Hesperian Health Guides

रातो आँखा र दुखेको आँखा

 महिलाको एउटा आँखा सुन्निएको र बन्द भएको

आँखा रातो हुने, दुख्ने धेरै कारणले हुन्छ । समस्याको पहिचान गर्न र त्यसका लागि के गर्ने भन्ने बारेमा टुंगो लगाईहाल्नुपर्छ । आँखामा घाउचोट लागेको वा आँखाभित्र केही पसेको महसुस गरेको बारेमा विरामीलाई सोध्नुपर्दछ ।

रातोपन र दुखाईको किसिम सम्भावित कारण
सामान्यतया दुवै आँखामा तर एउटा आँखामा सुरुवात हुन सक्ने
परपर पोल्ने
वाहिरी किनाराहरुतिर प्रायः रातो हुने र सामान्य दुख्ने
वाक्लो, सेतो वा पहेंलो चिप्रा (discharge) पनि भएमा, सम्भवतः आँखा पाक्ने रोग (conjunctivitis) भनिने ब्याक्टेरियाको संक्रमण
ट्रकोमा
दादुरा
एउटा वा दुवै आँखा
रातो हुनु र दुख्नु
केही तिखो चिजहरु वा हातको प्रहारबाट आँखामा हुने घाउचोट
आँखाभित्र रासायनिक जलन वा हानिकारक तरलहरुका कारणले
प्रायः एउटा आँखा मात्र
आँखाभित्र रक्तश्राव भएर आइरिस (रङ्गिन भाग) लाई असर गर्नु
आँखाको आइरिसमा रक्तश्राव हुनु, प्रायः चोटपटकका कारणले
यो आपतकाल (इमर्जेन्सी) हो
प्रायः एउटा आँखा मात्र
रातोपन र दुखाई – शुरुमा गम्भिर नहुने तर खराब हुन सक्ने
आँखामा फोहरको सानो अंश

आँखाको सतहमा हानी

प्रायः एउटा आँखा मात्र
अति दुख्ने
आइरिसको नजिकै अत्यन्त रातो
कोर्नियामा अल्सर
आईरिटिस
एक्युट ग्लुकोमा

सबै आपतकालिन अवस्था हुन्

प्रायः एउटा आँखा मात्र
रातो हुनुका साथै आँखाको
कनीमा टुटुल्को वा फोको (दुखाई भएको वा नभएको)
परेला वा आँखाको ढकनीको मुन्तिर संक्रमण
प्रायः एउटा आँखा मात्र
आँखाको सेतो भागमा चम्किलो रातो धब्बा (दाग), अन्य कुनै लक्षण नहुनु
सम्भवतः ज्यादै सानो रक्तनली फाटेको हुनसक्छ । आपतकाल होइन
प्रायः दुवै आँखा
गाह्रो हुने तर नदुख्ने रातोपन र चिलाउने, रसिलो आँखा र हाछ्युँ, वर्षको केही महिनाहरुमा झन् खराब हुने
Hay fever, एलर्जीयुक्त कन्जक्टिवाइटिस पनि भनिने
प्रायः दुवै आँखा
रातो हुने तर चिप्रा वा कचेरा नबस्ने र नदुख्ने
तर ज्वरो हुन सक्ने
भाइरसबाट भएको आँखा पाक्ने रोग (conjunctivitis)


रातोपन भएमा, आँखा रसिलो वा तरल कचेरा/पिप भए परिक्षण गर्नुपर्दछः

  • वाक्लो पिप वा तरल पदार्थ बग्दा conjunctivitis (‘गुलाफी आँखा’ वा ‘रातो आँखा’) हुनसक्छ । यो ब्याक्टेरियाको संक्रमणले गर्दा हुनसक्छ ।
  • रसिलो आँखा (watery eyes), केही रातोपन, जसले गर्दा नाकतिर आँखाको कुनामा चिलाउने, प्रायः एलर्जीमा यस्तो हुन्छ ।
  • चिसो वा फ्लू भएपछि आँखा रसिलो हुने, रातो हुने कारण भाइरसले पनि हुनसक्छ । यसलाई विशेष उपचार चाहिँदैन र औषधीले फाइदा गर्दैन ।
  • रसिला आँखा, रातोपन र ज्वरो, ख्वकी र नाकबाट पानी बग्नु दादुराको लक्षण हुन सक्छ । कहिलेकाँही शरीरमा रातोपन वा फोका देखिनु अघि पनि आँखा रसिलो हुन्छ ।

आँखा पाक्ने रोग अर्थात conjunctivitis (‘गुलाफी आँखा’, ‘रातो आँखा’)

यो जुनसुकै उमेरमा पनि देखिन सक्छ, तर विशेषगरी वालबच्चामा वढी हुने गर्दछ ।

लक्षणहरु
 रातो भएको र किनाराबाट पिप वग्दै गरेको आँखा
  • आँखा गुलाफी वा रातो देखिन्छ
  • आँखा चिलाउने वा पोल्ने हुन्छ
  • एउटा आँखाबाट शुरु भएर दुवै आँखामा फैलन सक्छ
  • वाक्लो पिप (thick discharge) वग्नाले आँखाको ढकनी रातभरमा टाँसिन्छन्
उपचार

धेरैजसो आँखा पाक्ने रोग (conjunctivitis) भाइरसले गर्दा हुन्छ र कुनै पनि विशेष उपचार विना नै केही दिनमा हराएर जान्छ ।

यदि ब्याक्टेरियाले गर्दा भएको छ भने बाक्लो पहेंलो वा सेतो तरल पदार्थ बग्छ । आँखाको एण्टिवायोटिक मलम वा थोपा औषधी बाट यसको उपचार गर्न सकिन्छ । आँखा ठीक जस्तो देखिएता पनि उपचारलाई पुरा ७ दिनसम्म जारी राख्नुपर्दछ ।

आँखाको एण्टिवायोटिक उपचार अपनाउनुपूर्व छुट्टाछुट्टै चिसो कपडाले दुवै आँखा विस्तारै सफा गर्नुपर्दछ । एउटा आँखाबाट अर्को आँखामा संक्रमण नसरोस् वा उपचारमा संलग्न वा अन्य मानिसहरुलाई नसरोस् भन्नका लागि दुवै आँखा सफा गर्दा, उपचार गर्दा हात धुने गर्नुपर्छ । .

रोकथाम

Conjunctivitis एक ब्यक्तिबाट अर्को ब्यक्तिमा धेरै सजिलै सर्दछ । यस्तो समस्याको महामारी भएमा र अरु मानिसको वा आफ्नै आँखा छोएपछि हात धुनुपर्दछ । Conjunctivitis भएका वालबच्चालाई अरुले पनि प्रयोग गर्ने रुमाल वा ओढ्ने ओछ्याउने प्रयोग गर्न दिनुहुँदैन । आँखा निको नहोउन्जेल बच्चालाई अरु बच्चाहरुबाट छुट्टै राख्नुपर्दछ ।

नवजात शिशुमा हुने conjunctivitis

शिशुको आँखामा हुने संक्रमणको तुरुन्त उपचार गर्नुपर्दछ ।

लक्षणहरु
  • रातो, सुन्निएको आँखा
  • आँखामा पिप
  • आँखाको ढकनीहरु साथसाथै टाँसिएका हुने, विशेषगरी सुतेर उठ्दा
 सुन्निएको र बग्दै गरेको आँखा भएको शिशु

रातो, सुन्निएको आँखाको ढकनीहरु र पिप भएका नवजात शिशुका आमावावुलाई यौनरोग भएको हुन सक्छ । शिशु जन्मेको २ देखि ४ दिनको बिचमा आँखाहरु सुन्निएमा पनि यो यौनरोगको कारणले हुनसक्छ । शिशुको आँखामा खराबि नहोस् भन्नका लागि तुरुन्तै उपचार गर्नुपर्दछ । यौन सम्पर्कका माध्यमबाट सर्ने यस्ता संक्रमणहरुले धेरै पुरुष र महिलाहरुलाई असर गरे पनि गर्भवती महिलालाई कुनै लक्षण नदेखिन सक्छ । तर शिशुलाई यस्तो संक्रमण नहोस् भन्नका लागि यौन रोग भएको छ की छैन भनेर सबै गर्भवती महिलाहरुको जाँच र उपचार गर्नुपर्छ । आजकल नेपालमा सबै गर्भवती महिलालाई यौन रोग लागेको छ की छैन भनेर जाँच गरिन्छ ।

आँखाको स्थायी रुपमा हुने हानी र अन्धोपनबाट जोगाउन आँखाको एण्टिवायोटिक मलमको प्रयोग गर्नुपर्दछ । शिशु र आमा दुवैलाई कस्तो खालको संक्रमण छ भनी जान्नका लागि परिक्षण गर्नुपर्दछ । कहिंलेकाहीं दुवैलाई आँखाको मलम मात्र नभई एण्टिवायोटिकको थप उपचार चाहिन सक्छ ।

समस्याको रोकथामका लागि नवजात शिशुको आँखाको हेरचाह
जन्मने वित्तिकै शिशुका आँखाहरुलाई नयाँ सफा किटाणु रहित रुवाले बिस्तारै सफा गर्नुपर्दछ । त्यसपछि नवजात शिशुको आँखामा आँखाको एण्टिवायोटिक मलम लगाउनुपर्दछ । १ % टेट्रासाइक्लिन वा ०.५ % देखि १ % एरिथ्रोमाइसिन मलमको प्रयोग गर्नुपर्दछ । दुवै आँखामा एकपटक मात्र मलमको पातलो रेखा लगाउनुपर्दछ । यसलाई जन्मेको २ घण्टाभित्र तुरुन्तै लगाउनुपर्दछ ।

शिशु नरोएको बेलामा समेत शिशुका आँखा रसिलो भएमा आँखाबाट बाहिर आँशु बगाउने साना नलीहरु अवरुद्ध भएका हुन सक्छन् । यो समस्या आफैं पनि ठीक हुन सक्छ । तर नलीहरु खुलाउनमा सहयोग गर्नका लागि स्वास्थ्य कार्यकर्ताले नाकको भागपट्टि शिशुको अनुहारमा सुस्तरी मसाज (crigler वा lacrimal sac मसाज) कसरी गर्ने भनी सिकाउँछन् ।

Hay fever (एलर्जियुक्त कन्जक्टिभाइटिस) र एलर्जिहरु

हावामा रहेको धुलो, पराग (pollen) वा अन्य कणहरुले हाछ्युँ आउनुका साथै कसैकसैलाई रातो, चिलाउने र रसिलो आँखाहरु हुने हुन्छन् । त्यसलाई एलर्जी भनिन्छ । वर्षको कुनै निश्चित समयमा मात्र यस्तो भएमा उक्त व्यक्तिलाई रुख र वनस्पतिहरुबाट निश्काशित परागसँगको एलर्जी (hay fever पनि भनिन्छ) हुनसक्छ । सबै समयमा यस्तो समस्या देखिएमा त्यसको कारण धुलो, ढुसी, रासायनिक उत्पादन वा जनावरहरु हुन सक्छन् । एलर्जीहरुले दुवै आँखामा पोल्छन् ।

उपचार

केले एलर्जी हो भन्ने कुरा पत्ता लागे उपचार राम्रो हुन्छ । त्यो समस्याको स्रोत नै हटाउनुपर्छ । उदाहरणको लागिः

  • सुत्ने कोठा र ओढ्ने ओछ्याउनेलाई धुलो रहित बनाउनुपर्दछ । जनावरका कारणले एलर्जी भएको भएमा जनावर पाल्नुहुँदैन ।
  • रात्रीको समयमा झ्यालहरु बन्द गर्नुपर्दछ ।
  • बाहिर काम गर्दा वा हिंड्दा आफूलाई जोगाउन मुख र नाक माथि कपडा वा धुलो छेक्ने मास्क लगाउनुपर्दछ ।


कहिंलेकाहीं आँखाको गाजल वा साबुनले पनि एलर्जी गराउन सक्छन् । यस्ता उत्पादनहरुको प्रयोग बन्द गरेमा एलर्जी हराउँछन् ।

चिलाउने आँखालाई चिसो दोब्य्राइएको कपडा आँखामाथि लगाएर शितल हुन्छ । Antihistamine आँखाको थोपा औषधी उपलब्ध भएमा hay fever गम्भिर भएको अवस्थामा तिनको प्रयोगले सजिलो महशुस हुन्छ ।

कोर्नीयामा अल्सर (आँखाको सतहमा हानी)

लक्षणहरु
 आँखाको बाहिरी नानीको माथिल्लो भागमा धब्बाले ढाकीएको

संक्रमणको कारणले वा कुनै बस्तुले चिथोरिनाले आँखाको धेरै कोमल सतहमा हानी पुगी कोर्नियाको घाउ हुन सक्छ । यस्तो बेलामा आँखालाई माड्नुहुँदैन । यसले घाउ बढाएर आँखाको दृष्टि कम गर्छ । धेरै दुख्छ । पिप बग्न थाल्छ ।

यो बेलामा आँखा रातो हुन्छ र कडा वा चम्किलो प्रकाशमा कोर्नीयामा हेर्दा खरानी–सेतो रङ्गको धब्बा देख्न सकिन्छ । आँखाको बाँकी भागभन्दा यो कम चम्किलो देखिन सक्छ ।

उपचार

यो इमर्जेन्सी अर्थात तुरुन्तै उपचार गरिहाल्नुपर्ने अवस्था हो । किनभने कोर्नियाको अल्सरको उपचार नगरेमा अन्धोपन हुन सक्छ । चिकित्सकको सहयोग लिनुपर्दछ । आँखा विशेषज्ञ कहाँ जाँदा प्रत्येक घण्टामा असर पुगेको आँखामा आँखाको एण्टिवायोटिक मलम वा थोपा औषधी को प्रयोग गर्नुपर्दछ ।

आइरिटिस (आइरिसको सुजन)

सामान्य आँखा आइरिटिस भएको आँखा
 one normal eye
another eye with the iris swollen, with swelling covering part of the pupil
सानो नानी, अनियमित प्रकृतिको
आइरिसको वरीपरी रातोपन
दुखाई

सुन्निएको आइरिसलाई आइरिटिस भनिन्छ । यो के कारणले गर्दा हुन्छ भन्ने थाहा छैन ।

लक्षणहरु
  • प्रायःजसो एउटा आँखामा मात्रै हुनु
  • आँखा दुख्नु
  • नानी (आँखाको केन्द्रको कालो भाग) को आकार गोलाकार हुनुको सट्टा अनियमित हुनु
  • आइरिसको नजिक आँखाको सेतो भागमा रातोपन
  • उज्यालोमा आँखा वढी दुख्नु
  • आँखा धमिलो देखिनु
उपचार

आइरिटिस आँखाको गम्भिर समस्या हो र धेरै दुख्छ । सकेसम्म छिटो चिकित्सकको सहयोग लिनुपर्छ ।

यो बेलामा एण्टिवायोटिकहरु खासै उपयोगि हुँदैनन् ।

अनुभवप्राप्त स्वास्थ्य कार्यकर्ताले नानीको आकार बढाउन आँखाको थोपा औषधीहरु हाल्छन् । सुन्निएको घटाउन अन्य आँखाको थोपा औषधीहरु प्रयोग गर्न सक्छन् ।

ट्रकोमा – दीर्घकालिन कन्जक्टिभाइटिस

ट्रकोमा आँखाको संक्रमण हो । यो रोग एक विरामी ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै सर्छ । विरामीको आँखालाई छोएको हात, झिंगा र लुगाहरुका माध्यमबाट सर्दछ । धेरैपटक यसको संक्रमण भएमा धेरै बर्षपछि यसले परेलाहरुलाई भित्रपट्टि फर्किने बनाउँदछ र आँखाको सतह कोरिन्छ जसले गर्दा दुख्ने र आँखा कमजोर भएर अन्धोपन पनि हुन सक्छ ।

ट्रकोमा केही देशहरु विशेषगरी अफ्रिकाको Sub-Saharan क्षेत्रमा अझै पनि गम्भिर समस्याको रुपमा रहेको छ । गरिविमा, भिडभाडको अवस्थामा, धेरै झिंगाहरु एवं फोहर भएको र सफा पानी नभएको ठाउँमा मानिसहरुलाई यसले धेरैजसो असर गर्दछ । ट्रकोमा रोकथामका लागि सफा पानी र सरसफाईमा सुधार गर्नुपर्छ । नेपालमा धेरै बर्ष देखि ट्रकोमा रोकथामको लागि काम भइरहेको थियो । सन् २०१८ मा नेपाल ट्रकोमा मुक्त देश भयो ।

लक्षणहरु=

 आँखाको ढकनीको भित्रपट्टि टुटुल्कोहरुले ढाकेको
परेलाहरु भित्रपट्टि फर्किएर आँखाको भित्रि भाग चिथोरिएको
  • कम उमेरका बालबच्चाहरुमा ट्रकोमा mild conjunctivitis को रुपमा सुरुवात हुन्छ । प्रायः यो शुरु हुँदा थाहा पनि हुँदैन ।
  • कम उमेरका बालबच्चाहरुमा आँखाको संक्रमण दोहरिरह्यो भने त्यसले माथिल्लो आँखाको ढकनी भित्र साना सेतो–खरानी रङ्गको सुजन पैदा गर्छ । यिनलाई हेर्नको लागि आँखाको ढकनीलाई पछाडीपट्टि फर्काउनुपर्दछ
  • संक्रमण दोहरीरहेमा धेरै बर्षपछि ति सुजन वा टुटुल्को आँखाको ढकनीमुनी सेतो दाग बन्दछन् । खत/दागले परेलाहरुलाई भित्रपट्टि तान्दछन् र तिनले आँखाको सफा भागमा रगडेर आँखामा दुख्छ र बिस्तारै दृष्टि कम हुन्छ ।
उपचार

ट्रकोमाको उत्तम उपचार भनेको एजिथ्रोमाइसिन को प्रयोग गर्नु हो । एजिथ्रोमाइसिन उपलब्ध नभएमा ६ हप्तासम्म दिनको २ पटक आँखाभित्र १ % टेट्रासाइक्लिन आँखाको मलमले पनि काम गर्दछ ।

कतिपय देशमा ट्रकोमा भएका मानिसहरुमा साधारण शल्यक्रियाले भित्रपट्टि फर्केका परेलाहरु पुनः बाहिरपट्टि फर्काइन्छन् । नेपालमा पनि यसरी पहिले धेरै व्यक्तिहरुको उपचार गरिन्थ्यो ।

रोकथाम

ट्रकोमाको शुरुको अवस्थामा यो रोक्नुपर्छ । वालबच्चाको अनुहार प्रत्येक दिन धुनुपर्दछ र जोसुकैको पनि आँखा छोइसकेपछि हात धुनुपर्दछ । तौलिया, लुगा र ओछ्यान धुनुपर्दछ । दुई ब्यक्तिहरुले तकिया वा मुख पुछ्नको लागि एउटै लुगा कहिल्यै पनि प्रयोग गर्नुहुँदैन ।

खानेकुरालाई छोपेर, शौचालयलाई ढाकेर र घरबाट टाढै कम्पोष्टिङ्ग गरेर झिंगाहरुलाई टाढै राख्नुपर्दछ । हेर्नुहोस् पानी र सरसफाईः स्वस्थ रहन आवश्यक कुराहरु

समूदायमा धेरै ब्यक्तिहरु ट्रकोमाबाट संक्रमित भए स्वास्थ्य कार्यकर्ताहरुले ट्रकोमा फैलावट रोक्नका लागि समूदायका सबैलाई एजिथ्रोमाइसिन दिएर उपचार गर्न सक्छन् ।

NWTND eye Page 18-3.png

ट्रकोमा झिंगा, औंला र कपडाबाट पनि सर्दछ ।




यस पृष्ठलाई अद्यावधिक गरिएकोः १३ डिसेम्बर २०१८