Hesperian Health Guides

यस परिच्छेदमाः

यस परिच्छेदमाः

महिलाको रक्त चाप नापिरहेकी एक स्वास्थ्य कार्यकर्ता

रगतमा चिनीको तह रगत वा पिसाव जाँचबाट परिक्षण गर्न सकिन्छ । तर रगत जाँचेपछि मात्रै चिनी वढी छ की छैन यकिन हुन्छ ।

कसको जाँच गरिनुपर्दछ ?

एउटा ब्यक्तिको मधुमेहको जाँच गर्नैपर्छ यदि उनकोः

मधुमेह क्लिनिकभित्र हिंडिरहेका एक पुरुष र एक महिला ।

रगतको जाँच

मधुमेह छ की छैन भनेर जान्न रगतको जाँच गरिन्छ । स्वास्थ्य कार्यकर्ताले मधुमेहको परिक्षणका लागि एकभन्दा वढी किसिमको जाँच गर्न सक्दछन् वा जाँचलाई दोहर्याउन सक्दछन् । तपाईंको आहार, जिवनशैली वा औषधीमा गर्नुभएको परिवर्तनका कारणबाट जाँचको परिणाममा कसरी परिवर्तन आउँछ भनी हेर्न केही अन्य जाँच मधुमेहको ब्यवस्थापनका लागि समेत प्रयोग गर्न सकिन्छ ।

रगतको जाँच गर्दा रगतमा चिनीको तह सामान्य छ की, धेरै छ थाहा हुन्छ । यदि रगतमा चिनीको मात्रा वढी छ, तर धेरै माथि छैन भने ब्यक्तिले राम्रो र स्वस्थकर खानेकुराहरु खाएर र वढी शारिरिक ब्यायाम गरेर मधुमेह हुनबाट रोक्न सक्दछ । यस्तो भएमा पनि हरेक २–३ महिनामा रगतको जाँच गराईरहनुपर्छ ।

मधुमेहका लागि २ वटा प्रचलित रगतका जाँचहरु छन् । एउटालाई खालि पेटमा जाँच गर्ने (Fasting Blood Sugar Test) र अर्कोलाई A1C Test भनिन्छ ।

Fasting Blood Sugar (FBS वा FPG) धेरै प्रचलित जाँच हो । यो जाँच प्रायः भोको पेटमा विहान गरिन्छ । केही क्लिनिकहरुले रगतमा चिनीको तहको जाँच औंलाको टु्प्पोबाट लिइएको एक थोपा रगतबाट चिनीको मापन गर्ने ग्लुकोमिटर नामक औजारबाट गर्दछन् । अथवा रगत लिई प्रयोगशालामा पठाउँछन् । जाँच गर्दा यदि mmol/l (मिलिमोल्स प्रति लिटर) मा नापिएमा परिणाम ४ देखि २० बिचको संख्यामा हुनेछ । यदि नाप ६.९ mmol/l वा वढी भएमा मधुमेह हुन सक्दछ । यदि कुनै ठाउँमा mg/dl (मिलिग्राम्स प्रति डेसीलिटर) मा नापिन्छ भने परिणाम ८० र २५० बिचको संख्यामा हुने गर्दछ । यस श्रेणीको मापनमा १२५ mg/dl वा वढी भएका मानिसहरुमा मधुमेह हुन सक्दछ ।

जाँच औंलाको टुप्पोबाट लिइएको एक थोपा रगतबाट गर्न सकिन्छ । अन्य जाँचका लागि पाखुराबाट १ भाइल रगत लिकालिनेछ । क्लिनिकमा एक दक्ष स्वास्थ्य कार्यकर्ताले यसलाई सुरक्षित तवरले निकाल्छन् ।. महिलाको पाखुराबाट रगत झिकिरहेका एक स्वास्थ्य कार्यकर्ता ।

A1C जाँच (ग्लाइकोजाइलेटिड हेमोग्लोविन टेष्ट, HbA1C अथवा HgbA1C पनि भनिन्छ) ले कुनै व्यक्तिको पछिल्लो ३ महिनाहरुको रगतमा चिनीको औषत स्तर देखाउँछ । यो जाँचको लागि व्यक्तिले भोको बस्नुपर्दैन । क्लिनिकले सिरिञ्जबाट रगतको नमुना लिएर प्रयोगशालामा पठाइन्छ । A1C रक्त जाँचको परिणाम प्रतिशत (%) मा हुनेछ सामान्यतया ४ % र १४ % को बिचमा ।

पिसावको जाँच

पिसावको जाँचले पनि ब्यक्तिलाई मधुमेह भएको देखाउन सक्दछ । पिसावको जाँचमा strips प्रयोग गरिन्छ । पिसावमा चिनी भएमा रङ परिवर्तन गर्दछ । व्यक्तिले पिसाव गर्ने बित्तिकै जाँच गर्नुपर्छ । जाँचका लागि भोको बस्नुपर्दैन ।

तर पिसावको जाँच गर्दा मधुमेह छ की छैन पूर्ण थाहा पाईंदैन किनकी पिसावमा चिनीको मात्रा देखाउन रगतमा चिनीको तह धेरै माथि बढ्नुपर्दछ (१० mmol/l अथवा १८० mg/dl) । यदि पिसावको जाँच गर्दा मधुमेह नदेखिएपनि मधुमेह हुने सम्भावना छ भने रगतको जाँच गराउनुपर्छ ।

यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८