Hesperian Health Guides

क्यान्सर

यस परिच्छेदमाः

क्यान्सर के हो ?

सुक्ष्मदर्शक यन्त्रबाट हेरीरहेकी एक महिला ।
कोषिकाहरु सुक्ष्म भएकोले सुक्ष्मदर्शक यन्त्रबाट मात्र देख्न सकिन्छ ।

हाम्रो शरिर जिवीत कोषिकाहरुबाट बनेको छ । नयाँ कोषिकाहरु बन्दा यो टुक्रिन्छ र कोषिका मर्छ । कहिंलेकाहिं नयाँ कोषिका अस्वस्थ तरिकाले बन्दछ । प्रायः यसले शरिरलाई हानी पुर्याउँदैन र मरेर जान्छ । तर कहिलेकाहिं बिग्रिएको कोषिका टुक्रिएर धेरै हुन्छन् र ट्युमर बन्छ ।

कुनै ट्युमर हानिकारक हुँदैन । कुनै ट्युमर चाहिं हानिकारक हुन सक्छ र यो बढ्दै गएर शरिरका अन्य भागहरुमा समेत आक्रमण गर्दछ । यसैलाई क्यान्सर (नेपाली भाषामा अर्बुद रोग) भनिन्छ । ट्युमर उत्पादन हुने स्थानको आधारमा कुनै हानिकारक हुन्छ र मृत्यु पनि हुन सक्छ ।

क्यान्सर धेरै किसिमको हुन्छ । कुनै क्यान्सरको रोकथाम गर्न सकिन्छ र केहीको सजिलै उपचार गरेर निको हुन्छ । कुनै क्यान्सर चाहिं निको पार्न गाह्रो हुन्छ र कारण पनि थाहा हुँदैन ।

तपाईंलाई क्यान्सर भएको भनेर चिन्तित हुनुहुन्छ भने

पुरुषसँग कुरा गरिरहेकी एक महिला ।
यो क्यान्सर नभएर सामान्य संक्रमण पनि हुन सक्दछ । उपचार गरे निको हुन सक्दछ !

आफूलाई क्यान्सर छ कि भनेर शंका लाग्दा चिन्ता त लागिहाल्छ । शंका लागे निदान गरिहाल्नुपर्छ । यदि क्यान्सर हो भने उपचार गराउनुपर्छ । निदान गर्दा क्यान्सर नहुन पनि सक्छ ।

क्यान्सर भएको छ भनी थाहा पाउने वायोप्सि (biopsy) हो । यो एक परिक्षण हो जुन क्लिनिक र अस्पतालहरुमा उपलब्ध हुन्छ । वायोप्सिका क्रममा स्वास्थ्य कार्यकर्ताले क्यान्सरको आशंका गरिएको शरिरको भागबाट अत्यन्त सानो टुक्रा मासु निकालेर सुक्ष्मदर्शक यन्त्रबाट परिक्षण गर्दछन् ।

यदि छालामूनी वा शरिरको कुनै पनि भागमा दुखेको गाँठागुठी (lump) छ भने त्यसको परिक्षण गर्नुपर्दछ । यदि गाँठागुठी कडा छ र सर्दैन भने परिक्षण गरिहाल्नुपर्छ । स्वास्थ्य कार्यकर्तासँग गाँठागुठीको बारेमा सोध्नुहोस् जुनः

सोध्नुहोस् जुनः

घाँटी र पेटको तल्लो भागमा गाँठागुठीहरु भएको एक मानिस ।
  • बढ्दै जान्छ
  • केही हप्ताहरुभित्र हराएर जाँदैन
  • दुख्छ
  • कडा हुन्छ

यदि तलका ठाउँमा सुन्निएको भए वा डल्ला आयो भने स्वास्थ्य कार्यकर्तालाई देखाइहाल्नुपर्छः

  • कानको पछाडी
  • घाँटीमा वा चिउँडो मुन्तिर
  • काखी र पेटको तल्लो भागमा


शरिरमा आएको डल्लो बढेको छैन र आकार पनि परिवर्तन भएको छैन भने सायद त्यो क्यान्सर होइन ।

धेरै क्यान्सरहरुका एउटै किसिमका लक्षणहरु हुन सक्छन् । तर कुनै क्यान्सरको शुरुवातमा त केही लक्षण नै नहुन सक्छ । कुनै कुनै गाँठा त विभिन्न स्वास्थ्य समस्याहरुका कारणले हुन सक्दछ । यस परिच्छेदमा निम्न प्रकारका क्यान्सरहरुको बारेमा छलफल गरिएको छः

धेरै क्यान्सरहरुका एउटै जस्तो देखिने वा साझा लक्षणहरु

यि लक्षणहरु क्यान्सरको अन्तिम अवस्थामा मात्रै देखिन्छन् । क्यान्सरलाई प्रारम्भिक चरणमै थाहा पाउन चाहिं गाह्रो हुन्छ ।

: क्यान्सर परिक्षण गर्ने क्लिनिकको प्रतिक्षालयमा रहेकी एक महिला । चिन्हले भन्छ “यहाँ प्रत्येक दिन स्तन क्यान्सरको परिक्षण हुन्छ ।”
समयसमयमा परिक्षण गरे क्यान्सर छिट्टै पत्ता लाग्न सक्छ र यस्तो विधि सबैको लागि उपलब्ध हुनुपर्छ ।
  • तौल कम हुँदै जानु
  • थकाई लागिरहनु
  • निको नहुने दुखाई


यदि क्यान्सर भएको आशंका लागेमा स्वास्थ्य कार्यकर्तासँग छलफल गरेर कहाँ उपचार गर्न सकिन्छ पत्ता लगाउनुपर्छ । चिकित्सकसँगको भेटमा छलफल गर्न, बुझ्न अर्को ब्यक्तिलाई पनि सँगै लैजानुपर्छ ।

परिक्षण

कुनै क्यान्सरहरु परिक्षण गर्दा शरिरमा कुनै लक्षण नदेखिएपनि पत्ता लगाउन सकिन्छ । त्यस्तो जाँच जोखिममा रहेका मानिसहरुलाई गर्न सकिन्छ । यस्तो जाँच पाठेघरको मुखको क्यान्सरहरु स्तन क्यान्सर को लागि वढी प्रयोग गरिन्छन् किनकी यि क्यान्सरहरु छिट्टै पहिचान गर्न सकिन्छन् र सफलतापूर्वक उपचार गर्न समेत सकिन्छ ।

जति छिटो क्यान्सरको पहिचान हुन्छ, त्यती नै वढी सफल उपचार हुने सम्भावना हुन्छ ।


क्यान्सर कसलाई हुन सक्छ ?

के कारणले गर्दा क्यान्सर हुन्छ भन्ने बारेमा धेरै थाहा भएपनि कहिंलेकाहिं किन कसैलाई क्यान्सर हुन्छ र कसैलाई हुँदैन भन्ने बारेमा चाहिं भन्न सकिन्न । क्यान्सर जसलाई पनि हुनसक्छ र उमेर वढेसँगै त्यसको सम्भावना वढी हुन्छ । केही क्यान्सर (विशेषगरी स्तन क्यान्सर) वंशानुगत पनि हुन सक्छन् । तर धेरैजसो क्यान्सरहरु परिवारमा नसर्ने हुन्छन् । हामीले थाहा पाउनुपर्ने कुराः

  • टुनामुना, जन्तर—मन्तर, श्राप वा कुदृष्टि ले क्यान्सर गराउँदैनन् ।
  • क्यान्सर कुनै गलत कार्य गरेर भगवानले सजाय दिएको होइन ।
  • एक ब्यक्तिबाट अर्को ब्यक्तिमा क्यान्सर सर्दैन । क्यान्सर भएको ब्यक्तिको नजिक जाँदा, सँगै बस्दा वा उसको हेरबिचार गर्दा पनि क्यान्सर सर्दैन ।


धुम्रपान/मद्यपानले चाहिं क्यान्सर गराउन सक्छन् । हामीले प्रयोग गर्ने खानेकुरामा मिसिएको रसायन र हावा वा पानीको प्रदुषणले पनि क्यान्सर गराउँदछ । क्यान्सरको रोकथाम गर्ने उपायहरु छन् । तर क्यान्सर गराउने धेरै कुराहरु छन् जसमाथि ब्यक्तिगत नियन्त्रण भने रहँदैन । दुई जना ब्यक्तिहरु उस्तै किसिमका हानिकारक चिजहरुको संसर्गमा आउँदा समेत दुवैलाई क्यान्सर हुन्छ भन्ने हुँदैन ।

क्यान्सर र यसका कारणहरु अझै थाहा नभएकोले क्यान्सरका रोगिलाई वेवास्ता गर्ने होइन । उनीहरुलाई त झन् माया र साहारा चाहिन्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः २० मार्च २०२४