Hesperian Health Guides

खोपको ब्यवस्थापन

यस परिच्छेदमाः

खोपहरुको लागि उपयुक्त तापक्रम (चिस्यान) कायम राख्ने

खोपहरुलाई उपयुक्त तापक्रममा राख्नु जरुरी हुन्छ, नत्र ती विग्रन्छन् ।

बति. फ्रिजको ढोकामा खोपहरु मात्रू को सूचना र बिजुलिको बटन माथि ूसाबधानस् बटन अफ नगरिदिनुहोला, खोपको भण्डारणू को सूचना राखिएको ।

फ्रिज गर्न सकिने खोपहरुः
दादुरा
एमआर
एमएमआर
बिसिजि
जापानिज इन्सेफलाइटिस

धेरै चिसोमा राख्न पर्नेे तर फ्रिज गर्न नमिल्ने खोपहरुः
हेपाटाइटिस बि (हेप बि)
हिब (झोल)
एचपिभि (ह्युमन प्यापिलोमा भाइरस)
आईपिभि (इनएक्टिवेटेड पोलियो भाइरस)
न्युमोकोकल
टिटानस (DT, Td)

खोपहरु लगाउँदा प्रयोग गरिने तरल पदार्थहरू एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा कुन खोपलाई कति तापक्रममा राख्नुपर्छ भन्ने कुरा जान्नुपर्छ । साधारणतया खोपहरुलाई ८ डिग्रि सेन्टिग्रेड भन्दा कम र २ डिग्रि सेन्टिग्रेड भन्दा बढी तापक्रममा राखिन्छ ।

बिसिजि र एमएमआर जस्ता केहि खोपहरु सूर्यको प्रकाश र घरभित्रकै चम्किलो प्रकाशबाट जोगाउनुपर्छ । खोप लगाउन तालिम प्राप्त ब्यक्तिहरुलाई त्यसरी मिसाईएको खोप कति घन्टासम्म उपयोग गर्ने बारेमा थाहा हुन्छ ।

a box labelled "Sharps" with a hand putting a syringe in it.

खोप लगाएपछि फोहरको उत्तरदायित्व

फोहरमैलाको उपयुक्त तरिकाले विसर्जन गर्ने कुरामा कहिलेकाहिं खोप अभियानको ध्यान पुग्दैन । प्लाष्टिकको खोल, सुई र अन्य सामग्रिहरु बालबालिकाहरुले टिप्न सक्ने ठाउँमा राख्नु हुँदैन । त्यतिकै छोडेमा अथवा जलाएमा वा असुरक्षित तवरले गाडेमा जनस्वास्थ्य एवं वातावरणको लागि समस्या हुन्छ । तसर्थ खोप कार्यक्रमले फोहरमैलाको सुरक्षित विसर्जनको योजना समेत बनाउनुपर्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० मे २०१९