Hesperian Health Guides

आँखाको समस्या र चस्माको प्रयोग

यस परिच्छेदमाः

कुनै कुनै बालबच्चा र वयस्कहरुले पनि आँखा राम्रोसँग देख्दैनन् । टाढाको मानिसहरु वा चिन्हहरु प्रष्टसँग देख्न वा नजिकको हेर्न गाह्रो हुन्छ । यस्तो बेलामा चस्माको प्रयोग नगरे टाउको दुख्ने हुन्छ वा आँखा कमजोर हुन्छ । आँखामा मिल्ने चस्मा लगाएमा राम्रोसँग देख्न सकिन्छ । त्यसैले समूदायमा वा विद्यालयमा वालवालिका वा वयस्कहरुको आँखा जाँच गर्ने कार्यक्रम चलाउनुपर्छ । चिम्से चश्मा बाँड्न सकिन्छ ।

NWTND eye Page 27-2.png

वयस्क ब्यक्तिहरुको उमेरसँगै दृष्टिमा परिवर्तन आउनु सामान्य मानिन्छ । यस्तो बेलामा समय समयमा चस्मा परिवर्तन गर्नुपर्ने हुनसक्छ ।

 चस्मा लगाएको बच्चासँग भएकी महिला अर्की महिलासँग कुरा गर्दै
मलाई पहिले सरिताले चस्मा लगाउँदा कतै फुट्छ कि भनेर पिर लाग्थ्यो । तर अहिले त उनले चस्मा लगाएपछि राम्रोसँग हेर्न सक्छिन् भन्ने थाहा छ ।

टाढाको दृष्टि (distance vision) को लागि दृष्टिको जाँच

 रुखमा झुण्ड्याइएको अक्षरबाट बालकको आँखाको जाँच

‘E’ चार्ट को प्रयोगबाट दृष्टिको परिक्षण गर्न सकिन्छ । हत्केला वा बाक्लो कागजले अर्को आँखा बन्द गरेर दुवै आँखालाई छुट्टाछुट्टै जाँच गर्नुपर्दछ । प्रत्येक लहरमा हेर्नुपर्दछ र स्वतन्त्र हातले वा कागजको ‘E’ ले आँखा छोपेर ‘E’ को लाइनहरु माथितिर फर्केको, तलतिर फर्केको वा एकापट्टि फर्केको छकि भनी सोध्नुपर्दछ । राम्रोसँग देख्न सकिने सबैभन्दा सानो आकारको अक्षरहरु भएको लहरले आँखाको दृष्टिको मापन गर्दछ । उदाहरणको लागि कुनै ब्यक्तिले ६/१२ अंकित अक्षरहरुको धेरैजसो लहर पढ्न सक्छ तर त्यसपछि साना अक्षरहरुको आधाभन्दा कम लहर पढ्न सक्छ भने उनको दृष्टि ६/१२ भन्न सक्छौं । समुदायमा यसरी जाँच गर्न सकिन्छ । तर अहिले नेपालमा आँखाको जाँच प्रायः स्वास्थ्य चौकिमा पनि हुन्छ ।



 आँखाको चार्टमा E को दिशा देखाउन हातको प्रयोग गर्ने तरिका
E’ मा भएका रेखाहरु जस्तै हुनेगरी देखाउन हातको प्रयोग गर्न सकिन्छ ।
NWTND eye Page 28-2.png
चार्टबाट ३ मिटर टाढा उभिएको ब्यक्तिको लागि प्रयोग गर्न कागजमा E’ चार्टलाई प्रिन्ट गर्नुहोस्

वयस्कहरुको टाढाको दृष्टि कमजोर (आँखाको चार्टमा ६/१८ वा साना अक्षरहरु पढ्न सक्दैनन् भने) भएमा तिनलाई आँखाको डाक्टर (दृष्टि विशेषज्ञ) कहाँ पठाउनुपर्दछ । विद्यालयका बालबच्चाहरुमा तिनले ६/१२ रेखाको अक्षरहरु पढ्न सक्छन् कि सक्दैनन् हेर्नुपर्छ । कहिंलेकाहीं बच्चाले टाढाबाट राम्रो/प्रष्टसँग देखेन भने बच्चाको पढाई राम्रो हुँदैन । चस्मा लगाएपछि राम्रोसँग पढ्न सक्छ ।

माथि लेखिएको चित्र / संख्यालाई २० फिट वा झण्डै ६ मिटर टाढाबाट हेर्दा कति देखिन्छ भन्ने आधारमा उक्त व्यक्तिको आँखाको स्वास्थ्यका बारेमा भन्न सकिन्छ । स्वस्थ आँखा हुनेले ६ मिटरबाट पनि तल्लो लाईनसम्म देख्छन् ।

चस्मा (Reading glasses)

 बृद्ध महिलाले सिउँदा चस्मा लगाएको

४० बर्ष नाघेका मानिसहरुलाई पढ्नु, विउहरु छुट्याउनु वा सुई उन्नु जस्ता कामहरु गर्न गाह्रो हुन्छ । Reading glasses ले यस्तो काम गर्न सहयोग पुर्याउँछ । निकटको चिजहरुलाई ठूलो देखाउँदछ । तिनिहरु ठूलो बनाउने (magnification) को फरक फरक क्षमतामा उपलब्ध हुन्छन् । +१ अंकित भएका चस्माहरुले नजिकका बस्तुहरु केहि ठूला देखाउँदछन्, +२ भएकाले अझै ठूला देखाउँदछन् र +३ ले सबैभन्दा ठूलो देखाउँछन् । शुरुमा +१ को चस्मा लगाएपछि राम्रोसँग देखिन्छ । बिस्तारै उमैरसँगै +२, +२.५ वा +३ को चस्मा लगाउनुपर्छ । पढ्ने कोशिस गरेर वा सुईमा धागो सहज दुरीमा राखि छिराएर प्रत्येक reading glasses को जाँच गर्नुपर्दछ ।

कुनै ब्यक्तिले नजिकको पनि नदेख्ने र धेरै टाढाको पनि नदेख्ने भएमा reading glasses ले समस्याको समाधान गर्दैनन् । त्यस्तो अवस्थामा केले दृष्टिलाई असर गरेको छ भन्ने जान्न आँखाको अस्पतालमा जान सहयोग गर्नुपर्छ ।

दृष्टि सच्याउन (सुधार गर्न) कन्ट्याक्ट लेन्स र शल्यक्रिया

कन्ट्याक्ट लेन्स भनेका साना प्लाष्टिकका लेन्स हुन् जुन आँखामा राखेपछि दृष्टिमा सुधार आउँछ । दृष्टिको जाँच गरेपछि आँखा विशेषज्ञले आँखामा कुन किसिमको कन्ट्याक्ट लेन्स लगाउनुपर्छ भनी सल्लाह दिन्छन् । अरुको लागि तयार पारिएको कन्ट्याक्ट लेन्सको प्रयोग गर्नुहुँदैन । रातीको समयको लागि समेत बनाइएको बाहेक कन्ट्याक्ट लेन्स लगाएर सुत्नुहुँदैन । कन्ट्याक्ट लेन्स सफा गर्न र सुरक्षित राख्न विशेष किसिमको तरल पदार्थ प्रयोग गर्नुपर्छ । जुन पायो त्यहि प्रयोग गर्नुहुँदैन ।

आफूलाई मिल्ने लेन्स नभए, लेन्सको राम्रोसँग हेरबिचार नगरे त्यस्ता लेन्स प्रयोग गर्दा आँखामा गम्भिर समस्या हुनसक्छ । संक्रमणको रोकथामको लागि सधैं कन्ट्याक्ट लेन्सलाई छुनु अघि हात धुनुपर्छ । यदि आँखामा पोल्यो भने वा संक्रमण भएमा आँखा स्वस्थ नहोउन्जेल कन्ट्याक्ट लेन्सको प्रयोग गर्नुहुँदैन । लेन्सको पुनः प्रयोग गर्नुअघि तिनको सफाई र निसंक्रमण गर्नुपर्दछ । कन्ट्याक्ट लेन्स बिग्रेको वा च्यातिएको भए पनि त्यसको प्रयोग गर्नुहुँदैन । यदि दुखेमा, पोलेमा, पिप वगेमा, रातोपन भएमा वा दृष्टि धमिलो भएमा यो घाउ (scratch) वा कोर्नीयाको अल्सर वा अन्य गम्भिर समस्या हुन सक्छ । यस्तो भएमा अनुभवी स्वास्थ्य कार्यकर्ताको तुरुन्तै सहयोग लिनुपर्छ ।

कसैकसैको कमजोर दृष्टिलाई लेजर शल्यक्रिया (चिरफार गर्ने उपकरणहरुको सट्टा प्रकाशको अत्यन्त कडा विमको प्रयोगबाट गरिने शल्यक्रिया) बाट पनि सुधार गरिन्छ । यो मोतिविन्दुलाई उपचार गर्नका लागि प्रयोग गरिने शल्यक्रियाभन्दा फरक र महंगो छ । यस्तो उपचार कोसँग कहाँ गराउने भन्ने राम्रो जानकारी लिनुपर्छ । नेपालमा तिलगंगा आँखा अस्पतालमा लेजर थेरापीको राम्रो उपचार हुन्छ ।

सुधार गर्न नमिल्ने किसिमको अन्धोपन वा कमजोर दृष्टि भएका मानिसहरु

कहिंलेकाहिं बच्चा दृष्टिविहिन जन्मिन सक्छ वा कुनै ब्यक्तिको कमजोर दृष्टिलाई चस्मा, शल्यक्रिया वा औषधीबाट पनि सुधार गर्न सकिंदैन ।

यस्तो अवस्थामा कमजोर दृष्टि लिएर मानिसहरुले बाँच्न सिक्दछन् । परिवार र समूदायको सहयोगबाट दृष्टिविहिन मानिसहरु पनि विद्यालय जान्छन्, कमाउँछन् र जिन्दगी चलाउन सक्छन् । नेपालमा त्यसरी दृष्टिविहिनहरुले पढेर, कमाएर विभिन्न काम गरेका उदाहरण धेरै छन् । दृष्टिविहिनहरुको संस्था पनि छ । जसले दृष्टिविहिनहरुलाई पनि मद्दत गर्छ र सरकारलाई दृष्टिविहिनको लागि राम्रा नीति बनाउन वकालत गर्छ ।

 पोलहरुमा डोरी बाँधेर बनाएको बारको सहायताले वाहिर हिंडिरहेकी केटी
 सावधानः दृष्टिविहिन वालवालिका लेखिएको संकेत घर अगाडी राखिएको

कमजोर दृष्टि भएका वा दृष्टिविहिनको जीवन सहज र सुरक्षित बनाउनको लागिः

  • त्यस्ता ब्यक्तिसँग बोल्दा आफ्नो परिचय दिएर कुरा गर्नुपर्दछ ।
  • सँगै हिंड्दा आफ्नो हात पाखुरा समात्न दिनुपर्छ । उनलाई कुनै खतराको अवस्थामा सावधान गराउनुपर्छ । हात वा शरिरमा समातेर तान्नुहुँदैन ।
  • सधैं जानुपर्ने स्थानहरु जस्तै चर्पीसम्म रेलिङ वा डोर्याउने डोरी बनाउनुपर्छ ।
  • घर, विद्यालय वा कार्यस्थलमा फर्निचर वा अन्य बस्तुहरुलाई यताउता सार्नुहुँदैन । सार्नै परेमा सारेको चिजको जानकारी गराउनुपर्दछ ।
  • दृष्टिविहिन मानिस बस्ने स्थानमा ध्यानपूर्वक सवारी चलाउनुपर्दछ ।


दृष्टिविहिन र अन्य शारिरिक अपागंता भएका वालवालिकाहरुलाई यौन हिंसा लगायतका अन्य हिंसाको वढी जोखिम हुन्छ । सानैदेखि सुरक्षित राख्न तिनलाई परिवार र समूदायको संरक्षण आवश्यक हुन्छ ।

दृष्टि सम्वन्धि समस्याहरु भएका वालवालिकाहरुले आफ्नो हेरचाह गर्ने, विद्यालय जाने र राम्रो जीवन बाँच्ने तरिकाबारे कसरी सिक्न सक्छन् भन्ने बारेको थप जानकारीका लागि हेस्पेरिएनको पुस्तक दृष्टिविहिन वालवालिकालाई सहयोग गर्नुपरेमा हेर्नुहोस् । यताउता हिंडडुल गर्न, वरपरको वातावरण बुझ्न र उनीहरुलाई आवश्यक सिप सिक्नु निकै महत्वपूर्ण हुन्छ । कसरी स्वास्थ्य कार्यकर्ता, परिवार र समूदायले शारिरिक अपागंता भएका प्रत्येकलाई राम्रो जीवन पाउन र राम्रो स्वास्थ्य बनाउन सहयोग गर्न सक्छन् भन्ने जानकारीको लागि अपाङ्गता भएका महिलाहरुका लागि स्वास्थ्य निर्देशिका हेर्नुहोस् ।


यस पृष्ठलाई अद्यावधिक गरिएकोः १३ डिसेम्बर २०१८