Hesperian Health Guides

जापानिज ईन्सेफलाईटिस

यस परिच्छेदमाः

जापानिज ईन्सेपलाईटिस Culex भन्ने लामखुट्टेबाट सर्ने गर्छ । यि लामखुट्टेहरु मध्यम आकारका, खैरो रंगको र पेटतिर भने सेतो चिन्हहरु (whitish markings) भएका हुन्छन् । तिनले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्छन् । दिउँसोको समयमा भने यि घरभित्र र अन्य संरचनाका वरीपरी एवं झारपात र वनस्पतीमा लुकेका हुन्छन् । जापानिज ईन्सेफलाईटिसले बढीजसो एशिया र पश्चिमि प्रशान्त (western Pacific) क्षेत्रका मानिसलाई प्रभावित गर्दछ । धेरै ब्यक्तिहरु गम्भिर बिरामी नहुने गरेपनि केहीको भने गम्भिर अबस्थाको सृजना भई दिमागलाई नै असर गरी मृत्यु समेत हुन्छ ।

जापानिज ईन्सेफलाईटिसका लक्षणहरु

जापानिज ईन्सेफलाईटिसबाट प्रभावितलाई कुनै पनि लक्षण नदेखिन सक्छन् वा अन्य धेरैजसो रोगहरुमा देखिएजस्तै लक्षणहरु (जस्तोकि ज्वरो, झाडापखाला, बान्ता, टाउको दुखाई वा कमजोरी) मात्रै पनि देखिन सक्छन् ।

उपचार गरिएमा सहज महशुस हुन्छ । तर कुनै खतराको लक्षण देखिएमा भने तुरुन्तै अस्पताल लगिहाल्नुपर्छ ।

severe जापानिज ईन्सेफलाईटिसका खतराका लक्षणहरु
  • छारेरोग (Seizures)
  • प्यारालाईसिस (हिंडडुल गर्न नसक्नु)
  • अचेत हुनु
रोकथाम

खोपको प्रयोगबाट जापानिज ईन्सेफलाईटिसको रोकथाम हुन्छ । साथै लामखुट्टेको टोकाईबाट जोगिनेलामखुट्टेको प्रजननको रोकथाम गर्नुपर्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ११ जुन २०१९