Hesperian Health Guides

क्यान्सरको दुखाइलाई कसरी कम गर्न सकिन्छ ?

यस परिच्छेदमाः

कहिले क्यान्सरले गर्दा पनि दुख्छ भने कहिंलेकाहिं क्यान्सरको उपचारले गर्दा पनि दुख्ने हुन सक्छ ।

क्यान्सर बढ्दै जाँदा दुखाई बढ्छ । Morphine वा codeine जस्ता दुखाईका कडा औषधीहरुले दुख्न कम गर्छ र यि औषधीहरुको प्रयोग गर्दा थोरै मात्राबाट प्रयोग गर्दै बढाउनुपर्छ ।

औषधीहरुको लत बस्न सक्ने कारणले गर्दा दुखाईका कडा औषधीहरु जथाभावि किन्न पाइन्न । औषधीको दुरुपयोग र कुलतको डरले गर्दा असल नियतका स्वास्थ्य कार्यकर्ताहरुले तिनको प्रयोगलाई नियन्त्रण गर्दछन् । यि औषधिहरु विश्व स्वास्थ्य संगठनका अत्यावश्यक औषधीहरुको सूचीमा सुचिकृत छन् । क्यान्सर र अन्य गम्भिर समस्या भएका मानिसहरुलाई यस्ता औषधी सजिलै उपलब्ध हुनुपर्छ ।

क्यान्सर वा क्यान्सरका उपचारहरुको दुखाईलाई कम गर्ने अन्य उपायहरुभित्र अक्युपङ्क्चर, मसाज र फिजिकल थेरापी पनि पर्दछन् ।

क्यान्सरको कारणले मृत्यु

क्यान्सर रोगको कारणले मृत्यु भएपछि परिवारका सदस्यहरुलाई सान्त्वना दिनुपर्छ ।

.
मृत्युको मुखमा रहेकी महिलाको बिछ्यौना वरपर रहेको परिवार ।



यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१८