Hesperian Health Guides

उच्च रक्तचाप

यस परिच्छेदमाः

NWTND heart Page 5-1.png

रक्तचाप कति छ भन्ने थाहा पाएपछि मुटुले कसरी काम गरिरहेछ रगत पत्ता लगाईन्छ । दिनभरीमा रक्तचाप केहि कम वा धेरै हुनु सामान्य हो । व्यायामपछि , आरामपछि यो घटबढ घटबढ हुन सक्छ । तर यदि रक्तचाप दिन भरी, दिनदिनै रुपमा बढी हुन्छ भने यो रोग मानिन्छ । उच्च रक्तचापले मुटुले धेरै बल लगाएर काम गरीराखेको छ भन्ने देखाउँछ ।

यदि कसैलाई उच्च रक्तचाप छ भने यसलाई कम गर्नाले स्वास्थ्य राम्रा हुन्छ आयु बढ्छ । कहिलेकाहीँ उच्च रक्तचाप कम गर्न औषधिको जरुरी पर्दछ प्रायजसो स्वस्थ खाना खाएर, नुन कमि खाएर, व्यायाम गरेर पनि शायद कम गर्न सकिन्छ । धुम्रपान तथा मद्यपान छोड्नाले पनि निकै सहयोग गर्दछ । मधुमेहको उपचार गरेपछि मुटु स्वस्थ रहन्छ । रक्तचापलाई कम गर्ने विभिन्न उपायहरु छन्, । कहिलेकाहीं कुनै प्रष्ट कारण बिना पनि रक्तचाप उच्च हुन सक्छ । मानिसको उमेर बढ्दैँ जादाँ, धमनीहरु क्डा उमेरसँगै कडा हुदैँ जान्छन् त्यो बेलामा बिस्तारै रक्तचाप बढ्न सक्छ ।

कहिलेकाँही गर्भवती महिलाहरुको रक्तचाप बढन सक्छ । कतिपय अवस्थामा उच्च रक्तचाप वशांणुगत पनि हुन्छ अर्थात् यदि कसैको बुबा आमा वा दिदी, दाजु, बहिनी मलाई उच्च रक्तचाप छ भने पनि व्यक्तिमा पनि उच्च रक्तचाप हुन सकछ ।

उच्च रक्तचाप भए के गर्ने

यदि रक्तचाप लामो समय १४०/९० भन्दा बढी भए भने यसलाई उच्च रक्तचाप मानिन्छ । कसैलाई अन्य स्वास्थ्य सम्बन्धि समस्या हुदाँ पनि रक्तचाप उच्च र कसैलाई शारीरिक अवस्थाले पनि रक्तचाप बढ्न सक्छ । उदाहरणका लागि उमेर बढ्दै जाँदा रक्तचाप बढ्नु सामान्य हो । त्यसैले ६० वर्ष नाघेको व्यक्तिले अन्य कुनै अन्य स्वास्थ्य समस्या छैन भने पनि रक्तचाप १४०/९० हुदाँ खासै चिन्ता मान्नु पर्दैन ।

कहिलेकाँही उच्च रक्तचाप भएको व्यक्तिलाई कुनै लक्षणहरु नहुन सक्छ । धेरै तर कुनै लक्षण नहुँदा पनि भित्री शरीरमा विकार भइरहन सक्छ । रक्तचाप कति छ पत्ता लगाउने एउटै उपाय भनेको रक्तचाप नाप्नु मात्रै हो ।

NWTND heart Page 7-1.png

उच्च रक्तचाप र गर्भवती अवस्था

सामान्यतया स्वास्थ्यकर्मी तथा प्रसुतिकर्मीले प्रत्येक जाँचमा गर्भवतीको रक्तचाप नाप्नुपर्छ । गर्भको पहिलो ६ महिनामा रक्तचाप अरु बेलाभन्दा कम हुनु नै सामान्य हो ।स्वस्थ रक्तचाप ९०/६० र १४०/९० को बिचमा रहन्छ । गर्भवती अवस्थामा समय समयमा जाँच गर्नु पर्छ । गर्भवती अवस्थामा रक्तचाप बढेमा शिशुलाई रक्तसञ्चार कम हुन्छ र शिशुलाई जति पोषण पुग्दैन र बच्चा सानो जन्मन सक्छ ।

यदि सिस्टोलिक १४० र १५० को बिचमा छ र डायस्टोलिक ९० देखि १०० को बिचमा रक्तचाप छ भने औषधिका साथै आराम र कोल्टो परेर सुत्नुपर्छ तर । खतराका अन्य चिन्हहरुमा स्याँ स्याँ भए छाति दुखे वा रक्तचाप धेरै छ भनने देखाउँछ । गर्भवती अवस्थामा रक्तचाप बढ्नु प्रि ईक्लाम्पसिया (एचभ(भ्अबिmउकष्ब) भन्ने अवस्थाको लक्षण हुन सक्छ, यो आपतकालिन अवस्था हो । यसले समय नपुगी बच्चा जन्मिनु, रगत धेरै बग्नु, कम्प छुटने र मृत्यु पनि हुन सक्छ ।

गर्भावस्थामा रक्तचाप कम हुनु

यदि सिस्टोलिक ९० र ६० डाईस्टोलिक ६० भन्दा कम छ भने कम रक्तचाप भनिन्छ । कसैलाई रक्तचाप कम भएर कुनै समस्या नै हुँदैन तर रिँगटा लाग्ने वा बेहोस् हुने कम हुन सक्छ यसको उपचार जरुरी नै हुन्छ ।

पानीको भएमा पनि रक्तचाप कम हुन सक्छ । कम रक्तचापको कारण पत्ता लगाएर यसको उपचार गर्न जरुरी हुन्छ । यदि रक्तचाप अचानक घटे व्यक्ति बेहोश हुन सक्छ । यो आपतकालिन अवस्था हो । त्यस्तो अवस्थाहरु यी लक्षण पनि हुन्छन् । चिसो पसिना आउनु , आफु कहाँ छु भन्ने थाहा नहुनु, नाडीको गति तिब्र हुनु इत्यादि । यदि यी मध्ये कुनै लक्षण देखा परेमा तुरुन्त उपचार नगरे मृत्यु पनि हुन सक्छ ।

त्यसैले रक्तचाप नाप्नु जरुरी छ

यसरी हरेक महिना रक्तचाप लेखेर राख्न सकिछ
पुष १३ (१००/६०)
माघ १२ (११०/६२)
फगुन १५ (९०/५८)
चैत्र १० (११२/६०)
वैशाख १२ (११०/६०)

सामान्यतया स्वास्थ्यकर्मीले प्रयेक बिरामीको रक्तचाप नाप्नुपर्छ साथै यो औषधि स्वास्थ्य सम्बन्धि समुदायमाहुने कार्यक्रमहरुमा पनि नाप्न सकिन्छ । सामान्यतया रक्तचापमा परिवर्तन हेर्नको लागि यसलाई लेखेर (रेकर्ड) राख्नु जरुरी छ ।

रक्तचाप नाप्ने यन्त्र छ भने घरैमा रक्तचाप नाप्न पनि सिक्न सकिन्छ । एउटै रक्तचाप यन्त्रले विभिन्न व्यक्तिको रक्तचाप नाप्न सुरक्षित नै हुन्छ । उच्च रक्तचापमा मुटु रोगको समस्या छ भने खतराको हुन सक्दछ । लामो समयमा उच्च रक्तचाप भए शरीरका विभिन्न भित्री अंगलाई नोक्सान हुन्छ , यसले गर्दा हर्ट अट्याक , मुटुले काम नगर्ने, स्ट्रोक, मृगौला सम्बन्धी रोग र आँखालाई समेत असर पार्न सक्दछ । यदि घर परिवारमा कसैले नाप्न सिक्यो भने बिरामीको खानपान र व्यायामले कसरी अनुकुल असर पार्न सक्छ भन्ने थाहा हुन्छ ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १० सेप्टेम्बर २०१९