Hesperian Health Guides

स्वास्थ्य कार्यकर्ताले क्यान्सर भएका मानिसहरुलाई सहयोग गर्न सक्छन्

यस परिच्छेदमाः

सामूदायिक स्वास्थ्य कार्यकर्ताहरुले क्यान्सरको रोकथाम र उपचारको बारेमा ज्ञान लिएर त्यो ज्ञान अरुलाई दिन सक्छन् ।

क्यान्सर भएको ब्यक्ति र परिवारलाई सहयोग गर्नुपर्छः

  • उनीहरुलाई एक्लै नरहेको महशुस गर्न सहयोग गर्न सक्छन् ।
  • उनीहरुलाई पहिले क्यान्सरबाट पिडीत भएका मानिसहरुसँग कुरा गराउनुपर्छ ।
  • उनीहरुलाई स्वस्थ खानेकुरा खान र घर र बालबच्चा ब्यवस्थापन गर्न पनि मद्दत गर्नुपर्छ ।
  • क्यान्सरका अस्पतालहरु कहाँकहाँ छन् भनेर सूची राख्नुपर्छ । जस्तो भक्तपुर स्थित नेपाल अर्बुद रोग निवारण संस्था, भक्तपुर क्यान्सर अस्पताल र चितवन स्थित बी. पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल क्यान्सरको परिक्षण र उपचार गर्ने अस्पतालहरु हुन् ।
  • क्यान्सर रोगिलार्ई दुख्न कम गराउन औषधीहरुको ब्यवस्था गराउनुपर्छ ।
  • क्यान्सरका रोगिलाई उपचार र परामर्श गर्दा परिवारलाई पनि सम्मिलित गराउनुपर्छ । साथै विभिन्न किसिमका जडीवुटी, स्पर्श चिकित्सा आदिले क्यान्सरलाई ठिक पार्न सक्दैनन् भनेर बुझाउनुपर्छ ।
महिलासँग कुरा गरिरहेकी स्वास्थ्य कार्यकर्ता

क्यान्सरको जानकारी एवं रोकथाम सम्वन्धि कार्यः

  • क्यान्सरका प्रारम्भिक लक्षणहरु थाहा पाउन र जाँच गर्दा रोगिलाई डर लाग्यो भने सम्झाउनुहोस् ।
  • समूदायमा धुम्रपान रोक्नका लागि छलफल गर्न सकिन्छ ।
  • समूदायमा हेपाटाइटिस बि र एच. पि. भी. बिरुद्धको खोप कार्यक्रम चलाउन सकिन्छ ।
  • विभिन्न स्वास्थ्य चौकीमा क्यान्सर रोग निदान गर्ने ब्यवस्था गर्न सकिन्छ ।
  • क्यान्सर भएको मानिसलाई दोष नलगाएर उपचार गर्न सहयोग गर्नुपर्छ ।



यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८