Hesperian Health Guides

लामखुट्टेको नियन्त्रणबाट रोगको रोकथाम

यस परिच्छेदमाः

लामखुट्टेको टोकाईबाट जोगिएर र घरमा वा समूदायमा लामखुट्टेको प्रजनन को नियन्त्रण गरेर लामखुट्टेबाट सर्ने रोगहरुको रोकथाम गर्न सकिन्छ ।

यसको लागि बिभिन्न किसिमका लामखुट्टेहरूले प्रजनन गर्न रुचाउने स्थान, आराम गर्न रुचाउने ठाउँ र टोक्ने समयको बारेमा जानकारी हुनुपर्छ । उदाहरणको लागि मलेरियाको लामखुट्टेहरु ग्रामिण भेगमा बढी पाईन्छन् र तलाउ (swamps) र अन्य जमेको पानीमा प्रजनन गर्दछन् । डेगुं र पहेंलो ज्वरोका लामखुट्टेहरु ग्रामिण र शहरी दुबै भेगमा घरभित्र र यसको नजिकै पानी जम्मा हुने वा भन्डारण गरिने ठाउँमा बस्छन् । घरभित्र धेरै लामखुट्टेहरु छायाँ परेको, अँध्यारो ठाउँहरु जस्तोकी टेबल वा ओछ्यान मुनि वा कुनाहरुतिर लुकेका हुन्छन् । घरबाहिर चाहिं छायाँ परेको ठाउँहरुमा पाईन्छन् ।

पाँच जना पुरुष र महिला कुरा गर्दै
लामखुट्टेको बारेमा के थाहा छ ? तिनको टोकाईबाट कसरी बच्ने ?
विहान सवेरै र साँझको बेलामा यिनले बढीजसो टोक्छन् ।
त्यस्तो बेलामा साना वालवालिकाहरुलाई झुलभित्र राख्नुपर्छ ।
साँझको बेलामा बाहिर ननुहाउन सबैलाई सचेत गराउनुपर्छ !

लामखुट्टेले रोग सार्ने तरिका


 an illustration of the progress of the transmission of disease caused by a mosquito bite
रगतमा जिका, डेगुं, चिकुनगुनिया, पहेंलो ज्वरो वा मलेरिया भएको ब्यक्तिलाई लामखुट्टेले टोक्छ ।
त्यहि लामखुट्टेले पहिलो संक्रमित ब्यक्तिबाट ल्याएको भाईरस वा परजीवी स्वस्थ मानिसलाई टोकेर सार्छ ।
अब यो ब्यक्ति पनि संक्रमित हुन्छ र नयाँ लामखुट्टेले उसलाई टोक्छ
त्यहि लामखुट्टेले फेरि अरु मानिसलाई पनि टोकेर रोग सार्छ ।

लामखुट्टेको टोकाईबाट जोगिने

  • पाखुरा, खुट्टा, पैतला, घाँटी र टाउकोमा जतिसक्दो बढी छोपिने किसिमको लुगा लगाउनुपर्छ (जस्तोकि लामो ज्याकेट र लामो पाईन्ट वा स्कर्ट, टाउको छोप्ने कुनै कपडा, जुता वा मोजा सहित चप्पल उपयोगी हुन्छन्) ।
  • झ्याल, ढोका र प्वाल भएको कुनै पनि ठाउँमा जाली लगाउनुपर्छ । झ्यालमा भएको कुनै पनि प्वालहरुलाई टाल्नुपर्छ र जालीमा भएको प्वाललाई पनि मर्मत गर्नुपर्छ ।
  • जाली नभएको अबस्थामा लामखुट्टे बाहिर गएपछि झ्यालढोका बन्द गर्नुपर्छ ।
  • पंखा लगाएमा समेत त्यसको हावाले लामखुट्टे भाग्छन् ।
  • राती र दिउँसै पनि आराम गरेको बेलामा झुल लगाउनुपर्छ ।
  • बाहिर सुतेको बेलामा समेत लामखुट्टेबाट जोगिन झुल लगाउनुपर्छ ।

झुलले लामखुट्टेको टोकाईबाट जोगाउन सहयोग गर्छ

झुलले लामखुट्टेबाट हुने रोगहरुबाट २ किसिमले जोगाउँछन् । कुनै पनि प्वाल र खाली ठाउँ नभएको झुलले झुलभित्र भएको ब्यक्ति समक्ष लामखुट्टे पुग्न दिंदैन । साथै किटनाशक बिषादीबाट प्रशोधित झुलले त्यहाँ टाँसिने लामखुट्टेलाई पनि मार्छ । त्यसकारण समूदायमा रोग फैलाउने लामखुट्टेको संख्या घटाउन सबै घरको प्रत्येक ओछ्यानमा एक झुलको प्रयोग गर्नुपर्छ । कार्यक्रमहरुले सबैलाई किटनाशक बिषादीबाट प्रशोधित झुलहरु बाँड्दछन् किनकी सबैले त्यसको प्रयोग गरेमा लामखुट्टेको संख्यामा कमी आई मलेरिया पनि कम हुन्छ ।

बच्चासंग बोल्दै गरेकी महिला
सानो प्वालहरुलाई यसरी दोबारेर सिलायो भने झुल धेरै टिक्छ । पछि पनि च्यातियो भने तिमी त तिम्रो भाईले यसरी सिलाउनुपर्छ ।

लामखुट्टेलाई टोक्न नदिन झुलको किनारहरु सधैं ओछ्यानमुनी पार्नुपर्छ ताकि कुनै प्वालहरु नहोउन् । प्वाल र च्यातिएको भागलाई छिट्टै मर्मत गरीहालेमा मात्रै झुलले काम गर्छन् ।

किटनाशक बिषादीबाट प्रशोधित झुलहरुको उपयोगिता त्यसमा लागाईएको किटनाशक बिषादीले काम गर्ने समय (१ बर्ष वा केहि बर्ष) मा निर्भर रहन्छ । त्यसकारण त्यस्तो झुल किन्दा वा बितरण कार्यक्रम मार्फत पाउँदा किटनाशक बिषादीले कति लामो समयसम्म काम गर्छ भन्ने जानकारी लिनुपर्छ र झुललाई धेरै धुँदा त्यसको प्रभावकारिता घट्न सक्ने कुरामा सचेत हुनुपर्छ ।

झुल पुरानो हुँदै गएपछि किटनाशक बिषादी पनि सकिएर जान्छ । झुलको अबस्था राम्रै भएमा भने त्यसमा नयाँ किटनाशक बिषादीको प्रयोग गर्न सकिन्छ । तर धेरै च्यातिएको वा प्वाल परेको भएमा भने नयाँ झुल नै सुरक्षित हुन्छ । पुरानो झुलमा नयाँ किटनाशक बिषादी प्रयोग गर्नुपर्दा पञ्जा लगाउने र शरिरमा र शरिरभित्र बिषादीको प्रबेश नहुन दिन निर्देशिकाको राम्रोसँग पालना गर्नुपर्छ ।

किटनाशक बिषादीबाट प्रशोधित झुललाई बच्चाहरुले चुस्न र चपाउनबाट जोगाउनुपर्छ । किटनाशक बिषादीले माछा, किरा, जनावर र तल्लो भागमा रहेका मानिसहरुलाई हानी हुनसक्ने भएकोले नदी वा पानीको श्रोतमा त्यस्तो झुललाई पखाल्नु हूँदैन ।

NWTND mosq Page 20-2.png

लामखुट्टेबाट हुने अन्य स्वास्थ्य समस्याहरुको रोकथामको लागि झुलहरु उपयोगि हुन्छन् । डेगुं, पहेंलो ज्वरो, जिका र चिकुनगुनिया सार्ने लामखुट्टेहरुले भने दिनको समयमा टोक्छन् । त्यसैले झुलको प्रयोगले दिनको समयमा सुत्ने वा आराम गर्ने साना बालबच्चा वा अरुलाई पनि यस्ता रोगहरुबाट पनि जोगाउन सकिन्छ । साथै झुलको प्रयोगले पहिले नै विरामी भईसकेकालाई लामखुट्टेले टोक्न नपाउने भएकोले अरुलाई त्यो रोग सर्नबाट समेत जोगिन्छ ।

लामखुट्टेको टोकाईको नियन्त्रणको लागि लामखुट्टे धपाउने सुरक्षित रसायन (Repellents) र किटनाशक बिषादी

Repellents भनेका लामखुट्टेले नरुचाउने रसायनहरु भएकोले त्यसबाट टाढै भाग्छन् । किटनाशक बिषादीहरु त्यस्ता रसायनहरु हुन् जुन छर्किएको वा लगाईएको सतह, भित्ता वा झुलमा लामखुट्टे बसेमा मर्छन् ।

  • छालाको हकमा प्राकृतिक repellents जस्तो citronella, निमको तेल, lemongrass बाट निकालेको झोल वा basil को पात प्रयोग गर्न सकिन्छ । अथवा यि मध्येको समिश्रण भएका रासायनिक repellents को प्रयोग गर्न सकिन्छः DEET, Picardin (KBR 3023, icaridin), IR3535, वा PMD र lemon eucalyptus यौगिकहरुबाट निकालिएको अन्य तेल । यस्ता repellents बिशेषगरी बच्चाहरुको सुरक्षामा उपयोगी भएपनि उक्त उत्पादन बच्चाको लागि सुरक्षित भएको कुराको सुनिश्चितताको लागि त्यसमा लगाईएको लेबल राम्रोसँग पढ्नुपर्छ । लेबलमा कतिपटक (कति घण्टाको फरकमा लगाउने) लगाउने भन्ने पनि जानकारी दिईएको हुन्छ ।
  • जिका भएको क्षेत्रमा स्वास्थ्य निकायहरुले महिलाहरुलाई लामखुट्टे धपाउने सुरक्षित रसायन (repellents) उपलब्ध गराउँछन् किनकी जिकाले महिलाको गर्भाबस्थालाई हानी गर्नसक्छ
  • लामखुट्टेलाई भगाउनको लागि झुल, लुगाकपडा वा जुत्तामा Permethrin भन्ने रसायन छर्किन सकिन्छ । तर छालामा भने त्यसको प्रयोग गर्नुहुँदैन । छालामा रसायन नपरोस् भन्नको लागि लुगामा छर्किसकेपछि त्यसलाई सुक्न दिएर मात्र लुगा लगाउनुपर्छ । लेबलमा दिईएको निर्देषनहरु राम्रोसँग पालना गर्नुपर्छ ।
  • लामखुट्टे चक्की (coils) को प्रयोग उत्तम repellent नपाईएमा मात्रै गर्नुपर्छ । mosquito coils बाट निस्कने धुँवा वा लामखुट्टे भगाउनका लागि धुँवा लिकाल्न गरिने अन्य बिधिबाट निस्केको धुँवाबाट श्वाशप्रश्वासमा हानि गर्छ ।

लामखुट्टे मार्न किटनाशक विषादी छर्कने

घरभित्रको भित्तामा किटनाशक विषादी छर्कदैं गरेको एक पुरुष

सरकारको तर्फबाट वा अन्य संस्थाहरुबाट प्रत्येक बर्ष लामखुट्टेहरु वढी हुने समयमा लामखुट्टे मार्ने कार्यक्रमहरु सञ्चालन गरी घरभित्रको भित्ताहरुमा किटनाशक विषादी छर्कने गरिन्छ । यसलाई Indoor Residual Spraying (IRS) भनिन्छ । किटनाशक विषादी छर्कने ब्यक्तिले श्वासबाट वा छाला वा मुखबाट छोईएर शरिरमा विषादी प्रवेश नगरोस् भन्नको लागि सुरक्षा कवच लगाउनुपर्छ । मलेरियाको रोकथामको लागि कुनै क्षेत्रको सबै घरहरुमा छर्किएको खण्डमा यस किसिमको छर्कने विधिले उत्तम काम गर्दछ । किटनाशक विषादी लगायतका सबै रसायनहरुलाई बालबच्चाहरुको पहुँचबाट जोगाएर राख्नुपर्छ ।



यस पृष्ठलाई अद्यावधिक गरिएकोः ११ जुन २०१९