Hesperian Health Guides

डेगुं, पहेंलो ज्वरो, जिका र चिकुनगुनिया

यस परिच्छेदमाः

डेङ्गु, पहेंलो ज्वरो, जिका र चिकुनगुनिया फरक फरक भाईरसबाट हुने विभिन्न किसिमका रोगहरु हुन् । यि रोगहरु सेतो वा चाँदिको रंगको थोप्लाको bands striped खुट्टा भएका कालो लामखुट्टेको टोकाईबाट सर्छन् । यिनिहरुमध्येका दुई पहेंलो ज्वरोका लामखुट्टे (Aedes aegypt) र Asian tiger mosquito (Aedes albopictus) हुन् । तिनले दिनको समयमा (बिशेषगरी एका बिहानै र दिउँसो अबेर) टोक्ने गर्छन् भने हामीले पानी जम्मा गर्ने ठाउँमा र पानी जम्मा भएको अरु कुनै पनि ठाउँमा प्रजनन (breed) गर्दछन् । यस्ता लामखुट्टेहरु घरभित्र र यसको आसपासमा रहन्छन् । छायाँ परेको, अँध्यारो स्थानहरु जस्तो टेबल र ओछ्यान मुनी वा अँध्यारो कुनाहरुमा यिनिहरु बस्छन् । कुनै क्षेत्रमा जिका, डेगुं र चिकनगुनिया नाम गरेका सबै रोगहरु पाईने भएमा कुनै ब्यक्तिमा कुन भाईरस छ भनी ठ्याक्कै छुट्याउन गार्हो हुन्छ ।

striped खुट्टाहरु भएको लामखुट्टे
यि लामखुट्टेहरुले धेरै रोग सार्छन् । खुट्टामा कालो र सेतो stripe हुन्छन् ।

डेगुं, पहेंलो ज्वरो, जिकाचिकुनगुनिया का विभिन्न साझा लक्षणहरु हुन्छन् । यिनिहरुबाट ज्वरो आउने र शरिर दुख्ने हुन्छ । तर कसैलाई भने कुनै पनि लक्षण नदेखिन सक्छ । रोगलाई थाहा पाउन गरिने रगतको जाँच नगरेसम्म रोग भएको समेत थाहा नहुने हुन्छ । संक्रमितमा कुनै लक्षण नदेखिए पनि लामखुट्टेले संक्रमितलाई टोकेर अरुलाई टोक्दा सङ्क्रमण त्यता पनि फैलिन्छ ।

डेगुं, पहेंलो ज्वरो, जिका र चिकुनगुनियाको उपचार एउटै हुन्छ

धेरैजसो अबस्थामा यि ४ वटा भाईरसजन्य रोगहरुको सहजै (घरमै) उपचार गर्न सकिने भएपनि शिशु, बृद्ध वा एचआईभी संक्रमित वा अन्य कुनै खतराको लक्षण जस्तोकि ज्वरो १०४ डिग्रि फरेनाईट (४० डिग्री से.) भएको अबस्थामा स्वास्थ्यकर्मीको सहयोग लिनुपर्छ ।

डेगुं, पहेंलो ज्वरो, जिका र चिकुनगुनियाको कुनै औषधि हुँदैन । यि सबैको उपचार घरमै आराम गरेर, प्रशस्त मात्रामा पानी वा तरल पदार्थको सेवन गरेर र दुखाई एवं ज्वरो कम गर्न प्यारासिटामोल (acetaminophen) लिएर गर्न सकिन्छ । प्यारासिटामोल aspirin वा ibuprofen भन्दा सुरक्षित मानिन्छ जुन severe डेङ्गु भएको अबस्थामा खतरनाक हुनसक्छ । महिला गर्भवती भएको अबस्थामा समेत पेटमा बिकसित हुँदै गरेको शिशुको लागि प्यारासिटामोल सुरक्षित भएपनि aspirin र ibuprofen ले हानी गर्न सक्छन् ।

डेगुं, पहेंलो ज्वरो, जिका र चिकनगुनिया सबैको रोकथाम एउटै हुन्छ ।

यस्ता रोगहरुको रोकथामको लागि लामखुट्टेको टोकाईबाट जोगिने (पृष्ठ १९ हेर्नुहोस्) र लामखुट्टेको प्रजननको रोकथाम गर्नुपर्छ । पहेंलो ज्वरोबाट बच्न छुट्टै खोप हुन्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ११ जुन २०१९