Hesperian Health Guides

जनेन्द्रियमा आउने मुसा

यस परिच्छेदमाः

मुसा भाईरसको कारणले आउँछ । जनेन्द्रियमा आउने मुसा शरीरको अन्य भागमा आउने मुसाभन्दा नरम हुन्छ र धेरैवटा आउँछ । योनीभित्र र पुरुषको यौनाङ्गभित्र मुसा आएपछि थाहा हुुँदैन । कति मुसा आफै हराउन पनि सक्छन । तर कहिले कहिले यी अझ साहे हुुँदै जान्छन् र उपचार गर्नु पर्छ । मुसाहरु सिफिलीसका गाँठाहरु जस्ता देखिने हुनाले परिक्षण गर्नु, यसको उपचार गर्नु, मुसाको उपचार गर्नु पूर्व नै गर्नुपर्छ ।

महिला गर्भवती भएको अवस्थामा मुसा छिटो बढ्छ । सुुत्केरी हुुँदा शिशुुलाई संक्रमित बनाउन सक्छ । गर्भवती महिलालाई मुसा आएको छ भने अप्रेशन गरेर बच्चा पाउनुुपर्ने हुन्छ । त्यसैले सुुत्केरीले स्वास्थ्यकर्मीसँग सल्लाह लिनुुपर्छ ।

लक्षणहरु
a woman's genitals with sores
  • खस्रो खालको, सानो, कडा, सेतो खैरो डल्लो । महिलाको योनीको बाहिर भित्र वा मलद्वारको वरिपरि पलाउँछ । पुरुषमा लिङ्गमा, वा कहिलेकाँही अण्डकोषमा, मलद्वारको वरिपरि पलाउन सक्छ ।
  • मुसा आउँदा चिलाउछ ।
a man's genitals with sores
उपचार
a woman's genitals with sores and a hand applying medicine to them

यसको उपचारको लागि स्वास्थ्यकर्मीले स्वास्थ्यचौकीमा उपचार गरेर घरैमा कसरी उपचार गर्ने भनेर सिकाउँछन् र फेरी आउने सल्लाह दिन्छन् । यसका औषधिहरुमा ट्राईक्लोरो एसिटिक एसिड (टि.सि.ए), बाईक्लोरोएसिटिक एसिड (बि.सि.ए) वा पोडोफाईलक्स पर्दछन्

रोकथाम

आफ्नो वा आफ्नो यौन साथीको जनेन्द्रियमा मुसा छ भने कण्डमको प्रयोग यौन क्रिया गर्दा गर्ने वा सकेसम्म यौन सम्पर्क नगर्ने । ह्युमन पापिलोमा भाईरस (एच.पि.भि.) विरुद्धको खोपले जनेन्द्रियको मुसालाई रोक्न सहयोग गर्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १६ अक्टोबर २०१९