Hesperian Health Guides

इन्जेक्सनको सहायताले दिइने मधुमेहका औषधीहरु

मधुमेहका औषधीहरु

इन्सुलिन


इन्सुलिन प्याङ्क्रियाजमा उत्पादन हुने हर्मोन हो र यसले शरिरलाई खानेकुरामा भएको चिनीको प्रशोधन गर्न सहयोग गर्दछ । जीवनको लागि यो महत्वपूर्ण छ र यदि शरिरले यसलाई उत्पादन गर्न सकेन भने त्यसको सट्टामा इन्सुलिनको रासायनिक रुपको प्रयोग गरिनुपर्दछ । पहिलो प्रकारको मधुमेह भएका सबै मानिसहरुलाई बाँच्नका लागि इन्सुलिन लिनुपर्छ । यदि कसैको शरिरमा इन्सुलिन नै उत्पादन भएन भने पनि वाहिरबाट इन्सुलिन प्रयोग गर्नुपर्छ । मेटफर्मिन वा सल्फोनाइलुरियाहरु जस्ता खाने औषधीहरुले मात्र पुग्दैन र रगतमा चिनीको तहलाई ब्यवस्थित गर्न इन्सुलिन प्रयोग गर्नैपर्छ ।

इन्सुलिनलाई इन्जेक्सनको सहायताले दिइनुपर्दछ । यो सानो सिसी (भायल) मा उपलब्ध हुन्छ र सहि मात्रा तयार गर्न सिरिन्जको प्रयोग गरिन्छ ।

इन्सुनिलहरु ३ तरिकाका छन्ः

  • छोटो समयसम्म काम गर्ने (शर्ट याक्टिङ्ग): धेरैजसो उपलब्ध हुने शर्ट याक्टिङ्ग इन्सुलिनलाई रेगुलर इन्सुलिन भनिन्छ । Lispro र aspart समेत शर्ट याक्टिङ्ग हुन् । यस्तो प्रकारको इन्सुलिन भोजनहरु अघि प्रयोग गरिन्छ ।
  • लामो समयसम्म काम गर्ने (लङ्ग याक्टिङ्ग): धेरैजसो उपलब्ध हुने लङ्ग याक्टिङ्ग इन्सुलिन NPH हो । Glargine र determir पनि लङ्ग याक्टिङ्ग हुन् । यस प्रकारको इन्सुलिन दिनको १ वा २ पटक प्रयोग गर्न सकिन्छ ।
  • मिसाइएको मात्रा (Mixed dose) वा पूर्व–मिश्रित (pre-mixed): दिनको २ पटक प्रयोग गरिने लङ्ग याक्टिङ्ग र शर्ट याक्टिङ्ग इन्सुलिनहरुको योग (combination) NPH/regular ७०/३० हो । अर्को प्रचलित Mixed dose इन्सुलिन NPH/regular ५०/५० हो ।

Green-effects.png नराम्रा असरहरू
इन्सुलिनले रगतको चिनीलाई घटाइदिन सक्छ । हेर्नुहोस् मधुमेह सम्वन्धि जटिलता ।too low too quickly]]

इन्सुलिनको प्रयोग गरेपछि पौष्टिक खाना खाने र शारिरिक रुपमा क्रियाशिल रहेर जटिलता कम गर्न सकिन्छ । सुरुवातपछि तौलमा हुने बृद्धिलाई राम्रो खाएर र क्रियाशिल रहेर आंशिक रुपमा रोकथाम गर्न सकिन्छ ।

NBgrnimportant.png महत्पपूर्ण
इन्सुलिनको प्रयोग गर्दा कहिले कहिले रगतमा चिनीको स्तर तल जान सक्छ । इन्सुलिन लिएपछि यदि खाना खाइएन वा चाहिने भन्दा वढी इन्सुलिन प्रयोग गरिएमा यो हुन सक्ने बढी सम्भावना हुन्छ ।

इन्सुलिन प्रयोग गर्ने ब्यक्तिले यसलाई कसरी सुरक्षित तवरले प्रयोग गर्ने भनी बुझ्न र रगतमा न्यून चिनीका खतरनाक लक्षणहरु पहिचान गर्न सक्नु महत्वपूर्ण हुन्छ यदि त्यसो नभएमा उनीसँग घरमा प्रशस्त सहयोग उपलब्ध हुनुपर्दछ । सिमीत दृष्टि भएको मानिसलाई समेत उनले सहि मात्रा लिन्छन् भन्ने सुनिश्चित हुन अतिरिक्त सहयोग चाहिन सक्दछ ।

यदि कुनै ब्यक्तिले लङ्ग याक्टिङ्ग र शर्ट याक्टिङ्ग दुवै इन्सुलिनको प्रयोग गर्दछ भने यो धेरै महत्वपूर्ण छ की उनी तिनीहरुबिचको फरक बुझ्दछन् र तिनलाई सहि तरिकाले प्रयोग गर्दछन् भनेर ।

NBgrninject.png कसरी प्रयोग गर्ने
इन्सुलिनलाई अत्यन्त तातो वा चिसोबाट जोगाई चिसो ठाउँमा राखिनुपर्दछ । यसलाई रेफ्रिजेरेटरभित्र भण्डारण गर्न सकिन्छ तर इन्सुलिनलाई कहिल्यैपनि फ्रिज नगर्नुहोस् ।

मधुमेहको औषधीहरु लिइरहेको जोकोहीलाई पनि रगतको चिनी नाप्न एक थोपा रगतको जाँच ले औषधी कतिको राम्रो छ वा औषधीको तोकिएको मात्राले काम गरिरहेको छ भन्ने देखाउन सक्दछ । प्रायजसो एउटा ब्यक्तिले कम मात्रामा शुरु गर्दछ र त्यसपछि त्यस मात्रालाई थोरै थोरै गरेर बढाइन्छ । त्यसकारण नयाँ औषधी शुरु गर्दाखेरी सर्बोत्तम रुपले काम गर्ने मात्रा पत्ता लगाउन सहयोग गर्नका लागि सामान्यभन्दा वढी जाँचहरु गरिन्छन् ।

पहिलो प्रकारको मधुमेहका लागि
पहिलो प्रकारको मधुमेह भएका मानिसहरुलाई स्वस्थ रहनका लागि प्रत्येक दिन इन्सुलिन चाहिन्छ । ब्यक्तिलाई रातभर र दिनभर स्थिर राख्न लङ्ग याक्टिङ्ग इन्सुलिन चाहिन्छ र ब्यक्तिले भोजनका आधारमा र उनीहरु शारिरिक रुपमा सक्रिय भएको बेला शर्ट याक्टिङ्ग इन्सुलिनको मात्राहरु मिलान गर्न सिक्दछ । अनुभवी स्वास्थ्य कार्यकर्ताहरुले कुनै ब्यक्ति र उनको परिवारलाई इन्सुलिनको प्रकारहरु र सर्बोत्तम रुपमा काम गर्न सक्ने मात्रा निर्धारण गर्न सहयोग गर्नेछन् ।

दोस्रो प्रकारको मधुमेहका लागि
दोस्रो प्रकारको मधुमेह भएका मानिसहरुले या त एक्लै अथवा मेटमर्फिन वा सल्फोनाइलुरियाहरु जस्ता मुखबाट खुवाइने औषधीहरुका अतिरिक्त लङ्ग याक्टिङ्ग इन्सुलिनको इन्जेक्सन दिनको १ पटक हुने गरी इन्सुलिन लिन शुरु गर्दछन् ।

लङ्ग याक्टिङ्ग इन्सुलिनका पहिला मात्राहरु कम मात्राको हुनुपर्दछ, जस्तोकी १० एकाई । तपाईंले NPH को एउटा इन्जेक्सनबाट शुरु गर्नुभयो भने यसलाई राती दिइनुपर्दछ । तर NPH करीब १२ घण्टासम्म मात्र रहने कारणले धेरै मानिसहरु रगतमा हुने उतारचढाव (swings) रोक्नका लागि दिनको २ पल्ट लिन्छन् ।

तपाईंको स्वास्थ्य कार्यकर्ताले तपाईंका लागि धरै कम मात्रामा लङ्ग याक्टिङ्ग इन्सुलिनको मात्रा वढाइदिन्छन् रगतमा चिनी वढी नहोउन्जेलसम्म । रगतको चिनी एकपटक अशल सिमाभित्र रहेमा तपाईं त्यस मात्रालाई प्रत्येक दिन लिन जारी राख्नुहोस् । सहि मात्रा थाहा पाउनका लागि यसले धेरै हप्ताहरु लिन सक्दछ ।

रगतमा चिनी विहानको समयमा अशल तहमा हुन सक्दछ, तर भोजन पछि उच्च । यदि यसो भएमा भोजन अघि दिइने रेगुलर इन्सुलिन जस्ता शर्ट याक्टिङ्ग इन्सुलिन समेत ब्यक्तिलाई चाहिन सक्दछ । शर्ट याक्टिङ्ग इन्सुलिन समेत कम मात्राबाट शुरु गरिनुपर्दछ, लगभग ४ एकाई । यसलाई प्रायजसो दिनको एकपटक सबैभन्दा ठूलो भोजन अघि शुरु गर्न सकिन्छ, तर केही मानिसहरुका लागि प्रत्येक भोजनको अघि यसलाई प्रयोग गर्नुपर्नेछ । रेगुलर इन्सुलिनलाई खानुभन्दा ३० मिनेट पहिले लिइनुपर्दछ । पहिले तपाईंको रगतको चिनीलाई बारम्वार मापन गरेमा तपाईंको स्वास्थ्य कार्यकर्तालाई तपाईंलाई चाहिन सक्ने शर्ट याक्टिङ्ग इन्सुलिनको मात्रालाई मिलान गर्न सहयोग गर्नेछ ।

इन्सुलिनको मिश्रीत मात्रा (mixed dose insulin) लङ्ग याक्टिङ्ग इन्सुलिन भन्दा वढी चाहिने मानिसहरुलाई अर्को विकल्प हो । उदाहरणको लागि NPH/Regular ७०/३० लाई दिनको दुई पटक दिइन्छ, विहानको खानाको ३० मिनेट पहिले र साँझको खानाको ३० मिनेट पहिले ।

अत्यन्त धेरै लिइनुका लक्षणहरु

रगतमा न्यून चिनीको खतराका लक्षणहरुभित्र कठीन हिंडाईं, कमजोरीको महशुस, देख्नमा कठीनाई, अलमल, चेतनाको ह्रास वा कम्प हुनु पर्दछन् । यदि ब्यक्ति होशमै छ भने तिनलाई केही गुलियो तुरुन्तै चाहिन्छ र त्यसपछि सम्भव भएसम्म छिटो पेटभरी भोजन । यदि व्यक्ति वेहोश छ भने उसको जिब्रो मुनी एक चिम्टी चिनी वा मह राख्नुहोस् र उ नविउझिउन्जेल र आफैंले वढी लिन सक्ने नहोउन्जेल थोरै मात्रामा दिंदै गर्नुहोस् ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः ०५ जनवरी २०२४