Hesperian Health Guides

स्तनपान

यस परिच्छेदमाः

आमाको दुध बच्चाको लागि उत्तम हुन्छ ।


NWTND Newb Page 18-1.png

आमालाई स्तनपान गराउनका लागि सहयोग चाहिन्छ । उनलाई शान्त कोठामा राखेर सजिलोसँग बसाउनुपर्दछ । सबैले मिलेर आमालाई स्तनपान गराउन प्रेरित गर्नुपर्छ ।

सजिलो तरिकाले स्तनपान गराए स्तनमा घाउ हुँदैन । शिशुको पुरै शरिरलाई आमापट्टि फर्काउनुहोस् ताकि उसको घाँटी नबाङ्गियोस् । उसले आफ्नो मुख आँ नगरेसम्म कुर्नुहोस् । त्यसपछि आमाले आफ्नो स्तनलाई उसको मुखभित्र राखिदिनुपर्छ । स्तनको मुन्टा (निप्पल) र त्यसको वरपरको कालो भाग (आयरिल) को धेरैजसो खण्ड शिशुको मुखभित्रै पुग्नुपर्छ ।


NWTND Newb Page 18-3.png
स्तनको मुन्टा शिशुको मुखभित्रै पुगेको
तल्लो ओठ तलपट्टि फर्केको
आँ गरिएको चौडा मुख
आमाको शरिरको नजिक रहेको शिशु
NWTND Newb Page 18-2.png
यो जस्तै । यो जस्तो होइन । असजिलो आसनले स्तनको मुन्टा दुख्ने र फुटेको हुन सक्दछ ।'

विगौती दुध शिशुको लागि उत्तम हुन्छ

कलष्ट्रम भनिने पहिलो दुध (विगौती दुध) शिशुको लागि उत्तम हुन्छ । कलष्ट्रम च्यापच्याप लाग्ने र पहेंलो देखिन्छ । यसमा शरिरमा उत्पन्न हुने रोग प्रतिरोधात्मक तत्व (एण्टीवडी) हुन्छ जुन आमाको शरिरले शिशुलाई संक्रमणबाट जोगाउनका लागि तयार गर्छ । यो दुध बच्चालाई खुवाउनैपर्छ । पहिलो २ दिनमा स्तनपान गराउनु पनि महत्वपूर्ण हुन्छ । शिशुले जति धेरै स्तनपान गर्दछ, त्यती नै दुध स्तनबाट आउँछ ।

बट्टाको दुध दिनुहुँदैन

आमाको दुध नै शिशुलाई पर्याप्त हुन्छ । बट्टाको दुध दिनुहुँदैन । त्यसले झाडापखाला निम्त्याउन सक्छ । झाडापखालाले शिशुको तौल घटाउँदछ र कमजोर बनाउँदछ । त्यसैले स्वास्थ्य कार्यकर्ता र घरका मानिसहरुले स्तनपान गराउनमै जोड दिनुपर्छ ।

यथेष्ट दुध उत्पादनका लागि आमाले

  • जति धेरै स्तनपान गरायो, त्यती धेरै दुध बन्दछ ।
  • प्रशस्त मात्रामा तरल पदार्थ पिउनुपर्छ र धेरै खानुपर्दछ ।
  • आराम गर्नुपर्दछ र घरेलु काममा परिवारको सहयोग लिनुपर्दछ ।

जति धेरै स्तनपान गरायो, त्यती धेरै दुध बन्दछ ।


पहिलो हप्तामा धेरै शिशुहरुको तौल केही कम हुन्छ । यो सामान्य हो तर पछि चाहिं तौलमा कमी हुनु भनेको शिशुले प्रशस्त खान नपाएको भन्ने थाहा हुन्छ । शिशुले २ दिनपछि धेरै पिसाव गरेन भने उसले प्रशस्त दुध पाएको छैन भन्ने जान्नुपर्दछ । तर शिशुले स्तनपान अक्सर गरिरहेको भएतापनि पिसाव गर्दैन वा ठूलो हुँदैन भने के गर्ने ? यो परिस्थितिमा अर्को दुधले विस्थापित गर्नुपर्ने हुनसक्छ । चिनी वा माड दिनुहुँदैन ।

आमाको मृत्यु भएमा वा आमा शिशुबाट टाढा भएमा वा कहिलेकाहिं आमाको दुध आएन भने शिशुलाई स्तनपान गराउन अर्को आमाको सहयोग लिन सकिन्छ । सुरक्षित भए नभएको थाहा पाउन तिनको एच. आई. भि. परिक्षण गरिनुपर्दछ किनकी स्तनपानबाट एच. आई. भि. शिशुमा सर्न सक्दछ । अर्को उपाय भनेको घरपालुवा पशुको दुधको मिश्रण होः

मिश्रणः

२ भाग गाई वा बाख्राको दुध
NWTND Newb Page 20-1.png
१ भाग पानी
१ ठूलो चम्चाभरी चिनी


यस मिश्रणलाई जिवाणु मार्नको लागि उमाल्नुपर्छ । त्यसपछि चिसो हुन दिएर त्यसलाई सफा कप वा चम्चाले शिशुलाई खुवाइन्छ ।

स्तन निचोरेर दुध निकाल्ने तरिका

NWTND Newb Page 20-2.png

यदि आमाले काममा जानुपरेमा वा अन्य कारणले गर्दा शिशुलाई छोड्नुपर्ने भएमा आफ्नो स्तनलाई निचोरेर दुध निकालेर जान सकिन्छ र अरु कसैले शिशुलाई त्यो दुध पिलाउन सक्छन् ।

  1. १. हातहरु र भाँडो पखाल्नुहोस् । सकेसम्म भाँडोलाई उमाल्नुहोस् ।
  2. तलको चित्राकंनः स्तनबाट भाँडोमा दुध निकालिदैं ।
  3. २. तपार्ईंको औंलाहरु र बुढी औंला स्तनको कालो भाग (आयरिल) को किनारमा राख्नुहोस् । छातीपट्टि थिच्नुहोस् । त्यसपछि तपाईंको औंलाहरुलाई सँगसँगै थिचेर स्तनको टुप्पोसम्म अगाडी लैजानुहोस् । दुध निकाल्दा शिशुको बारेमा सोच्नुहोस् जसले गर्दा दुध वाहिर निस्किन सहयोग गर्छ ।

    आमाको दुध फ्रिजमा राख्नुपर्छ ।


काई जम्ने संक्रमण (थ्रस रोग)

NWTND Newb Page 21-1.png
शिशुको मुखको भित्र औषधी लगाउन सानो, सफा कपडाको टुक्राको प्रयोग गर्नुहोस् ।

जिब्रोमा वा गालाको भित्रपट्टि देखिने सेता धब्बाहरु काई वा ढुसीको संक्रमण (yeast infection) का लक्षणहरु हुन् । यो संक्रमण आमाको स्तनको मुन्टा (निप्पल) मा सर्न सक्दछ र चिलाउने एवं दुख्ने गर्दछ ।

स्तनको मुन्टोलाई थोरै सिरका र त्यसछि पानीले सफा गर्नुपर्दछ । प्रत्येक पटक स्तनपान पछि विस्तारै पखालेर स्तनको टुप्पोलाई सुख्खा पार्नुपर्दछ । यसले गर्दा पनि थ्रस निको नभएमा ३ दिनसम्म दिनको २ पटक स्तनको टुप्पोमा थोरै जेन्सन भ्वाइलेट दल्नुहोस् । त्यसैगरी दिनको एकपटक शिशुको मुखभित्र पनि दल्नुहोस् (यसले सबैकुरा लाई बैजनी रङको बनाउनेछ, तर यो सुरक्षित छ । )

यदि जेन्सन भ्वाइलेटले काम नगरेमा शिशुलाई nystatin दिनुहोस् ।

यदि फेरी फेरी पनि थ्रस आइनै रहेमा शिशुलाई अन्य समस्या भएको हुनसक्छ । उदाहरणको लागि एच. आई. भि. भएका शिशुहरुमा धेरै पटक थ्रस हुन सक्छ । हेर्नुहोस् एच. आई. भि. र एड्स (तयारीको क्रममा)

स्तन दुख्नु, सुन्निनु, वन्द हुनु वा संक्रमित हुनु

NWTND Newb Page 21-2.png

कहिंलेकाहिं दुधले दुग्धनली (स्तनभित्रका दुध जाने साना ट्युवहरु) वन्द गरिदिन्छ । स्तन सुन्निने, रातो हुने र दुख्ने गर्दछ र यो संक्रमणको सुरुवात हो ।

लक्षणहरु
  • एउटा स्तनमा तातो, रातो, कडा भाग हुनु ।
  • स्तनपानका बेला दुख्नु । आमालाई ज्वरो आउनु ।


यदि ज्वरो आएको छ भने वन्द भएको दुग्धनली संक्रमित भएको हुन्छ ।

उपचार
  • आराम गर्नुहोस् । नुन र झोल पदार्थ कम खानुपर्छ ।
  • कम्तिमा पनि प्रत्येक २ घण्टामा स्तनपान गराउनुहोस् । स्तनमा संक्रमण भएपनि स्तनपान गराइरहनुपर्छ ।
स्तनपानका बेला तलपट्टि आफ्नो स्तन मालिस गरीरहेकी एक महिला
जमेको क्षेत्रलाई वाहिर निकाल्न दरिलो, धकेल्ने चालले मालिस गर्नुहोस् ।
  • घाउ खटिरा आएको भागपट्टि पहिले स्तनपान गराउनुहोस् ।
  • तातो पानीमा भिजाइएको कपडा स्तनमा राखिरहनुहोस् ।
  • कम्तिमा दिनको ४ पटक १५ देखि २० मिनेटसम्म स्तनलाई तातो पार्नुहोस् ।

अथवा सुन्निएको निको पार्न स्तनमा चिसो कपडा वा वन्दागोभिको पात राख्नुहोस् ।
ज्वरो आएमा दिनको ४ पटक २५० मि. ग्रा.को एरिथ्रोमाइसिन दिनुहोस् ।

एच. आई. भि. र स्तनपान

एच. आई. भि. भएकी गर्भवती महिलाले स्वस्थ रहन र आफ्ना शिशुलाई एच. आई. भि. हुनबाट जोगाउन औषधीहरु लिन सक्छिन् । आमा र बच्चाको बचावटको लागि प्रत्येक गर्भवती महिलाले एच. आई. भि. को परिक्षण गर्नुपर्दछ । यदि उनलाई एच. आई. भि. भएमा गर्भावस्थाको समयमा र उनले स्तनपान गराउने अवधिसम्म एच. आई. भि.को औषधीहरु दिनुपर्दछ, जसले शिशुलाई एच. आई. भि. बाट जोगाउँछ । त्यसपछि भने आफ्नै स्वास्थ्यको लागि खानुपर्छ । हेर्नुहोस् एच. आई. भि. र एड्स (तयारीको क्रममा)

एच. आई. भि. भएमा स्तनपान गराउन सुरक्षीत हुन्छ ?

आमा र शिशुले लिएका एच. आई. भि. का औषधीहरुले शिशुलाई स्तनपानका समयमा एच. आई. भि. हुनबाट जोगाउँछ । शिशुले कम्तिमा ६ हप्तासम्म प्रत्येक दिन औषधी लिनैपर्छ । यदि आमाले आफ्नो गर्भावस्थाभरी एच. आई. भि. को औषधीहरु नलिएको भए शिशुलाई कम्तिमा १२ हप्तासम्म औषधी दिनुपर्छ ।

यदि आमाले एच. आई. भि. को औषधीहरु नलिइरहेको भएमा शिशुले स्तनपान गर्न छोडेको १ हप्ता पछिसम्म उसलाई औषधी दिनुपर्छ । पहिलो ६ महिनासम्म (वा शिशुको पहिलो दाँत नआउन्जेलसम्म) आमाको दुध मात्र दिएमा शिशुको स्वास्थ्य बचाउन सकिन्छ । ६ महिना भन्दा पहिले जूस र अन्य पेय पदार्थहरु दिइनु स्वस्थकर मानिदैंन र एच. आई. भि. संक्रमण हुने सम्भावना वढाइदिन्छ ।

आमा र शिशुलाई दिइएका एच. आई. भि. का औषधीहरुले दुवैलाई स्वस्थ राख्छन् ।


एच. आई. भि. का औषधीहरु नभएको खण्डमा आमाको दुधबाट एच. आई. भि. सर्ने केही खतरा कायम रहन्छ । तर यस्तो खतरा डिब्बाको दुध दिएको खण्डमा अझै वढी हुन्छ । एच. आई. भि. भएका धेरैजसो आमाहरुसँग डिब्बाको दुध सुरक्षित तवरले पाउन, तयार गर्न र खुवाउनका लागि स्वच्छ पानी, इन्धन वा पैसा हुँदैन । तिनका शिशुहरु कुपोषित हुन सक्दछन् र झाडापखाला हुन्छ जसले गर्दा मृत्यु समेत हुन सक्दछ । यसको मतलव के हो भने आमा वा शिशुले एच. आई. भि. को औषधीहरु नलिएको खण्डमा समेत आमाको दुध नै सुरक्षित छ ।

महिलाको लागि पनि स्तनपान नै उत्तम

स्तनपान

NWTND Newb Page 23-1.png
  • यसमा खर्च लाग्दैन ।
  • सुत्केरीपछिको आमाको रक्तश्रावलाई रोक्न मद्दत गर्दछ ।
  • शिशु जन्मेपछिको केही महिनाहरुसम्म गर्भ रहनबाट रोक्दछ ।
  • आमालाई क्यान्सर र वुढेसकालमा कमजोर हड्डी हुनबाट जोगाउँछ ।
  • खानका लागि सधैं ताजा, तातो र तयारी अवस्थामा रहन्छ ।
  • नयाँ शिशुलाई आवश्यक सम्पूर्ण पोषक तत्वहरु हुन्छ ।
  • शिशुहरुलाई झाडापखाला, निमोनिया र अन्य विरामहरुबाट जोगाउँदछ ।
  • पछि शिशुको जिवनमा मधुमेह, एलर्जी र क्यान्सरबाट लामो समयावधिको सुरक्षा दिन्छ ।
  • शिशुलाई आमासँगै सुरक्षित र न्यानो राख्दछ ।
  • आमा र शिशुलाई सँगसँगै नजिक ल्याउँछ ।
NWTND Newb Page 23-2.png


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८