Hesperian Health Guides

गर्भावस्था र यौन संक्रमण

यस परिच्छेदमाः

NWTND sti Page 20-1.png

यदि गर्भवती महिलामा यौन संक्रमण छ भने त्यो आमाको रगतद्धारा र आमाको दुधबाट बच्चामा सर्न सक्छ ।

उपचार गरिएन वा नियन्त्रण गरिएन भने यौन संक्रमणले आमा तथा बच्चा दुबैलाई असर गर्नसक्छ । बच्चा छिटै जन्मिन सक्छ वा सानो पनि जन्मिन सक्छ, र जन्मिदै बिमारी वा पछि बिरामी हुन पनि सक्छन् । यौन रोगको परिक्षण् गराउनाले सही उपचार समयमा नै लिन सहयोग गर्छ वा कुनै संक्रमण छैन भने ढुक्क हुन सहयोग गर्छ । उपचारले आमा र बच्चालाई निको पार्छ । महिलाको यौन साथीलाई पनि निको पार्न सक्छ ।

गनोरिया र क्लामाईडिया

गनोरिया र क्लामाईडिया दुबै जन्मिने क्रममा बच्चालाई सर्न सक्छ र आँखामा संक्रमण, अन्धोपन वा फोक्सोमा पनि संक्रमण हुन सक्छ । अन्धोपन र आखाँको संक्रमणबाट जोगाउन बच्चालाई जन्मने बित्तिकै ईराईथ्रोमाईसिन मलम आँखामा लगाइदिनु पर्छ

सिफिलिस (भिरीङ्गी)

बच्चा पेटमा हुँदा आमाबाट यो सिफिलीस बच्चामा सर्न सक्छ जसले गर्दा बच्चा महिना नपुगी जन्मने, अपाङ्ग जन्मने वा मृत्यु समेत हुन सक्छ ।

हरपेस

योनिमा हरपेसको घाउहरू छ भने बच्चा जन्मिदा बच्चामा सर्न सक्छ । यदि भर्खरै हरपेसको निदान भएको छ वा घाउहरू छ भने, अस्पतालमा नै बच्चा जन्माउनु ठीक हुन्छ । त्यहाँ शल्यक्रिया द्धारा बच्चा निकाल्न सकिन्छ र बच्चालाई जन्मेपछि उपचार गर्न सकिन्छ ।

a woman entering a health clinic

मुसा

सामान्यतया मुसा बच्चामा सर्दैन तर गर्भवती बेलामा अप्ठ्यारो बनाउन सक्छ । मुसालाई तुरुन्त उपतार गर्नुहोस् हेर्नुहोस् बच्चा जन्मिसके पछि उपचार गर्नुहोस् अथवा बच्चा गर्नुहोस् बच्चा जन्मिने क्रममा मुसाबाट रगत बग्न सक्छ त्यसैले स्वास्थ्यकर्मीसंग असपतालमा नै बच्चा जन्माउने बारेमा छलफल गर्नुहोस् । Treat warts

‘हेपााटाइटिस बि’

यदि भर्ववती महिलामा हेपाटाइटिस बि छ भने बच्चामा सर्नसक्छ । बच्चालाई जन्मिने बित्तिकै हेपबि (HEPB) खोप लगाउनु पछृ र हेपाटायटिस बि को रोकथामको लागि अन्य उपचार पनि गर्नुपर्छ ।

एच.आइ.भी.

गर्भावस्थामा एच.आई.भी को परिक्षण गर्नाले समयमा नै बच्चालाई रोग सर्नबाट रोकथाम गर्न सकिन्छ ।

एच.आईं.भी को परिक्षण गर्नाले समयमा नै बच्चालाई रोग सर्नबाट रोकथाम पनि गर्न सकिन्छ । एच.आई.भी को औषधिले आमा र बच्चा दुबैलालई सुरक्षित राख्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १६ अक्टोबर २०१९