Hesperian Health Guides

नवजात शिशुहरु र स्तनपान

यस परिच्छेदमाः

जन्मने वित्तिकैको हेरचाह


जन्मेपछि शिशुलाई बचाउन र पछि पनि स्वास्थ्य राम्रो होस् भनेरः

  1. शिशुले राम्रोसँग सास फेरिरहेको छ कि छैन हेर्नुपर्छ ।
  2. शिशु आमाको छातीमा टाँसेर न्यानो र सुख्खा पार्नुपर्छ ।
  3. स्तनपान शुरु गर्न उनलाई सहयोग गर्नुपर्छ ।

के शिशुले राम्रोसँग सास फेरिरहेको छ ?

जन्मिने बित्तिकै शिशुलाई सास फेरिरहेको छ भने पुछेर, सफा सुती कपडाले लपेटेर आमालाई स्तन चुसाउन लगाउनुपर्छ ।

NWTND Newb Page 1-1.png
वलिया खुट्टा र पाखुराहरु
सामान्य रङ

राम्रोसँग सास फेरिरहेको वा रोइरहेको
NWTND Newb Page 1-2.png
लुलो, नरम
गाढा रातो, निलो, पहेंलो, फिका वा खरानी रङ हुनु

सास फेर्न नसकेको
स्वस्थ शिशु स्वस्थ शिशु.


शिशु लुलो, निलो रङको वा सास फेरेको छैन भने

शिशुलाई प्याट्ट हान्नुहुँदैन ।

  1. १. कपडाको सफा टुक्रा बेरिएको औंलाले कोमलतापूर्वक पुछेर शिशुको मुखबाट म्युकस सफा गर्नुपर्छ वा मुख र त्यसपछि नाक बाहिर म्युकस निकाल्न bulb syringe वा suction trap को प्रयोग गर्नुहोस् ।
  2. माथिको चित्राकंनः औंलाको सहायताले म्युकस सफा गरिदैं ।
    आमाको छातिमा चिउँडो टाँसिएको शिशु
  3. २. शिशुको पिठ्युँमा मालिस गरेपछि शिशुलाई न्यानो एवं सुख्खा पार्न सफा सुती कपडाको प्रयोग गर्नुहोस् । उनको पैतालामा समेत मालिस गर्दा शिशुले राम्ररी सास फेर्न सक्छ ।

    शिशुले अझै पनि सास लिन सकेन भने कृत्रिम श्वासप्रश्वास दिइनुपर्छ ।


कृत्रिम श्वासप्रश्वास

  1. १. शिशुलाई सुताउनुहोस्ः टेवुलमा वा भुँईमा । कपडा विछाएर शिशुलाई त्यसमा सुताएर न्यानो पारेर ढाक्नुपर्दछ ।
  2. २. शिशुको चिउँडोलाई केही मात्रामा माथि उठाएर मुनि कपडा राख्नुहोस् । यसले शिशुको घाँटी श्वासप्रश्वासका लागि खुला राख्दछ ।
  3. माथिको चित्राकंनः चिउँडो माथितिर ढल्किएको शिशु ।
    माथिको चित्राकंनः चिउँडो छातिमा नटाँसिएको शिशु ।
    शिशुले यसैगरी सिधा माथि फर्किनुपर्छ । यसरी होइन ।
  4. ३. तपाईंको मुख चौडा हुनेगरी खोल्नुहोस् । शिशुको मुख र नाक माथि तपाईंको ओठ पुरै बन्द गर्नुहोस्
  5. तपाईंको ओठहरुले छोप्नुपर्ने क्षेत्र देखाईरहेको शिशुको अनुहार ।
    गोलाकार क्षेत्रलाई तपाईंको मुखले ढाक्नुहोस् ।
    आफ्नै मुखको सट्टा तपाईंले bag र mask को प्रयोग गर्न सक्नुहुन्छ ।
  6. ४. अनि विस्तारै शिशुलाई मुखले सास दिनुहोस् । प्रत्येक १ वा २ सेकेण्डमा विस्तारै मुखबाट सास दिनुहोस् । कडा तरिकाले फुक्नुहुँदैन । शिशुको सानो कलिलो फोक्सोमा असर नपुगोस् भनी सचेत रहनुहोस् ।

    प्रत्येक पटक हावा भित्र छिराइसकेपछि शिशुलाई वाहिर श्वास फाल्नका लागि केही क्षण पर्खनुहोस् ।
    श्वासहरुको बिचमा गन्ती गरिरहेकी एक महिला ।
    १ र...
    शिशुको शरिरभित्र हावा दिइरहेका वखत सोचिरहेकी एक महिला ।
    श्वास ।


    यदि हावा भित्र गएको छैन भन्ने लागेमा रोक्नुहोस् । शिशुको चिउँडो सिधा माथि फर्काउन र घाँटी खुला पार्न चिउँडोलाई उचाल्नुहोस् । त्यसपछि पुनः कोशिस गर्नुहोस् ।

    यदि शिशु रुन थाल्यो वा आफैंले कम्तिमा प्रति मिनेट ३० पटक सास फेर्यो भने शिशु ठिक छ । उनलाई न्यानो पारेर आमाको छातीमाथि राख्नुहोस् । शिशुको रङ ठीक छ ? शिशुले सजिलै सास फेर्न सक्छ ? शिशुको शरिर वा मुख निलो हुन्छ वा सास फेर्न कठीन हुन्छ कि हुँदैन भनेर हेरिरहनुहोस् ।

    कृत्रिम श्वासप्रश्वास को २० मिनेट पश्चात पनि आफैं श्वासप्रश्वास गर्न शुरु नगरेमा भने सम्भवतः शिशु जिवीत छैन भन्ने जाने हुन्छ । दुखःको यस घडीमा परिवारको करीवमै रहेर सहानुभूती दिनुपर्छ ।

शिशुलाई न्यानो पार्नुहोस्– आमाको छातीमाथि



ब्लाङ्केटभित्र आमाको छातिमाथि सुतिरहेको एक शिशु ।
शिशुलाई आमासँगै छाला टाँसीने गरी राख्नुहोस् ।
शिशुको टाउकोलाई टोपी वा ब्लाङ्केटको सहायताले ढाक्नुहोस् ।

नवजात शिशुलाई उनको आमाको छातिमा राख्नुपर्छ ।


नवजात शिशुलाई न्यानो र सुख्खा राख्नुपर्दछ । आमाको आफ्नै शरिरको तापले शिशुलाई न्यानो पार्दछ । जाँच गर्न वा सफा गर्न पनि शिशुलाई आमाबाट टाढा नलैजानुहोस् । शिशुलाई तुरुन्तै ननुहाउनुहोस् ।

  • शिशुलाई सुख्खा पारेर आमाको छातीमाथि टाँसिनेगरी राख्नुपर्छ ।
  • त्यसपछि ति दुवैलाई एउटा सुख्खा तातो कपडाले छोप्नुहोस् ।

यदि आमाको छातीमा नवजात शिशु राख्न नसकिने अवस्था छ भने परिवारका अन्य सदस्यले छालामा टाँसिने गरी समात्नुपर्छ ।

शिशुलाई आफ्नो छातीमाथि लुगाभित्र समातिरहेकी एक महिला ।

स्तनपान सुरु गर्नुहोस्

जन्मेपछिको करिव एक घण्टा भित्रै शिशुहरु सुत्छन् । त्यो अघि शिशुलाई स्तनपान गराउनुपर्छ । शिशुले तुरुन्तै स्तनपान नगरेको खण्डमा उनको रुचि जगाउनका लागि आमाको पहिलो दुधको केही थोपाहरु शिशुको ओठभित्र निचोर्न कोशिस गर्नुहोस् । अथवा शिशुको गालालाई आमाको स्तनको टुप्पोले काउकुती लगाउनुहोस् । स्तनपान र पहिलो दुध (कलष्ट्रम अर्थात विगौती दुध) दिइनुको महत्वबारेको थप सामग्रीका लागि हेर्नुहोस्

यस पृष्ठलाई अद्यावधिक गरिएकोः २० मार्च २०२४