Hesperian Health Guides

क्यान्सर भएमा

यस परिच्छेदमाः

क्यान्सर भएको थाहा पाएपछि घरपरिवारका मानिसहरु नआत्तिएर उपचारको खोजि गर्नुपर्छ ।

  • क्यान्सरको शंका लागेमा क्यान्सरको दक्षता भएको चिकित्सक वा अस्पतालमा गएर जाँच गर्नुपर्छ । यसको लागि धेरै थरिका जाँच गर्नुपर्छ ।
  • यदि क्यान्सर नै भएमा चिकित्सकलाई रोगको बारेमा छलफल गर्नुपर्छ । विभिन्न क्यान्सरका विभिन्न समस्या हुन्छन् । क्यान्सरको उपचार गर्दा के के समस्या पर्न सक्छ भन्ने पनि छलफल गर्नुपर्छ ।
  • क्यान्सरको उपचार शुरु गरिहालेमा धेरै क्यान्सरहरुको सफलतापूर्वक उपचार गर्न सकिन्छ । कस्ता कस्ता उपचारका तरिका हुन्छन् भन्ने पनि डाक्टरसँग सल्लाह लिनुपर्छ ।
  • क्यान्सर भएका अन्य ब्यक्तिसँग पनि छलफल गर्नु ठीक हुन्छ । यसले गर्दा आफूलाई परेका समस्या र तिनलाई कसरी समाधान गर्ने भनेर छलफल गर्नुपर्छ ।
  • अपरिचित साथीहरु र परिवारले सुनाएका मिथ्या कुराहरु र कथाहरुमा विश्वास गर्नुहुँदैन ।
  • पोषणयुक्त खानेकुराको प्रयोग गर्नुपर्छ ।
  • दैनिक ब्यायाम गरेर तनाव घटाउनुपर्छ जस्तो योगा, ध्यान, शान्तपूर्वक एक्लै केही समय ब्यतित गर्नु ।
  • आफूलाई सहयोग गर्न सक्ने मानिसहरुसँग कुराकानी गर्नुपर्छ । क्यान्सरको उपचार गर्दा थकान, वाकवाकी हुन्छ र दुख्न सक्छ । क्यान्सरले शारिरिक र मानसिक रुपमा असक्षम बनाउँछ । हिंडडुल गर्न गाह्रो हुन्छ । स्वास्थ्य कार्यकर्तासँग उपयोगी श्रोतहरुबारे जानकारी हुनसक्छ ।


क्यान्सरको उपचारको मूख्य उद्देश्य नै रोगीलाई उपचार गरेर स्वस्थ पार्नु हो । विरामीलाई उपचार गर्दा मानसिक र शारिरिक समस्या पर्नसक्छ ।

सँगसँगै भोजन गरिरहेका मानिसहरु ।
  • माया गर्नेहरुसँग समय विताउनुपर्छ ।
  • आफूले विश्वास गरेका मानिसहरुसँग मनको भावना पोख्न सकिन्छ ।
  • प्रार्थना र भजन गरेर पनि मानसिक रुपमा शान्ति पाइन्छ ।
  • मनोरञ्जन दिने क्रियाकलापहरुमा विरामीहरु संलग्न हुनुपर्छ ।
  • संगित, ध्यान र ब्यायाम आदिमा पनि ध्यान दिनुपर्छ ।


निराशा वा चिन्ताको भावनाहरुमा कसरी सहयोग गर्ने भन्ने बारेमा थप जानकारीका लागि मानसिक स्वास्थ्य (तयारीको क्रममा) हेर्नुहोस् ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८