाग्दा महशुस गर्न सकिएन भने समस्या पर्छ । त्यसकारणले खुट्टालाई प्रत्येक दिन हेरेर र छोएर खुट्टाको जाँच गर्नुपर्छ । यदि आफैंले यो काम गर्न सकिएन भने सहयोग गर्ने कोहि खोज्नुपर्छ । केही मानिसहरुले तिनीहरुको खुट्टाको मुनी हेर्नका लागि ऐनाको प्रयोग गर्दछन् । फोकाहरु, रातोपन, काटिएर बनेको घाउहरु अथवा खटिरा भए नभएको हेर्नुपर्छ । तातेको वा सुन्निएको भाग छ भने तिनीहरु संक्रमणका पूर्व–संकेत हुन सक्दछन् । औंलाहरुको बिचमा समेत जाँच गर्नुपर्छ ।

लामो समय निको नभएको घाउ, संक्रमण भएको घाउको उपचार गराउनुहोस् । यसो भएमा गम्भिर जटिलताहरु हुँदैनन् ।

खुट्टाहरुको तल्लो भागका घाउचोटहरुको हेरचाह

चोटपटक लागेको भागलाई सफा र सुख्खा राख्नुपर्छ । सम्भव भएसम्म खुट्टालाई माथि राखेर बस्नुपर्छ । खटिरामा दवाव नपरोस् भनेर हिंड्दाखेरी वैशाखीहरुको प्रयोग गर्न सकिन्छ ।

घाउ भएको खुट्टा ।
घाउ
संक्रमित घाउ भएको खुट्टा ।
संक्रमित घाउ

खटिराहरु सफा पानी वा घाउ पाक्न नदिने औषधीले सफा गरेर मरेको तन्तुलाई हटाउनुपर्छ । खुट्टालाई मनतातो (तातो होइन) पानीमा भिजाएमा मरेका तन्तुलाई हटाउन सकिन्छ । त्यसपछि घाउलाई पातलो पारदर्शक सुतिको कपडा (गज) वा सफा नरम कपडाले ढाक्नुहोस् ।

सुन्निनु, तातो हुनु, घाउ रातो हुनु जस्ता संक्रमणका संकेतहरु बिचार गर्नुपर्छ । संक्रमणलाई tetracycline, doxycycline, penicillin वा metronidazole जस्ता जिवाणु मार्ने औषधीहरु (एण्टीवायोटिक) बाट उपचार गर्नुपर्छ । यो प्रयोग गर्दा चिकित्सकको सल्लाह लिनुपर्छ ।

यदि घाउ आरामले निको नभएमा औषधोपचारको सहयोग लिनुहोस् ।

 “हुन्छ” शब्द भएको चप्पल लगाइरहेको एक खुट्टा र “हुँदैन” शब्द भएको एक नाङ्गो खुट्टा ।
हुन्छ
हुँदैन

खुट्टाहरुको तल्लो भागका घाउचोटहरु रोकथाम गर्ने तरिका

घरभित्रमा समेत जुत्ता र चप्पलहरु लगाउनुपर्छ ताकि केहीले पनि नघोचोस् । दिनदिनै खुट्टा धोएर सुख्खा हुने गरी पुछ्नुपर्छ् । औंलाहरुको बिचमा सधैं सुख्खा राख्नुपर्छ ।

जुत्ता लगाउनु अघि त्यहाँभित्र तिखो वा खस्रो वस्तु झिक्नुपर्छ ।

NWTND Diab Page 23-4.png

खुट्टाका नङहरु

भित्रभित्रै बढेर मासुमा गाडिएको खुट्टाको नङले छालाभित्र काट्न सक्दछ र संक्रमण गराउँदछ । खुट्टाको नङ मासुमा गाडिन थालेमा भिजेको कपासको एक टुक्रा नङको किनाराभित्र राखी यसलाई बाहिर उठाउनुहोस् । औंलाहरुमा चोटपटक नलाग्ने गरी सावधानी अपनाएर खुट्टाका नङहरुलाई सबैतिर सिधा काट्नुपर्छ । तिनीहरुलाई बक्ररुपमा काट्नुभन्दा सबैतिर सिधा हुने गरी काटेमा मासुभित्र गाडिने खुट्टाको नङलाई हटाउन सकिन्छ ।

तरकारी राख्ने स्ट्याण्डमा कुरा गरिरहेका दुई महिलाहरु ।
मधुमेहलाई व्यवस्थित गर्नका लागि खाइने स्वस्थ खानेकुराले उच्च रक्तचापको नियन्त्रणमा समेत सहयोग गर्दछ । थोरै मात्रामा नुन खानाले रक्तचापलाई ठिक राख्न सहयोग गर्दछ ।

रक्तचापको जाँच गर्नुहोस्

मधुमेह भएका व्यक्तिले उच्च रक्तचापका लागि जाँच गर्नुपर्दछ र उच्च रक्तचाप भएका हरेकले मधुमेहका लागि परिक्षण गर्नुपर्दछ । मधुमेहले जस्तै उच्च रक्तचापले मुटु, रक्तनलिहरु, मृगौलाहरु र शरिरका अन्य भागहरुमा हानी पुर्याउँदछ । यदि कोहि मधुमेह र उच्च रक्तचापको विरामी छ भने मुटु सम्बन्धि रोगहरु, स्ट्रोक, मृगौला सम्बन्धि रोग वा अन्य गम्भिर समस्याहरु विकसित हुने सम्भावनाहरु कि मधुमेह वा उच्च रक्तचाप एक्लै हुनुभन्दा वढी हुन्छ ।

सामान्य रक्तचाप १४०/९० mm Hg भन्दा कम हुन्छ (हेर्नुहोस् मुटु सम्वन्धि रोगहरु, तयारीको क्रममा) । यदि रक्तचाप धेरै छ भने शारिरिक ब्यायाम बढाएर, तनावलाई घटाएर र स्वस्थकर खानेकुरा खाएर यसलाई ठिक तहमा राख्नुपर्छ । यस्तै गर्दा मधुमेह र उच्च रक्तचाप दुवै कम हुन सक्छन् ।

ACE Inhibitors भनिने औषधीहरुले रक्तचापलाई तल झार्दछन् र मृगौलालाई ठिक राख्न मद्दत गर्न सक्दछन् । Stains भनिने अर्को समूहका औषधीहरुले रगतमा भएको कोलेष्ट्रलको मात्रालाई घटाउनमा सहयोग गर्दछन् । रक्तचापलाई तल झार्ने औषधीहरु र कोलेष्ट्रल सम्वन्धि औषधीबारेको थप कुराहरुको लागि, हेर्नुहोस् मुटुसम्वन्धि रोगहरु (तयारीको क्रममा)

NWTND Diab Page 24-2.png

धुम्रपानलाई छोड्नुपर्छ

धुम्रपान गर्ने मानिसहरुमा अक्सर वढी मधुमेह हुन्छ र मधुमेह भएका मानिसहरुले धुम्रपान गर्दा धुम्रपान नगर्नेहरु भन्दा वढी गम्भिर स्वास्थ्य समस्याहरु हुन्छन् । सुर्तीजन्य पदार्थको धुम्रपानले फोक्सोहरु मात्र होइन की शरिरका धेरै अंगमा हानी पुर्याउँदछ । यसले रगतको प्रवाहलाई रोक्दछ र रक्तचापलाई वढाउँदछ । रगतमा चिनीको सतह ठीक राख्न जतिको जरुरी छ, मधुमेह भएको मानिसले धुम्रपान छोड्न पनि त्यतिकै जरुरी छ । धुम्रपानलाई कसरी रोक्ने भनी सहयोगका निम्ति हेर्नुहोस् लागु औषध, मादक पदार्थ र सूर्तीजन्य पदार्थ (तयारीको क्रममा)

दाँत माझिहेको एक  मानिस ।

दृष्टि/आँखामा खरावी

रगतमा चिनीको मात्रा धेरै हुँदा आँखामा खराबि आउन सक्छ । तर रगतमा चिनी सामान्य अवस्थामा भएपछि फेरी ठिक हुन्छ । तापनि मधुमेहले दृष्टिको क्रमिक ह्रास वा अन्धोपन हुने गरी आँखाहरुमा भएका रक्तनलीहरुलाई हानी पुर्याउन सक्दछ । मधुमेह भएको मानिसले वर्षको एकपटक वा यदि उनीहरुका आँखाहरुमा पहिलेनै केही खराबी भएमा दुईचोटी आँखा जाँच्नुपर्छ । आँखाका रक्तललीहरुमा भएको खराबिलाई यदि शुरुमै पहिचान गर्न सकिएको खण्डमा दृष्टिको ह्रासलाई रोक्न एक आँखा विशेषज्ञ (नेत्र रोग विशेषज्ञ) बाट यसलाई उपचार गराउनुपर्छ ।

NWTND Diab Page 25-2.png

मुखको हेरचाह

मधुमेहले गिजाको संक्रमणलाई झनै बढाउँछ र यसले गर्दा मधुमेह गम्भिर हुन जान्छ । मधुमेह भएका मानिसहरुले दांत माझ्ने ब्रुश (टुथब्रश) र फ्लोराइडयुक्त दन्तमन्जन वा दतिउन (मिसवाक, निमको डाँठ) को सहायताले दिनको कम्तिमा २ पटक आफ्ना दाँतहरु माझ्नुपर्दछ । यदि दाँत कोट्याउने सिन्काहरु (टुथपिक्स) वा रेशमको काँचो धागो (फ्लस) उपलब्ध छन् भने दाँतहरुका बिचमा सफा गर्नका लागि तिनको प्रयोग गर्नुपर्छ । गिजाको संक्रमणलाई कसरी रोकथाम गर्ने भन्ने बारेको थप कुराहरुका लागि हेर्नुहोस् दाँत, गिजा र मुख (तयारीको क्रममा)

मधुमेह भएको मानिसले दन्त चिकित्सकलाई समय समयमा जाँच गराउनुपर्छ । मधुमेह छ भने सदैव दन्त चिकित्सकहरुलाई जानकारी गराउनुपर्छ ।

खोपहरु (भ्याक्सिनहरु)

मधुमेह भएका मानिसहरुले इन्फ्लुएन्जा र निमोनिया जस्ता रोगहरु (जुन मधुमेह भएमा झनै गम्भिर हुन सक्दछन्) को रोकथामका लागि नियमित तवरले खोपहरु (भ्याक्सिनहरु) लिनुपर्दछ । नेपालमा अझै यसको बारेमा छलफल भएको छैन ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८